नेशनल लाइफ इन्स्योरेन्सले ३० प्रतिशत बाेनस सेयर र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै
काठमाडौं, ३० कात्तिक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले करिव ३२ प्रतिशतल लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चाकल समितिले गरेको उक्त प्रस्ताव बीमा समितिले अनुमोदन गरेको कम्पनीले जनाएको छ । साथै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरणपछि १०० प्रतिशतका दरले हकप्रद सेयर निश्काशन गर्ने भएको छ । दुबै प्रस्तावलाई सेयरधनीबाट अनुमोदन गराउन कम्पनीले मंसिर २९ गते साधारण सभा बोलाउने निर्णय समेत गरेको छ ।
हिमालयन बैंकको खुद नाफा ४३ करोड ८१ लाख
काठमाडौं, ३० कात्तिक । हिमालयन बैंकले पहिलो त्रैमासमा ४३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३२ करोड २७ लाख रुपैयाँ नाफा आर्जक गरेको थियो । यो गत वर्षको तुलनामा १० करोड रुपैयाँले बढी हो । बैंकको सन्चालन मुनाफा र व्याज आम्दानीमा भएको बृद्धिका कारण सो नाफा कमाउन सफल भएको हो । बैंकले पहिलो तीन महिनामा ९३ अर्व निक्षेप संकलन गरेको छ भने ७२ अर्व कर्जा प्रबाह गरेको छ । बैंकले एक अर्व ३३ करोड व्याज आम्दानी गरेको छ भने ५० करोड रुपैयाँ व्याज खर्च गरेको छ । बैंकले ४ दशमलव ४० स्प्रेडदर कायम गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ३३ पैसा रहेको छ । बैंकको चुक्तापुँजी ४ अर्व ९६ करोड रहेको छ । गत वर्षको सोही अवधिमा चुक्ता पुँजी ३ अर्व ३३ करोड रहेको थियो । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको कुमारी बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ ।
एनसीसी बैंकको नाफा १२ करोड ९० लाख, गत वर्षको तुलामा एक प्रतिशत मात्रै नाफा
काठमाडौं २९, कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ९० लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने जम्मा एक दशमलव ४९ प्रतिशतले मात्रै बढी हो । यो बैंकले कर र बोनस अगाडि २० करोड रुपैयाँ नाफा गरेको भएपनि गत वर्षको तुलनामा खुद नाफा भने जम्मा १२ करोड ७१ लाखबाट १२ करोड ९० लाख मात्रै हुन सकेको छ । बैंकको निक्षेत्र ३० अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यसले २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंको चुत्ता पूँजी २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यो बैंकको संचित कोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । खराब कर्जाको अनुपात शून्य दशमलव ९६ प्रतिशत रहेको छ । यो खराव कर्जाको अनुपान गत वर्ष १ दशमलव ८१ प्रतिशतच रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७५ दशमलव ८१ प्रतिशत रहेको छ । यो बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा रहेको छ । एनसीसीको प्रतिशेयर बजारमा ३ सय ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।