सन नेपाल लाइफको साधारणसभा फागुन ४ मा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा फागुन ४ गते हुने भएको छ । गत असोजदेखि जीवन बीमा व्यवसाय सुरु गरेको सन लाइफले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ । यस्तै सञ्चालकको बैठक भक्ता, प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक स्वीकृत गर्ने प्रस्ताव सभामा पेश हुने सनले जनाएको छ । कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

एनएलजी इन्स्योरेन्सको साधारणसभा फागुन ३ मा, २५ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा फागुन ३ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत अर्थात १२ करोड ८० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भई ६४ करोड ४ लाख रुपैयाँ पुग्नेछ । यस्तै ख वर्गबाट २, र ग वर्गबाट २ गरी ४ जना सञ्चालकको निर्वाचन हुने कार्यक्रम छ ।

माघ २६ गतेदेखि नेको इन्स्योरेन्सले ३९ करोड २० लाखको हकप्रद निष्कासन गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले माघ २६ गतेदेखि ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन चैत १ गते बन्द हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । बीमा समितिले आउदो असारसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि नेकोले हकप्रद सेयर निष्कासन गरेको हो ।