एसपीए कलेज : जसले जन्माइरहेको छ बैंकर
धनगढी । पछिल्लो समय आम–युवाहरुको रोजाइको विषय बनेको छ प्रति बैंकिङ पेशा । आकर्षक तलब सुविधा र आम जनमासनप्रतिको हेर्ने दृष्ट्रिकोण पनि उच्च रहेकै कारण पनि धेरैको रोजाइको विषय बनेको छ बैंकिङ । तिनै बैंकर बन्न चाहनेहरुको सपना पुरा गर्न लागेको छ कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम एकेडमी (एसपीए) कलेज । अहिले एसपीए कलेजका विद्यार्थी नेपाली अधिकांश वाणिज्य बैंकहरुमा कार्यरत छन् । चित्रान्जन चन्द मेघा बैंक धनगढी शाखामा सिनियर असिस्टेन्टका रुपमा रिलेसनसिप अफिसर पदमा कार्यरत छन् । उनी एसपीए कलेजबाट स्नातक (२०७१) र स्नातकोत्तर (२०७५) पासआउट हुन् । आफ्नो करिअर विकासमा कलेजको भूमिका अहम रहेको उनी बताउँछन् । शिक्षकहरुको गाइडेन्स र मेहनतले आफूले बैंकिङ करिअर पूरा गर्न पाएको उनले बताए । ‘करिअर सेपअप गर्न कलेजको भूमिका महत्वपूर्ण रह्यो,’ उनले भने, ‘हामीलाई तयारी गर्ने क्रममा आवश्यक सुझाव सल्लाह देखि कलेजमा आवश्यक पर्ने सबै विषयहरुमा सरहरुले सहयोग गर्नुभयो ।’ यस्तै एसपीएका पूर्व विद्यार्थी दीपेन्द्र अवस्थी राष्ट्रिय वाणिज्य बैंकमा सहायक प्रबन्धक पदमा कार्यरत छन् । उनी जस्तै धनगढी हरेकजस्तो बैंकमा एसपीएका विद्यार्थीहरु कार्यरत छन् । धनगढीमा मात्रै दुई दर्जन बढी विद्यार्थीहरु विभिन्न बैंकमा कार्यरत रहेका छन् । ग्लोबल आईएमई बैंकमा गणेश बहादुर खडायत, नेपाल बैंक लिमिटेडमा कुशल खड्का, राष्ट्रिय वाणिज्य बैंकमा मनिषा जोशी, पूर्णसिंह ऐर सिद्धार्थ बैंकमा, कृष्णा जोशी कुमारी बैंकमा कार्यरत छन् । त्यसबाहेक चक्र कुन्जेडा र महासिंह कुन्जेडा कृषि विकास बैंक, शान्ति जोशी र महेश्वरा बोहरा नेपाल बैंक लिमिटेड, तेजु रोकाया सिभिल बैंक, हेम रोस्यारा एभरेष्ट बैंक, लक्ष्मी महतरा एनआईसी एसिया, अनिल शाही एनसीसी बैंकमा कार्यरत छन् । उनीहरुसँगै दिनेश ओझा ग्लोबल आईएमई बैंक, सुनिल पडाल सिद्धार्थ बैक, हरी बुढा कृषि विकास बैंक, श्वेता थापा एभरेष्ट बैंक, आश्मा श्वार नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत छन् । त्यसबाहेक एसपीएमा विद्यार्थीहरु दिव्या अधिकारी, हेमराज ओझा, ललित भट्ट, राहुल अहिर, सुदीप जोशी, कैलाश भण्डारी, शम्भु अवस्थी, बसन्ती भण्डारी पनि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत छन् । एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले धनगढी तथा आसपासका बैंक तथा वित्तीय संस्थाहरुमा पाइलापिच्छे एसपीएका विद्यार्थी भेटिनु संस्थाका लागि गर्वको कुरा भएको बताए । ‘म यहाँका जुनसुकै बैंकमा गएपनि हाम्रा विद्यार्थीहरु भेटिनुहुन्छ । हार्दिकभावले प्रस्तुत बन्नुहुन्छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । एसपीएले अध्ययनसँगसँगै विद्यार्थीहरुको भविष्यको पनि सुनिश्चितताका लागि काम गरिरहेको छ । त्यसैको उदाहरण यो हो ।’ बैंक तथा वित्तीय संस्थासँगसँगै एसपीएका बीएचएमका विधार्थीहरु दुबई, बहराईन, भारतलगायत नेपाल विभिन्न फाइभस्टार होटेलहरुमा कार्यरत छन् । त्यसबाहेक यहाँका शैक्षिक संस्थाहरुमा एसपीएमै बीएड र एमएड गरेको शिक्षकहरु, सरकारी कार्यालयमा एसपीएका विद्यार्थीहरु भेटिनु संस्थाका लागि गर्वको कुरा भएको उपाध्यायले बताए । एसपीएले आफ्ना विद्यार्थीहरुलाई पढाईसँगसँगै करिअर अघि बढाउन नबिल एसईई कार्यक्रम लागू गरेको छ । नबिल बैंकसँगको सहकार्यमा विद्यार्थीहरुलाई उद्यमशील बनाउँन उक्त कार्यक्रम लागू गरिएको हो । यस्तै, विद्यार्थीहरुलाई रुचि अनुसारका क्षेत्रमा सहयोग गर्ने उदेश्यले कलेजले विभिन्न १५ वटा क्लबहरु गठन गरेको छ । भविष्यमा आफ्नो करिअर अगाडि बढाउँन चाहने विद्यार्थीहरु आफ्नो रुचिअनुसारको क्लबमा आवद्ध हुन सक्छन् । क्लबमा आवद्ध विद्यार्थीहरुका लागि कलेजले उनीहरुको प्रकृति अनुसारको प्रशिक्षण, सेमिनारको व्यवस्था गरिदिने गरेको छ । झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ ।
विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्तर समारोह सम्पन्न
विराटनगर । विराटनगर इन्टरनेशनल कलेज, बिराटनगरको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ । एतिहासिक र भब्य रुपमा सम्पन्न दीक्षान्त समारोहमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन् । तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविश्यमा नयाँ कामको खोजी गर्न सक्नेछन । दीक्षान्त समारोहले विद्यार्थीलाई गर्वको महसुस भएको छ । दीक्षान्त समारोहमा अभिभावकसंगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफुहरुको लागि अत्यन्तै महत्वपुर्ण र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताएका थिए । स्नातकतह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्रयाजुएट तहको लागि इनोभेट नेपाल गुर्पले छात्रवृतिको व्यवस्था गरेको छ । ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौमा इन्टरनेशनल एमबिए अध्ययन गर्न पाउनेछन् । जुन आइएनजीले सञ्चालन गरेको छ । दीक्षान्त समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति ( प्रो भाइस चान्सलर) टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल विराटनगर इन्टरनेशनल कलेजका सम्पुर्ण टीमलाई धन्यवाद दिए । प्रो भाइस चन्सलर टिमले यो कलेजले विश्वविद्यालयको सपना पुरा भएको बताउदै भने ‘अब बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेश मेनेजमेन्ट डिग्री साथै इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट तहको कक्षा संचालन हुँदैछ ।’ ‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयले सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न मेरो सुझाव छ’ उनले भने ।
हेराल्डले गर्याे ३९६ विद्यार्थी दीक्षित, विदेशी कलेजमध्येकै उत्कृष्ट भएको दाबी
काठमाडौं । हेराल्ड कलेज काठमाडौले दीक्षान्त समारोह २०२२ सम्पन्न गरेको छ । स्नातक (ग्रयाजुएट) तह पुरा गरेका ३ सय ९६ जना विद्याथीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरीएको थियो । त्यसमध्ये ३६१ जना विद्यार्थी बिएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन् । ती बिद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति ( प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका हुन । दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको जनाईएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल गु्रपले छात्रवृति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तराष्ट्रिय एमबिए अध्ययन गर्न समेत छात्रवृतिको व्यवस्था गरेको छ । दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ठ र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने दाबी गरे । विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौका सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरे । ‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ,’प्रो भाइस चान्सलर टिमले भने । विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने उनको भनाई थियो । हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुगेको उनले बताए । सो विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उत्तीर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन्, यो कलेज यसैको उहाहरण हो रहेको उनको भनाई थियो । हेराल्ड कलेज काठमाडौंले चारवर्षे ब्याचलर अफ इन्टरनेशल विजनेश म्यानेजमेन्ट , तीनवर्षे बिएससी (अनर्स) कम्प्युटर साइन्स र दुईवर्षे अन्तराष्ट्रिय एमबिए कक्षा संचालन गरिरहेको छ । सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज मध्ये उत्कृष्ट मानिन्छ । उल्भरहेम्टन विश्वविद्यालयले विराटनगर इन्टरनेशनल कलेजलाई समेत सम्बन्धन दिएको छ । कलेजका अध्यक्ष शुलभ बुढाथोकीले हेराल्डमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको दाबी गरे । उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा व्यक्त गरे ।