सिएफमोटो २५० एनके अब ४ लाख ९० हजारमै, नाइमा एक्सपोमा बुकिङ गर्नेलाई ३०० एनकेमा छुट
काठमाडौं । सिएफमोटोले नाइमा मोबिलिटी एक्सपोलाई लक्षित गरी आफ्ना दुई मोटरसाइकलमा छुट योजना ल्याएको छ । काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपोमा २५० एनके बुकिङ गर्नेलाई ६० हजार र ३०० एनकेमा ५० हजार नगद छुट दिने भएको हो । नाइमा एक्सपोको अवधीभर ५ लाख ५० हजार रुपैयाँ पर्ने २५० एनकलेलाई ४ लाख ९० हजार र ७ लाख ५ हजार रुपैयाँ पर्ने ३०० एनकेलाई ६ लाख ५५ हजारमै बिक्री गर्ने आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरको भनाई छ । भोलिसम्म सञ्चालन हुने एक्सपोमा आएर मोटरसाइकल खरिद वा बुकिङ गर्न कम्पनीले राइडरमाझ आह्वान गरेको छ । एक्सपोपछि भने पहिलेकै मूल्य लागु हुनेछ । एक्सपोमा कम्पनीले नेकेड स्पोर्टस डिजाइनको ३०० एनके सहित स्पोर्ट्स मोडल ४५० एसआर लन्च गरेको थियो । जसमा, ४५० एसआरको मूल्य भने १३ लाख ५० हजार निर्धारण गरिएको छ । बिक्री भन्दा पनि बिक्री पछिको सेवामा आफ्नो ध्यान केन्द्रित गरिरहेकको यस कम्पनीले सर्भिस र स्पेयर पार्ट्सको उपलब्धतामा पनि उत्तिकै बढि जोड दिँदै आएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा कार्यरत मेकानिक्सलाई विशेष तालिम दिएर दक्ष बनाउने अभियानमा समेत कम्पनी उत्तिकै सक्रिय भएर लागिपरेको छ । विश्व बजारमै प्रिमियम मोटरसाकलको पहिचान बनाएको सिएफ मोटोले स्पोर्ट्स, एड्भेन्चर र न्याकेड सेग्मेन्टका मोटरसाइकल उपलब्ध गराएको छ । जसमा, २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआरएस, ४५० एमटी, ६७५ एनके, ६७५ एसआरएस र ८०० एमटी जस्ता मोडल पर्छन् ।
फोटोन नेपालको मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु
काठमाडौं । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प आइतबारदेखि औपचारिक रूपमा सुरु गरेको छ । फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्न क्याम्पको आयोजना गरिएको हो । सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारीसाधनलाई समेट्ने फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियलले जनाएको छ । सहभागीहरूले क्याम्प अवधिभर स्पेयर पाट्र्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् । प्याकेजमा निःशुल्क सवारी वाश र ग्रिजिङ सेवा समेत समावेश छ, जुन वर्षायामको हिलो सडकमा विशेष लाभदायक हुनेछ । साथै ग्राहकहरूका लागि निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पनि उपलब्ध हुने जनाइएको छ । मेगा मनसुन सर्भिस क्याम्प दुई महिनासम्म नेपालभरका आधिकारिक सर्भिस नेटवर्कमा सञ्चालन हुनेछ ।
टीभीएस रोनिन २२५–२०२५ एडिसन ‘मिडनाइट ब्लु’ नाइमा एक्स्पोमा सार्वजनिक
काठमाडौं । जगदम्बा मोटर्सले नाइमा अटोमोबिलिटी एक्स्पोमा ‘मिडनाइट ब्लु’ रंगमा टीभीएस रोनिन–२२५ २०२५ एडिसन सार्वजनिक गरेको छ । विशिष्ट डिजाइन, बहुउपयोगी प्रदर्शन र उन्नत राइडर– केन्द्रित सुविधाहरूका कारण बाइकले मोटरसाइकल प्रेमीहरूको ध्यान खिच्न सफल भयो । ‘मिडनाइट ब्लु’ रोनिन २२५ ले अत्याधुनिक प्रविधि, परिष्कृत इन्जिनियरिङ र अनुकूल प्रदर्शन संयोजन गरेको छ। बाइकमा रहेको परिष्कृत इन्जिन स्मूथ टर्क डेलिभरी र उत्तरदायी थ्रोटल प्रदर्शनका लागि ट्युन गरिएको छ । राइडरहरूले सजिलै ‘अर्बन’ र ‘रेन’ राइडिङ मोडबीच स्विच गर्न सक्ने कम्पनीले जनाएको छ । २०२५ एडिसनमा थुप्रै परिष्कृत सुविधाहरू समावेश छन् । स्मार्ट एक्स कनेक्ट, डुअल-च्यानल एबीएस मोड, अपसाइड–डाउन (यूएसडी) फ्रन्ट फोक्र्स, एडजस्टेबल लेभरहरू र राइडिङ मोड (रेन र अर्बन) रहेको छ ।