सुरक्षा प्रोटकलमा हाभल एच ६ लाई फाइभ स्टार

काठमाडौं । ग्रेट वाल मोटर्सको हाभल एच ६ ले सुरक्षा प्रोटकलमा फाइभ स्टार प्राप्त गरेको छ । अस्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनसीएपी) परिक्षणमा फाइभ स्टार प्राप्त गर्न सफल भएको हो । हाभल एच ६ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै सुरक्षा मूल्यांकनमा फाइभ स्टार प्राप्त गर्न सफल भएको हो । नेपाली बजारमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेताको रुपमा भीजी इम्पेक्स प्रालि रहेको छ ।

नयाँ वर्षमा टीभीएसको अफरैअफर

काठमाडौं । नयाँ वर्षको अवसरमा टीभीएसले विभिन्न अफरहरू ल्याएको छ । नया वर्ष अफर अन्तर्गत टीभीएस नेपालको सामाजिक सञ्जालमा जोडिनेले हरेक हप्ता ५० हजार, टीभीएसको न्यू एअरमा भाग लिँदा ५० हजार र मोटरसाइकल किन्दा एक लाखसम्म छुट पाउने व्यवस्था गरिएको टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ । साथै बाइक किने पनि नकिने पनि तीन भाग्यशालीले अपाचे आरआर ३१० जित्ने मौका पाउनेछन् भने हरेक खरिदमा शून्य प्रतिशत ब्याजदरमा सट्टापट्टा गरेर मासिक पाँच हजार ९९९ रुपैयाँमा नयाँ टीभीएस चढ्न पाउनले जगदम्बा मोटर्सले जनाएको छ । नेपाली बजारमा टीभीएसले आफ्नो मोटरसाइकल तथा स्कुटर अन्तर्गत विभिन्न मोडलहरूको बिक्री गरिरहेको छ । नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको भन्दै नयाँ वर्षको योजनाले टीभीएको बिक्रीलाई नयाँ उचाइमा पुर्‍याउने विस्वास व्यक्त गरेका छन् ।

त्रिवेणी समूहले पायो रोयल इनफिल्डको आधिकारिक विक्रेता

काठमाडौं । त्रिवेणी गुप्रले रोयल इनफिल्डकोे आधिकारिक विक्रेता लिएको छ । दुगड समूह अन्तरगतको विवेक अटोमोवाइल रोयलको आधिकारीक विक्रेता रहेकोमा कम्पनीले नयाँ गुप्रलाई विक्रेताको जिम्मा दिएको हो । विवेक अटोमावाइल प्रति असन्तुष्ट बनेको रोयल इनफिल्ड इन्डियाले त्रिवेणी गुप्रलाई केही दिन अघि आधिकारीक बिक्रेता नियुक्त गरेको हो । बैंकिङ तथा पर्यटन क्षेत्रमा लगानी रहेको त्रिवेणी समूहले पहिलो पटक दुई पांग्रे सवारीसाधन बिक्रेताको जिम्मा पाएको छ । त्रिबेणी समूहले नेपालमा उत्पादन, ट्रेडिङ, बैंकिङ तथा इन्स्योरेन्स, ऊर्जा, रिटेल, मनोरन्जन तथा टुरिजम र कृषि लगायतका क्षेत्रमा लगानी रहेको छ । त्रिबेणी समूहले डिलर सिप लिएसँगै यसको व्यवसाय विस्तारमा योजना निर्माण गरेर काम अगाडि बढाईएको जनाएको छ । यसअघि दुगड गुप्रवाट चारपाँग्रे गाडीको समेत डिलरसिप खोसिएको थियो । जापानी कार कम्पनी निसानको बिक्री वितरण गर्दै आएको दुगड समूहबाट सारडा गुप्रले पाएको थियो ।