पद्मश्री कलेजका ११० जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको पद्मश्री कलेजले १ सय १० जना स्नातक विद्यार्थीलाई दीक्षित गरेको छ । पद्मश्री कलेजबाट स्नातक तह बिआइटी र बिएचएममा ११० जना विद्यार्थीहरु दिक्षित भएका छन् । सबै विद्यार्थीहरुले मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार , शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृती लिई संचालन भएका चार बर्षे स्नातक कार्यक्रम अध्ययन सम्पन्न गरेका हुन् । विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव तथा अभियन्ता लिलामणि पौडेल र कलेजका अध्यक्ष अणराज सिलवालले संयुक्त रुपमा दिक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै प्रमुख अतिथि लिलामणि पौडेलले शिक्षित भए पश्चात सम्भव भए सम्म देश भित्रै अवसरहरुको खोजि गरि काम गर्नु पर्नेमा जोड दिए । सोहि अवसरमा डा पुकार मल्ल, डा लोचन रिजाल, एलिन बाइलोचन तुलाधर लगायतले देश भित्र तथा बाहिरका विभिन्न अवसर र सम्भावनाहरुका बारेमा जानकारी दिएका थिए । पद्मश्री कलेजले बिगत दुइ दशक देखि सूचना प्रविधि, कम्प्युटर, हस्पिटालिटी लगायतका विषयहरुमा शिक्षा प्रदान गर्दै आएको छ।

त्रिविले दियो स्नातकोत्तर र एमफीलका विद्यार्थीलाई थेसिस बुझाउने अन्तिम मौका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई थेसिस बुझाउन अन्तिम मौका प्रदान गरेको छ । २०५८ सालयता स्नातकोत्तर तह र एमफील तहको सैद्धान्तिक परीक्षा पास गरिसकेका विद्यार्थीका लागि अन्तिम मौका दिने भएको हो । त्रिवि प्राज्ञिक परिषद्को पुस २५ गते बसेको बैठकले स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गत सैद्धान्तिक विषय पास गरिसकेको तर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेकाहरूलाई यस्तो मौका प्रदान गरेको हो। थेसिस २०८१ असार मसान्तसम्ममा बुझाइ सक्नुपर्नेछ । त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र मानविकी तथा समाजशास्त्र संकायले अन्तिम पटकका लागि मौका दिएको हो । स्नातकोत्तर तहको सैद्धान्तिक परीक्षा पास भएका तर, थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम एक पटक मौका दिएको जनाइएको छ । २०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा प्रथम पटक सम्मिलित भएका र सो पछि भर्ना भई समय सीमा काटेकाहरू तथा सेमेस्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भई समय सीमा काटेको परीक्षार्थीहरूले मात्र २०८१ असार मसान्त भित्रका समय दिएको हो । एमफील तहका परीक्षार्थीहरूको हकमा २०६८ सालमा भर्ना भई समय सीमा काटेकाहरुले उक्त अवसर पाउनेछन् ।

डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिविबीच समझदारी पत्रमा हस्ताक्षर, आइटी पढेका विद्यार्थीलाई रोजगारमा जोड्ने

काठमाडौं । सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहकार्य शुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिईएस) का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार दुबै संस्थाहरुले शैक्षिक र कौशलबीचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन् । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीहरुलाई रोजगारी सुनिश्चित गर्न सकिने बताईन् । मन्त्री शर्माले भनिन्, ‘आईटीको नयाँ विषयहरुलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन् । आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं । र त्यो सम्भव छ भन्ने देखिएको छ ।’ यसैगरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा शिवला भुसालले बजारमा के भईरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए । उनले भने, ‘मार्केट र शैक्षिक संस्थाबिच सम्बन्ध बिस्तार गर्न सहयोगी हुनेछ । यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाईरहेको बेलामा विद्यार्थीहरुलाईसहयोग गर्नेछ । बढी भन्दा बढी विद्यार्थीहरु सहभागी गर्नसकियोस् ।’ कार्यक्रममा बोल्दै डिईएसका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरुका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए । ‘हाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । यी दुबै एक आपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरुलाई आफ्ना उत्पादनहरुलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ’ डिईएसका अध्यक्ष अर्यालले भने । यसैगरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभागका डिन डा बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाईला भएको बताए । ‘अहिले नेपालमा आईटी क्षेत्रमा पनि जनशक्तिको अभाव देखिएको छ । एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो। यसलाई न्यूनिकरण गर्न सबैले मिलेर जानुपर्छ ।’ त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सायमीले भने। कार्यक्रममा ग्लोबल डिईएसका प्रमुख समिर थापाले यो सहकार्यको बारेमा प्रस्तुती दिएका थिए । उनले शिक्षा र सिपमा किन भिन्नता छ भन्ने बारेमा जानकारी दिएका थिए । यसका साथै नेपालको आईटीलगायतका शैक्षिक सिलेबस अपडेट नहुनु र ढिलो अपडेट हुँदा विश्वस्तरको सिप र क्षमतामा पहुँच नभएको बताए। उनले यसलाई परिमार्जन गरेर विश्वबजार अनुकुल सिलेबस तयार पार्ने र त्यसलाई नियमित परिमार्जन गर्न सुझाब समेत दिए । कार्यक्रममा बालकृष्ण सुवेदी सुनिल पाण्डेलगायतले यस कार्यक्रमको उद्देश्य र यसले दिने अवसरहरुको बारेमा आफ्ना धारणा राखेका थिए ।