प्राइम लाइफ इन्स्योरेन्सले फागनु २७ देखि हकप्रद निष्कासन गर्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्कासन गर्न प्राइम लाइफ इन्स्योरेन्सको बुक क्लोज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासनका लागि फागुन १७ गतेदेखि बुक क्लोजन हुने भएको छ । कम्पनीले चुक्तापूँजी बढाउन १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासनको लागि अनुमति दिइसकेपछि प्रक्रिया अघि बढेको हो । बोर्डको अनुमति अनुसार कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ९७ लाख ६३ हजार कित्ता हकप्रद जारी गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब ८६ करोढ रुपैयाँ नाघ्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ ।

सन नेपाल लाइफको ६० करोडको आईपीओ पारित, अध्यक्षमा अनुज क्याल निर्वाचित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने प्रस्ताव पारित पारित भएको छ । संचालक समितिको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न कम्पनीको प्रथम बार्षिक सााधारण सभाले पारित गरेको हो । सभाले पारित गरे बमोझिम इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँका दरले ६० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । साथै, कम्पनीको नयाँ संचालक समितिमा संस्थापक समूहका शेयरधनीको तर्फबाट ४ जनाः अनुज क्याल, नारायण रुंगटा, किरण के.सी., सशांक अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । साथै, संचालकहरु मध्येबाट अध्यक्षमा अनुज क्याल निर्वाचित भएका छन् । कम्पनीले आर्थिक वर्ष ०७४/०७५ को पुस मसान्तसम्मको अवधिमा १४ वटा शाखा कार्यालय संचालन गरेको छ । सो अवधिसम्म कम्पनीले १० करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरी ८ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।