ट्यारो ब्राण्डको प्रिमियम मोटरसाइकल र स्कुटर नेपालमा

काठमाडौं । एसजी ग्रुपले ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्र्याएको छ । ग्रुप अन्तर्गतको ओम मोटोक्रप प्रालले नारायणचौर नक्सालमा कर्पोरेट शोरुम स्थापना गरी तारो ब्राण्डलाई नेपाल भित्र्याएको हो । इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित भइसकेकाे छ । इमोला १५० र एलेक्स टि नाइन १५० गरी २ वटा मोडलमा याे स्कुटर उपलब्ध छन् । इमोला स्कुटरमा ठूलो टायर जडान गरिएको छ जसले गर्दा स्कुटर कच्ची सडकमा पनि सजिलै गुड्न सक्छ । कम्पनीकाे अनुसार जिपी टु २००, जिपी वान २५० आर र जिपी वान ३८० गरी ३ वटा मोडलमा ट्यारोका बाइक नेपाली बजारमा उपलब्ध छन् । २५० र ३८० सिसी क्षमताको मोटरसाइकटलमा इएफआई र एबिएस सिस्टम छ । कम्पनीकाे अनुसार यो मोटरसाइकल १६० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्न सक्छ । ड्यासबोर्ड टिएफटी, डबल डिसब्रेक विथ एबिएस, ६ स्पिडको गेयर लगायतका विशेषता ट्यारो मोटरसाइकलमा रहेका छन् । ३८० मा लिक्वीड कुल ट्वीन सिलिण्डर जडान गरिएको छ । २५० र २०० मा लिक्वीड कुल सिंगल सिलिण्डर रहेकाे छ । नक्साल साेरुममा गएर य स मोटरसाइकलको टेष्ट ड्राइभ तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीकाे अनुसार नेपालमा ट्यारो मोटरसाइकल तथा स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँदेखि ९ लाख ५० हजार रुपैयाँसम्म पर्नेछ । एसजी ग्रुपले अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।

टाटा मोटर्सकाे नयाँ साेरुम बनेपामा 

काठमाडौं । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा आफ्नो नयाँ सोरुम विस्तार गरेको जनाएको छ । बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा कम्पनीले लक्ष्मी अटोलाई राखेके छ ।बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । यो सँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ । बनेपामा रहेको आउटलेटबाट ग्राहक एवंम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्स्चेंज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् । कम्पनीको अनुसार उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने छन् । टाटा मोटर्सले काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुन्सरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरको विभिन्न ठाउँमा रहेको आउटलेटबाट ग्राहकहरूलाई निरन्तर सेवा पुर्याइरहेको छ ।

कर्जाको व्याज घटाउन नाडाको माग

काठमाडौं । कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचार गर्न नेपाल राष्ट्र बैंकसँग नाडाले माग गरेको छ । बिहीबार विज्ञप्ती जारी गर्दै नाडाले वित्तिय निकायहरुले व्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्ने बताउँदै यसलाई पुन विचार गर्न राष्ट्र बैंकलाई माग गरेको हो । उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित छ । र यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैङ्कसंग नाडाकोतर्फबाट अनुरोध गरिएको छ, विज्ञप्तीमा भनिएको छ । यस्तै नाडाले एलसी मार्जिनमा ब्याज दिन पनि राष्ट्र बैंकसँग माग गरेको छ । नाडाले हाल कायम एलसी मार्जिनको मापदण्ड तत्काल परिमार्जन गर्न र त्यसो नगरे मार्जिन धितोमा ब्याजको व्यवस्था गर्न राष्ट्र बैंकसँग माग गरेको हो । हालै मात्र राष्ट्र बैंकले एक निर्देशिका जारी गर्दै सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम ५ प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।