सागा सेडन कार किन्दा टिभिएस एनटोर्क स्कुटर जित्ने मौका
काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम् मोटर्सले ‘गन्तव्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व विशेष योजना ल्याएको छ । ‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडन कारको खरिदमा टिभिएस एनटोर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै यस योजनामा एक्स५० र एक्स ७० एसयुभि कार र सागा सेडान कार अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्नेछन् । स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।
सिप्रदी अटोपार्ट्सहरु एउटा किन्दा अर्को नि:शुल्क
काठमाडाैं । सिप्रदी अटोपार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो । टाटा कमर्सियल गाडीका धनीले अझ बढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयू बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने कम्पनी बताउँछ । यस अफर अन्तर्गत ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल नि:शुल्क पाउनेछन् । यसैगरी, क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक बाेध प्रसाद तिमिल्सिनाले बताए ।
लेभ्निङ इलेक्ट्रिक स्कुटर अफर : दुई पटक एसएमएस गर्दा ५ लाखसम्म छुट पाइने
काठमाडौं । बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । ुलेभलिंग को सफर दशैँ तिहारमा डबल अफरु भन्ने यस स्किममा मात्र एसएमएस गरेर लाखौं रुपैयाँ छुट पाउन सकिनेछ । यस योजना अन्तर्गत सबैभन्दा पहिला घरमै बसेर एसएमएस मात्र गरी १ लाखसम्म छुट त्यसपछि शोरुम गएर त्यहाँ पाएको कोड एसएमएस गरेर ७ हजारदेखि ५ लाखसम्मको नगद छुट पाउन सकिनेछ । यसका साथै, ग्राहकले नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सक्नुको साथै कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज पनि गर्न सक्नेछन् । लेभ्निङ ब्रान्डको स्कुटर जर्मन कम्पनीको बोस्चको मोटर्स प्रयोग गरिएको बनाइएको स्कुटर हो । यसले फुल चार्जमा राम्रो माइलेज दिने कम्पनी बताउँछ । नेपाली बजारमा लेभ्लिंगको एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ ।