दराजले ल्यायो नेपालमा पहिलोे पटक “ब्राण्ड डे”, जुनसुकै एक ब्राण्डमा विशेष छुट पाइने
काठमाडौं । नेपालको एक प्रमुख अनलाइन सपिङ्ग गन्तव्य, दराजले पहिलो पटक ब्राण्ड डे उत्सव ल्याएको छ । जसमा एक दिनमा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई आकर्षक एवंम् विशेष छुट दिने छ । यो उत्सवले अनलाइन सपिङ्गको अनुभूतिलाई अझ व्यापक र उत्साहित बनाउने छ । यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना गरिनेछ र पहिलो पटक यो किनमेल दिवस फेब्रुअरी १, २०१९ बाट शुरु हुनेछ । २४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तैः क्लोभिया, क्यालिबर, मन्त्र, गोल्डस्टार, अमेरिकन टुरिस्टर, टाइटन, बाल्त्रा, शायोमि, मेबेल्लाइन, कन्भर्स, रँगोली, सोनी, लॉरियल पेरिस र अरु पनि धेरै ब्राण्डहरु आकर्षक बार्गेन डिलमा उपलब्ध हुनेछ । एक प्रमुख अनलाइन सपिङ्ग केन्द्र दराजले नेपालमा पहिलो पटक ब्राण्ड डे उत्सव प्रारम्भ गर्दैछ जसमा एक ब्राण्डले एक दिनमा विशेष महत्व पाउनेछ । उपभोक्ताहरुले पनि सो दिनमा अद्भुत किनमेलको अनुभव संगाल्न सक्ने कम्पनीले जनाएको छ । साथै, सो दिन आकर्षक डिलहरु, मनोरन्जनात्मक खेलहरु र संग्रहणीय भाउचरहरुद्वारा ग्राहकहरुलाई उत्साहित तथा संलग्न गराइने दराजका सह प्रबन्ध निर्देशक लीनो एह्लेरिङले भने ।
कोका–कोला मःमःउत्सव अभियानको टिभी कमर्सियल सार्वजनिक
काठमाडौँ । ग्राहकहरुको खुसी र भावनाको कदर गर्दै आएको सर्वाधिक रुचाइएको प्रिय पेय पदार्थ कोका–कोलाले मःमःउत्सव अभियानको लागि टिभी कमर्सियल सार्वजनीक गरेको छ । यस वर्ष कोका–कोलाले विगत तीन वर्षको भन्दा भिन्न स्लोगनको साथ कोका–कोला मःमःउत्सव मनाउन लागेको हो । चाथौँ मःमःउत्सवका लागि स्लोगन “कोक र मःम पर्फेक्ट जोडी” रहेको छ । यस अभियानले उपभोक्ताहरुमा कोक र मःमका विभिन्न परिकारको मज्जा लिनुको साथै नयाँ अनुभव थप्नेछ । मःमः उत्सवको टिभीसीमा कोका–कोला नेपालकी ब्राण्ड एम्बेस्डर प्रियंका कार्कीपनि देखिएकी छिन् । प्रियंका प्रत्येक वर्ष मःमउत्सवमा सहभागी भएपनि पहिलो पटक टिभीसीमा नायक आयुष्मान देशराज जोशी र नायक आकाश श्रेष्ठसँग अभिनय गरेका हुन् । टिभी कमर्सियलको शुरुवातमा प्रियंका आयुष्मानसँग केहि कुरामा रिसाइरहेकी छिन् भने आयुष्मान उनीसँग माफी मागिरहेका छन् । रेस्टुरेन्टका मालिक आकाश ग्राहकहरुका लागि कोक र मःम सर्भ गर्न व्यस्त छन् । आकाशले प्रियंका र आयुष्मानलाई देख्छन् र कोक र मःम ल्याएर दिन्छन् तर, उनीहरुले कोक र मःमलाई टेबलबाट टाढा हटाउछन् । त्यसपछि मःमबाट निस्किएको बाफ बाहिर निस्किनुको सट्टा भित्र पस्छ । र कोकले पनि आशु खसाल्छ (कोकबाट आशु झरेको संकेत गर्छ) । यो देखेर आकाशले कोक र मःमलाई एकै ठाउमा ल्याएर राखीदिन्छन् । जसले गर्दा प्रियंका र आयुष्मानलाई नजीक ल्याउछ । उनीहरु खुसी हुँदै एकअर्कासँग कोक र मःम बाँडेर खान्छन् । यस अभियानको बारेमा बोल्दै नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “कोक र मःम एकसाथ खादा यसले खानाको मज्जा बढाएर पर्फेक्ट जोडी बनाउछ । हामीले विश्वव्यापी सोचलाई स्थानीय रुपान्तरण गर्ने प्रयत्न गरेका छौं र यस अभियान मार्फत मःमःसँग कोक खाँदा त्यसको स्वाद झन् बढ्ने विषयमा बताउन चाहान्छौँ ।
भृकुटी मण्डपमा शुरु भयो सुबिसु क्यान इन्फोटेक, अवलोकनकर्तालाई विदेश भ्रमणको अवसर !
काठमाडौँ । कम्प्युटर एसोशियसन अफ नेपाल (क्यान महासंघ) को आयोजनामा मंगलबारबाट सुबिसु क्यान इन्फोटेक २०१९ शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी कक्षमा शुरु भएको क्यान इन्फोटेक माघ २० गतेसम्म सञ्चालन हुनेछ । क्यान इन्फोटेक मेलाको उद्घाटन गर्दै सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले भने–‘अहिलेको युग प्रविधिसँग जोडिएको युग हो, त्यसैले करोडपतिदेखि वृद्ध भत्ताले औषधी किन्नेहरुलाई सम्म प्रविधिको पहुँच पुर्याउन आवश्क छ ।’ मन्त्री बास्कोटाले गाडी चल्न राजमार्ग आवश्यक भए जस्तै प्रविधिको ज्ञान हासिल गर्न कम्प्युटर शिक्षा आधारभूत रहने कुरामा जोड दिए । साथै, सरकारको उद्देश्यपनि डिजिटल नेपाल निर्माण गर्ने रहेकाले यस्ता सुविधा शहर केन्द्रीत मात्र नभई सबै प्रदेशसम्म लानु आवश्यक रहेको बताए । क्यान इन्फोटक उद्घाटन कार्यक्रम क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाको अध्यक्षतामा भएकाmे हो । सो अवसरमा अध्यक्ष चौरसियाले भने–प्रविधिबिना जीवन असफल हुन्छ । सुविसु नेट प्रालिका अध्यक्ष सुधिर पराजुली लगायतले नेपाललाई (आईटी) सूचना तथा प्रविधिको क्षेत्रमा अघि बढाउनु पर्नेमा जोड दिएका थिए । ‘टुगेदर वी क्यान’ भन्ने मूल नारामा यसपटकको क्यान ईन्फोटेक मेला आयोजना गरिएको छ । मेलाको मुख्य प्रायोजन सुविसुले रहेको छ । मंगलबारबाट शुरु भएको उक्त मेलामा सूचना प्रबिधिसँग सम्बन्धित १७५ वटा स्टलहरु रहेका छन् । विगतका वर्षमा करीब ४ लाखसम्म अवलोकनकर्ता आएकोमा यसवर्ष अझै बढ्ने अनुमान आयोजनको छ । के छन् मेलाका आकर्षणहरु ? यो पटक मेलामा ५ दिनसम्म रोवर्ट ब्याटल प्रतिस्पर्धा सञ्चालन हुनेछ । सो प्रतियोगितमा प्रथम र द्वितीय हुने प्रतिस्पर्धीले नगद पुरस्कार पाउने छन् । यस्तै, हरेक ३ घण्टामा गरिने लक्की ड्र मार्फत विजेतालाई फिल्मको टिकट प्रदान गरिने छ । यसैगरी मेला अवलोकन गर्नका लागि काटिने टिकटबाट विजेता घोषित हुने अवलोकनकर्ताले विदेश तथा स्वदेश भ्रमण गर्न पाउने छन् । विदेशका रुपमा ईन्डोनेसियाको बालि र थाइल्याण्डको बैंकक जान पाउनेछन् । मुखले बोलेर च्यानल परिवर्तन हुने एलेग्जा नामक स्मार्ट बक्स समेत यही मेलामा देख्न सकिने छ । साथै, मेलामा नयाँ प्रविधिका सफ्टवयेरको प्रदर्शनी तथा खरिद बिक्री समेत उपलब्ध हुने आयोजकको तर्क रहेको छ ।