बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु, कुलमानले गरे उद्घाटन

काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । कम्पनीले असोज २ गते एक कार्यक्रम आयोजना गरी सर्भिस सेन्टर संचालनमा ल्याएको हो । उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका हुन् । कम्पनीले विगतदेखि एउटा उत्कृष्ट सर्भिसेन्टर निर्माणको योजना तयार पारेका थियो । बजारमा गाडीको संख्या वृद्धिसँगै सर्भिस सेन्टरको आवश्यकता बढ्दै गएकोले सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएको कम्पनीको भनाई छ । नयाँ सर्भिस सेन्टरको उद्घाटनमा मन्तब्य राख्दै साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भने, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौं, बढ्दो विद्युतीय सावरीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी विक्रेताको जिम्मेवारी हो, त्यो जिम्मेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौं ।’ करिब २७ हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टर उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘यस्ता सर्भिस सेन्टरहरु निर्माण हुनुपर्छ, देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सकेमात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्छ । बीवाइडीले जसरी सर्भिस सेन्टर विस्तारमा काम गरेको छ यो फैलदै जाओस् ।’ अहिले ६ वटा वे निर्माण गरेर संचालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वेपछि थप्न मिल्ने गरी तयार गरिएको छ । यहाँ गाडीलाई आवश्यक पर्ने स्पेयर पार्टस्को वायर हाउस पनि तयार गरिएको छ ।

सुर्खेतमा टीभीएसको ३५ जना राइडरका साथमा एओजी राइड सम्पन्न 

काठमाडौं । टीभीएसले सुर्खेत जिल्लामा “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको सम्पन्न गरेको छ । असोज १ गते सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइड अन्तर्गत ३५ जना राइडर सहभागि थिए । कार्यक्रम अन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा निकै खुशी लागेकाे बताएका थिए । टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरु रहेकाे छ ।

सुजुकीको कार किन्दा २ लाखसम्मको छुट, १ वर्षको सवारी बीमा पनि

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् । कम्पनीको अनुसार यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने कम्पनीले बताएको छ । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री वितरण गर्दै आएको छ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।