रेनोको गाडी किन्दा पेट्रोल र सडक कर निःशुल्क, फाइनान्सिङ्गको पनि सुविधा

काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारा सहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् । यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्देश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरसँगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । नेपाली बजारमा रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरु नेपाली बजारमा उपलब्ध छन् । यस योजनामा कम्पनीको नियम तथा शर्तहरु लागु हुनेछन् ।

एमएडब्लुले नेपालमा बिक्री गर्यो १० हजार जेसीबी मेसिन

काठमाडौ । नेपालका लागि जेसीबी मेसिनको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्सले नेपालमा १० हजार जेसीबी मेसिन बिक्री गरेको छ । शुक्रबार जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठी र एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १० हजार औं मेसिनको चाबी हस्तान्तरण गरे । १० हजार औं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए । उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पुर्ति गर्न जेसीबी इन्डिया सदैब तयार रहेको पनि बताए । एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दावी छ ।

बेनेलीको दशैं अफर : बाइक किन्नुभन्दा अघि र पछि एक-एक लाख रुपैयाँसम्म जित्ने मौका

काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसरमा दशैं फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । कम्पनीको अनुसार अफर अन्तर्गत पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले क्युआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । यो क्युआर कोड मोटरसाइकल किन्न चाहने वा नचाहनेले दुवैले प्रयाचेग गर्न सक्नेछन् । यस्तै, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ग्राहकले वाक इन डिस्काउन्ट प्राप्त गर्नेछन् । जसमा ग्राहकलाई स्क्रयाच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ । त्यसैगरी, मोटरसाइकल किनिसकेपछि ग्राहकले ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट पाउनेछन् । कम्पनीको अनुसार उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ७ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।