शिखर इन्स्योरेन्सको साधारणसभा पुस ७ गते, ३० प्रतिशत लाभांश दिने प्रस्ताव पेश हुदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीका २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । यस्तै कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने छ । यस्तै साधरण सेयरधनीको हिस्सा बढाएर ४४ प्रतिशत पुर्याउने प्रस्ताव गरिएको छ । हाल साधरण सेयरधनीको हिस्सा ३० प्रतिशत छ । यसका लागि संस्थापक सेयर साधारणमा परिणत गरिने भएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको कम्पनी संचालक समितिकोे बैठकले दुगडलाई कम्पनी संचालकमा नियुक्त गरेको हो । कम्पनीको १४२ औं बैठकले संस्थापक शेयरधनीको तर्फबाट नवनियुक्त दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त गरेको छ ।
ज्योति लाइफको तीन महिने यात्राः पौने २३ लाख बीमा शुल्क, ७७ बीमालेख
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तीन महिनामा पौने २३ लाख बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिकमा ७७ वटा बीमालेखबाट २२ लाख ८९ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको हो । एक अर्ब ५४ करोड चुक्ता पुँजी रहेको ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रति सेयर आम्दानी २ रुपैंयाँ ५१ पैसा र प्रति सेयर नेटवर्थ १०३ रुपैंयाँ १४ पैसा रहेको जनाएको छ । कम्पनीले गत असोज ८ गतेदेखि औपचारिक रुपमा कार्यालय उद्घाटन गरेको थियो । कम्पनीले सोही दिनदेखि १० वटा शाखा विस्तार गरेर सेवा आरम्भ गरेको थियो । ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् ।