प्रभु क्यापिटलले एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई पूँजी बजारको ज्ञान दिने
काठमाडौं । प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच बिहीबार एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजमा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो । कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका संचालक अभिषेक कार्कीबाट हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा प्रभु क्यापिटलको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजको तर्फबाट कार्यक्रम संयोजक ऋकिता श्रेष्ठेको उपस्थिती रहेको थियो । सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्ने उद्देश्य रहेको छ । त्यसै गरि क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्ने गरि सम्झौता भएको छ ।
पढ्दै कमाउँदै : फुलखेतीमा रमाउँदै नमोबुद्धका विद्यार्थी
काठमाडौं । नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यामिक विद्यालय प्रवेश गर्ने वित्तिकै मनमोहक दृष्य देख्न पाईन्छ । ढकमक फुलेका रङ्गीविरङ्गी सयपत्री फुलको सुन्दरताले विद्यालयको गरिमालाई उचाईमा पुराएको छ । विद्यालय भवन वरपरका खाली जमिन बगैंचा बनाईएको छ । जसले खाली जमिनको सदुपयोगिता मात्र हैन विद्यालयको सुन्दरतालाई बढाएको छ । विगतका बर्षहरूमा वनमारा, कूरो र विभिन्न झारहरूले ढाकेको ठाँउहरूमा यो बर्ष ढकमक सयपत्री फक्रिएको छ । जनक माविमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका १५ जना विद्यार्थीहरु फुलखेतीमा संलगन रहेको विद्यालयले जनाएको छ । विद्यालय परिसरको २ रोपनी क्षेत्रमा सयपत्री फूल रोपेका हुन । सयपत्रीका बिरुवा खरिदका लागि करिब ३० हजार रुपैयाँ विद्यालयले लगानी गरेको छ भने संघीय सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विद्यालयका परिसरमा रोपिएकका करिब १५ सय वोट फूलहरु विक्रीका लागि तयारी छन् । घटस्थापनादेखि नै विद्यालय बन्द भएपनि विद्यार्थीहरुले फूलबारीको रेखदेखमा व्यस्त छन् । उनीहरुले दैनिक बिहान र साँझ एक एक घण्टाको समय फुलको रेखदेखका लागि छुट्याएका छन् । नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोटमा रहेको जनक माविका शिक्षक र विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूलखेती गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनक माविमा २०७८ चैत्रदेखि ‘पढ्दै कमाउदै कार्यक्रम’ लागू गरिएको छ। विद्यालयले फूलखेतीलाई आम्दानीको स्रोत मात्र नभई व्यवहारिक र सैद्धान्तिक ज्ञान प्राप्तिको अवसर रूपमा लिएको छ । तिहारलाई लक्षित गरी उत्पादीत सयपत्री फूल बिक्री गर्न थालिएको विद्यालयले जनाएको छ । तिहारको अवसरमा आवश्यक फुल खरीद गरी विद्यार्थीहरुमा हौसला थपिदिनका लागि विद्यालयले स्थानीयरुलाई अनुरोध गरेको छ । फुलखेती राम्रोसंग फस्टाएपछि कमाइ पनि राम्रै हुने अपेक्षा विद्यार्थीहरुले गरेका छन् । तिहारको अवसरमा फूल बिक्रि गरी करिब १ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेका छन् । फुल बिक्रिबाट संकलित रकमबाट विद्यार्थीहरुले मुस्ताङ घुम्न जाने योजना बनाएका छन् ।
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ । परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।