नाडा अटो शोमा स्काइवेलका १३१ वटा गाडी बुकिङ
काठमाडौं । भर्खरै सम्पन्न भएको नाडा अटो शोमा १३१ वटा स्काईवेलका गाडी बुकिङ भएको छ । नेपालका लागि स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले यस्तो जानकारी दिएको हो । जी मोटर्सका अनुसार बीई ११ र ईटी ५ मोडल बुकिङ भएका हुन् । गाडी खरिद गर्नेहरूका लागि युरोप टुर, हिराको हार र लक्की ड्रमा रोलेक्स घडीजस्ता अफर राखिएको थियाे । जी मोटर्सका शोरुम नक्साल, राधेराधे भक्तपुर र इटहरीमा रहेका छन भने बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको छ । आउने दिनमा बुटवल, नेपालगञ्ज र धनगढीमा डिलर स्थापना गर्ने जी मोटर्सले जनाएको छ । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।
एमजी गाडीमा पर्व अफर : ४ लाखसम्म छुट, इन्स्योरेन्स र चार्जिङ सुविधा नि:शुल्क
काठमाडौं । मोरिस गराजेज (एमजी) का नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गरेर विशेष अफरको घोषणा गरेको छ । कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै मोरिस गराजेज 'पाथ्स अफ स्माइल' नामक योजना घोषणा गरेको हाे । उक्त योजनाअन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू– एमजी४ ईभी, एमजी कमेट ईभी, एमजी जेडएस ईभी, एमजी एस५ ईभी, एमजी विन्डसर ईभी र एमजी आईएम६ ईभी खरिद गर्दा विशेष सुविधा पाउनेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले एमजीका सवारीसाधनहरू खरिद गर्दा ४ लाखसम्म छुट पाउनेछन् । त्यस्तै, हरेक गाडीको खरिदमा निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स र निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर कम्पनीले उपलब्ध गराउनेछ । यो योजना ६ भदौ २०८२ देखि १० कात्तिक २०८२ सम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा मात्र लागू हुने बताइएको छ । प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनीलबहादुर क्षेत्रीले भने, 'पर्वहरू खुसी, एकता र उत्सवको समय हुन् । ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी हाम्रो ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहन्छौँ । आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ सुविधासहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो ।' 'पाथ्स अफ स्माइल' योजनाले नेपालमा एमजीको प्रिमियम, नवीनतम र ग्राहक–केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउने कम्पनी विश्वास छ । यस योजनामा सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।
ह्युन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई पुरस्कार हस्तान्तरण
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरकले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ । यस योजनाअन्तर्गत विजेता बनेको कुवेरा कन्स्ट्रक्सन भदौ ८ गते आइतबार 'ल्याब्सपेरियन्स २०२५' को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । दशैं–तिहारलाई लक्षित गरी २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको उक्त योजनामा सहभागी ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्डमार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए । ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई बधाई दिंदै योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ ।