एनआईसी एशिया बैंक सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा २ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । उक्त खाँडिचौर शाखाको उद्घाटन बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री तथा पाँचखाल शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेको छन् । हाल बैंकको शाखा संख्या २६६ पुगेको छ । त्यस्तै, बैंकले २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

कनम्याक मेलामा केशका ३० मेसिन बुकिङ्ग, करिब एक हजारले गरे अवलोकन

काठमाडौं । भारतको कनफेडेरेसन अफ इन्डिया इन्डस्ट्री(सीआईआई)ले आयोजना गरेको कनम्याक २०१८मा केश कन्ट्रक्सनको ३० वटा मेसिन बुकिङ्ग भएको छ । भक्तपुरको खुल्ला चौरमा भएको उक्त मेलामा करिव एक हजार दर्शकले अवलोकन गरेका छन् । मेलामा १५० स्टलहरु रहेका थिए । कनम्याकको मुख्य गेटमै रहेको स्टलमा केश कन्ट्रक्सनले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर प्रर्दशनीमा राखेको थियो । ब्राजिलमा उत्पादित केश मोटर ग्रेडर मुख्य आर्कषणको रुपमा रहेको थियो भने भारतको मध्यप्रदेशको पितम्पुरमा उत्पादित केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलर र ४५० डि एक्स मिनि रोलरको प्रर्दशनी गरिएको थियो । उक्त प्रर्दशनीमा मेसिन खरिद गर्ने ग्राहकको लागि उपहारको व्यवस्था गरिएको थियो । केशमोटर ग्रेडर खरिदमा ब्राजिल भ्रमण, केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइब्रेसन रोलरमा टिभिएस अपाचे बाइक सितैमा र ४५० डि एक्स मिनि रोलरमा थाइल्याण्डको भ्रमण रहेको थियो ।

डढेलधुराको जोगबुढामा कृषि विकास बैंक

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले डढेलधुरा जिल्लाको जोगबुढामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समिति सदस्य घनश्याम अवस्थी, बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र परशुराम नगरपालिका प्रमुख भिमबहादुर साउदले संयुक्त रुपमा गरेका छन् । उदघाटन समारोहमा परशुराम नगरपालिका मेयरसाउदले बैंकको उच्च प्रगतिका लागि नगरपालिकाको तर्फबाट गर्नु पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धताका साथ बैंकको उल्लेखनीय प्रगतीका लागि शुभकामना दिएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रडक्टको बारेमा जानकारी गराएका छन् । साथै, बैंकले यस आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा उत्पादनमुलक ठूला राम्रा परियोजनाका लागि वित्तीय लगानी उपलव्ध गराउने कार्यक्रम रहेको, व्यवसायीक कृषि परियोजनामा विशेष प्रथामिकताका साथ कर्जा लगानी गर्ने जानकारी दिइएको छ । त्यस्तै, भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले बताए । त्यस्तै, बैंकका संचालक सदस्य अवस्थीले स्थानीय जनताको विशेष संरक्षणमा नै बैंकले भविष्यमा थप सुविधाहरु प्रदान गर्ने, बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने जस्ता कार्य गर्दै आएको बताएका छन् ।