कर छुटको नाममा मर्जरले ल्याउने सिनर्जीकाे विषयलाई बिर्सनु हुँदैनः सरोजकाजी तुलाधर

नेपाल राष्ट्र बैंकले मंगलबार (आज) आफ्नो ६६ औं वार्षिकोत्सव मनाउँदै छ । नेपाली बैंक तथा वित्तीय संस्थाको नियामक निकाय समेत रहेको राष्ट्र बैंकले आफ्नो ६६औं वार्षिकोत्सव मनाइरहँदा देश कोरोना भाइरसको सन्त्रासमा छ । अब केही महिनापछि राष्ट्र बैंकले मौद्रिक नीति पनि ल्याउँदैछ । कोरोना भाइरसको कारण ठूलो त्रासमा रहेका व्यवसायी र बैंक तथा वित्तीय संस्थाहरुका लागि राष्ट्र बैंकले कस्तो नीति ल्याउला ? त्यो भने सबैको प्रतिक्षाको विषय बनेको छ । राष्ट्र बैंकले ६६ औं वार्षिकोत्सव मनाइरहँदा राष्ट्र बैंकबाट वित्तीय संस्थाहरुको अपेक्षा, अब आउने मौद्रिक नीति लगायत विषयहरुमा हामीले गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरसँग कुराकानी गरेका छौं । नेपाल राष्ट्र बैंकले ६६औं वार्षिकोत्सव मनाउँदैछ । यो अवसरमा राष्ट्र बैंकलाई वित्तीय संस्था संंघको सल्लाह–सुझाव के छ ? सर्वप्रथम त राष्ट्र बैंकलाई शुभकामना छ । राष्ट्र बैंकको वार्षिकोत्सवकै समयमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । गत वर्ष पनि यही समयमा कोरोना बढिरहेको थियो । यो अवस्थामा पहिलेको जस्तै सबैलाई सहज हुने खालको नीति बनाएर अगाडि बढोस् भन्ने शुभकामना दिन चाहन्छु । अहिले हामी सबैको ध्यान कोरोना भाइरसको जोखिम कम गर्न र यसले सिर्जना गरको समस्या समाधान तर्फ जान जरुरी छ । राष्ट्र बैंकले ल्याउने नीतिहरु पनि कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरण गर्नतर्फ होस् । हामी सबैको अपेक्षा, चाहना र सल्लाह सुझाव पनि यही छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनलाई प्राथमिकताका साथ हेरिरहेको छ, बैंक तथा वित्तीय संस्था कति हुनु पर्ने, कति हुँदा उचित हन्छ ? यसमा तपाईंहरुको धारणा के हो ? नेपालमा बैंक तथा वित्तीय संस्था यति नै हुनु पर्ने हो भन्ने विषयमा अहिलेसम्म कुनै अध्ययन अनुसन्धान भएको छैन । यति नै संख्या हुनु पर्छ भन्न गाह्रो छ । नेपालको भौगलिक र सामाजिक– साँस्कृतिक अवस्था अन्य देशको भन्दा फरक छ । हामीले बिग मर्जरको कुरा गर्दै गर्दा ‘टु बि फेल सिन्ड्रम’बाट बच्न सक्नु पर्छ । मर्जरको नाममा बैंक वित्तीय संस्थाको संख्या कम भयो भने ग्राहकले पाउने सेवा सुविधा र सहजताबाट बञ्चित नहुन् भन्ने हाम्रो धारणा हो । यसमा राष्ट्र बैंक सचेत हुनु पर्छ । राष्ट्र बैंकको बैंक वित्तीय संस्था मर्जर तथा एक्विजिसनको नीतिमा तपाईंहरुको साथ समर्थन कस्तो छ ? बैंक तथा वित्तीय संस्थाहरु आफु अब्बल छन् भने उनीहरु तठस्त भएर काम गरिरहेका हुन्छन् । तिनीहरुका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरुको साहारा पनि चाहिँदैन । तर, अरुको सहयाेग चाहने बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको यो नीति अनुसार चलिरहेका छन् । मर्जर तथा एक्विजिसनको नीति अवलम्बन गरेर काम काम गरिरहेका छन् । नियामक निकायले ल्याउने सही नीतिमा हाम्रो जहिले पनि समर्थन रहन्छ । हामीलाई चाहिएको बैंक कस्तो हो ? राम्रो हो वा ठूलो ? ठूलो बैंक र सानो बैंकभन्दा पनि ग्राहकमैत्री र हाम्रो अर्थतन्त्रमैत्री बैंक हुनु पर्छ । यस्ता खालका बैंक वित्तीय संस्था रहनु पर्छ । बैंक तथा वित्तीय संस्थाहरु धेरै भएर प्रतिस्पर्धासँगै ग्राहकहरुले सेवा सुविधाहरु बढी पाइरहेका छन् । बैंक वित्तीय संस्थाहरुको संख्या कम गर्ने नाममा ग्राहकहरु सहज सेवाबाट बञ्चित हुन सक्छन् । यो कुरालाई हामीले ध्यान दिनु पर्छ । अहिले १८ वटा वित्तीय संस्थाहरु छन्, ती संस्थाहरु ठीकै छन् कि तिनीहरुबीच अझै मर्जर तथा एक्विजिसनको आवश्यकता छ ? मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने पहिला ८०/८२ वटा वित्तीय संस्थाहरुबाट अहिले १८/१९ को संख्यामा झरेका छन् । यो संख्या भनेको तल्लो स्तरका ऋणीहरु र नयाँ उद्यमीहरुलाई बैंकिङ्ग सिकाउने, ऋण लिन सिकाउने लगायतका बैंकिङ्ग साक्षरता यथावत राख्नको लागि यो संख्या आवश्यक जस्तो लाग्छ । वित्तीय साक्षरता र बैंकिङ पहुँच बढाउन वित्तीय संस्थाहरुले के कस्तो भूमीका खेलेका छन् ? घरानिया उद्योगपति र बैंकर बाहेक नयाँ आउने उद्यमीलाई वित्तीय संस्था र विकास बैंकले नै सर्पोट गरिरहेको छ । उनीहरुकै कारणले नै विकास बैंक र वित्तीय संस्थाहरु टेकिरहेका छन् । विकास बैंक र वित्तीय कम्पनीहरुले दुर्गम क्षेत्रमा बसेर बैंकिङ्ग पहुँच र बैंकिङ्ग साक्षरता दिइरहेका छन् । यस कारणले नेपालमा विकास बैंक र वित्तीय संस्थाहरु आवश्यक छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । रिपोर्टमा अधिकांश बैंकहरुको नाफा बढेको देखिए पनि कोर बिजनेसमा खासै वृद्धि भएको देखिँदैन, यसले नेपाली विकास बैंकहरु कस्तो दिशातर्फ अगाडि बढिरहेका छन् ? यो अहिले आइरहेको इस्यु हो । कतै बैंक तथा वित्तीय संस्थाहरु कोर बैंकिङबाट पछि हटेकी भन्ने बुझाई धेरैको छ । तर, कोर बैंकिङ नदेखिनको कारण कोरोना नै हो । यो समयमा सेयर बजारमा उछाल आएको कारणले पनि धेरैले त्यतातर्फ लगानी बढाएका हुन सक्छन् । अर्को, बैंकहरुले कोरोनाको समयमा २५/३० प्रतिशत नोक्सानमा गएर पनि प्रोभिजनिङमा गए । यस बारे विस्तृत रुपमा बुझ्न आवश्यक छ । कोर बैंकिङ्ग छोडे भन्न मिल्दैन । त्यसका लागि यो भन्दा १० वर्ष अगाडिको सिनारियो हेर्न आवश्यक छ । त्यसपछि मात्रै के भएको हो थाहा पाउन सकिन्छ । अहिले पनि धेरेको बिजनेस भोलुम त बढेको नै छ । स्प्रेड कम भएर यसमा कोरोनाको असर भएर नै कोर बिजनेसको प्रोफिटाविलिटी कम देखिएको हो । यो निरन्तर प्रक्रिया हो । कोरोना फेरि बढ्दैछ, अझै लकडाउन हुने होकि भन्ने शंका धेरैमा छ, अब फेरि पहिलेकै अवस्था भयो तर राष्ट्र बैंकले त्यस्ता खालका कुनै राहतका प्याकेज ल्याएन भने वित्तीय संस्थालाई कस्तो प्रभाव पर्छ ? कोरोनाले नकारात्मक प्रभाव नै देखाउने हो । त्यो नकरात्मक प्रभावलाई लङटर्म हुन नदिनको लागि विभिन्न उपाय ल्याउन राष्ट्र बैंक लाग्नु पर्छ । ती उपायलाई अवलम्बन तथा कार्यान्वयन गर्न हामीले सर्पोट गर्ने हो । राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीहरुका लागि राहत घोषणा गरेपछि बैंकहरुले आफ्नो आम्दानीको रकम घटाएर व्यवसायीलाई पनि दिए । यो प्रक्रियालाई वित्तीय संस्था संघले कसरी लिएको छ ? ऋणीले आज नभए पनि भोलि पैसा तिर्न सक्छन् । उहाँहरुले तिरेको व्याजबाट नै हामीले निक्षेपकर्तालाई व्याज तिर्ने हो । त्यसबाट नै हामीले हाम्रो अपरेटिङ कष्टहरु उठाउने हो । ऋणीहरुलाई समस्या परेको समयमा उनीहरुलाई तंग्रिनको लागि जे जस्तो साथ दिनु पर्ने हो त्यो दिन सकेनौं भने केही निश्चित समयको लागि नाफा भए पनि दीर्घकालिन रुपमा बैंक तथा वित्तीय संस्थाहरु बाँच्न सक्दैनन् । उनीहरु लङटर्म रहन सक्दैनन् । यो कुरा सबै बैंक वित्तीय संस्थाहरुले बुझेका छन् । त्यसैले पनि सबैले सर्पोर्ट गरेका छन् । एकतर्फि रुपमा रुपमा नीति आउनु हुँदैन । नीतिमार्फत ऋणी, निक्षेपकर्ता सबैलाई सहज हुने खालको नीति ल्याउनु पर्छ । फेरि कोरोना बढ्दैछ, राष्ट्र बैंकले फेरि ऋणाीलाई व्याज सहुलियत वा अन्य राहत देउ भन्यो भने वित्तीय संस्थाहरु धान्न सक्ने अवस्थामा छन् कि छैनन् ? राष्ट्र बैंकले धान्न नसक्ने किसिमले नीतिहरु ल्याउँदैन । उहाँहरुको रिसोर्स टिम एकदमै स्ट्रङ्ग छ । उहाँहरुले नीति ल्याउनु अगाडि विभिन्न छलफल तथा परामर्श गरेर ल्याउनु हुन्छ । त्यसैले बैंक वित्तीय संस्थाहरु डुब्ने गरी उहाँहरुले कुनै पनि नीतिहरु ल्याउँदैनन् । बैंक वित्तीय संस्था मर्ज तथा एक्विजिसन भइसकेपछि पुँजीगत र लाभांश कर छुट शेयरधीनले पाउँदै आएका छन् । यो छुट शेयरधनीले नै पाउनु पर्ने हो वा संस्थाले ? यसमा तपाईंहरुको धारणा के हो ? त्यही भएर नै बिग मर्जरको विषय उठरहेको हो । यो कुरा राष्ट्र बैंकले पनि राम्रोसँग बुझेको होला । कर छुट पाउने सुविधालाई मात्र हेरेर मर्ज गर्छौं भने मर्जबाट आउने सिनर्जीको कुरालाई बिर्सन्छौं होला । त्यस कारणले मर्ज सिनर्जीको लागि हुनु पर्छ । सरकारले अब ल्याउने बजेट र राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने समय पनि नजिकिँदै छ, त्यसमा तपाईंहरुको सल्लाह सुझाव के छ ? अहिले संसार नै जटिल मोडमा छ । हामी पनि त्यसका असरबाट टाढा हुन सकेका छैनौं । सरकारलाई विभिन्न प्याकेज ल्याउनका लागि रेभिन्यु बढी चाहिन्छ । रेभिन्यु बढि चाहिनको लागि ट्याक्स रेट बढाउनु पर्ने हुन्छ । तर, व्यापारी तथा व्यवसायीहरुको सहजताको लागि कर कम गरेर रिभाइब गरिदिनु पर्ने हुन्छ ।  सरकारले बैंक वित्तीय संस्थाबाट लिँदै गरेको ३० प्रतिशत कर घटाउनु पर्छ । यो विषय हामी पहिलेदेखि नै भन्दै आएका छौं । व्यक्तिगत कर पनि घटाउनु पर्छ । सरकारले बजेट अनुपर्युक्त खर्च हुने क्षेत्रलाई टाल्नु पर्छ । यसबाट बच्ने पैसाबाट कोरोनाबाट असर परेको संस्थाहरुलाई सहयोग गर्नु पर्छ । कतिपय प्रोजेक्टका लागि भनेर सरकारले पैसा उठाइरहेको छ । त्यो फण्डहरु प्रयोग गरेर भएपनि कोरोना भाइरसको जोखमि न्यूनिकरणमा लाग्नु पर्छ । कमसेकम अर्को एक वर्षको लागि व्यापार बन्द गरेर समस्या हुने अवस्था सिर्जना नहुने वातावरण सरकारले सिर्जना गर्नु पर्छ । चुल्हो नबलेको कारणले विभिन्न समस्या ननिम्ताउनका लागि सरकार संवेदनशिल हुनु पर्छ । आगामी वर्षको सम्पूर्ण ध्यान कोरोना भाइरसको जोखिम न्यूनिकरण र यसले सिर्जिना गरेका समस्या समाधानमा केन्द्रित हुनु पर्छ ।

कोरोना महामारीमा पनि एलजीको व्यापार ५० प्रतिशतले बढ्याे: पुरुषोत्तम भण्डारीसँगको कुराकानी

विगत साढे ३ दशकदेखि नेपाली उपभोक्ताहरु माझ नयाँ–नयाँ टेक्नोलोजीका सामानको बिक्री गर्दै आएको एलजी परिचित ब्राण्ड हो । नेपालभर ५ सयभन्दा बढी डिलरहरुमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको एलजी अझै सबै नेपाली माझ पुग्ने उद्धेश्यले काम गरिरहेको छ । कोरोना महामारीमा एलजीले के-कसरी काम गरिरहेको छ ? व्यापार कस्तो छ ? ग्राहकका लागि एलजीले नयाँ के काम गरिरहेको छ ? लगायत विषयमा एलजी ब्राण्डका उपमहाप्रबन्धक पुरुषोत्तम भण्डारीसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । कोरोना महामारीमा एलजी ब्राण्डको व्यापार कस्तो छ, कसरी काम गरिरहनु भएको छ ? कोरोनाको महामारीका वाबजुद पनि हामीले राम्रै व्यापार गरिरहेका छौं । ग्राहकहरुबाट पनि राम्रै माग आइरहेको छ । नर्मल समयको भन्दा ५० प्रतिशतको व्यापारमा ग्रोथ भएको छ । हामी प्रायः इलेक्ट्रोनिक सामानहरुलाई बढी बिक्री गरिरहेका छौं । हामी प्रत्येक ग्राहकसम्म पुगेका छौं । सबैभन्दा राम्रो पक्ष भनेको हामीले ग्राहकले चाहेको सामान अर्थात उनीहरुको डिमाण्डलाई तत्कालै पुरा गरिरहेका छौं । ग्राहकमा हामी प्रतिको विश्वास पनि त्यसैले बढेको हो । अहिले कोरोनाको समय पनि छ । सबै व्यापार व्यवसाय समस्यामा छन् तर तपाईंले एलजीको व्यापार झन बढेको छ भन्नुभयो, कोरोनाकालमै व्यापार बढ्नुको कारण के हो ? व्यापार अर्थात डिमाण्ड बढ्नुको मुख्य कारण हाम्रो सप्लाई चेन हो । अर्को, हामीले विभिन्न प्रडक्ट बजारमा दिइरहेका छौं । विद्युतको खपत कम हुने सामानहरु पनि ग्राहकलाई उपलब्ध गराउँदै आएका छौं । कोरोनाकालमा हाइजेनिक प्रडक्टलाई पनि प्राथमिकता दिइरहेका छौं । यो कारणले पनि व्यापार बढेको हुन सक्छ । व्यापार बढेपछि कम्पनीको नाफा पनि बढ्यो होला नि ? कोरोनाको समयमा सबै कम्पनीहरुलाई नाफा गर्न गाह्रो त भइ नै रहेको छ । जुन हिसावको माग बढिरहेको छ त्यही अनुसारको नाफा हाम्रो छैन । हामी धेरै नाफा लिएर काम गर्दैनौं । तर, ठीकै छ । ग्राहकको माग र सन्तुष्टिमा आधारित भएर काम गर्छौं । अहिले बाहिरबाट सामान आउँदा धरै महँगो भएको छ । तर, हामीले ग्राहकलाई बाहिरबाट बढेको सामानमा त्यति बढाएका छैनौं । त्यो हामीलाई समस्या छ । नाफा लक्ष्य लिए अनुरुप छैन । तर लक्ष्यको हाराहारीमा भने पुगेका छौं । उत्पादनको माग बढेको छ भन्नुभयो तर नाफाको लक्ष्य भेटाउन सकेका छैनौं भन्नुभयो, कसरी ? हामीले जति नाफा लिनु पर्ने हो त्यति नाफा लिन सकेका छैनौं । बजारमा मूल्य बढाउन गाह्रो भइरहेको छ । ग्राहकको आम्दानीको क्षमता पनि अहिले घटेको छ । त्यसलाई हेरेर नै हामीले मूल्य तय गर्ने हो । त्यसैले बाहिरबाट आउने सामानको मूल्य महँगो भएपनि हामीले पहिलेकै दरमा बिक्री गरिरहेका छौं । हामीले विशेषतः ग्राहकलाई ध्यानमा राखेर नै व्यापार गर्ने हो । अहिले सामान आयात गर्दा सप्लायरर्सदेखि ढुवानी खर्च बढेको छ । तर, हामीले कम मार्जिनमै व्यापार गरिरहेका छौं । एलजी ब्राण्डले के-कस्ता प्रडक्ट उत्पादन तथा बिक्री गरिरहेको छ ? हाम्रो मुख्य प्रडक्ट भनेको टीभी हो । टेलिभिजना ओलेटदेखि अल्ट्रा एलजी, स्मार्ट टिभी र नर्मल टीभीसम्म बिक्री गर्दै आएका छौं । योसँसँगै अडियो सिस्टम, इलेक्ट्रोनिक, घरायसी सामानहरु लगायतका प्रडक्ट बिक्री गर्दै आएका छौं । यस अन्तर्गत रेफ्रिजेटर, वासिन मेसिन र एसीहरु बिक्री गर्दै आएका छौं । हाम्रा प्रडक्ट ग्राहकले एकदमै मन पराइहरेका छन् । उपभोक्ताहरुले बढी रुचाएको अर्थात बढी माग हुने प्रडक्ट कुन हो ? हाम्रो नम्बर वान प्रडक्ट वासिन मेसिन हो । वासिन मेसिनको डिमाण्ड धेरै हुन्छ । त्यसपछि रेफ्रिजेटर, एलईडी टीभी लगायतका प्रडक्टहरु ग्राहकले धेरै रुचाएका छन् । यी लगायत अन्य धेरै प्रडक्टहरुको डिमाण्ड पनि बढिरहेको छ । हामीले ग्राहकको मागलाई मध्येनजरलाई ध्यान दिने भएकोले पनि हाम्रो प्रडक्ट र हाम्रो ब्राण्डप्रति उपभोक्ताहरु विश्वस्त हुनुहुन्छ । एलजी ब्राण्डले आफ्नो बजार विस्तार कसरी गरिरहेको छ ? हामीले विगत ३०/३५ वर्षदेखि काम गर्दै आएका छौं । हामी नयाँ ब्राण्ड पनि होइनौं । हामीले ग्राहकको सहजताका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलरहरु राखेका छौं । हामीसँग देशभर ५ सयभन्दा बढी डिलरहरु छन् । हाम्रो जुन ठाउँमा डिलर छ त्यही ठाउँमा सर्भिस हुन्छ । हाम्रो प्रडक्टमा सर्भिसको आवश्यकता त पर्दैन तर यदी कुनैमा त्यस्तो खालको समस्या आइहाले भने २४ घण्टा भित्रै सामानको सर्भिस गर्छौं । सबै ठाउँमा हाम्रो उपस्थिती छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म हामी पुगेका छौं । केही पहाडी जिल्लाहरु बाहेक हाम्रो उपस्तिथि सबै जिल्लामा छौं । बजारमा एलजी ब्राण्डको प्रतिस्पर्धी को हो ? बजारमा धेरै ब्राण्डहरु छन् । प्रडक्ट अनुसार नै प्रतिस्पर्धी हुन्छन् । एलजीको प्रडक्टहरु प्रायःजसो घरायसी सामान नै हुन् । यस्तो खालको प्रडक्ट ग्राहकको मागलाई नै ध्यानमा राखेर बिक्री गर्ने कमै छन् । त्यसैले पनि हाम्रो त्यस्तो खालको ठूलै प्रतिस्पर्धी छ जस्तो हामीलाई लाग्दैन । हामी हाम्रो टेक्नोलोजीलाई अगाडि बढाइहरेका छौं । हामी हाम्रो ग्राहकको माग र आवश्यकतातर्फ नै ध्यान दिइहरेका छौं । एलजी ब्राण्डको सवल पक्ष अथार्त मुख्य विशेषता के हो ? प्रडक्टवाइज विभिन्न विशेषताहरु छन् । हामीले लाइफ गुड भनेर नै नारा दिएका छौं । हाम्रो प्रडक्टहरुले मानिसहरुको जीवनलाई सहज बनाउँछ । यसलाई नै ध्यान दिएर हामी काम गर्छौं । उपभोक्ताले एलजी ब्राण्डकै प्रडक्ट किन रोज्ने ? हामीले विश्वमा बन्ने नयाँ टेक्नोलोजी सबैभन्दा अगाडि भित्र्याउँछौं । ती प्रडक्टहरु प्रयोग गरेपछि ग्राहकको जीवन नै सरल हुन्छ । हामी यस्ता प्रडक्टहरु बिक्री गरिरहेका छौं कि जसले ग्राहकलाई सहजसँगै राम्रो पनि हुन्छ । जस्तै हामीसँग भएको वासिङ्ग मेसिनले एलर्जीको समस्या हुँदैन । हामी अफिसमा बसेर घरमा भएको वासिन मेसिन पनि अफ र अन गर्न सकछौं । यी विभिन्न सुविधाहरु हामीसँग छन् । अर्को, भ्वाइसद्वारा टीभीहरु खुला गर्न सकिन्छ । अन्य ब्राण्डहरुको तुलनामा एलजीको प्रडक्टको मूल्य बढी वा कम के कस्तो छ ? हाम्रो प्रडक्टहरु विशेष गरी मध्यम वर्ग र उच्च वर्गहरुलाई मध्येनजर गरेर उत्पादन गरेका छाैं । हाम्रो प्रडक्ट विभिन्न क्याटोगोरीका छन् । हामीसँग विभिन्न सामानहरुमा १४/१५ हजार रुपैयाँदेखि सुरु भएर १७/१८ लाख रुपैयाँसम्मका हामीसँग प्रडक्टहरु छन् । मल्टिनेश्नल कम्पनीहरुसँग एलजीको प्रतिस्पर्धा कस्तो छ ? सबै मल्टिनेश्नल कम्पनीहरुको आ–आफ्नै विशेषहरु छन् । हामी ग्राहकको माग र रुचीर्लाइ अनुसार कसरी अगाडि बढाउने भन्नेतर्फ हाम्रो ध्यान छ । अहिले त्यति धेरै प्रतिस्पर्धा छैन । आतिहाल्नु पर्ने अवस्था छैन । नयाँ वर्षको अवसरमा एलजीले के कस्ता अफरहरु ल्याएको छ ? हामीले एलजीका घरायसी सामानको खरिदमा विभिन्न छुटहरु ल्याएका छौं । नर्मल र स्मार्ट एलईडी टिभी, एयर पियुरिफायर, भ्याकुमक्लिनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४ हजार ४९० रुपियाँ मूल्यको फ्रि माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २४५० रुपियाँको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् । यस्तै विभिन्न अफरहरु रहेका छन् । एलजीको आगामी योजना के हो ? हाम्रो चाहना र योजना नै ग्राहकलाई कसरी सन्तुष्टि दिने भन्ने नै हो । हामी बढी भन्दा बढी त्यसैमा ध्यान दिन्छौं । कोरियामा प्रयोग हुने टेक्नोलोजी छिटो भन्दा छिटो नेपालमा भित्र्याएर नेपाली ग्राहकहरुको माग पुरा गर्ने हो । अझ ग्राहकको जीवन सहज बनाउने हो । मार्केटको माग अनुसार हामी अगाडि बढ्छौं । एलएजी ब्राण्डका ग्राहकलाई तपाइँको सन्देश के हो ? एलजी नेपालको नम्बर वान इलेक्ट्रोनिक उत्पादन गर्ने ब्राण्ड हो । ग्राहकको माया ममताले हामी यो स्थानमा छौं । आगामी दिनमा पनि ग्राहकको जीवन अझ सहज बनाउनको लागि कोरियामा उत्पादन भएको प्रडक्टलाई तुरुन्तै नेपालमा ल्याउने प्रयास गर्छौं । हाम्रो मुख्य उद्धेश्य नै नेपालीको जीवनशैली माथि उचाल्ने नै हो ।

राम्रो क्वालिटी, सस्तो मूल्य नै सीजीको स्ट्रेन्थ होः विष्णु ज्ञवाली

नेपाली इलेक्ट्रोनिक्स बजारमा सिजी इलेक्ट्रोनिक्स एक परिचित ब्राण्ड हो । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स ब्राण्डको उत्पादन उपभोग नगरेका नेपालीहरु सायद विरलै होलान् । सिजीले आइरन, स्पिकरदेखि एलईडी टीभी, वासिङ मेसिनसम्म बिक्री गर्दै आएको छ । हरेक नपालीको भान्साका सामान, बैठक कक्षमा एलईडी टिभी र स्पिकर, वासिङ मेसिन लगायतका २७ वटा उत्पादनहरु प्रायः सिजीकै नै भेटिन्छन् । उसो त सिजीले पनि नेपाली कुल घरसंख्याको ५० प्रतिशत घरमा आफ्नो उपस्थिति रहेको दावी पनि गर्दै आएको छ । कोरोना महामारीमा सिजीले कसरी काम गरिरहेको छ ? बजार विस्तार कसरी गरिरहेको छ र प्रतिस्पर्धी ब्राण्सँग कस्तो उपस्थिति जनाइरहेको छ भन्ने लगायतका विषयमा सिजी इलेक्ट्रोनिक्सका असिस्टेन्ट जनरल म्यानेजर विष्णुप्रसाद ज्ञवालीसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । हामीले लामो समयदेखि कोरोना भाइरसको त्रास खेपिरहेका छौं, यो अवस्थामा चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले कसरी काम गरिरहेको छ ? विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हामी पनि अछुतो रहन सकेनौं । हामी पनि यो भाइरसबाट प्रभावित छौं । एक वर्षदेखि यो भाइरससँग लड्दै जुध्दै काम गरिरहेका छौं । सुरुका ३/४ महिना भएको लकडाउनको समयमका काम गर्न सक्ने अवस्था भएन । त्यतिखेर हामीले अनलाइनमार्फत नै काम गर्यौं । पछि लकडाउन खुलेपछि मात्रै फिल्डमा गएर काम गर्यौं । हाम्रो व्यापार विभिन्न डिलर मार्फत नै हुन्छ । तर, त्यतिखेर अनलाइनमार्फत गर्नु पर्ने भयो । लकडाउनको समयलाई नगन्ने हो भने सिजी यलेक्ट्रोनिक्सको व्यापार घटेको छैन । माग पनि बढेको छ । माग बढ्नुको पनि विभिन्न कारणहरु छन् । लकडाउनको समयमा बोर्डर पनि सिल भए । अन्तर्राष्ट्रिय उडान पनि बन्द भए । जहाजबाटै मात्र दैनिक ५ सय टेलिभिजन आयात हुन्छन् । त्यो सबै रोकिएको छ । अर्को, सबै मानिसहरुको प्राथमिकता अहिले अनलाइन नै छ । धेरै काम अनलाइनमार्फत नै भइरहेको छ । यस कारण प्यानलको माग पनि बढेको छ । लकडाउनको कारण घरकै खाना खाने धेरैको बानी पर्यो । यस कारण पनि घरायसी तथा किचेन सामग्रीहरुको आयात बढेको छ । अहिले फेरि गर्मी सुरु भएको छ । गर्मी सुरु भएपछि विस्तारै एसी र कुलरहरुको माग बढेको छ । कोरोनाको कारण बिजनेस ग्रोथको हिसावले हामीलाई त्यति मार परेको छैन । लकडाउनको समयमा अनलाइनमार्फत व्यापार गर्यौं भन्नुभयो, सिजीका ब्राण्ड अनलाइनबाट र डिलरहरुमार्फत बिक्री गर्दा कुनमा व्यापार बढी देखियो, अर्थात कुन बढी प्रभावकारी देखियो ? अनलाइन र डिलरको विजनेसको तुलना नै गर्न मिल्दैन । हाम्रो प्रतयक्ष ग्राहकभन्दा पनि डिलरमार्फत हुने व्यापार हो । अनलाइन विजनेस हामी प्रत्यक्ष ग्राहकलाई मात्रै गर्न सक्छौं । डिलरमार्फत अनलाइन विजनसे गरेनौं । चौधरी ग्रुपले म्यासेज पनि सकारात्मक र ग्राहकहरुसँगै छौं भन्ने मानसिकताका साथ मात्रै अनलाइन विजनेस सुरु गरेका हौं । तर, व्यापारा हिसावले डिलरको तुलनामा अनलाइन नगन्य नै हो । हरेक तवरबाट कोरोनाकालमा व्यापार कस्तो रह्यो ? तीन महिनाको लकडाउन बाहेक हाम्रो व्यापार अघिल्लो वर्षको भन्दा कम भएन । हाम्रो व्यापार स्मुथ्ली गइरहेको छ । धेरै नोक्सान तथा घाटा हामीलाई भएन । माग बढिनै राखेको छ । कोरोना भाइरसले उत्पन्न संकटबाट चौधरी ग्रुपले सिकेको पाठ के हो ? कोरोना भाइरसबाट सजग बन्नको लागि अपनाउनु पर्ने मापदण्डहरु त अलग कुराहरु भए । तर, हामी विजनेसको हिसावममा पहिले पनि यी विभिन्न कुराहरु ख्याल गरेकै हुन्थ्यौं । जस्तो पायो त्यस्तो कम्पनीसँग वस्तु आयात गरेर नेपालमा सस्तोमा बिक्री गर्ने काम हामी गर्दैनौं । यस्तो खालको काम गर्ने धेरै कम्पनीहरु अहिले बन्द भइसकेका छन् । यस्तो खालको विजनेस गर्नु हुँदैन है भन्ने पाठ हामीले अगाडि पनि सिकेका थियौं र लकडाउनको समयमा पनि धेरै सिक्ने र बुझ्ने मौका मिल्यो । नेपाल सरकारले तोकेको मापदण्ड पालना गरेर हामी गुणस्तरियतामा ध्यान दिन्छौं । सानो–तिनो व्यापार गर्ने तर गलत किसिमले गर्ने व्यवसायीहरु अहिले समस्यामा छन् । तर, चौधरी ग्रुप त्यस्तो तर्फ ध्यान दिँदैन । हाम्रो यात्रा धेरै लामो छ । कोरोना भाइरसको समयमा उपभोक्ताहरुले सिजी इलेक्ट्रोनिक्सको कुन सामान बढी रुचाए ? अथवा बढी माग र खपत कुन सामानको भयो ? माग र खपत समय अनुसार हुन्छ । कोरोनाको पहिलो चरणमा टेलिभिजनहरुको माग एकदमै बढ्यो । सबै काम अनलाइनबाट भएको कारणले पनि सबैले टीभी खरिद गरे । सबैले स्मार्ट टिभी खरिद गरे । त्यतिखेर सबै मानिसले घरमै बस्नु पर्ने बाध्यता थियो । हाम्रो क्वालिटी राम्रो भएको कारणले पनि ग्राहकले रुचाएका छन् । समग्रमा ग्राहकले हाम्रो सबै सामान रुचाएका छन् । हामीले ग्राहकले कुन सामानबढी बढी रुचाए भनेर थाहा पाउनको लागि त्यसको सेलस र डिमाण्ड नै हेर्ने हो । बिक्रीको हिसावले सबैभन्दा बढी माग हुने प्रडक्ट एलईडी टीभी हो । हामीले चाहेको गुणस्तर र अर्डर गरे अनुसारको सामान विदेशबाट आउँछ । सिजी नेपालको सबैभन्दा ठूलो ब्राण्ड हो । हाम्रो सबैभन्दा बढी टर्नओभर छ । रेञ्ज पनि ठूलो हाम्रै हो । हाम्रो डिलर नेटवर्क पनि ठूलो छ । देशभर ४ सय वटा डिलर नेटवर्क, १ सय ४० वटा सर्भिस सेन्टरहरु र ३ सय जना सर्भिस इञ्जिनियरहरु हुनुहुन्छ । त्यस कारणले पनि सिजी देशकै सबैभन्दा ठूलो ब्राण्ड हो । यो हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ प्वाइन्ट हो । हाम्रा ग्राहकले हामीलाई धेरै विश्वास गर्छन् । कम्पनीको सर्भिस ब्याकअप र प्रोडक्टको क्वालिटी नै हाम्रो सवल पक्ष हो । नेपाली बजारमा सिजी इलेक्ट्रोनिक्सको प्रतिस्पर्धी को हो ? हाम्रो प्रतिस्पर्धा दुईटा कोणबाट छ । हामी मल्टिनेश्नल ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेका छौं । उहाँहरुको भन्दा नराम्रो क्वालिटी राम्रो हुनुहुन्न भन्ने हाम्रो मान्यता हो । अहिले क्वालिटीमा हाम्रो प्रतिस्पर्धी एलजी, सोनी सामसङहरु नै हुन् । हाम्रो प्रतिस्पर्धा एउटा नेपाली ब्राण्ड र अर्को मल्टिनेश्नल ब्राण्डहरुसँग छ । एलजी इलेक्ट्रोनिक्सले कतिवटा उत्पादनहरु बजारिकरण गरिरहेको छ ? हामी २७ वटा वस्तुहरु उत्पादन गरिहेका छौं । सानोमा आइरन, स्पिकरदेखि ठूलोमा एसी, एलईडी टीभीसम्म उत्पादन गरिहरेका छौं । नयाँ वर्षको सुरुवात भइसकेको छ, सीजीले आफ्ना ग्राहकहरुका लागि के कस्ता स्किम ल्याएको छ ? नयाँ वर्ष २०७८ को शुभकामनासहित हामीले हाम्रा ग्राहकका लागि धेरै किसिमका स्किमहरु ल्याएका छौं । हामीले विभिन्न प्रडक्टहरुमा फरक–फरक स्किमहरु सार्वजनिक गरेका छौं । कनै प्रडक्टमा छुट छ भने कुनैमा एउटा प्रडक्ट किन्दा अर्को प्रडक्ट उपहारको रुपमा स्किम ल्याएका छौं । वासिन मेसिनमा मिक्चर उपहार राखेका छौं । एलईडी टीभी, फ्रिज जस्ता प्रडक्टहरुमा छुट दिइरहेका छौं । हामीले २० प्रतिशतभन्दा बढी छुट दिएका छौं । यो स्किम बैशाखभरी रहन्छ । सर्वसधारणहरुले सिजी इलेक्ट्रोनिक्सकै प्रडक्टहरु किन रोज्ने ? हाम्रो ड्युरेवल प्रडक्ट हो । आज किनेर भोलि सकिने प्रडक्ट हाम्रोमा हुँदैन । ५ देखि २० वर्षसम्म पनि टिक्ने प्रडक्ट हामीसँग छ । यसको महत्वपूर्ण पक्ष भनेको सेल्स सर्भिस हो । कुन कम्पनीले तपाईंलाई राम्रो आफ्टर सेल्स सर्भिस दिन सक्छ ? त्यो हेर्नुपर्छ । रेट तलमाथि भएपनि त्यसको गुणस्तर कति छ हेर्नुपर्छ । त्यस कारणले कुनै पनि प्रडक्ट खरिद गर्दा त्यसको बारेमा अध्ययन र कम्पनीको बारेमा अध्ययन गर्न जुरुरी छ । कुन कम्पनीको नजिकमा सर्भिस सेन्टर र डिलर छ त्यो पनि हेर्नु पर्छ । ६८ जिल्लामा हाम्रो उपस्थिती छ । हाम्रो सर्भिस सेन्टर नपुगेको ठाउँमा पनि नजिकका डिलरहरुले पनि हेरिरहेका छन् । हाम्रो होम सर्भिस पनि छ । ठूलो प्रडक्टका लागि हामी घरमै गएर सर्भिस गर्छौं । उपभोक्ताहरुले सिजीकै सामान प्रयोग गर्नको लागि सिजीको मुख्य सवल पक्ष तथा विशेषता के हो ? मुख्य भनेको हाम्रो कम्पनीको सर्भिस ब्याकअप हो । हामीसँग प्रशस्त सर्भिस ब्याकअप छ । अर्को क्वालिटी हो । मल्टिनेश्नल कम्पनीको प्रडक्टको गुणस्तर र हाम्रो गुणस्तर र त्यसमा भएको मूल्य फरक हेर्नुहोस् अनि आफै थाहा पाउनु हुन्छ । प्रिमियम प्रडक्ट र प्राइस नै हाम्रो स्ट्रेन्थ प्वाइन्ट हो । बजारमा हाम्रो भन्दा सस्तो प्रडक्ट पनि छ । तर, क्वालिटी पनि त्यही किसिमको पाउनु हुन्छ । हामी क्वालिटी मल्टिनेश्नल कम्पनीको जस्तो दिइरहेका छौं तर प्राइस नेपाली ब्राण्डको जस्तो दिइरहेका छौं । सिजीले क्वालीटी र मूल्यमध्ये कसलाई बढी महत्व दिन्छ ? हामी दुवैलाई महत्व र फोकस गर्छौं । क्वालीटी राम्रो तर सस्तो प्राइस हाम्रो फोकस हो । मल्टिनेश्नल कम्पनसँग हामी क्वालिटीमा १९÷२० छौं तर मूल्यमा उनीहरुभन्दा हामी धेरै सस्तो छौं । राम्रो क्वालिटीको सस्तोमा खोज्ने ग्राहकलाई सिजीभन्दा उपर्युक्त अरु कुनै ब्राण्ड हुनै सक्दैन । तपाईंहरुको प्रडक्टको बारेमा बजारबाट के कस्तो प्रतिक्रिया आइरहेको छ ? हामीलाई राम्रै र सकारात्मक प्रतिक्रिया नै आइरहेको छ । कतिपयले कम्प्लेन पनि गर्नुहुन्छ । नकारात्मक किसिमका प्रतिक्रियाहरु आउँदैनन् । नकरात्मक कमेन्टहरु आयो भने पनि हामीहरुले तपाइँहरुबाटै थाहा पाउने हो । जनरल ग्राहकहरु सिजी ब्राण्डप्रति विश्वस्त हुनुहुन्छ । अहिले सिजीले बजार विस्तारको रणनीति कसरी अपनाइरहेको छ ? हाम्रा ४ सय डिलरहरु छन । ती डिलरलाई हेर्ने पनि हाम्रा स्टाफहरु हुनुहुन्छ । मुख्य कार्यालयबाट पनि कमाण्डिङ भइरहेको हुन्छ । त्यस्तै फिल्डमा पनि हाम्रा साथीहरु हुन्छन् । हामीले विभिन्न क्षेत्रहरु छट्याएर काम गरिरहेका हुन्छौं । बजार विस्तारको क्रममा हामी सुरुमा मार्केटको स्थिती बुझ्छौं, अध्ययन गर्छौं । मार्केट अध्ययनपछि डिलर थप्ने होकि पुरानै डिलरलाई अगाडि बढाउने विषयबारे अध्ययन गर्छौं । यसरी नै अगाडि बढ्छौं । ६८ जिल्लामा मात्रै सिजीको मार्केट छ भन्नुभयो, ७७ वटै जिल्लामा जान नसकिने अवस्था हो ? ६८ वटा जिल्लामा डिलरहरु भएपनि ७७ वटै जिल्लाका मानिसहरुले हाम्रो प्रडक्ट प्रयोग गर्नुहुन्छ । अप्रत्यक्ष रुपमा हामी सबै जिल्लाहरुमा छौं । मुगुमा हाम्रो डिलर छैन । तर त्यहाँका मानिसले हाम्रो प्रडक्ट प्रयोग गर्नुहुन्छ । ७७ वटै जिल्लाका नागरिकहरुले सिजीको प्रडक्ट आफ्नो नजिकैको डिलरमार्फत प्रयोग गर्न कहिले पाउँछन् ? वि.स २०८० भित्रै ७७ वटै जिल्लामा हाम्रा डिलर विस्तार हुन्छन् । हामी प्रत्यक्ष रुपमा नजिकैको डिलरमार्फत सेवा दिने उद्धेश्यले २०८० भित्रै ७७ वटै जिल्लामा पुग्छौं । हामी त्यही किसिमले काम गरिरहेका छौं । सिजी इलेक्ट्रोनिक्सको आगामी योजना के हो ? विश्व इलेक्ट्रोनिक्स बजारमा नयाँ–नयाँ प्रडक्टहरु आइरहेका छन् । ती टेक्नोलोजी र प्रडक्टहरुलाई नेपालमा भित्र्याउने हाम्रो योजना र रणनीति हो । नेपाली उपभोक्ताहरुलाई नयाँ टेक्नोलोजीसँगै अगाडि बढाउने काम अहिले पनि गरिरहेका छौं र अझैँ पनि गर्नेर्छौं । अहिले हामी जुन प्रडक्ट दिइरहेका छौं त्यसको परिस्कृत रुप र झन बढी गुणस्तर दिने काम हामी गर्छौं । हाम्रो मुख्य लक्ष्य भनेको प्रत्येक नेपालीको घरमा सिजीको प्रडक्ट पुर्याउनु नै हो । अहिले पनि हामीसँग कुल बजार अर्थात देशको कुल घर संख्याको ५० प्रतिशत घरमा हामी पुगेका छौं । त्यसलाई शतप्रतिशत पर्याउने र बजार विस्तार गर्ने हाम्रो लक्ष्य छ । सिजी इलेक्ट्रोनिक्सको उत्पादन प्रयोग गरिरहेका र नगरिरहेका उपभोक्ताहरुलाई सिजी ब्राण्डको सन्देश केही छ ? आफ्नो मेहेनतको पैसा जुन पायो त्यही वस्तुमा खेर नफाल्नुहोस् । बजारमा धेरै किसिमका कम्पनी र धेरै किसिमका उत्पादनहरु आइरहेका छन् । त्यसको गुणस्तर पनि पत्ता लगाउनहोस् । हामी पनि नेपालमा सामान तयार गदैनौं । सबै बाहिरबाट नै आउने हो । भारत, चीन, इन्डोनेसिया र भियतनामाबाट हामी बढी सामान आयात गर्छौं । अर्को, धेरै सस्तो सामान पनि बजारमा पाइन्छ । क्वालिटीको कुरा पनि मुख्य हो । मेहनेतको पैसा सही सामानमा, राम्रो गुणस्तरमा, राम्रो मूल्यमा पाउनु हुन्छ । त्यो सिजी नै हो । एक पटक हाम्रो उत्पादन प्रयोग गर्नुहोस् । जहाँ हुनुहुन्छ त्यही नै हाम्रो सामान पाउन सक्नुहुन्छ ।