साल्ट ट्रेडिङको फागुन ११ गतेदेखि बुक क्लोज
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको आगामी फागुन ११ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीले सो दिन देखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । यस कम्पनीको आगामी वार्षिक साधारणसभा फागुन २२ गते हुँदै छ ।
रिलायन्स लाईफ इन्स्योरेन्स र जनता बैंक नेपाल बिच बैंकासुरेन्स सम्झौता
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र जनता बैैंक नेपाल लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात बैंकले बीमकको बीमाअभिकर्ताको रुपमा आफ्ना ग्राहकहरुलाई रिलायन्सद्धारा जारी गरिएका बीमालेखहरु बिक्रि वितरण गर्ने छ । हाल यस कम्पनीको कूल पुँजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बांकी रहेको ६३ करोड रुपैयाँको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ ।
एसियन लाइफको नाफा २४ प्रतिशतले वृद्धि
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले २०७४ पुस मसान्त अवधीमा २४ प्रतिशतले बढाएर आफ्नो नाफा २ करोड ५८ लाख पुर्याएको हो । २०७३ पुस मसान्तसम्ममा भने कम्पनीको नाफा २ करोड ८ लाख मात्रै थियो । ८० करोड चुक्ता पुँजी रहेको एसियन लाइफको जगेडा कोषमा २४ करोड रुपैंयाँ रहेको छ भने जीवन बीमा कोषमा ११ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । कम्पनीले एक अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । प्रति हजार ४१ देखि ८५ रुपैंयाँ सम्म बोनस दर घोषणा गरेको कम्पनीमा २ लाख ५१ हजार ६२ जना विमित रहेका छन् । एसियन लाइफको प्रति सेयर आम्दानी ६.४२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३१.५७ रुपैंयाँ रहेको छ ।