सुजुकीको एक्सचेन्ज अफर सुरु, ३० हजारसम्मको छुट पाइने

काठमाडौं । सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले उक्त एक्सचेन्ज अफर सुरु गरेको हो । फागुन २७ गते शुक्रबारबाट सुरु भएको यस अफर फागुन ४ गतेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ  । यस अफरमा ग्राहकले एक्सचेन्ज गरी नगद छुट, एक्सचेन्ज बोनस, इन्स्युरेन्स र नगदमा खरिद गर्दा ३० हजारसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्न सक्नेछन् । नारायणी अटो बिजनेसले विगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गरिरहेको छ।

हुन्डाईले ल्यायाे ‘बेस्ट बाइ’ योजना, ४ लाखसम्मको आकर्षक नगद छुट

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ । नेपाल अधिराज्यभर लागु हुने यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु प्राप्त गर्ने अवसर पाउनेछन । यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको बेस्ट बाइ बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, ३० हजारसम्मको एक्सचेन्ज बोनस, ४ लाखसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् । यसका साथतै ग्राहकले हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी पाउनेछन् । कम्पनीकाे अनुसार यो योजना चैत्र १९ सम्म लागु हुने छ ।

आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा उद्घाटन

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले २ वटा शाखा उद्घाटन गरेको छ । मोटर्सले दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको एक कार्यक्रमबीच उद्घाटन गरेको हो । शाखाको समुदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको बताए । यस्तै अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको बताए । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ । आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ । कम्पनीले सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखा बाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा दिँदै आएको छ ।