नेशनल इन्स्योरेन्सको नाफा १० करोड ७८ लाख
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७३/०७४ मा १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत असारसम्म कम्पनीले ७६ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ७७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ६० करोड ९७ लाख रुपैयाँ दावी भुक्तान गरेको जानकारी दिएको छ । कम्पनीले शुक्रबार गत आवको वित्तीय विवरण सार्वजनिक गर्दे २९ हजार ३३३ बिमालेख जारी गरेको जानकारी गराएको छ । कम्पनीले अझै ८० करोड ११ लाख रुपैयाँ दावी भुत्तान गर्न बाँकी रहेको जानकारी दिएको छ । कम्पनीको चुक्तापुँजी ५५ करोड ५० लाख रुपैयाँ छ ।
आइएमई लाइफ इस्योरेन्स सञ्चालनमा, दुई वर्षमा अग्रणी जीवन बीमा कम्पनी बन्ने घोषणा
काठमाडौं । आइएमई लाइफ इस्योरेन्स कम्पनीलिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवीचापागाँईले काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उक्त कम्पनीको कारोबार शुभारम्भ गरेका छन् । यस कम्पनीले बीमा समितिबाट गत असार २० गते संचालन गर्न अनुमति प्राप्त गरेको थियो । अनुमति पाएको छोटो समयमै यस लाइफ इस्योरेन्सले कारोवार शुभारम्भ गरेको हो । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा कार्यालय सञ्चालनमा आएको छ । कार्यक्रमलाई संबोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो पटक संचालन अनुमति प्राप्त इस्योरेन्स कम्पनीहरु मध्ये सबैभन्दा पहिला सेवा शुभारम्भ गरेकोमा बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपकका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई वर्षभित्र यस कम्पनीलेलाई नेपालको अग्रणी जीवन बीमा कम्पनी बनाउने घोषणा गरेका छन् । उनले आईएमई ग्रुपको ६ हजार भन्दा बढी नेटवर्क र गुडवीलको धरातलमा उच्च स्तरको प्रगति हासिल गर्न सक्ने बताए । कम्पनीको अध्यक्ष डा. रामहरि अर्याल कानुन र नियामकको निर्देशन अनुसार कम्पनी चलाउने र संस्थागत सुशासनलाई जोड दिने बताए । कार्यक्रममा आइएमई लाइफ इस्योरेन्सका महाप्रबन्धक राकेश पोखरेल छोटो अवधिमा नै ग्राहकलाई उत्कृण्ठ सेवा र लगानीकर्तालाई उत्कृष्ठ नाफा दिन व्यवस्थापन समूह प्रतिवद्ध रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष दिपप्रकाश पाण्डेले कारोवार शुभारम्भको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रिमियर इन्स्योरेन्सले कमायो १८ करोड
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७३/७४ मा १८ करोड १५ लाख रुपैयाँ खुँद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्ष १८ करोड ५७ लाख रुपैयाँ नाफा थियो । अघिल्लो वर्षको तुलनामा यसको नाफा घटेको छ । कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १२ करोड रुपैयाँ रहेको छ भने बीमा कोषमा ३२ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आवसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ कुल विमाशुल्क आर्जन गरेको छ । यसले उक्त अवधिसम्ममा १ लाख ७९ हजार ६५१ वटा बीमालेख जारी गरेको छ । यसको नवीकरण भएका विमालेखको संख्या ७३० वटा छन् । यसले प्रति सेयर आम्दानी ४० रुपैयाँ ४७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०६ रुपैयाँ ९८ पैसा रहेको पनि उल्लेख छ ।