हिमालयन जनरल इन्स्योरेन्सले कमायो १३ करोड १९ लाख

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आवमा १३ करोड १९ लाख रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्ष १३ करोड ८ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १२ करोड रुपैयाँ छ । यसको बीमा कोषमा ३३ करोड रुपैयाँ रहेको छ । यो बीमा कम्पनीले गत आवसम्ममा बीमाशुल्कबाट आर्जन गरेको रकम १ अर्ब ३१ करोड रुपैयाँ छ । यसले यो अवधिसम्ममा ४४ हजार १३१ बीमालेख जारी गरेको थियो । यसको नबीकरण भएको बीमालेखको संख्या १६ हजार ४४ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २७ पैसा छ भने यसको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ १६ पैसा रहेको छ ।

एभरेष्ट इन्स्योरेन्सको नाफा ४ करोड, ६२ प्रतिशतले नाफा बढ्यो

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो आवको तुलनामा भने १ करोड ७४ लाख रुपैयाँले बढी हो । यो कम्पनीले गत आवमा ६२ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । यसको जगेका कोषमा ११ करोड ४८ लाख रुपैयाँ छ भने बीमा कोषमा १५ करोड २३ लाख रुपैयाँ छ । यसले गत आवसम्मको बीमा शुल्क २६ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । यसले १८ हजार ५५८ वटा विमालेख जारी गरेको छ । नबीरकण भएका विमालेखको संख्या २३६ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ३८१ रुपैयाँ ५३ पैसा रहेको छ ।

लाइफ इन्स्योरेन्सले कमायो ११ करोड ६७ लाख

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत वर्ष ११ करोड ६७ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष ३२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । यो बीमा कम्पनीले कुल बीमाशुल्कमार्फत ८ अर्ब ७० करोड रुपैयाँ संकलन गरेको छ । यसको विमालेख संख्या ६ लाख ६८ हजार १३८ वटा रहेको छ । यसको घोषित मुनाफा दर (बोनस) ६१ देखि ७५ रुपैयाँसम्म छ । यसको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । यसले जीवन बीमा कोषमा ३३ अर्ब ८९ करोड रुपैयाँ राखेको छ भने जगेडा कोषमा २ अर्ब ६० करोड रुपैयाँ राखेको छ । यो बीमा कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ७५ पैसा छ । प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ५ पैसा रहेको पनि उल्लेख छ ।