अह्राइसिकाई मात्रै गर्ने विज्ञ वा प्रशासन मात्रै जानेकोले अब बीमा समिति चलाउन सक्दैन–चिरञ्जिवी चापागाईं
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई आफ्नो चार वर्षे कार्यकालको अन्तिम अवधिमा आइपुगेका छन् । अहिले बजारमा अध्यक्ष चापागाईंको कार्यकाल पुःन दोहोरिने हो वा होईन अड्कलबाजी भईरहेको छ । आफ्नो ४ वर्षे कार्यकालमा चापागाईंले बीमा क्षेत्रमा के कस्ता परिवर्तन ल्याउन सफल भए तथा उनका के कति योजनाहरु बाँकी रहे भन्ने विषयमा हामीले खोतल्ने प्रयास गरेका छौं । प्रस्तुत छ अक्ष्यक्ष चापागाईंसँग नबिन पोखरेलले गरेको विकास बहस । तपाईको कार्यकाल कस्तो रह्यो ? मेरो ४ वर्षे कार्यकालको अवधि अहिले सक्किनै लागेको छ । अब यस अवधिका तथ्यांहरु हेर्दा बीमाको दायराको वृद्धि होस् अथवा ग्राहस्थ उत्पादनमा बीमाको योगदान होस, रोजगारी, कानुनी संरचना, बीमा क्षेत्रमा तालिम केन्द्र, लगायत संस्थागत सुशासन कायम गर्नका लागि बीमा समितिले जारी गरेका निर्देशनहरु यी सबै हेर्दाखेरी म आफ्नो कार्यकालबाट सन्तुष्ट छु । अब बाँकी कुरा भनेको त बीमा क्षेत्रका जानकारहरुले, विज्ञहरुले समिक्षा गर्ने विषय रह्यो । बीमा क्षेत्रमा तपाईको कार्यकाल सुरु भएपछि के–कस्ता परिवर्तनहरु भए ? बीमा क्षेत्रको परिवर्तनको कुरा गर्दा मेरो कार्यकालकै सुरुवाती चरणमा नागरिकमा बीमा चेतना कमी थियो । अहिले बीमा मुलधार (मेन स्ट्रिम) नै बनिसकेको छ । नागरिकमा बीमाप्रतिको विश्वसनियता बढेको छ । त्यो विश्वसनियता बढेकै कारण ७ प्रतिशतबाट बीमाको पहुँच २७ प्रतिशतसम्म पुगेको अवस्था छ । अहिले गाउँ–गाउँमा बीमाको बारेमा चर्चा भइरहेको छ । घुम्त्ती बीमा कार्यक्रम लागू भएको छ । कृषि बीमालाई समेत त्यस्तै व्यापकता प्रदान गरिएको छ । यी सबै कुराहरु बीमा क्षेत्रमा भएका परिवर्तनहरु हुन् । के कस्ता कामहरु भए भनेर हेर्ने मापकहरु पनि तिनै हुन् । तपाईको कार्यकालमा भएका आफैले विर्षन नसक्ने कामहरु के–के छन् ? बीमा क्षेत्रको सुशासन कायम गर्नको लागि जोखिममा आधारित पूँजी र जोखिममा आधारित निरीक्षण प्रणाली लागू गरियो । साथ–साथै अन्तर्राष्ट्रियस्तरको एनएफआरएस लागू गर्ने कार्यक्रम गरियो । यो दुबै काम भनेकोे बीमा बजारमा सुशासन कायम गर्नको लागि गरिएको काम भयो । बीमाकै विकास र बिस्तारका लागि स्थानीय तहसँग बीमा समिति, विद्यार्थीहरुसँग बीमा समिति तथा सरोकारबाला निकायसँग बीमा समिति भन्ने कार्यक्रम गर्यौं, त्याे पनि सम्झन लायक गतिविधिमा पर्छन् । यी गतिविधि मैले पनि भुल्न सक्दिन । सुशासन कायम गर्न तथा बीमा क्षेत्रमा विकास र विस्तार गर्न जे जसरी हामी लाग्यौ त्यो नै एउटा महत्वपूर्ण सम्झन लायक गतिविधि हुन् । तपाईले आफ्नो कार्यकालमा पूरा गर्न बाँकी रहेका योजनाहरु के–के छन् ? निरीक्षण प्रणालीको कार्यविधि बनाएर कर्मचारीहरुलाई तालिम समेत दिइसकेका छौँ । तर खाली हामीले बीमाका कर्मचारीहरुलाई तालिम दिन बाँकी थियो । उक्त तालिमको काम बाँकी नै छ । बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने काम बाँकी नै रह्यो । चाहे त्यो रि इन्जिनियरिङ नै गर्न परोस वा चाहे त्यो जनशक्तिको हिसाबले होस्, भौतिक संरचनाका हिसाबले होस्, अथवा सूचना प्रविधिका हिसाबले होस् त्यो काम गर्न बाँकी छ । तपाईको अनुभवले अब बीमा समितिलाई कस्तो किसिमको अध्यक्षको खाँचो छ ? अब बीमा समितिको अध्यक्ष भनेको कुर्सीमा बसेर मात्र हुँदैन । सुचनाप्रविधिप्रति जानकार व्यक्ति हुनुपर्छ । त्यस्तै, फिल्डमा समेत काम गर्न सक्ने हुनुपर्छ । म एउटा सन्दर्भ जोड चाहन्छु । कोरोना बीमाको दाबी भुक्तानीको अवस्था बुझ्न म आफै फिल्डमा समेत गएको थिएँ । मैले कोरोना महामारीको दाबी भुक्तानी किन ढिलाई भएको भन्ने ४ वटा कारणहरु समेत पत्ता लगाए । उक्त ४ कारणहरु मैले तत्काल सार्वजनिक समेत गरे । त्यसकारण मैले अबको बीमा समितिको अध्यक्ष भनेको चाहे त्यो सूचना प्रविधिका हिसाबले होस्, चाहे बीमा र वित्तीय क्षेत्रका ज्ञानका हिसाबले होस अथवा चाहे त्यो आफ्नो सरल स्वभाव भएको हिसाबले होस् सहज क्षमतावान व्यक्तिकै खाँचो छ । कर्मचारीहरुका समस्या बुझन् सक्ने तथा बजारमा सहजै भिज्न सक्ने अध्यक्ष बीमा समितिमा आवश्यक हुन्छ भन्ने मेरो बुझाई हो । वास्तवमा विज्ञ भनेको छेउमा बसेर अराइसिकाइ गर्नेहरु पर्छन् । हामी अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने पनि विज्ञ भनेको साइडमा बसेर काम गर्नेहरु पाउन सक्छौं । हरेक क्षेत्रमा दख्ल भएको मान्छेले मात्र नेत्तृत्व लिन सक्छ । त्यसैले मेरो भनाई के हो भने विज्ञ पनि कोही जीवन बीमाको विज्ञ हुन्छन् । यस्तै, कोही निर्जीवन बीमाको विज्ञ हुन्छन् । कोही पूनर्बीमाको विज्ञ भएका हुन्छन् । बीमा क्षेत्रमा पनि केही विज्ञ साथीहरु होलान् । उनीहरुलाई फेरि प्रशासनिक जानकारी कम हुन सक्छ । यस्तै, प्रशासनिक जानकारी भएकाहरुलाई बीमा सम्बन्धि ज्ञान नहुन सक्छ । वास्तवमा विज्ञ भनेको छेउमा बसेर अराइसिकाइ गर्नेहरु पर्छन् । हामी अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने पनि विज्ञ भनेको साइडमा बसेर काम गर्नेहरु पाउन सक्छौं । हरेक क्षेत्रमा दख्ल भएको मान्छेले मात्र नेत्तृत्व लिन सक्छ । त्यसैले मेरो भनाई के हो भने विज्ञ पनि कोही जीवन बीमाको विज्ञ हुन्छन् । यस्तै, कोही निर्जीवन बीमाको विज्ञ हुन्छन् । कोही पूनर्बीमाको विज्ञ भएका हुन्छन् । बीमा समिति भनेको त वित्तीय क्षेत्र हो । वित्तीय क्षेत्रमा बैक लगायत अन्य वित्तीय संस्थाहरुसँग नै सम्बन्ध हुन्छ । अहिले त नयाँ प्रविधिहरु भित्रिएका छन् । बैकास्योरेन्सका कुरा आएका छन् । अहिले एउटा जीवन वा निर्जीवन क्षेत्रको ज्ञानले मात्रै पनि अध्यक्ष बन्न हुँदैन । कतिपय अवस्थामा सिद्धान्तहरु घोक्न सजिलो हुन्छ । तर नेपालमा हामीले घोकेका सिद्धान्तहरु सहजै लागू गर्न सकिने अवस्था छैन, सकिदैन । अहिले तपाईहरुले हेर्नुभयो भने धितोपत्रकै अध्ययन मैले गरेको हो । विज्ञले इपिएस हेर्छन् तर अरुले इपिएस नहेरी गरेको अनुमान वास्तविकता भन्दा फरक हुनसक्छ । त्यस्तै, मैले जोड्न चाहेको बीमा समितिलाई वास्तविकता पत्ता लगाउने अध्यक्षको खाँचो छ । २०७२ सालको भूकम्पको बेलामा पनि बीमा दावी भुक्तानीमा ठूलो समस्या थियो भने अहिले कोरोना महामारीको बेलामा दाबी भुक्तानीमा समस्या देखिएको छ । बीमामा यस्तो समस्या किन देखिन्छ ? यो कोरोना बीमा नितान्त बीमाको सिद्धान्त भित्रको बीमा होइन । यो त सामाजिक सुरक्षा अन्र्तगतको बीमा हो । यस सामाजिक सुरक्षामा बीमा समिति आफै पनि जोडिएको छ । तपाईहरुले कोरोना बीमा मापदण्ड हेर्दा थाहा पाउन सक्नु हुनेछ । साढे ३ अर्ब फण्ड मध्येमा १ अर्ब त बीमा समितिले आफ्नो फण्डबाट नै राखेको छ । त्यसपछि साढे ३ अर्ब माथिको फण्ड नेपाल सरकारको राजस्वबाट प्रयोग हुने व्यवस्था गरिएको छ । त्यसै कारण सामाजिक बीमा अन्तर्गत बीमा गरेपछि पैसा नपाउने भन्ने त सवाल नै रहदैन नि । यस्तै, महामारीको स्वरुपको कुरा गर्दा यो भुइचालो जस्तै हुने रहेछ । भुइचाले बढीमा एक मिनेट आउँछ, त्यो एक मिनेटको प्रभाव ठूलो रहन्छ । यो कोरोना महामारी पनि एक किसिमले मलाई त्यस्तै लाग्यो । असोज र कार्तिकमा कोरोना महामारीले धेरै सतायो । सो समयमा अस्पतालमा बिरामी राख्ने बेडहरु समेत खाली थिएनन् । बीमा समितिकै कर्मचारीहरु कोरोना महामारीबाट अछुतो रहेनन् । सोही कारण दाबी भुक्तानीमा केही ढिलाई भएकाले पनि होला तर १३ हजार जनाले त पैसा पाउँनु भएको पनि छ नि । अब बाँकी रहेका दाबीको पनि भुक्तानी हुन्छ त्यसमा कुनै शंकै छैन । तपाई उठाउनु भएको प्रश्न जस्तै मेरो कार्यकालको सुरुवातमा भूकम्पका केही भुक्तानी दिन बाँकी थियो । करिब १३ अर्बको दाबी परेको थियो । अहिले सबै फर्छौट भइरहेको छ । अब अहिले मेरो कार्यकाल सकिने बेलामा कोरोना महामारी आयो । त्यसलाई राज्यले आफ्नो वार्षिक कार्यक्रममा राखेको छ । कोरोना बीमालाई बजेटमा राखेको छ । राज्यका सबै संयन्त्रहरुले पनि कोरोना बीमामा सहभागी भए । बीचमा केही आरोह अवरोह भएपनि अहिले फेरी कोरोना बीमा राम्रो अवस्था पुगिसकेको छ । कोरोना बीमाले पनि बीमाको दायरा बढाउन मद्दत गरेको छ । तपार्ईले मौका पाएमा फेरी पनि बीमा समिति अध्यक्षको जिम्मेवारी लिन तयार छु भनिरहनु भएको छ । तपाईको जिम्मेवारी पुःन दोहोरीदा गर्न बाँकी रहेका कामहरु के–के छन् ? मलाई बीमा समितिमा जुन पार्टीले राजनीतिक नियुक्ती दिएको थियो अहिले पनि त्यही पार्टीकै सरकार छ । अब मैले सुशासन राम्रो बनाएर बीमाको पहुँच बढाउने कामलाई निरन्तरता दिन बाँकी छ । बीमा समितिलाई प्राधिकरण बनाउने कुरा अघि बढाउने छ । साथ साथै सरकारी स्वामित्वका कम्पनीको २०६८/६९ को व्यालेन्सिट अहिले बीमा समितिमा स्वीकृत हुँदैछ । २०६९/७० को व्यालेन्सिटको लागि ७ दिन भित्र ल्याउनु भनेको अहिलेसम्म ल्याएका छैनन् । हामीले चिठ्ठी पठाइ सकेकाछौ । बीमा संस्थानका एक्चुरीयल भ्यालुयसनका विषयमा समेत हामीले खोजी गरी रहेका छौ । संस्थानको उक्त काम यही ४/५ दिन भित्र पूरा हुन्छ । मैले मेरो कार्यकाल दोहोरीयमा यस्तै बीमा क्षेत्रमा आवश्यक रहेको कामहरु गर्नेछु । कोरोना बीमाले बीमितमा वितृष्णा जगाएको छ, यसले दीर्घकालिन रुपमा बीमा बजारमा असर त पार्दैन नि ? अहिले बीमितसँग कोरोना बीमाको बारेमा वितृष्णाको अवस्था छैन । अहिले नपाएका कुराहरुमा मात्र भन्दा पनि पाएका कुराहरु पनि हामीले हेर्न आश्यक छ भन्ने मलाई लाग्छ । कोरोना बीमा सम्बन्धि तथ्यहरु बीमा समितिले नै सार्वजनिक गर्दै आएको छ । यसमा बीमितहरुले वास्तविकता बुुझ्न पाउँनु भएको छ । विधि पुर्याएको अवस्थामा कोरोना बीमाको दाबी भुक्तानी रोकिदैन । कोरोना बीमा होस् निर्जीवन बीमा होस् त्यसमा सबै सही छ भन्ने अवस्था छैन । ३५ वटा डबल क्लेम आएका छन्, डबल क्लेममा बीमाले भुक्तानी गर्ने कुरा भएन । त्यस कारण पैसा पाउनेहरुसँग पनि सोध्नुस न कोरोना बीमाको आवश्यकताका बारेमा । केही ढिला भयो त हामी क्षमा प्रार्थी छौं । हामी आफै कोरोना ग्रस्थ भएका थियौ । हामीले कारोना बीमाको पैसा नतिर्ने भनेका छैनौ । अबको १५ दिनपछि कोरोना बीमा रेगुलर फेजमा आउँछ । बीमा क्षेत्रमा लाइसेन्स दिने प्रक्रिया केही समय होल्ड गर्नु पर्ने हो कि केही नयाँ बीमा कम्पनी थप्न आवश्यक छ ? यसमा तपाईको धारणा के छ ? बीमा कम्पनीहरुरलाई लाइसेन्स दिने कुरामा तपाईले आज पनि ठूलो अक्षरमा लेख्नुस् बीमा समिति लाइसेन्स दिने कुरामा स्वायत्त छैन । यसमा नेपाल सरकार, अर्थ मन्त्रालय, मान्य अर्थमन्त्री ज्यू अथवा प्रधान मन्त्रीले हामीलाई सोध्ने मात्र हो । अथवा भनौ लाइसेन्स हाम्रो अहिलेको नियम अनुसार सिफारिस गरेर बीमा समितिले अर्थ मन्त्रालयमा पठाउने हो । सोही कारण बीमा कम्पनीलाई लाइसेन्स दिने विषय भनेको बीमा समितिको भन्दा पनि नेपाल सरकारको विषय हो भन्दा हुन्छ । लाइसेन्सको विषय बीमा समितिको अध्यक्षले चाहेर हुने विषय होइन । सोही कारण लाइसेन्सको विषयमा नेपाल सरकारसँगै सोध्दा राम्रो होला ।
चेम्बर आन्दोलनमा मैले गरेको योगदान सम्झनुस् र मलाई विश्वास गर्नुस्ः अञ्जन श्रेष्ठसँगको अन्तर्वार्ता
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि वस्तुगत तर्फबाट उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठले चेम्बर आन्दोलनमा आफूले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । विकासन्युजडटकमको विकास बहसमा सहभागी हुँदै उनले विगत १६ वर्षदेखि महासंघमा रहेर आफूलाई दिइएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोले अब नेतृत्वमा पुगेर व्यवसायीको समस्या समाधान र सरकारलाई सहयोग र आवश्यक समन्वयको भूमिका खोजेका बताए । यही भूमिका खोज्ने क्रममा आफू महासंघको बस्तुगत तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार बनेको उनको भनाई छ । ‘म व्यवसायिक रुपमा पनि सफल छु र चेम्बर आन्दोलनमा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतका विभिन्न जिम्मेवारीमा रहदा कुसलतापूर्वक जिम्मेवारी पूरा गरेको छु, अब नेतृत्व तहमा पुगेर गर्नुपर्ने काम पूरा गर्नको लागि यसपाली बस्तुगत तर्फबाट महासंघको उपाध्यक्ष पदमा उम्मेदवार बनेको छु, साथीभाइले मेरो योगदान र विगतको पृष्ठभूमि हेरेर मलाई विजयी गराउँछन् भन्ने मलाई विश्वास छ,’ श्रेष्ठले भने । श्रेष्ठले महासंघको विभिन्न जिम्मेवारीमा रहेर विगतमा गरेका कामको यसरी स्मरण गरेका छन्ः १६ वर्षअघि कुशकुमार जोशी अध्यक्ष भएको बेलामा उद्योग समिति अन्तरगत ब्राण्ड प्रोटेक्सन ग्रुपको सहसंयोजक भएँ । पछि संयोजक भएँ । ९ वर्षसम्म म रोजगारदाता परिषदमा बसेँ । श्रम ऐन बनाउने कार्यमा म प्रत्येक्ष रुपमा संलग्न छु । पछिल्लो समय श्रम ऐन आयो । त्यो ऐनमा उद्योग समितिको सभापति भएर पनि योगदान दिएको छु । त्यस्तै, म दुई पटक राजस्व समितिको सहसभापति भएको छु । त्यो बेला भन्सार ऐन संशोधनको सन्दर्भ थियो । भन्सारलाई आधुनिकीकरण गर्ने, आसिकुडा वल्र्ड लागू गर्ने, सिआरएमएसएपी लागू गर्ने, भन्सारलाई डिजिटाइजेसन गर्नको लागि भन्सार विभागसँग प्रत्येक्ष संलग्न भएर कार्य गरेको छु । पछिल्लो पटक आएको औद्योगिक व्यवसाय ऐन बनाउनको लागि हामीले धेरै मेहेनत गरेका छौं– उद्योग समितिको सभापतिको हैसियतले । त्यस्तै, सामाजिक सुरक्षा कोष ऐन बनाउन म प्रत्येक्ष रुपमा संलग्न भएको छु । औद्योगिक व्यवसाय ऐनको नियमावली बनाउन म प्रत्येक्ष रुपमा संलग्न भएको छु । बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदा आउँदा विशेष गरी साना तथा मझौला व्यवसायीबाट ठूलो विरोध भयो । कृषि क्षेत्रका व्यवसायीले विरोध गरे । डेरी, माछा पालन, छापाखाना लगायत ७÷८ वटा विधामा बैदेशिक लगानी आउनु हुदैन भन्ने कुरा व्यवसायी साथीहरुबाट आयो । संसदीय समितिको अन्तिम बैठक सहभागी भएर आफ्नो कुराहरु मैले राखेँ । त्यो बेलाको महासंघका पदाधिकारी तथा नेतृत्वले मलाई साथ दियो । मैले नै नेतृत्व गरेर ती क्षेत्रमा विदेशी लगानी आउनु हुदैन भनेर रोक्न सफल भएँ । पहिला वैदेशिक लगानीको सीमा ५० लाख रुपैयाँको थियो । त्यति सानो परिमाणको रकम विदेशी लगानी किन लिने भन्ने कुरा भयो । त्यो लगानीको सीमालाई ५ करोड बनाइयो । यसो भन्दै गर्दा हामीले बैदेशिक लगानी रोकिरहेका थिएनौं । सानो सानो परिमाणमा होइन, विदेशी लगानी आउँदा ठूलो परिमाणमा आउनु पर्छ भन्ने हाम्रो तर्क थियो । अहिले पनि छ । विश्वव्यापी रुपमा अमेरिका, चीन, भारत जस्ता देशले आफ्नो उद्योग, स्वदेशमा सक्षम रहेका उद्योगको संरक्षण गरेको देखिन्छ । जस्तो कि भारतले सन् २००८ मा आर्थिक मन्दीको कारण आफ्नो अर्थतन्त्रलाई असर परेको भन्दै विश्व व्यापार संगठनमा प्रतिवद्धता जनाएका विषय पूरा गराउनको लागि सन् २०२० सम्मको समय तय गर्यो । सबै देशले आफ्नो देशको स्वार्थ संरक्षण गर्दा रहेछन् । यसैकारण हामीले ५० लाखको बैदेशिक लगानीको सीमा बढाएर ५ करोड बनाएका हौं । स्वदेशी लगानीकर्ताले नै लगानी गर्न सक्ने विषयमा विदेशी लगानी आउनु हुँदैन भन्ने हाम्रो कुरा हो । अब चाहिएको लगानी के हो ? त्यसमा व्यापक छलफल र अध्ययनपछि विशेष गरेर नेपालीले लगानी गर्न नसक्ने पूर्वाधार जस्ता क्षेत्रमा मात्रै विदेशी लगानी आउनु पर्छ भनेर मैले कुरा राखेको छु । मैले महासंघको सदस्य, सहसभापति र सभापति हुँदा धेरै काम गरेको छु । जस्तो कि नेपालमा उत्पादन हुने बस्तुहरु गुणस्तरीय हुनुपर्छ, आयात हुने बस्तुहरु पनि गुणस्तरीय हुनुपर्छ भनेर महासंघबाट प्रतिनिधित्व गर्दै गुणस्तर तथा नापतौल विभागमा गएर नेपाल स्ट्याण्डर्ड बनाउन पहल गरेको छु । धेरैभन्दा धेरै गुणस्तर चिन्ह बनाउनु पर्छ भनेर, गुणस्तरको मापदण्ड बन्नुपर्छ भनेर पहल गरेको छु । अहिले केही नयाँ मापदण्ड आइसकेको छ भने निकट भविष्यमा धेरै नयाँ मापदण्ड आउँदैछन् । यी सबै कुराहरुले गर्दा महासंघको नेतृत्वमा म जान आवश्यक छ । मैले गरेका यी काम कसैले नदेखेर वा देखे पनि नदेखे जस्तो गरेर मलाई आरोप लगाइएको होला । म नेपालको चेम्बर आन्दोलनमा सफल रुपमा सहभागी भएको छु । बस्तुगत संघहरुको एक वर्षको चुनावी भेटघाटमा साथीहरुले मलाई उत्साह र उर्जा दिनु भएको छ । साथीहरुले नै अगाडि बढ्न जोड गर्नुभएको छ । त्यही विश्वास बोकेर म अगाडि बढिरहेको छु । आगामी शनिवार निर्वाचन छ । बस्तुगत संघका सबै अध्यक्ष साथीहरुलाई म अनुरोध गर्दछु कि मलाई विश्वास गरिदिनुस्, मेरो ३० वर्षको सफल व्यवसायिक यात्रा र १६ वर्षदेखिको चेम्बर आन्दोलनमा मेरो योगदान स्मरण गरिदिनुस् भन्न चाहन्छु । निजी क्षेत्रको लगानीको सुरक्षा र व्यवसायिक वातावरण बनाउन म दत्तचित्त भएर लाग्नेछु भने प्रतिवद्धता पनि जनाउछु । श्रेष्ठसँग गरिएको अन्तवार्ताको भिडियो तलको लिंकमा लिंक गरी हेर्न र सुन्न सकिन्छ ।
प्रतिस्पर्धीभन्दा कमजोर छैन, विश्वस्त छु- म विजयी हुन्छुः भरत आचार्यसँगको कुराकानी
यतिखेर मंसिर ११ देखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा र निर्वाचनले नेपाली उद्योग व्यवसाय क्षेत्रमा निकै रौनक छाएको छ । महासंघको नयाँ कार्यसमितिमा आफ्नो बलियो उपस्थिती जनाउनको लागि उम्मेदवारहरु यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । महासंघको कार्यकारिणी सदस्यमा एशोसिएटतर्फ भरतराज आचार्यले पनि उम्मेदवारी दिनु भएको छ । टीएनएस ग्रुपमा अध्यक्ष आचार्यले फर्माप्याक प्रा.लिबाट उम्मेदवारी दिनु भएको छ । आचार्यसँग हामीले उहाँका चुनावी एजेण्डा र महासंघको चुनावी रौनकका बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको अंश । महासंघमा एसोसिएटतर्फबाट तपाईले सदस्यमा उम्मेदवारी दिनु भएको छ । तपाईका चुनावी एजेण्डा के-के हुन् ? अहिले उद्योगी व्यवसायीहरु कोरोना भाइरसको संकटमा छन् । आशिंक रुपमा उद्योग व्यवसायहरु सञ्चालन भइहरेको भएपनि खासै राम्रो प्रतिफल दिइरहेको अवस्था छैन । अहिले स्थिती एकदमै गाह्रो छ । हाम्रो उपभोगमुखी अर्थतन्त्र हो । हाम्रा जति उद्योग प्रतिष्ठान छन् ति उद्योग प्रतिष्ठानलाई कसरी पुनरजागरण गर्ने भन्ने कूरा महत्वपूर्ण हो । यसको पुनरुत्थान हाम्रो प्रमुख विषय हो र हुनु पनि पर्छ । महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था भएकाले हामीले व्यवसाय गर्दा आउने समस्यालाई कसरी नीतिगत रुपमा सुधार गर्न सकिन्छ भन्नेअर्को महत्वपूर्ण पक्ष हो । यी विभिन्न समस्याहरुलाई कसरी व्यवहारिक रुपमा सुधार गर्न सकिन्छ ? कसरी व्यवसायलाई लयमा फर्काउन सुकिन्छ भनने विषय पनि प्रमुख हो । यी विविधि विषयहरुलाई धयानमा राखेर हामी अगाििड बढ्छौं । अहिले वस्तुनिष्ठ र वर्तमान यर्थाथमा आधारित नीतिगत, व्यवहारिक र कार्यगत व्यवस्थाको आवश्यकता छ भनेर हामीले सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने हो । यो संस्थागत विषय हो । संस्थामा संस्थागत रुपमा सहभागी तथा संलग्न हुने हाम्रो एजेण्डा हो । अर्को, यो भन्दा अगाडि पनि म कार्यसमितिमा सदस्यको रुपमा थिएँ । रोजगारदाता परिषद्को उपसभापतिको जिम्मेवारीमा थिएँ । अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको रोजगारी गुम्ने र नयाँ रोजगार पनि सिर्जना नहुने हो कि भन्ने पनि हो । महासंघ रोजगारीको सबैभन्दा ठूलो संस्था पनि हो । हामी लामो समयदेखि काम गर्दै आएका श्रमिकहरुलाई हामी गुमाउन चाहन्नौं । तर, अहिले परिस्थिती त्यस्तो छैन । अहिले श्रमिक कटौतीको समस्या पनि आइहरेको छ । रोजगारी कटौती नगर्ने वातावरण सिर्जना गर्नको लागि राज्य स्तरमा हाम्रो एजेण्डालाई कसरी सार्थकता दिने भन्ने हाम्रो प्राथमिकताको विषय हो । अर्को यो समयमा औद्योगिक वातावरण खलबलिन सक्छ । उद्योगले कटौती गर्ने र श्रमिकले लामो समयदेखि काम गर्दै आएको हुनाले पनि वातावरण असहज बन्न सक्छ । खर्च कटौती दवावमा छ । निजी क्षेत्र पनि खर्च कटौतीको दवावमा छ । यसमा सरकार निजी क्षेत्र र श्रमिकहरुबिच त्रिपक्षिय रुपले कसरी सहज वातवारण बनाउन सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन्छ । मेरो ३÷४ वर्षको अनुभवलाई पनि सेयर गर्ने मेरो भूमीका हुन्छ । एजेण्डा सेट गर्ने काम अध्यक्ष र उपाध्यक्षले हुन्छ । तर उनीहरुले गरेको ऐजेण्डाहरुमा सक्रियता सहभागिता र आफ्नो योगदानका मैले सदस्यमा उम्मेदारी दिएको हो । मेरो व्यक्तिगत एजेण्डाहरु हुने त भएन तर हामी सबै मिलेर व्यवसायिक हितका लागि काम गर्छौं । अहिले कोरोना भाइरसको महामारी छ । तर, तपाइहरुले चुनावी प्रचारप्रसार बढाइरहनु भएको छ । समस्यामा परेका व्यवसायीहरुलाई राहत चाहिएको समयमा तपाईहरु भोट माग्न जानु कत्तिको उपयुक्त हो ? हामी सबै कोरोनाबाट ग्रसित भएको करिब १ वर्ष भइसकेको छ । यो लामो समयसम्म उद्योगी व्यवसायी मात्र होइन सबैलाई समस्या नै भयो । महासंघको चुनाव पनि धेरै लामो समयदेखि सार्दा सार्दै मंसिरमा आइपुगेका हौं । हाम्रो पनि आफ्नो बाध्यता थियो । किनकि संस्थागत जीवन पनि दिइरहनु पर्यो । सहमति हुन सकेको भए एकदमै राम्रो हुन्थ्यो । तर, यति ठूलो संस्था छ । यसमा प्रजातान्त्रिक प्रक्रिया हुनु स्वभाविक नै हो । यसमा अन्यथा लिनु पर्ने कूरा पनि भएन । अहिले विभिन्न उद्योगी वयवसायीहरुसँग प्रत्यक्ष भेटेर आफ्ना समस्या तथा धारणाहरु सेयर पनि गरिरहेका छौं । कतिपय उद्योग व्यवसायहरु चैतदेखि सञ्चालन नै हुन सकेका छैनन् । कतिपय आंशिक सञ्चालन भएका छन् भने धेरै त सञ्चालन पनि भएका छन् । कतिपय नयाँ उद्यमशिलता पनि विकास भएको छ । अहिले सबैसँग अन्र्तक्रिया पनि गरिरहेका छौं । यो एउटा सकरात्मक विषय पनि हो । समस्याहरु बुझ्ने अवसरकार रुपमा सिर्जना भएको छ । अर्को, निर्वाचन प्रक्रिया हो यसलाई पूरा गरेर नयाँ नेतृत्व सहित नयाँ तरिकाले अगाडि बढ्ने हाम्रो योजना छ । तपाइँले चन्द्र ढकाल पक्षबाट एसोसिएट सदस्यका रुपमा उम्मेदवारी दिनु भएको छ । ढकालमा के सवल पक्ष छ जसले तपाइँलाई उहाँकै प्यानलबाट उम्मेदवारी दिने उर्जा मिल्यो र प्रधानमा के कमजोरी छ र उहाँलाई रोज्नु भएन ? हामी सबैको पक्ष व्यवसायिक नै हो । हाम्रो राजनीतिक दल जस्तो पार्टी छैन । हामी सबैको एउटै उद्धेश्य छ । हामीले जुनसुकै पक्षको समर्थन गरेपनि हामी त्यहाँ गएर एउटै उद्धेश्यका लागि काम गर्ने हो । फरक टिमबाट जाने र फरक उद्धेश्य भन्ने छैन । प्रक्रिया मात्र फरक हो । फरक भनेको आइडियोलोजी मात्र हो । हामी समग्र व्यवसायिक हितका लागि काम गर्ने हो । ढकाल पक्षले ल्याउने पनि व्यवसायिक पक्षका एजेण्डा हुन् भने प्रधानले ल्याउने पनि व्यवसायिक हितका एजेण्डा हुन् । तर, मलाई ढकाल पक्षबाट चुनाव लड्न उपयुक्त लाग्यो म उहाँकै पक्षबाट लडेँ । तपाईका अन्य ३२ जना प्रतिष्पर्धी हुनुहुन्छ । तपाईँ अन्यभन्दा के फरक ? तपाईँलाई मतदाताले मतदान किन गर्ने ? जति म आफुलाई उत्कृष्ट मान्छु त्यति नै सबै जना उत्कृष्ट नै हुनुहुन्छ । किनभने उहाँहरु भन्दा म थप उत्कृष्ट छु जस्तो मलाई लाग्दैन । तर, म साथीहरुभन्दा कमजोर चाहिँ छैन । उत्कृष्ट सबै हुनुहुन्छ । तर, म पनि अरुभन्दा कमजोर छैन । यो भन्दा अगाडि २ वर्ष उद्योग संघको सभापति भएर काम गरिसकेको छु । अहिले रोजगारदाता परिसंघको उपसभापति भएर पनि काम गरिसकेको छु । मेरो अनुभव पनि यस क्षेत्रमा छ । संस्था भनेको संस्थागत अनुभव पनि लिएर जानु पर्ने हुन्छ । नयाँ साथीहरु आएर नयाँ आइडिया र भिजन सँगै लिएर जाने र पूराना साथीहरुका अनुभव लिएर अगाडि बढ्यो भने त्यो टीम उत्कृट हुन्छ भन्ने हो । मैले काम गरेको र मेरो योगदानको हिसावले मूल्याकंन गर्ने कूरा भयो अर्को सक्रियताको हिसावले पनि मूल्याकंन गर्ने कूरा भयो । तसर्थ मेरो बिचारमा सबै उत्कृष्ट हुनुहुन्छ सबै उत्कृष्टको बिचमा म पनि कमजोर उम्मेदवार होइन भन्ने जस्तो मलाई लाग्छ । अन्त्यमा, आफु विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? यो भन्दा अगाडि पनि म निर्वाचित नै भएर आएको हुँ । अझै पनि निर्वाचित हुने भएकोले हाम्रा मतदाता उनीहरु नै छन् । केही थप मतदाता भएपनि अधिकांश पूरानै हुन् । मेरो तीन वर्षे कार्यकाल सबै उद्योगी व्यवसायीको मुद्दा र विषयमा केन्द्रित रह्यो । आर्थिक विषयमा जुन भूमिका मेरो थियो । सबै साथीहरुले राम्रै भूमिका गर्नु भयो भन्नुहुन्छ । त्यसैले म अझै पनि विश्वस्त छु कि म जित्छु । मेरो काम गरेको आधारमा मलाई सबैले भोट दिन्छन् जस्तो मलाई लाग्छ ।