बेको ब्राण्डको नयाँ वर्ष अफर : हरेक सामान किन्दा उपहार

काठमाडौं । यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङ मसिन र वासर ड्रायरको खरिदमा ६ केजीको एरिएल वासिङ पाउडर उपहार पाइन्छ भने दिशवासरको खरिदमा १ प्याकेट फोर्चुन दिशवासर त्याब्लेटका साथै पिजन फ्राइ प्यान उपहार पाइन्छ। बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन।

नेपाली बजारमा ‘फोर्स गुर्खा’को बिक्री सुरु

काठमाडौं । फोर्स मोटर्स नेपालले फोर्स गुर्खा नामक नँया गाडी नेपाली बजारमा बिक्री वितरण गरेको छ । ‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको बिक्री वितरण हामी आजदेखि गरेका छौं,’ आधिकारीक विक्रेता कम्पनी आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले भने । लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारजना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था हरेको अध्यक्ष थापाले बताए । मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा एक मात्र यस्तो गाडी हो जुन बिनासमस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ । पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमकी वा ३ वर्ष रहेको छ ।

निशानको ५० हजारौं नम्बरको म्याग्नाइट पूरा

काठमाडौं । निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ । कोभिड-१९ को संक्रमण चुनौती र सेमिकन्डकटरको अभावको अवस्थामा पनि कम्पनीले ५० हजार म्याग्नाइट उत्पादन गर्न सफल भएको छ । यस अवसरमा निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोकले भने, ‘अन्तराष्ट्रिय बजारमा दि मेक अफ इण्डिया मेक फर दि वर्ल्डअनुसार एसयूभीखास मोडेलको उत्पादन हो र यसले निसानको अन्तराष्ट्रिय बजारमा पुरानोलाई विस्थापना गरी नयाँ उत्पादन उपलब्ध गराउने रणनितिअनुसार बजारमा आउनेछ । बिगबोल्ड , ब्युटीफुल ( ठुलो, बलियो, राम्रो ) एस्.यू.भी.ले भारतका साथै अन्तराष्ट्रिय बजारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । हामी हाम्रा ग्राहकहरु, विजिनेस पार्टनरहरु र कर्मचारीहरुलाई भारत र अन्तराष्ट्रिय बजारमा निसान म्याग्नाइटले उल्लेखनीय सफलबनाउन सहयोग गरेकोमा हार्दिक धन्यबाद दिन्छौं ।’ निसान म्याग्नाइटले २०२२ फेब्रुअरीमा ग्लोबल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ्ग पाएको थियो ।