‘सवारीसाधनको व्यापारमा ८० प्रतिशत गिरावट’

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष धुर्व थापाले ८ महिना देखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशतले गिरवाट आएको बताएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एलसि मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका वृद्धि जस्ता विषयहरुले व्यवसायमा गिरवाट आएको बताए । नेपालको अटोमोबाइल क्षेत्रमा खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेका बताउँदै उनले मन्त्री बडुसँग यसलाई तत्काल सम्बोधन गर्न अनुरोध गरेका छन् । उनले नाडा अटो एक्सपो सहजताको लागि आयातमा लागेको प्रतिबन्ध खुल्न जरुरी रहेको बताए । नाडा अटो एक्सपो २०२२ भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा हुँदैछ ।

होण्डाले ल्यायो मनसुन अफर, बोनस र क्यासब्याकमा ११ हजार रुपैयाँ पाइने

काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक उपहार योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ । यति मात्र नभएर यस योजनामा फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले यस योजना असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुने बताएको छ । यस योजनामा उपत्यकाभित्रका ग्राहकहरुको लागि मात्र भएको कम्पनीले जनाएको छ ।

चितवनमा नाडाको भन्सार र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनले चितवनमा कर, भन्सार तथा भिसिटियस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नाडाले चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ संगको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ—आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । नाडाले गत जेष्ठ २७ गते लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोहि प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । नाडाले यही असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दे जाने बताएको छ ।