लम्बिएकाे लकडाउन र आत्तिएकाे समाज
कोरोना शब्द जुन हाम्रो मन मस्तिष्कमा अहिले २४ घण्टामा कम्तीमा १६/१८ घण्टा चलिरहने विषय हो । यो शब्द मेरो, तपाईको र हाम्रो मन मस्तिष्कमा मात्र होइन, संसारको हरेक मानिसको मन मस्तिष्कमा चलिरहने शब्द हो । यो शब्दले पुरै विश्व नै हल्लिरहने भएको छ । यसको प्रकोपबाट आज सिङ्गो विश्व नै त्राहिमाम् भइसकेको अवस्था छ । चीनको वुहानबाट सुरु भएको यो भाइरस आज विश्वको करिब २०० भन्दा बढी देशहरू यसको चपेटमा आइसकेको कुरा दैनिक मिडियाहरु मार्फत हामी थाहा पाइनै राखेका छौ । जसले गर्दा हरेक दिन विश्व भरीमा लगभग लाखौँको सङ्ख्यामा यो रोग मानिसहरूमा सङ्क्रमित भइरहेको छ भने यसको प्रकोपबाट प्रत्येक दिन हजार भन्दा बढी मानिसहरूको मृत्यु भइरहेको छ । तर यसको प्रकोपबाट करिब हजारौँको सङ्ख्या भने मानिसहरू निको पनि भएर आफ्नो घर फर्किरहेको अवस्था छ । हुन त सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ भने निको हुनेको सङ्ख्या थोरै भए पनि निको भइरहेको छ । आज विश्वको ठूला ठूला राष्ट्रहरू यसको औषधी निकाल्न दिन रात लागि परेको छ । तर अहिलेसम्म भने रित्तो हात नै रहेको छ जसको कारण निराशा अझै बढ्दो अवस्थामा छ । “के यसले पृथ्वीमा मानिसकाे अन्त्य हुने त होइनन् ? के यसको भ्याक्सिन निकाल्न सकिएला त ?” यस्तो प्रश्न आज विश्वका सारा मानिसहरूको मनमा उब्जिरहेको छ । विश्वकै सुपर पावर भनिने राष्ट्र अमेरिका आज कोरोना भाइरस (कोभिड–१९) को केन्द्र विन्दु नै बनिसकेको छ । विश्वकै सबै भन्दा बढी प्रभावित राष्ट्र भनेको आज अमेरिका नै रहेको छ । आखिर किन ? नासा जस्तो विश्वकै प्रख्यात वैज्ञानिकहरूको समूह अमेरिका मै अवस्थित छन् तर आज अमेरिका नै यसको कहरबाट त्राहिमाम् बनिसकेको छ । इटाली, स्पेन, जर्मनी, जापान, चिन, अस्ट्रेलिया, रुस जस्तो देशहरूले पनि यसको एन्टिडोइ निकाल्न सकिरहेको छैन, आखिर किन ? “ भनिन्छ कि यो विश्वमा असम्भव भन्ने कुरा केही पनि छैन तर यो कोरोले सायद यो भनाई र विश्व भरिमा रहेका प्रसिद्ध वैज्ञानिकहरूले कमाएको नाम सबैलाई गलत साबित गर्छन् कि ?” जस्तो लाग्न थालेको छ । हुन त यस्तो महामरी इतिहासमा अरु पनि आएका छन र त्यसबाट पनि लाखौको सङ्ख्यामा मानिसहरुको ज्यान गएको हो । र तिनिहरुको एन्टिडोइ निकाल्न कम्तिमा ६ महिना लागेको कुरा विभिन्न सञ्चारको माध्यमले थाहा पाउन सकिन्छौ । त्यसले गर्दा आतिनु पर्ने कुरा त छैनन् तर सजग र सचेत हुन आवश्यक देखिन्छ । लकडाउन लकडाउन, जसको अर्थ तपाई जहाँ हुनुहुन्छ त्यही बस्नु, घरबाट बाहिर ननिस्किनु हो । जहिलेदेखि यो कोरोनाको कहर चीनको वुहानबाट पुरै विश्वमा फैलिएको छ त्यो दिन देखि नै लकडाउन प्रख्यात बनिसकेको शब्द हो । इतिहासमै सिङ्गो विश्व भरिमा नै यसरी एकै चोटिमा पुरै विश्वलाई नै बन्द गरेको पहिलो पल्ट नै होला । यसले गर्दा विश्वको सानादेखि ठूला राष्ट्रहरूले पुरै देशभित्र नै लकडाउन गरेका छन् । यस्तो त अवस्था पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धको बेलामा पनि भएको थिएनन् होला ? आज यसको कारण विश्वकै शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, बौद्धिक तथा मानसिक रूपमा धेरै नै पछाडि धकेलिरहेको अवस्था छ । जुन देशमा कोरोना फैलिसकेको छ त्यो देशको शैक्षिक संस्थान अनिश्चित कालसम्मको लागि बन्द गरिसकेको छ । देशका सबै बिजनेस ट्रेट जस्तै कल कारखाना, होटेल, पसलहरू आदि सबै बन्द रहेको अवस्था छ । त्यसले गर्दा सबै देशको अर्थतन्त्रमा पनि धेरै क्षति बेहोर्नु परेको देखिन्छ । यो कोरोनाले नेपाललाई पनि अछुतो छोरेको छैन । लकडाउनको कारणले गर्दा नेपालमा पनि विभिन्न क्षेत्रमा प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा असर परेको देखिन्छ । शिक्षाको क्षेत्रमा “शिक्षा भनेको देशको मेरुदण्ड हो । शिक्षाविना देशकोे विकास तथा आधुनिकता परिकल्पना पनि गर्न सकिदैनन् ।” कोरोनाको कारणले गर्दा अहिले नेपालको शिक्षाको क्षेत्रमा परेको प्रभाव सबै समक्ष छर्लङ्ग नै रहेको छ । विद्यार्थीहरुले आफ्नो १० वर्ष लगाएर लगनशीलताको साथमा गरेको मेहनतको परिणाम भनेको एसईईकाे परीक्षाफल हाे । अहिले उक्त परीक्षा नै भएकाे छैन । पढ्ने हरेक विद्यार्थीको एउटै मात्र धोको हुन्छ कि म राम्रो मार्क ल्याएर एसईई पास गर्ने छु जसको लागि मलाई जति मिहिनेत गर्न किन न परोस् । सबैको मनमा यो कुरा खेलिराखेको हुन्छ । त्यस्तै यसपालिको एसईई दिने विद्यार्थीहरूको मनमा यस्तो कुरा खेल्नु स्वाभाविक नै हो । जुन यो कोरोनाको कहरले गर्दा चैत्र ६ देखि हुने एसईई परीक्षा अनिश्चित काल सम्मको लागि स्थगित भएको छ । कक्षा १० मा पढ्ने विद्यार्थीहरू जसले यसपालि एसईई दिनेवाला थियो उनीहरूको मन उदासले भरिएको देखिन्छ । “अव के होला भन्ने प्रश्न सबैको मनमा होला ? हामी यो एसईई परीक्षा कहिले दिने, हाम्रो रिजल्ट कहिले आउला र हामी कहिले आफूले सोचेको गन्तव्य पुरा गरौला ? यस्तो विभिन्न किसिमको प्रश्न आउनु स्वाभाविक नै हो ।” शिक्षाको क्षेत्रमा यति मात्रै होइन कक्षा १ देखि कक्षा ९ सम्मको विद्यार्थीहरूले त कोरोनाको त्रास सँगै परीक्षा दिइयो तर तिनीहरू मध्ये धेरैकाे नतिजा निस्किन पाएको छैन । सबै विद्यार्थीको आकांक्षा हुन्छ कि आउँदो नयाँ सालसँगै म अर्को कक्षामा जान्छु, र तर त्यो आकांक्षा पनि यस पालि कहिले पुरा हुन्छ भने भन्न सकिँदैन । उनीहरूको मनमा पनि विभिन्न किसिमको त्रासहरू उत्पन्न भइनै राखेको होला । सबै भन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने यदि शैक्षिक सत्र ढिलो सुरु हुन्छ भने कोर्स कहिले सकिन्छ ? विद्यार्थीहरूको सिकाई कहाँसम्म पुग्छ ? पुरै साल भरि पढाई हुँदा देशको विभिन्न ठाउँको सरकारी विद्यालयहरूमा पुर्णरुपले कोर्स सकेको हुँदैन भने यसपालि कस्तो हुन्छ ? “शिक्षा भनेको देशको मेरुदण्ड हो । शिक्षाविना देशकोे विकास तथा आधुनिकता परिकल्पना पनि गर्न सकिदैनन् ।” कोरोनाको कारणले गर्दा अहिले नेपालको शिक्षाको क्षेत्रमा परेको प्रभाव सबै समक्ष छर्लङ्ग नै रहेको छ । यति मात्र होइन उच्च शिक्षा सम्मको सबै परीक्षा लगायत प्राविधिक शिक्षा सम्मको परीक्षाको मिति सारेको छ । विद्यार्थीहरूले दिन र रात मिहिनेत गरी परीक्षाको लागि तयारी गरिराखेको हुन्छ तर यो कोरोनाको कहरले सबैको मनोबल नै घटाइ दिएको छ । यहाँसम्म कि लोकसेवा आयोगको परीक्षा दिनको लागि देशको विभिन्न स्थानबाट विद्यार्थीहरू काठमान्डु, हेटौडा, भरतपुर, विराटनगर, धरान, धनकुटा, वीरगन्ज आदी सहरहरूमा गएर कोचिङ गरी राखेको थियो तर यो लकडाउनको कारण रातारात सबै विद्यार्थीहरू आफ्नो घर फर्किएका कुरा दैनिक जसो रेडियो, टेलिभिजन, पत्रपत्रिकाको माध्यमले सुन्न र हेर्न पाएका छौ । लोकसेवा पास गर्नका लागि विद्यार्थीहरू सालौ साल लगाएर पढिराखेको हुन्छ तर यस्तो परिस्थिमा उनीहरूको मनमा कस्तो किसिमको तनाव उत्पन्न भएको होला ? कहिले सरकारले यसको बारेमा सोचेका छन् । जागिर न पाएर बिदेसिनु यस्तै किसिमको समस्याको परिणम हुन सक्छ होला ? यसले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । जसले गर्दा हाम्रो देशको शैक्षिक स्तरमा पनि केही न केही अवश्य पनि ह्रास आउन सकिन्छ । स्वास्थ्य क्षेत्रमा परेको प्रभाव ‘अस्पतालको लपारवाहीको कारणले बाराको कलैयामा एक युवाको मृत्यु’, यो समाचार न्युज २४ बाट अप्रिल ५ अर्थात् चैत्र २३ को समाचारको भिडियो रिपोर्टमा आएको थियो । यस्तो समाचार धेरै मात्रामा अहिले सुनिन थालेकाे छ । यस्तो हुनुको कारण बिरामीलाई कोरोना भएको होला भन्ने शङ्काको कारणले चेक जाँच नै नगरी कोरोना हो भन्ने अस्पतालमा भर्ना न लिँदा देशका यस्ता कयाैं मानिसहरू उपचारको विना अकालमै मृत्यु खेप्नु परिरहेको छ ? आखिर मर्नेको के गल्ती ? यदि कोरोना नै लागेको हो भन्ने पहिलो स्टेजमा उसको उपचार गर्न सकिँदैन र ? उपचार नै गर्न सक्ने नभएको भए आज विश्वमा करिब लाखौ लाख मानिसहरू कसरी निको भएर घर फर्किएको छ । यस्तो निजी अस्पतालको लपारवाहीको कारणले अप्रिल ६ अर्थात् चैत्र २४ गते नागरिक न्युजमा “निजी अस्पताल सरकारको नियन्त्रणमा रहने” भन्ने शीर्षकमा समाचार छापिएको थियो । तर त्यो मात्र कोरोना सङ्क्रमित पहिचान गर्नको लागि थियो । तर अहिले सम्म त्यो पनि पूर्णरुपमा लागु हुन सकेको छैन । अहिलेको अवस्थामा सामान्य रुघाखोकी लाग्दा पनि मनमा कोरोनाको डरले गर्दा कतिपय मानिसहरू अस्पतालमा गएर चेक गराउन पनि डराइरहेका छन् । उपचार गर्दा गर्दा ज्वरो आएको बिरामीलाई अस्पतालको डाक्टरले जब कोरोनाको शङ्का लगाउन सकिन्छ भने अरूको त कुरै नगरौं । हिजोअस्ति अर्को एउटा घटना सामाजिक सञ्जालमा चर्चामा रह्यो । “टिचिङ अस्पतालबाट डिउटी सकाएर आइरहेको स्वास्थ्य कर्मीलाई सुरक्षाकर्मीले बेसरी कुट्यो “ यसले गर्दा पनि डाक्टरहरू बाहिर निस्किन मानिनै रहेको छैन । एक त पहिला देखि नै पिपिई नभएको कारणले गर्दा स्वास्थ्यकर्मीहरुलाई गाह्रो भइनै राखेको थियो तर अहिले यसले गर्दा पनि अझ समस्या स्वास्थ्य क्षेत्रमा ल्याएका छन् । गा्रमिण भेगमा रहेको सरकारी स्वास्थ्य चौकीहरूमा एउटा मात्र पिपिई उपलब्ध गराएका छन् भने दिन र रात भोकै प्यासै देश तथा देश भित्र बस्ने जनताको सेवा र सुरक्षाको लागि खटिराख्ने सुरक्षाकर्मीहरुलाई पनि सरकारले पपिई् उपलब्ध गराउन सकेको छैन । जब आम जनतालाई सुरक्षा प्रदान गर्न यी दुवै निकाय नै सुरक्षित रहन सक्दैन भने अरू आम जनता कसरी सुरक्षित रहन सक्छ ? जबकि सरकारलाई अनिवार्य रूपमा यी दुवै निकायहरूलाई सुरक्षा कवज दिनु पर्दथ्यो तर यहाँ सरकारमा बसेका मन्त्रीहरूले आफू घरबाट ननिस्किने र अरूको ज्यानको ज्यान नै नसम्झिने प्रवृत्ति बनिसकेको छ । विश्वको सुपर पावर भनिने देश अमेरिका तथा स्वास्थ्यको क्षेत्रमा दोस्रो स्थान हासिल गरेको देश इटाली जब यो कोरोनाको प्रकोपलाई समान्य राख्न सकिरहेको छैन भने हामी जस्तो सानो तिनो स्रोत र साधन भएको देश कसरी जनतालाई बचाउन सकिन्छौ ? जुन कि हाम्रो देशको पुरै अस्पतालको भेन्टिलेटरको सङ्ख्या गन्यौ भने ५०० सय पनि पुग्न सकिँदैन । अनि कसरी सुरक्षा प्रदान गर्न सक्छौ ? हामी सँग थुप्रै समय भए पनि हामी स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन सकेनौ यो कस्तो किसिमको सिस्टम हो ? कोरोना उच्च स्तरीय समितिको गठन गर्दा विना विज्ञको नै समूह गठन गर्यौ जसलाई कोरोनाको क पनि आउँदैन । त्यस्तो व्यक्तिलाई कोरोना विपत् व्यवस्थापन समितिमा राख्नु यो भनेको हाम्रो देशको लागि लज्जाको विषय हो । जब कि त्यस्तो समितिमा चिकित्सा क्षेत्रको विशेषज्ञ, अर्थ विशेषज्ञ, विपत् व्यवस्थापन विशेषज्ञ जस्तो व्यक्तिहरूलाई राख्नु पर्दथ्यो तर त्यो देखिएन किन ? किन भने कोरोनाको नाममा पनि भ्रष्टाचार गर्नु थियो ! यसले हामी अकडा लगाउन सक्छौ कि हाम्रो देशको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो होला ? अर्थतन्त्र र रोजगारी एकै दिनमा १ लाख भन्दा बढी मानिसहरू काठमाण्डाैंबाट तथा हजारौँको सङ्ख्यामा देशका विभिन्न सहरहरूबाट जब घर फर्किरहेको कुरा सुने र पढे त्यस पछि मानिसहरूले अनुमान गर्न सकियो कि देशको अर्थतन्त्रमा ठूलो गिरावट हुनेबाल छ । आज नेपाल मात्र होइन संसारका ठूला ठूला राष्ट्रहरूले पनि आर्थिक सङ्कट बेहोर्ने विभिन्न अन्तर्राष्ट्रिय सूचनाहरूको अनुमान रहेको छ । कोरोनाले गर्दा भिजिट नेपाल २०२० लाई स्थगित गर्नु पर्यो जसका कारण नेपालले सोचेको आर्थिक लाभ लिन सकेको छैन । देशका विभिन्न कलकारखाना पनि बन्द भइसकेको अवस्था छ । जसको कारण ज्यालादारी गरेर खाने मानिसहरूलाई आफ्नो दिन टार्न गाह्रो हुन थालेको छ। वैशाख ५ गतेको थाहा खबरमा एउटा समाचार पढे ’कि काम देऊ कि माम देऊ’ भन्ने शीर्षक थियो ।यो घटना दाङ जिल्लामा रहेको इँटा उद्योगको हो । जहाँ खानको लागि इट्टा भट्टामा काम गर्ने व्यक्तिहरू खानाको लागि छटपटाइ रहेको छ । नेपालमा यस्तो एउटा मात्र होइन यस्तो समस्या धेरै छन् । वैशाख ५ गतेका दिन फेरी अर्को समाचार पढे काठमाडौं मै बसिरहे भोकले मरिन्छ, घर पुगे पक्कै बाँचिन्छ’ यो घटना सर्लाहीका राजकुमार दास हो जसले काठमाडौँमा कुकर र ग्यास चुल्हो बनाउने काम गर्थे। जोरपाटीमा बस्दै आएका दासको यो पेसा कोरोना भाइरसले खोसिदियो। सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेपछि उनले घर(घरमा गएर कुकर बनाउन पाएनन् । सहरवासीले बस्तीमा छिर्न पनि दिएनन् जसको कारण २१ दिनसम्म कोठामै बस्नु पर्यो तर, लकडाउन खुल्ने कुनै छाँट देखिएन । उसको घरमा भएका सबै रासन पानी सकिएपछि उनी आत्तिए। नआत्तिएर के गर्नु आफैँ घरमा रासन पानी आएन। भएको सबै पैसा पनि सकियो। राहत पाउन नाम पनि लेखाए तर, राहतको नाममा एक दाना चामल पनि उनको हातमा पर्न सकेन। यस्तै नयाँ पत्रिकाको पहिलो पेजमै वैशाख ५ गते नै फेरी यस्तै घटना पढ्न पाए । “लकडाउनमा मजदुरको पीडा , राजधानीमा खान पाइँदैन, प्रशासनले घर जान दिँदैन”मानिसहरूले खाना नपाएर आ आफ्नो घर गइरहेको फोटोहरू अहिले फेसबुकमा पनि भाइरल बनेको छ । उनीहरूलाई पैदल नै हिनेर घर जाने कुनै सौक छैन । न त कुनै त्यस्तो इमरजेन्सी नै छ तर भोकै भने कति दिन सम्म काठमान्डु लगायत देशका अन्य सहरहरू बस्न सकिन्छ । त्यसैले गर्दा मानिसहरू भोक भोकै पैदल नै हिनेर घर गइरहेको छ । तर त्यसमै वैशाख ४ गते सरकारले निर्णय गर्यो कि घर बाहिर देख्नेलाई मुद्दा चलाइने छ । के सरकारले मात्र नियम बनाउने हो कि भोकले छटपटाइरहेको मानिसहरूलाई रासनको पनि व्यवस्था मिलाउने हो ? “ सरकार दैनिक ज्यालादारी गर्नेलाई रासन दिनु, उनीहरूलाई घर जाने सोख छैन । खान पाए जहाँ गए पनि बस्नु नै छ । कोरोनाको कारणले मर्नु भन्दा पहिला मानिसहरूले कहीँ भोकै न मरिहालोस् ।” “लकडाउन पुर्णरुपमा लागु गर्न टोल टोलमा हेल्प डेस्क संचालमा ल्याउनु टोलको प्रत्येक व्यक्तिको खाने सबै सामग्री लगायत अन्य अति आवश्यक पर्ने सामग्रीको लिस्ट बनाउनु र भोलि पल्ट उसको गेट अगाडी राखी सुलभ मूल्य लिनु” लकडाउनको पालना स्व्म हुन्छ यदि त्यति गरेर पनि जनताले मानी राखेको छैन त्यस पछि मात्र करवाही गर्नु शोभनमय कार्य हुने सरकार । कालोबजारी र भ्रष्टाचार लकडाउनको बेलामा कालोबजारीले सीमा नाघिसकेको अवस्था छ । जुन समान प्रति केजी पहिला २० पर्थ्यो त्यो अहिले ४० परिराखेको छ । तर वास्तवमा त्यसको मूल्य भने त्यति छैन अहिले पनि । यस्तो आपद्काे घडीमा पनि कालोबजारी गरिरहेको छ तर सरोकारवालाको ध्यान त्यहाँ जान सकेको छैन र त्यो सबैको मर्का आम साधारण नेपाली जनताहरूमा परिरहेको छ । यसको समय मै निगरानी गरी जनताहरूलाई कालोबजारीबाट बचाउने प्रयास होस । भ्रष्टाचार भनेको कुरा त मलाई लाग्छ कि कसैले नेपालबाट नै सिकोस् । यस्तो परिस्थितिमा विभिन्न दशले आफ्नो देशको नागरिकहरूलाई बचाउन विभिन्न किसिमको उपाय र योजना बनाइ राखेको छ । तर यहाँ भने यस्तो विषम परिस्थिमा पनि भ्रष्टाचारको नै कुरा सुनिन्छ । भ्रष्टाचार भनेको कुरा त मलाई लाग्छ कि कसैले नेपालबाट नै सिकोस् । यस्तो परिस्थितिमा विभिन्न दशले आफ्नो देशको नागरिकहरूलाई बचाउन विभिन्न किसिमको उपाय र योजना बनाइ राखेको छ । तर यहाँ भने यस्तो विषम परिस्थिमा पनि भ्रष्टाचारको नै कुरा सुनिन्छ । गत महिना चैत्रमा कोरोनाको रोकथाम गर्नको लागि स्वास्थ्य सामग्री किन्नमा पनि चरम भ्रष्टाचारको कुरा सबै नेपाली जनताहरूले बुझेको नै हो । म धन्यवाद दिन चाहन्छु रमेश पौडेललाइ जसले स्वास्थ्य सामग्री किन्दा अनियमितता भएको भन्दै एकलै अनलाइन मार्फत अख्तियारमा मुद्दा हाले । जसको कारण त्यही दिन त्यो टेन्डर रद्द भयो जसबाट करोडौँ रकम भ्रष्टाचार हुनबाट जोगियो । यहाँ तल देखि माथि सम्म सबै भ्रष्टाचारले नै भरिएको देश हो । स्थानीय निकायहरूले अहिले कोरोनाबाट बाच्नको लागि बाटिरहेको मास्क, सेनिटाइजर, साबुन सबैमा भ्रष्टाचार नै गरिराखेको देखिन्छ । मास्क जुन एक लेयरको कपडाबाट बनाइएका छन् जुन १ प्रतिशत पनि कोरोनाबाट जोगाउन सकिँदैन भने विज्ञहरूको भनाई छ । आखिरमा त्यस्तो किन बाढने ? के त्यसको पैसा लाग्दैन र ? कुनै पनि कुराको सीमा हुन्छ तर यहाँ भने भ्रष्टाचारको सीमा छैन । कहिले क्वारेन्टाइनको नाममा त कहिले राहत वितरणको नाममा देशको पैसा लुटिरहेको छ । पहिला भुक्पको पैसा, त्यस पछि बाढी पीडितको पैसा र अहिले कोरोनाको पैसा । विश्व बैकले त्यत्रो पैसा कोरोना कोषमा खर्च गर्न सहयोग गरे पनि अहिले सम्म सबै सुरक्षा कर्मी तथा सबै स्वास्थ्यकर्मीहरुले सुरक्षा बवज पाउन सकेको छैन । “विदेशबाट आएको रेमिटेन्स भित्र्याउन अहो अहो गर्ने तर यस्तो विपद्को बेलामा विदेशमा फसेको नेपाली नागरिकहरूलाई नेपाल ल्याउन भन्दा कानमा तेल राखेर बस्ने लाज लाग्दैन सरकार ।” म घरमा बसिरहेको बेला एक जना मेरो मलेसिया बस्ने साथीले फोन गर्यो । कुरा कानी हुँदै थियो र मैले सोधे कस्तो त्यहाँ लकडाउनको प्रभाव उसले मन छोटो पार्दै भन्यो के भन्नु यहाँ त बिजोग छ । मेरो अवधि समाप्त भइसकेको थियो कम्पनीले भोलिको टिकट काटी दिएको थियो अनि त्यही दिन देखि विदेशी उड्डयन सेवा बन्द भयो । मलाई त यहाँ बिजोग नै भइसकेको छ । कम्पनी भन्छन् म जिम्मा लिँदिन यहाँ यस्तो परिस्थितिमा के गर्नु के गर्नु भएको छ ? यस्तो समस्या विदेशमा बस्ने एक जना नेपालीको मात्र होइन यस्तो समस्या विदेशमा बस्ने पुरै नेपालीको नै छ । जहाँ अरू देशले आफ्नो नागरिकहरूलाई आफ्नो प्लेन पठाएर देश फर्काइरहेको छ तर नेपाल सरकारले भने कानमा तेल हालेर बसेको छ । यस्तो बेलामा जसरी भए पनि संकतमा परेको नेपालीहरूलाई नेपाल बोलाउनु पर्दथ्यो र उनीहरूलाई क्वारेन्टाइनमा बस्न लगाउनु पदैथ्यो हैन भने जुन जुन देशमा नेपालीहरू काम गर्न गएका छन् त्यहाँ नेपाल एम्बेसीको सहयोगमा उनीहरूलाई मदत गर्नु पर्छ । ताकि उनीहरूलाई पनि लागोस् कि हाम्रो मातृ भूमिलाई हामीहरूको माया छ । मात्र आम्दानीलाई न सोचौँ सरकार ज्यान बच्यो भने धेरै पैसा कमाउन सकिन्छ । पहिला विदेशमा बस्ने नेपालीहरूको ज्यान जोगाउनु । अन्त्यमा, विद्यार्थीहरूलाई यो विषम परिस्थितिमा अनलाइन पढाईको व्यवस्था मिलाउस सरकार जसले गर्दा विभिन्न तहको विद्यार्थीहरुले आफ्नो घरमै बस्दा पनि पढाइबाट वञ्चित नहोस् । गरिबहरूको लागि खाद्यान्न सामग्री यथा शीघ्र उपलब्ध गराइदिनुस् । देशको जुन सुकै कुनामा बसेको मानिसहरूलाई त्यही ठाउँमै राहत मिलाइ दिनुहोस् । देश भरी खटी रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चार कर्मीहरूलाई अनिवार्यरुपमा सुरक्षा कवाज उपलब्ध गराइ उनीहरूको बिमाको व्यवस्था मिलाउनुहोस् । आज विश्वका शक्तिशाली देश अमेरिका, चीन, इटाली कोरोना भाइरससँग जुधिरहेका छन तर निकास भन्ने पाइराखेको छैन यो अवस्थालाई गम्भीर रूपमा बुझेर यस्तो खालको अवस्था नेपालमा आएमा नेपाल सरकारसँग सम्बन्धित उपकरणरु न्यून रहेको हुनालेडे आफूआफूमा ,गम्भीर र समुदायहरूलाई सूक्ष्म ढंगले विचार गरी दैनिक सरसफाइ, हिँडडुल, जमघट तथा भेटघाटलाई र अन्य विभिन्न सांस्कृतिक पर्व, उत्सवहरूलाई थाति राखी यस महामारीको सामना गर्न दृढ संकल्प र इच्छाशक्ति तथा ऊर्जाशील नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरूमा सादर अनुरोध छ । www.facebook.com/biveksharma100
पर्यावरण सरंक्षण, प्राथमिकतामा रुपान्तरण, परिस्कृत जीवनशैली
सिंगो सृष्टिमाथि नै वर्चस्व कायम गर्ने मान्छे आज स्वयं आफै परास्त महसुस गरिरहेको छ । कोभिड –१९ गत सय वर्षको अवधिमा देखिएको सबैभन्दा ठूलो विश्वव्यापी महामारी हो । अनि हाम्रो पुस्ताले भोगको हालसम्मकै तीतो यथार्थ । एउटा जीवाणुले मानव सभ्यताले दशकाैं लगाएर निर्माण गरेको जगलाई क्षणभरमै खुकलो बनाएको छ । चीनबाट सुरु भएको यस भाइरसले विश्वका शक्तिशाली राष्ट्रहरुलाई समेत पिडामा धकेलेको छ । समग्र विश्वले नै घुँडा टेकेको छ । । एक दिनमा एक सय जनालाई लाग्यो भने १५ दिनमा पाँच हजार जना संक्रमित हुने तथ्य विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ । कोरोना संक्रमणको गणितिय तथ्यले सबैलाई स्तब्ध तुल्याएको छ विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटको घोषणा गरेको छ । यस्तो घोषणा भएको यो पाँचौ पटक हो । यसको उत्पत्तिको पछाडि बदमासी, षडयन्त्र, प्रविधिगत त्रुटी लगायतका अनुमान सुन्न सकिन्छ । तर सत्य गौण नै छ । यकिनका साथ भन्न सकिने अवस्था छैन । आजका दिनसम्म न त निवारण पत्ता लागेको छ । न अन्तिम विन्दु आँकलन गर्न नै सकिएको छ । याे लेख तयार गर्दासम्म विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका २२ लाखभन्दा बढी जनसंख्यामा फैलिसकेको छ । पछिल्लो केही महिनामा नै १ लाख ५० हजारभन्दा धेरै संक्रमितले ज्यान गुमाइसकेका छन् । लेखक हालसम्म नेपालमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन । संक्रमितको संख्या बढ्दै गएकाे छ । बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण देखिएबाट नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ । परीक्षणको दायरा बढाएसँगै संक्रमित हुनेहरुको संख्या पनि बढ्दै गएको छ । खुला सीमानाका कारण नेपाल उच्च जोखिममा रहेको तथ्य जगजाहेर नै छ । तत्कालको बाटो के ? पहिलो, कोरोना संक्रमणको फैलावट नियन्त्रण गर्ने । दोस्रो, खाद्य सामाग्री लगायत औषधी र अन्य आधारभूत आवश्यकताको सहज आपूर्तिको व्यवस्था मिलाउने । तेस्रो, सीमा, राजधानी लगायत अन्य सहरहरुमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले गन्तव्यमा पुर्याउने । विदेशमा रहेका श्रमिक र विद्यार्थी आफ्नो देश फर्कन चाहान्छन् भने त्यसको लागि कार्ययोजना बनाउने । चौथो, लकडाउनको विकल्प खोज्ने । नेपालले बन्दाबन्दी अर्थात् लकडाउनलाई कोरोना नियन्त्रणको प्रमुख उपायको रुपमा अपनाएको छ । सरकारले किस्ताकिस्ता गरी लकडाउन बढाएकाे छ । साथै, अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गरिएका छन् । कोरोना फैलावट नियन्त्रणको पहिलो कदम लकडाउन हुन सक्छ तर यो नै पूर्ण रणनीति भने होइन । लकडाउनबाट कसरी र कुन अवस्थामा मुलुक निस्कने भन्ने रणनीति सरकारले बनाउन आवश्यक छ । कोरोना फैलावट नियन्त्रणको पहिलो कदम लकडाउन हुन सक्छ तर यो नै पूर्ण रणनीति भने होइन । लकडाउनबाट कसरी र कुन अवस्थामा मुलुक निस्कने भन्ने रणनीति सरकारले बनाउन आवश्यक छ । यस्तो बखतमा सबैभन्दा प्रभावित हुने भनेको असंगठितरुपमा काम गरिरहेका अनौपचारिक क्षेत्रका श्रमिक हुन् । अहिले ज्यालादारी मजदुर, अशक्त लगायत अति विपन्न वर्गका नागरिकको दैनिकी विकराल बन्दै गएको छ । राहत वितरण गर्न पनि अद्यावद्यिक रेकर्ड छैन । नपाउनु पर्नेले पाउने र पाउनुपर्नेहरु छुट्ने हुन सक्छ । लक्षित वर्गको सही पहिचान गर्ने काममा स्थानीय तहका तटस्थ हुन जरुरी छ । त्यस्तै कोरोना कहर भित्र मौलाउन सक्ने कालोबजारी लगायतका अनियमिततातर्फ सबै सरोकारवालाहरु चनाखो रहनुपर्छ । यसमा स्थानीय सरकारको दरिलो निगरानी र सुपरिवेक्षण अपरिहार्य छ । कुनै भेगमा खाद्य पदार्थ धेरै भएर खेर गइरहेको अवस्था छ भने कतै खाद्यानको अभाव देखिन थालिसकेको छ । व्यापारीले कृत्रिम अभाव सृजना गर्ने र उपभोक्ताले अनावश्यक संचय गर्ने समस्या देखिएको छ । यसले खाद्य साङ्लो अवरुद्ध हुन सक्ने संकेत गरेको छ । खाद्यन्न माथिको पहुँच , प्रभावकारी भण्डारण र समुचित वितरणको वातावरण सृजना गर्नुपर्ने देखिन्छ । २०७२ सालमा गएको भूकम्पको खत अझै पूर्ण रुपमा निको नहुदै नेपाललाई अर्को घाउ थपिएको छ । भूकम्पको समयमा नेपालमात्र समस्यामा परेको थियो । तर अहिले शक्ति राष्ट्रहरुको अर्थतन्त्रलाई समेत गम्भीर धक्का पुगेको छ । यस्तो अवस्थामा सरकारले चोटग्रस्त अर्थतन्त्रलाई सहजै मलम लगाउन हम्मे नै पर्ने छ । १५ औं योजनाले राखेको १०.३ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यमा मात्रै सीमित रहने हुन सक्छ । योजनाका अन्य सूचांकहरु पनि हासिल नहुने आँकलन विज्ञहरुको छ । कोरोनाको असरको आयतन र घनत्व अहिले नै पूर्ण यकिन गर्न सक्ने अवस्था छैन । यसको बहुआयामिक असरहरु क्रमशः उजागर हुन थालिसकेका छन् । पर्यटन, यातायत, उद्योग , कृषि, रेमिट्यान्स लगायतका क्षेत्र एकैपटक थलिन लागेका छन् । यसले उत्पादन, आय र रोजगारीमा मन्दी ल्याउने नै भयो । शिक्षा क्षेत्र पनि विचलित हुने अवस्थामा छ । ढिलो-चाडो सबै क्षेत्रहरु यसबाट प्रभावित हुनेछन् । वैदेशिक रोजगारीमा पर्न सक्ने प्रभावका कारण विदेशी मुद्रा संचितिमा कमी आउनेछ । औद्योगिक र व्यापारिक गतिविधि सिथिल हुनेछन् । विश्व अर्थतन्त्र नै संकुचित हुँदा नेपाल अछुतो रहने कुरै भएन । अर्थतन्त्रमा पर्ने असर व्यवस्थापन गर्न त्यति सहज नहुन सक्छ । कोरोना र योसँगै आएका अन्य संकट व्यवस्थापन सरकारको लागि चुनौती बनेको छ । तसर्थ दीर्घकालीन रणनीति भने मुलुकको अर्थतन्त्रको नाडी छामेर तय गर्नुपर्ने हुन्छ । अन्य राष्ट्रका सफल अभ्यासबाट पनि केही सिको गर्न सकिन्छ । कहरभित्रको अवसर सबैभन्दा ठूलो अवसर सरकारका लागि छ । दुई-तिहाइको सरकारलाई रचनात्मक शासकीय कला दर्शाउने मौका हो यो । सुशासन ग्ल्यामर गफमा होइन, नागरिक प्रत्याभूतिमा हुन्छ । यसलाई प्रमाणित गर्ने समय हो यो । सरकारले तत्काल र दूरगामी गरी चरणबद्ध रणनीतिहरु अवलम्बन गर्नुपर्छ । प्रत्येक कालो बादलभित्र चाँदीको घेरा हुन्छ । समस्यासँगै सम्भावना पनि हुन्छ । कोरोना कहरसंगै पनि अवसरहरु पक्कै आएका छन् । त्यसलाई पहिल्याउन सक्नुपर्छ । सबैभन्दा ठूलो अवसर सरकारका लागि छ । दुई-तिहाइको सरकारलाई रचनात्मक शासकीय कला दर्शाउने मौका हो यो । सुशासन ग्ल्यामर गफमा होइन, नागरिक प्रत्याभूतिमा हुन्छ । यसलाई प्रमाणित गर्ने समय हो यो । सरकारले तत्काल र दूरगामी गरी चरणबद्ध रणनीतिहरु अवलम्बन गर्नुपर्छ । फागुनको अन्तिमसम्म केवल २५ प्रतिशत मात्र पूँजीगत बजेट खर्च भएको छ । बाँकी बजेटलाई अर्थपूर्ण तवरले खर्च गर्नुपर्छ । ताकि राज्य, शासन प्रणाली र सरकार प्रतिको विश्वास बझै बढोस् । सरकारले ल्याएका कार्यक्रमप्रति आमनागरिकले अपन्त्वको ग्रहण गरुन् । यो सरकारको सामर्थ्यको कद र प्रतिपक्षको उदार दिलको चौडाइ नाप्ने समय पनि हो । काम पन्छाउने, प्रकृयामुखी, गोपनीयतामा रमाउने, परिवर्तन विरोधी, असक्षमहरुको समूहको रुपमा नेपालको कर्मचारीतन्त्रको तितो आलोचना भईरहन्छ । यावत् आलोचनाहरुलाई गलत प्रमाणित गर्ने समय हो यो । आफूभित्र मौज्दात रहेको सक्षमता, तटस्थता र नागरिक केन्द्रित व्यहार खर्च गर्ने सही समय आएको छ । कर्मचारीले विषम परिस्थितिमा झन् उर्जावान भई काम गर्न सक्नु पर्छ । योग्यता प्रणालीमा आधारित नेपालको कर्मचारीतन्त्र साच्चै लोकतन्त्रको मेरुदण्ड हो । यो पुष्टि गर्ने यो ठूलो अवसर हो । संघीयताको आधार स्तम्भको रुपमा रहेका स्थानीय तहलाई थप सशक्त र उत्तरदायी बनाउने अवसर पनि हो यो । नेपालको संविधान, २०७२ मा संघ, प्रदेश र स्थानीय तहलाई विपदको तीनवटै चरणमा कार्य गर्ने गरी अधिकार दिएको छ । त्यस्तै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ ले विपद्को पूर्वतयारी, प्रतिकार्य, खोज, उद्धार र राहत सामाग्रीको भण्डारण, वितरण र समन्वय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । प्राप्त अधिकारलाई स्थानीय तहले हर तवरले पूरा गर्न तल्लीन हुनुपर्छ । संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ (धारा २३२)। यी तिनै तहको राजनीतिक, प्रशासनिक र वित्तिय अन्तरसम्बन्धलाई महामारी व्यवस्थापन गर्ने औजारको रुपमा प्रयोग गर्ने अवसर मिलेको छ राज्यलाई । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, समाजसेवी, उद्योगपति, व्यापारी लगायतलाई आफ्नो व्यवसायिक धर्म निर्वाह गर्ने मौका मिलेको छ । नागरिक समाजलाई ‘वाचडग’ र सार्वभौम नागरिकलाई राज्यप्रति बफादार बन्ने सुवर्ण अवसर बन्न सक्छ महामारी । यो महामारीकोको प्रमुख असरहरुमा खाद्य संकट रहने धेरैले आँकलन गरिसकेका छन् । वैदेशिक रोजगारबाट फर्केका र अनौपचारिक क्षेत्रबाट च्युत भएकाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिन्छ । यसका लागि साना किसानलाई सामूहिक खेती गर्नका लागि सरल कृषि ऋणको व्यवस्था गर्ने जस्ता कार्यका लागि तिनै तहका सरकारहरुबीच यथाशीघ्र समन्वय गरिनुपर्छ । संकूचित हुँदै गएको कृषि क्षेत्रमा सक्षम युवाहरुलाई आकर्षित गर्ने रणनीति ल्यानुपर्ने देखिन्छ । कृषि क्षेत्रलाई अर्थतन्त्रको मजबुत खम्बाको रुपमा विकास गर्ने यो सुनौलो अवसर हो । सकसको सन्देश मानव सभ्यता र भौतिक विकासमाथिको नै प्रश्न चिन्ह हो कोभिड-१९ । मानव सभ्यताले विकासको काचुली फेरिरहेको हुन्छ । यसमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा द्वन्द्व, संकट, संघर्ष, प्रतिस्पर्धा जस्ता घटकहरुले ठूलो भूमिका खेलिरहेको हुन्छन् । यिनै विषम परिस्थितिले दिएको संदेशलाई आत्मसाथ गर्नै पर्ने हुन्छ । यदि यसो नहुदो हो त हामी सायद विकासको यो चरणमा आइपुग्ने थिएनौं । तसर्थ महामारीको रुपमा मात्र सीमित राख्न हुँदैन कोरोनालाई । यसले दिएको सन्देश सम्पूर्ण मानव जीवनसँग गाँसिएको छ । यो नयाँ जीवन दर्शन व्युताउने युगको प्रारम्भ पनि हुन सक्छ । जसलाई ‘३ प ’ को अवधारणाभित्र राखेर हेर्न सकिन्छ । पहिलो, पर्यावरण सरंक्षण । दिनानु दिन पृथ्वीको पर्यावरणीय संकट चुलिदो छ । प्रकृतिको चरम विनाशतिर स्वयं मानव नै उन्मुख छ । भौतिक विकास तीव्र गतिमा छ । पर्यावरण संरक्षण धिमा गतिमा । प्रकृति माथिको दोहनको प्रतियोगिताले समग्र ‘सर्भाइभल सिस्टम’ नै थलिएको छ । हाल प्रदूषण कम भएको , सहरहरु व्यवस्थित देखिएको, समुद्री तटहरुमा जलचरहरु रमाउँदै गरेको, सहरमा जनावरहरु निस्कन थालेको समाचार आएका छन् । मानवले प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन गरेको अवस्था छ । कतै यसलाई सन्तुलन गर्न स्वयं प्रकृति नै जुर्मुराएको त होइन ? अनि यसैको परिणाम पो हो कि यो महामारी ? अब सोच्नै पर्ने भएको छ । दोस्रो, प्राथमिकतामा रुपान्तरण । असामान्य अवस्थामा शक्ति सम्पन्न राष्ट्र पनि विपन्न बन्दो रहेछ । सम्पन्न भनिएका देशहरु झन् प्रताडित हुनुले यही सन्देश दिन्छ । संसारमा निरपेक्ष रुपमा सुरक्षित कुनै पनि मुलुक छैन । विकसित राष्ट्रको भिसा लाग्नु जीवनको ‘सेफ ल्यान्डिङ ’ होइन । पैसा, पद र प्रतिष्ठा भन्दा मनको शान्ति ठूलो कुरा हो । राष्ट्रनिर्माण, भाइचारा, शान्ति, प्रेम र विश्ववन्धुत्वको भावना अब हाम्रो प्राथमिकतामा पर्नुपर्छ । तेस्रो, परिस्कृत जीवनशैली । समयलाई नै जित्न खोज्दै दौडिरहेको हुन्छ मान्छे । सधैंको तछाड, मछाड । कसका लागि ? किन ? कहिलेसम्म ? स्वयं उसैलाई थाहा हुँदैन । आफ्नो लागि त समय नै हुँदैन ऊसँग । कुनै पनि भाइरसलाई मार्ने औषधी आजसम्म बनेको छैन । मानव शरीरको ‘इम्युन सिस्टम ’ ले त्यो क्षमता राख्छ । सही खानपान , सकारात्मक सोंच योग, ध्यान यसका कच्चा पदार्थ हुन् । हामीलाई मार्ने त भाइरसले नभई हाम्रो कमजोर ‘इम्युन सिस्टम’ ले हो । अहिलेको जीवनशैलीलाई पूर्ण विराम नै लगाउनु पर्छ । विकसित राष्ट्रको भिसा लाग्नु जीवनको ‘सेफ ल्यान्डिङ ’ होइन । पैसा, पद र प्रतिष्ठा भन्दा मनको शान्ति ठूलो कुरा हो । राष्ट्रनिर्माण, भाइचारा, शान्ति, प्रेम र विश्ववन्धुत्वको भावना अब हाम्रो प्राथमिकतामा पर्नुपर्छ । गुगलले कोरोना सतर्कतामा अमेरिका भन्दा पनि नेपाल अगाडि रहेको तथ्य सार्वजनिक गरेको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले कोरोना रोकथाममा नेपालको कदमको प्रशंसा गरेको छ । यो हाम्रो लागि उत्प्रेरणारुपी खुराक हो । अन्त्यमा, कोरोनाबाट सिर्जित संकटहरुको व्यवस्थापन र नागरिक जीवन रक्षाको मुख्य दायित्व राज्यको हो । अनि यो विषम परिस्थितिमा राज्यलाई सहयोग गर्नु नागरिकको कर्तव्य पनि हो । ‘अनिकालमा बीउ जोगाउनू , हुलमुलमा जीउ जोगाउनू’ । यो परीक्षाको घडीमा आत्मबल, आशा, सहकार्य र समन्वयको बीउ जोगाउनै पर्ने हुन्छ । सर्वपक्षीय तयारी, तदरुकता र तादात्मयताबाट नै महामारी विरुद्धको कवच निर्माण हुन सक्छ । यो नै आजको समयले माग गरेको आपत धर्म हो । वाणगंगा नपा, कपिलवस्तु [email protected]
प्रकृतिलाई पिंजडामा राख्न खाेज्दा
संसारमा कुनै कुराको दुई किसिमले चर्चा हुने गर्दछ। कुनै कुराको सकारात्मक पक्षमा चर्चा हुने गर्छ भने कुनै कुराको नकारात्मक पक्षको चर्चा। यी दुबै पक्षहरू खासगरी विषयको बिशेषताका आधारमा फरक पर्ने गर्छन। उदाहरणका लागि दुई वटा फरक फरक समाचारको प्रमुख लाइन लिएर हेरौं, मानौं पहिलो समाचारको प्रमुख लाइन यस्तो छ; ” कोरोना रोकथामका लागि नेपालले प्रभावकारी भूमिका खेल्यो। ” र दोस्रो समाचारको प्रमुख लाइन यस्तो छ ; “कोरोना महामारीले संसारका ६० प्रतिशत जनसंख्यामा संक्रमण हुन सक्ने।” यी दुबै समाचार आफैमा सत्य हुन सक्छ्न र दुबै विषय व्यापक चर्चामा आउने खालका पनि देखिन्छ्न । तर, पहिलो समाचारले मानव सभ्यतामा सकारात्मक सन्देश दिदै आशालाग्दो तरिकाले चर्चा हुन्छ भने दोस्रो समाचारले भयभित बनाउछ र मानव सभ्यतामा नकारात्मक प्रभाव पर्ने कुरामा बढी शङ्का गरिन्छ । त्यस्तै अहिलेको `नोभेल कोरोना भाइरस´ विषयले पनि पहिलो समाचार भन्दा पनि दोस्रो समाचारले जस्तै विश्वजगतमा नकारात्मक प्रभाव पार्न सक्ने कुरामा विश्वभरीनै आक्रान्त र भयभित अवस्था सृजना गरेको छ। समाजका हरेक क्षेत्रमा यसले पार्न सक्ने असर र कोरोना पछिको हाम्रो भबिस्यको समेत विभिन्न तरिकाले लेखाजोखा र कल्पना गरिएको छ। कतिपयले प्रकृतिले नया मुहार पाउने र हराउदै गएको मानवता, प्रकृति प्रेम, सद्भाव, स्वस्थ जीवनशैली, कृषि प्रतिको बढ्दो चासो जस्ता कुराहरूमा व्यापक सुधार आउनेमा आशावादी छन भने अर्को ठूलो हुलले भने कोरोना पछिको डरलाग्दो स्थितिको कल्पना गरेको छ। चाइनाको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) पहिलो पटक २०१९ डिसेम्बर ३१ मा पहिचान गरिएको थियो। विश्वब्यापी हवाई यातायात संजाल, सीमा वारपार र पर्यटकको आवतजावतले गर्दा छोटो समयमै यो भाइरसले विश्वका अधिकांश देशहरुमा फैलिन सफल भयो। दिन दुई गुणा रात चार गुणा भनेझै दैनिक हजारौं संक्रमण देखिन थाल्यो र कोभिड-१९ ले शताब्दीकै कहालीलाग्दो महामारीको रुप लियो। मानव नियन्त्रणभन्दा बाहिर गएपछि कोभिड-१९ लाई विश्व स्वास्थ्य संगठनले २०७६ फाल्गुन २८ गते विश्वब्यापी महामारीको घोषणा गर्यो। यो लेख तयार पार्दा सम्म २१० देशमा कोरोनाको संक्रमण फैलिएको छ भने संक्रमितको संख्या २२ लाखले नाघेको छ जसमध्ये ५ लाख भन्दा बढी उपचार पछि निको भैसकेका छ्न। एक लाख पचास हजार भन्दा धेरैले ज्यान गुमाइसकेको अवस्था छ। विश्व अहिले एक ठाउँमा अडिएको छ। कोरोना भाइरसको संक्रमण कम गर्नको निमित्त अधिकांश देशहरुले `लकडाउन´ गरेका छन। देशका नागरिकहरुलाई हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ। विद्यालय, कलकारखानाहरु ठप्प छ्न। सिनेमा घर, मठ मन्दिर, खेल मैदान, बगैंचाहरु सबै शान्त छ्न। लाखौं मजदूरहरु काम बिहिन भएका छ्न। दिनानु दिन बेरोजगारको संख्या बढिरहेको छ। अमेरिका जस्तो आफूलाई शक्तिसम्पन्न मान्ने देश पनि अहिले कोभिड-१९ को महामारीले हल न चलको अवस्थासंग गुज्रिनुका साथै लाखौं संख्यामा बेरोजगारका आवेदनहरु भरिएको समाचार आएका छ्न। स्वास्थ्य सेवामा अब्बल मानिएका यूरोपेली मुलुकहरु, अमेरिका, बेलायत आदि जस्ता समृद्ध राष्ट्रहरु पनि कोरोना भाइरसको अगाडि निरिह भएर टुलुटुलु हेर्न बाध्य भएका छन् । लेखक यस्तै नेपालमा पनि कोरोना भाइरसको उस्तै प्रभाव परेको छ। २०७७ बैशाख ६ गतेसम्म नेपालमा ३० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ जसमध्ये १ जना उपचार पछि निको भएका छ्न। कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या भने नेपालमा शून्य रहेको छ। यसको नियन्त्रणका लागि सरकारले चैत्र १० गतेदेखि देशलाई `लकडाउन´ गरेको छ। विद्यार्थी, मजदूर र गरिव निमूखा जनताहरु सबैभन्दा धेरै चपेटामा परेका छ्न। १९८० मा बादरबाट एचआईभीएड्स र २००४ मा चराबाट फैलिएको एभियन फ्लूले मानव स्वास्थ्य माथी संकट पैदा गर्यो। यस्तै सन् २००९ मा सुगुरबाट स्वाइन फ्लू भित्रिनुका साथै चमेरोबाट सार्स र इबोला भित्रियो। यसरि समयक्रममा मानव सभ्यतामाथी प्राण घातक भाइरस र यिनिहरुले निम्त्याउने रोगका कारण कैयौं पटक स्वास्थ्य संकटहरुले बिश्वलाई आक्रान्त पार्दै आएको तथ्यहरु छ्न। यद्यपि पहिलेका भाइरसहरुले मानिसमा पारेको संक्रमण र मृत्युदर हेर्ने हो भने कोरोना भाइरसको सवालमा यो अनुपात निकै कम देखिन्छ।बेइजिङबाट सुरु भएको सार्सका कारण नोभेम्बर २००२ देखि २००३ सम्म बिश्वभरिबाट ७७४ जनाको मृत्यु भएको थियो जसको मृत्युदर संक्रमित संख्याको ९.६ प्रतिशत हो। यस्तै मर्सका कारण २०१२ मा २४९४ जना संक्रमित भएका थिए भने ८५८ जनाको मृत्यु भएको थियो जसको मृत्युदर ३४.४ प्रतिशत हुन आउँछ। स्वासप्रस्वास सम्बन्धि यो रोग (कोभिड-१९) कोरोना भाइरसका कारणले लाग्ने गर्दछ। हाछ्यु गर्दा वा खोक्दा यो भाइरस सजिलै संक्रमित ब्यक्तिबाट स्वस्थ ब्यक्तिमा सर्ने गर्दछ। यो भाइरसले नाक, मुख , आँखाबाट छिरेर स्वासप्रस्वासमा असर गर्दछ। सुख्खा रुघाखोकी, स्वासप्रस्वासमा समस्या, उच्च ज्वरो यसका प्रमुख लक्षणहरु हुन। त्यसकारण एक अर्का बीचमा सामाजिक दूरी कायम गर्नु नै यो भाइरसको संक्रमणबाट बच्ने ब्रह्मास्त्र हो। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट बच्नका निम्न सल्लाहहरु दिएको छ । -एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म कम्तिमा ३ फुटको दुरी कायम गर्ने -खोक्दा वा हाछ्यु गर्दा टिसु पेपर अथवा कुइनोले नाक, मुख छोप्ने -मास्कको प्रयोग गर्ने -साबुन पानीले बारम्बार हात धुने -भिडभाडमा नजाने -संक्रमित व्यक्तिको नजिक जानुपर्ने अवस्थामा डब्लुएचओको मापदण्ड पूरा गरेका स्वास्थ उपकरणहरु प्रयोग गरेर मात्र जाने -अफवाहको पछि नलाग्ने -कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण देखिएमा स्वास्थ परामर्श र डब्लुएचओको सल्लाह पालना गर्दै नजिकको स्वास्थ चौकी अथवा अस्पतालमा सम्पर्क गर्ने समय समयमा देखापर्ने प्राकृतिक विपत्तिहरु नौलो कुरा हुँदै होइनन्। संसारले थुप्रै संकटहरु झेल्दै आएको र ती सबैको सावधानी पूर्वक लडेर जितेका थुप्रै उदाहरणहरु पढ्न र सुन्न पाइन्छ। हाम्रो पुस्ताले स्वाइन फ्लू , इबोला जस्ता महामारीहरु त झन नजिकैबाट सुन्न र देख्न पनि पायो। यसका अतिरिक्त भूइचालो, बाढी पहिरो जस्ता प्राकृतिक विपद् माथि त संयमित ढंगले सहजै समाधान गरेका अनुभवहरु हामीसँग थुप्रै छ्न। त्यसैले मानव जगतमा आइपरेको कोभिड-१९ संकट नयाँ हो तर नौलो र आश्चर्यको विषय भने पक्कै होइन। त्यसैले यस महामारीबाट बच्न संयमता र सावधानी भन्दा अरु कुनै विकल्प छैन। नाफा र स्वार्थको मानसिकताले उत्पादनलाई नै विषालु बनाईदिन्छ जसको प्रत्यक्ष असर मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा पर्न जान्छ र यस्ता रोगहरु लाग्न सक्ने सम्भावना उच्च हुन्छ। तसर्थ कोरोना महामारी पछि पक्कै पनि यस्ता विषयहरुमा ठूलो वहस हुनेछ। भाइरसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्दै यसमा विजय पाउन सक्नु नै विश्व समुदायका लागि अहिलेको प्रमुख चुनौति बनेको छ। दोस्रो विश्वयुद्ध पछि संभवत सबै भन्दा ठूलो संकट मानव जगतमा पर्न जाने कुरा विज्ञहरुले औल्याउँदै आएका छ्न। त्यो संकट आर्थिक, सामाजिक र स्वास्थ क्षेत्रमा बढी हुने छ। चाइना, अमेरिका, कोरिया, यूरोपियन यूनियन, जापान जस्ता राष्ट्रहरु सबै भन्दा बढी प्रभावित हुन सक्ने अर्थतन्त्र हुन्। यस्ता मुलुकहरुको अर्थतन्त्रमा ठूलो ह्रास आउन सक्ने अनुमान गर्न सकिन्छ। युएनसिटिएडीद्वारा गरिएको विश्लेषण अनुरुप कोरोनाको सबैभन्दा बढी प्रभाव मेसिनरी, सञ्चार उपकरण, रबर, प्लास्टिक, कपडा लगायतका उत्पादनमा परेको छ जसले गर्दा यस्ता बस्तुहरुको उत्पादन गर्ने राष्ट्रहरुको अर्थतन्त्र खस्किनुमा कुनै अचम्म हुने छैन। नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभाव झनै डरलाग्दो हुनेछ। खर्चको आवश्यकता बढ्नु र राजस्वको क्षेत्र कमजोर हुनुले झन्डै दुई खर्ब रुपैयाँको नोक्सान हुनसक्ने नेपाली अर्थविदहरुले अनुमान गरेका छ्न। नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले थेगेको छ। पर्यटन र कृषि क्षेत्रको पनि राम्रै योगदान रहेको छ। ५० लाख भन्दा धेरै नेपाली युवा खाडी लगायत अन्य मुलुकमा काम गर्दै आएका छ्न। बढ्दो महामारीका कारण खाडी लगायत अन्य मुलुकहरुले विदेशी कामदारहरुलाई रोजगार दिन नसक्ने स्थिति देखा पर्दै गएको विवरण सार्वजनिक भएका छ्न। जसको प्रत्यक्ष असर लाखौं नेपाली श्रमजीवी वर्गमा पर्ने छ जो अर्काको मुलुकमा रोजिरोटीको निमित्त खटिएका छ्न। यसले रेमिट्यान्समा ठूलो ह्रास ल्याउनुका साथै अर्थतन्त्रलाई केहि समय अपांग बनाउन सक्ने छ। पर्यटन व्यावसाय लगभग शुन्य छ। करोडौं लगानीका यस्ता व्यावसाय शुन्यमा आउनुले अर्थतन्त्रमा प्रभाव पार्ने कुरामा कुनै सङ्का नै छैन। अझ नेपाल जस्तो पर्यटकीय मुलुकमा यस्को प्रभाव दीर्घकालीन नै हुन जान्छ। अर्कोतिर समयमा बिउ, रासायनिक मल, कृषि उपकरण नपाउने अवस्था सिर्जना हुने छ जसले गर्दा केही समय कृषि क्षेत्र पनि प्रभावित हुनेछ। सरकारले उचित कदम चाल्न सकेको खण्डमा भने कोरोना पछिको सुनौलो भविष्यको नक्सा कोर्न सकिन्छ। ५० लाख भन्दा बढी युवालाई साच्चिकै कृषि क्षेत्रमा लगाउन सकियो भने मात्र पनि हरेक नेपालीले भन्ने गरेको कृषि क्रान्ति सम्भब हुनेछ। गाउँघरतिरका खाली जमिनहरु फेरि हराभरा हुनेछ्न। पर्यटन क्षेत्रले बिस्तारै गति लिनेछ। विकासले फड्को मार्नेछ। यो नै कोरोना भाइरस महामारीबाट नेपाल ले सिक्नै पर्ने पाठ हो र सन्देश पनि। सबै कुराहरू सोचेको जस्तो सहज भने पक्कै हुने छैनन तर सबैको ऐक्यबद्धता र सरकारको उचित कदमले भने पक्कै हामी फड्को मार्न सक्नेछौ। कृषि र पर्यटन व्यवसायमा आजको भोलि पक्कै पनि परिवर्तन हुने छैन तर यिनै दुइ वटा क्षेत्रलाई मात्र महामारी पछिको विकल्प मान्नेहो र हाम्रो इच्छाशक्ति अब्बल हुने हो भने केहि वर्षमा नै मुलुक कायापलट हुनेमा द्विविधा हुने छैन। यसका लागि अन्य देशमा श्रम गरिरहेका युवाहरूलाई ग्यारेन्टीका साथ स्वदेशमै रोकिन सक्ने वातावरण दिलाउन सक्नुपर्छ। कृषि क्षेत्रमा लाग्नेहरुको लागि अनुदानको व्यवस्था गरिनुपर्छ। कृषिजन्य उत्पादनको बजारीकरणको निमित्त सहि मूल्य सहित सरकारले नै ग्यारेन्टी लिनुपर्छ। भण्डारण एवं प्रशोधनको पनि उत्तिकै महत्व दिनुका साथै कृषि बिमाको पनि व्यवस्था मिलाइनुपर्छ। मध्यस्थकर्ताहरुलाई निरुत्साहित गर्नु पर्छ। यति गर्न सकियो भने अवश्य पनि हामी कोरोना पछिको उज्यालो भविष्य देख्नेछौ। पश्चिमा सभ्यता र संस्कृतिको चरम सिको गर्दै आएको विश्व समुदायले अब एकपटक पूर्वीया संस्कृति र सभ्यता माथी आँखा अवश्य लगाउने छ। हात मिलाउनु भन्दा टाढैबाट नमस्कार गर्नुमा धेरै सहज महसुस गर्नेछ भने हाम्रा संस्कृति, सभ्यता र मूल्य मान्यताले पालो पाउनेछ्न र झन युगौ युग बाचिरहने छ्न। ठूला ठूला आणविक हतियारमा खर्बौ डलर खर्च गर्न सक्ने र विश्वलाई क्षणभरमै खरानी बनाउन सक्ने भनेर घमण्ड गर्ने मुलुकहरूका लागि भेन्टिलेटर जस्ता स्वास्थ्य उपकरण एउटा मामुली कुरा हुनुपर्ने हो तर यसकै अभाव देखियो। आफ्नो देशका नागरिकको जीवन रक्षाका लागि पूर्व तयारी नहुने देशले यस्ता घमण्ड गर्नु लज्जास्पद विषय हो। यस्ता मुलुकहरुलाई भने कोरोना महामारीले गतिलो नै पाठ सिकाएको छ। अत कुनै पनि राष्ट्रले आफ्नो सम्पन्नताको घमण्ड गर्न नहुने कुराको पुष्टि गरेको छ। कोभिड-१९ लाई मानिसको चरम उपभोगवादी चरित्रले निम्त्याएको महामारी पनि भन्न सकिन्छ। आफ्नो नाफाको निमित्त मानव जातिले प्राकृतिक स्रोत र साधनको दोहन गरेको छ। प्रदूषणको कुनै लेखाजोखा नै छैन। मानव जातीलाई आफ्नो घाटा र नाफाको मात्र मतलब छ जसको प्रतिफलले अस्वस्थ उत्पादन दिन्छ। नाफा र स्वार्थको मानसिकताले उत्पादनलाई नै विषालु बनाईदिन्छ जसको प्रत्यक्ष असर मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा पर्न जान्छ र यस्ता रोगहरु लाग्न सक्ने सम्भावना उच्च हुन्छ। तसर्थ कोरोना महामारी पछि पक्कै पनि यस्ता विषयहरुमा ठूलो वहस हुनेछ। अप्राकृतिक र विषाक्त उत्पादन लगायत चरम उपभोगवादी चरित्रको बिस्तारै अन्त्य हुनेछ। पश्चिमा सभ्यता र संस्कृतिको चरम सिको गर्दै आएको विश्व समुदायले अब एकपटक पूर्वीया संस्कृति र सभ्यता माथि आँखा अवश्य लगाउने छ। हात मिलाउनु भन्दा टाढैबाट नमस्कार गर्नुमा धेरै सहज महसुस गर्नेछ भने हाम्रा संस्कृति, सभ्यता र मूल्य मान्यताले पालो पाउनेछ्न र झन युगौ युग बाचिरहने छ्न। मानव सभ्यताले जतिसुकै फड्को मारेपनि प्रकृति माथिको जीत असम्भव कुरा हो। कोरोना महामारीका राम्रा र नराम्रा पक्षहरु केलाउने हो भने वातावरणमा पर्न गएको सुधार यसको सबैभन्दा राम्रो पक्ष हो। लकडाउनको स्थिति र बन्द उद्योग कलकारखानाले गर्दा प्रदुषण ठूलो मात्राले घटेको छ, पछिल्लो ३-४ दशक यताकै जलवायु परिवर्तनमा कमि आउनुका साथै कार्बन उत्सर्जनमा व्यापक कटौती आएको छ। सहरहरु स्वच्छ देखिन थालेका छ्न। बाटो, वन जगंलहरुमा जनावर र चराचुरुङ्गी स्वतन्त्र घुमेका तस्बिरहरु सार्वजनिक भएका छ्न। यी सबै कुराहरुबाट मानव सभ्यताले केही दशकयता प्रकृतिलाई पिंजडामा राख्न खोजेको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ। त्यसैले अबका दिनहरुमा जलवायु परिवर्तन कुन कुन कारणले भैरहेको छ भन्ने कुरामा विश्व अझ धेरै सजग हुनेछ। भविष्यमा आउन सक्ने यस्ता प्राकृतिक बिपत्तिबाट बच्नको निमित्त धेरै देशहरु पूर्वतयारीमा जुट्नेछ्न। आणविक हतियार भन्दा पहिले स्वास्थ्य उपकरणको प्रयाप्त मात्रामा जोहो गरेर राख्नेछ्न। रोगहरु फैलिन नपाउदै बेलैमा सतर्कता अपनाउने छ्न भने कोरोना भाइरस फैलिदै गरेको सुरुवाती चरणमा अहिलेको जस्तो लापरबाही भने भविष्यमा पक्कै गर्ने छैनन। मौसमी फ्लूबाट पनि दैनिक ७९५ देखि १७८१ जनाको मृत्युहुने गरेको तथ्यांक पनि विभिन्न अध्ययनहरुले देखाउने गरेका छ्न। तसर्थ कोरोना भाइरस पनि मानिसहरुले सोचेजस्तो घातक र डरलाग्दो भाइरस नभएको कुरा बुझ्न सकिन्छ। यद्यपि यसबाट बच्न भने उच्च सतर्कता अपाउनु अनिवार्य छ। अन्त्यमा वोर्ल्डोमिटरका अनुसार मार्च ३ सम्म कोरोना भाइरसको संक्रमित जनसंख्या र यसबाट भएको मृत्युको अनुपात ३.४ प्रतिशत रहेको छ। यो लेख तयार पार्दा सम्म संक्रमित मध्ये ९६ प्रतिशतको अवस्था मध्यम रहेको र ४ प्रतिशत मात्र गम्भीर रहेको तथ्यांक पनि वोर्ल्डोमिटरले रेकर्ड गरेको छ। त्यस्तै मौसमी फ्लूबाट पनि दैनिक ७९५ देखि १७८१ जनाको मृत्युहुने गरेको तथ्यांक पनि विभिन्न अध्ययनहरुले देखाउने गरेका छ्न। तसर्थ कोरोना भाइरस पनि मानिसहरुले सोचेजस्तो घातक र डरलाग्दो भाइरस नभएको कुरा बुझ्न सकिन्छ। यद्यपि यसबाट बच्न भने उच्च सतर्कता अपाउनु अनिवार्य छ। अत: शोकलाई शक्तिमा परिवर्तन गर्न सक्नुनै शोक माथि विजय पाउनु हो । प्रकृतिका प्रत्येक पक्षमा सकारात्मक र नकारात्मक दुबै पक्षहरु उत्तिकै हुन्छ्न । कुनै पक्षमा सकारात्मक पक्ष डोमिनेण्ट (हावी) भइदिन्छ भने कुनै पक्षमा नकारात्मक पक्ष डोमिनेण्ट भएर देखापर्छ । फेरि कुनै कुरालाई उही पक्षमा उभाईराख्न अथवा डोमिनेण्ट पक्षलाई डोमिनेण्ट बनाइराख्न, रिसेसिभ पक्षलाई रिसेसिभ बनाइराख्न होस अथवा डोमिनेण्ट पक्षलाई रिसेसिभ र रिसेसिभ पक्षलाई डोमिनेण्ट बनाउन नै किन नहोस, वातावरणको उत्तिकै सशक्त भूमिका हुन्छ । यो प्रकृतिको शाश्वत नियम हो । प्रकृतिमाथि आइपर्ने जस्तो सुकै परिस्थितिको पनि वातावरण हामी हौ । किनभने हामी पनि प्रकृति हौ अथवा अंश हौ । जुनसुकै परिस्थितिको पनि कुन पक्षलाई हावी बनाउने भन्ने कुराको वातावरणीय भूमिका खेल्ने हामी नै हौ । त्यसैले परिस्थितिलाई परिवर्तन गर्न सक्ने पनि हामी नै हौ । कुनै बेला जेनेटिकली नकारात्मक पक्ष हावी भइदिन्छ, तर हाम्रो उचित वातावरणीय भूमिका भयो भने डोमिनेण्ट भएर जन्मिएको नकारात्मक पक्षलाई सजिलै निरुत्साहित गर्न सकिन्छ । भनौ, त्यसैको रिसेसिभ अथवा सकारात्मक पक्षलाई डोमिनेण्ट गराउन सकिन्छ जुन अहिलेको परिस्थितिमा अपरिहार्य कुरा हो। छ्त्रदेब ,६अर्घाखाँची [email protected]