विद्युतीय बाइक किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् साढे तीन लाखदेखि ५ लाखसम्मका बाइक
काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीमाम आम सर्वसाधारणको चासो बढ्दै गएको छ । नेपाल सरकारले पनि पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएपछि व्यवसायीसँगै सर्वसाधारण तथा ग्राहकहरुको चासो र प्राथमिकतामा विद्युतीय सवारी साधनहरु पर्ने गरेका छन् । अटोमोबाइल्स एशोसिएन अफ नेपाल (नाडा) ले पनि बिहीबारदेखि आइतबारसम्म नाडा इभी अटो शो सचालन गर्यो । शो एक्स्पोमा आकर्षक गाडीदेखि स्कुटर तथा बाइकहरु पनि प्रदर्शनमा राखिएका छन् । विशेष गरेर धेरै जसो मानिसहरुको प्राथमिकतामा बाइकहरु पर्छन् । एक्स्पोमा पनि धेरै कम्पनीहरुले बाइक प्रदर्शनी राखे । न्यूनतम साढे २ तीन लाखदेखि अधिकतम् ६ लाखसम्मका बाइक प्रदर्शनीमा थिए । आज हामीले एक्स्पोमा राखिएका बाइक र ती बाइकको विशेषताहरुको बारेमा चर्चा गरेका छौं । प्योर ईभीको ‘एट्रिष्ट टीएम ३५०’ प्योर इभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले विभिन्न मोडलका स्कुटी र बाइकहरु बिक्री गर्दै आएको छ । यस कम्पनीले अहिले एट्रिष्ट टीएम ३५० मोडलको वान इलेक्ट्रिक मोटरसाइकल बिक्री गर्दै आएको छ । जसको मूल्य कम्पनीले ३ लाख ९९ हजार रुपैयाँ पर्छ । यो बाइकलाई विभिन्न रङ्गमा पाउन सकिन्छ । भारतीय इलेक्ट्रिक ब्रान्डको यो बाइकमा ७ इन्चको एलइडी डिजिटल डिस्प्ले, एलइडी हेडल्याम्प र एलइडी डिआरएलएस दिइएको छ । कम्पनीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम-आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर छ । यो इलेक्ट्रिक बाइकलाई ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ। साथै यसले १४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा तीनवटा मोडहरु ड्राइभ, क्रसओभर र थ्रील रहेका छन् यसले उकालो बाटोमा १६ डिग्रीसम्म चढ्न सक्छ भने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ । यसको ब्याट्रीमा कम्पनीले ५ वर्षसम्मको वारेन्टी प्रदान गरेको छ। रिमोटबाटै स्टार्ट गर्न सकिने यसको अगाडि र पछाडि दुबै भागमा हाइड्रोलिक डुअल सस्पेन्सन दिइएको छ । इभीट्रीकको राइज बाइक इभीट्रीकले अहिले राइज मोडलको बाइक नाडा एक्स्पोमा बिक्रीका लागि राखेको छ । सो मोटसाइकलको २ हजार वाट रेटेड पावर, ३ हजार ५ सय पिक पावर र बाइकको क्लियरेन्स २०० एमएम छ । यस मोटरसाइकललाई फुल चार्ज गरेर १२० किलोमिटर गुडाउन सकिन्छ । यो मोटरसाइकल ४/५ घण्टामा फुल चार्ज हुन्छ । कम्पनीका सेल्स म्यान मदन भट्टराईका अनुसार यस बाइकको मूल्य ४ लाख ६८ हजार रुपैयाँ पर्छ । नाडा ईभी एक्स्पोमा यस बाइकको मूल्य १० हजार छुटमा पाइन्छ । बाइकको ३ वर्षका लागि ब्याट्री वारेन्टी छ । मोटरसाइकलमा मोबाइल चार्जिङ र गेर सिस्टम पनि छ भने चाबी नभएपनि बाइकलाई थम्बबाट स्टार्ट गर्न सकिन्छ । जोय इ-बाइक यस कम्पनीले पनि विभिन्न मोडलका विद्युतीय मोटरसाइलक बिक्री गर्दै आएको छ । कम्पनीले थन्डरबोल्ड, हरिकेन, बेष्ट र स्काइलायन मोडलका विद्युतीय बाइक बिक्री गर्दै आएको छ । यी बाइकहरुको अनुमानित मूल्य ५ लाख रुपैयाँ पर्ने कम्पनीका इञ्जिनियर तथा सर्भिस हेड अनन्त पोखरेलले बताए । उनका अनुसार बाइकलाई फुुल चार्ज गरेपछि ११० किलोमिटर गुडाउन सकिनेछ । उनले मोटरसाइलको ब्याट्री ग्यारेन्टी ३ वर्षका लागि तोकिएको बताए । उनले बाइकलाई एक घण्टामा ९० किलोमिटर गुडाउन सकिने बताए । यो भारतीय प्रडक्ट हो । विगत ४ वर्षदेखि यो बाइक बिक्री भइरहेको छ । नेपालमा भर्खरै सार्वजनिक गरिएको हो । बाइकको मोटरको पावर ५ किलोवाट छ । मिकु सुपर र मिकु म्याक्स मिकु ब्राण्डको मिकु सुपर र मिकु म्याक्स बाइक पनि युवा लक्षित बाइक हुन् । न्यूनतम ३ लाख ६० हजार रुपैयाँ मूल्य पर्ने यस बाइकमा दुइटा ब्याट्रीको सुविधा रहेको कम्पनी बताएको छ । यस बाइकमा ७० भोल्टका दुई वटा ब्याट्री छन् । मिकु सुपरले १३५ किलोमिटरको रेञ्ज दिन्छ । यसमा एलईडी लाइट छ । यस बाइकको सबैभन्दा राम्रो पक्ष भनेको लाइट पावरफुल छ । फिगंरप्रिन्टबाट पनि बाइकलाई अनर अफ गर्न सकिन्छ । यी दुवै बाइक कालो, सेता, निलो, लगायत रङ्गमा उपलब्ध छन् । यो ४/५ घण्टामा दुइटै ब्याट्री फुल चार्ज गर्न सकिन्छ । यसको टप स्पीड ८० किलोमिटर प्रति घन्टा रहेको छ । यो मोटरसाइकलमा फुल एलइडी लाइट्स, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, राइडीङ मोड, डबल डिस्क ब्रेक जस्ता फिचर पाउन सकिन्छ । डी लाइफ स्टाइलका यी चार मोडल डी लाइफ स्टाइलका यी चार मोडलका विद्युतीय बाइकहरु बिक्री गर्दै आएको छ । टीसी, टीसी स्ट्रीट हन्टर, टीसी म्याक्स र टीसी वान्डर्रर विद्युतीय बाइकहरु उपलब्ध छन् । टीसी स्ट्रीट हन्टर सार्वजनिक भएको दुई दिन मात्रै भएको छ । यसमा ३ हजार ५ सय वाटको मोटर जडान गरिएको छ । यो बाइकको टप स्पिड ८५ किलोमिटर छ । यो बाइक साढे ३ घण्टामा फुल चार्ज हुन्छ । कम्पनीका सेल्स इक्जुकेटिभ कनक बज्राचार्यका अनुसार यो बाइकका लागि सिंगल ब्याट्री खरिद गरेमा ३ लाख ८० हजार र डबल ब्याट्री खरिद गरेमा ४ लाख ८० हजार रुपैयाँ मूल्य पर्छ । यो चाइनिज ब्राण्डको बाइक हो । यस कम्पनीको टीसीएस म्याक्स मोडल छ । यसमा ५ हजार वाटको मोटरवाट छ । यसमा १०० किलोमिटर रेञ्ज र ९० को स्पीड छ । यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ पर्छ । कम्पनीले टीसी वान्डर्रर बाइक पनि बिक्री गर्दै आएको छ । जसको मूल्य सिंगल ब्याट्रीमा ३ लाख ९० हजार र डबल ब्याट्रीमा ४ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ । यस्तै, यस कम्पनीले सबैभन्दा सस्तो अर्थात् २ लाख ९५ हजार रुपैयाँ पर्छ तर यस बाइकमा डबल ब्याट्री लिएमा भने ३ लाख ९० हजार रुपैयाँ पर्छ । यसमा ३ हजार वाटको मोटर पावर र ५/६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
विश्वको सबैभन्दा सस्तो विद्युतीय गाडी नेपालमा पाइन्छ, अब ईभीको विकल्प छैन : अध्यक्ष थापा
अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अहिले काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी अटो शो गरिरहेको छ । गत बिहीबारदेखि सुरु भएको नाडा ईभी एक्स्पो आइतबार सकिँदैछ । नाडा ईभी अटो एक्स्पो नेपालमा पहिलो पटक भएको हो । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समयमा आयोजना गरिएको नाडा ईभी अटो एक्स्पोको विषमा हामीले नाडाका अध्यक्ष ध्रुव थापासँग कुराकानी गरेका छौं । उहाँसँग हामीले विशेष गरेर नाडा ईभी अटो शो, अवलोकनकर्ताहरुको विद्युतीय सवारीप्रतिको दृष्टिकोण र समग्र विद्युतीय सवारी साधनको विषयमा कुराकानी गरेका छौं , प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश चार दिनसम्म चलेको नाडा ईभी अटो शो आज सकिँदैछ, यो अवधिमा अवलोकनकर्ताको धारणा र मनसाय कस्तो पाउनु भयो ? हामीले नाडा ईभी अटो शो गर्दा जुन खालको अपेक्षा गरेका थियौं, विद्युतीय गाडीप्रति आम जनमानसको बुझाइ धेरै र सकारात्मक पायौं । हामीले अपेक्षा गरेको भन्दा धेरै अवलोकनकर्ताहरु अवलोकन गर्न आउनु भएको छ । सबैले विद्युतीय सवारी साधनप्रति चासो र इच्छा देखाइरहनु भएको छ । विद्युतीय सवारीप्रति आकर्षण बढ्दो छ । आशा छ आगामी दिनमा नेपालमा विद्युतीय सवारी साधनको भविश्य उज्वल छ । नाडाले ४० हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको थियो, कतिले अवलोकन गरे ? आजको विवरण आउन बाँकी छ । हामीले काटेको टिकट, वितरण गरेको पासका आधारमा शनिबारसम्म २५ हजार जनाले अवलोकन गर्नु भएको छ । आइतबारसहित हाम्रो लक्ष्य भेटिन्छ । स्टल राखेका कम्पनीहरु पनि खुसी हुनुहुन्छ । ग्राहकहरुले जुन किसिमको चासो विद्युतीय गाडीप्रति देखाउनु भएको छ । कम्पनीहरु खुसी हुनुहुन्छ । विद्युतीय गाडीप्रति सर्वसाधारणको दृष्टिकोण कस्तो पाउनु भयो ? सबैले विद्युतीय गाडीलाई बुझ्न चाहिरहनु भएको छ । खरिद पनि गरिरहनु भएको छ भने बुकिङ पनि भइरहेको छ । अहिले सप्लाई दिन नसक्ने अवस्था छ । सप्लाई दिन नसकेकाहरुले बुकिङ गरिरहनु भएको छ । अहिले बुकिङ गरेर उनीहरुले केही दिनपछि सप्लाई गर्नु हुनछ । नाडा अटो शोमार्फत् के कति विद्युतीय सवारी साधन खरिद बिक्री भए, के कति बुकिङ भए ? अहिलेसम्म यकिन तथ्यांक आउन सकेको छैन । आज साँझसम्म त्यो तथ्यांक आउला । हामीले मूल्यांकन गरे अनुसार खरिद बिक्री पनि राम्रै भइरहेको छ । बुकिङ पनि राम्रो भएको हाम्रो बुझाइ छ । तथ्यांक नआउँदासम्म यति नै भयो भन्ने अवस्था भने अहिले छैन । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधन महँगो भए भन्ने गुनासो सर्वसाधारणको छ नी ? होइन, अन्य देशको तुलनामा नेपालमा विद्युतीय सवारी साधन धेरै सस्तो छ । संसारका जुनसुकै देशमा पनि ईभी महँगो छ । तर, नेपालमा ड्युटी अलिकति कम भएको कारण सस्तो छ । अन्य देशमा तीन वटा पेट्रोलियम बराबर एउटा ईभी आउँछ । तर, नेपालमा सस्तो नै हो । अब सबैले इभी प्रयोग गर्न आवश्यक छ । सरकारले यसमा अझ कुनै सहुलियत र ड्युटी कम गर्यो भने अझै सस्तो हुन्छ । विश्वका सबै देशहरु ईभीमा कन्भर्ट भइरहेका छन् । नेपालमा पनि यसको विकल्प छैन । नाडा ईभी अटो शोका लागि सरकारको तर्फबाट के कस्तो सहयोग मिल्यो ? हामीलाई सबै क्षेत्रबाट सहयोग मिलेको छ । सरकारको पनि इभीलाई प्रमोट गर्नु पर्छ भन्ने धारणा छ । सरकारले पनि यसलाई प्राथमकताका साथ काम पनि गरिरहेको छ । यो एक्स्पोमो उद्घाटन नै अर्थमन्त्रील गर्नुभयो । वातावरणमन्त्री हिजो मात्रै अवलोकनमा आउनु भयो । यसले पनि सरकारले विद्युतीय सवारी साधनलाई धेरै प्राथमिकतामा राखेको छ भन्ने बुझिन्छ । सरकार र अन्य क्षेत्रबाट पनि हामीलाई राम्रो साथ मिलेको छ । नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउनका लागि सरकारले के गर्न आवश्यक छ ? सरकारले अझै विद्युतीय सवारी साधनमा प्राथमिकता दिनु पर्ने आवश्यकता छ । नीति बनाउँदा दीर्घकालिन नीति बनाउनु पर्छ । अझै ५÷७ वर्ष इभीको ड्युटी कम गर्नु पर्छ । सहज नीतिगत व्यवस्था गरेर काम गर्न सकिन्छ । तब मात्रै हामीले लिएका नीतिहरुले सार्थकता पाउँछन् । इभीलाई अगाडि बढाउन सकिन्छ । नेपालमा विद्युतीय सवारी सञ्चालन गर्न सहज छ । अझ उत्पादनमा समेत सहज रहेको छ । उत्पादन गर्ने भए त्यही अनुसारको सहुलियत दिएर नीति सरकारले बनाउनु प¥यो । भारत, चीन लगायतका देशमा विद्युत सवारी साधन उत्पादकलाई सहुलियत दिएका छन् । त्यो खालको नीति नेपालले पनि बनाओस् । अब इभीको बजार आइसकेपछि पेट्रोलियम पदार्थका सवारी बिक्री गर्ने कम्पनी त टाट पल्टिने भए नी ? त्यस्तो हुँदैन । समयले नै स्वतः कन्र्भट गर्छ । अहिले जुन–जुनको पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन छ, उहाँहरुले ईभी पनि बिक्री गर्नु हुन्छ । अझै उहाँहरु बजार विस्तारमा लाग्नु भएको छ । हामीले यसलाई बिस्तारै परिर्वतन गर्नुपर्छ । यसमा अटो व्यवसायीहरु पनि सकारात्मक छौं । नेपालको लागि विद्युतीय सवारी साधन अति–आवश्यक हो । भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्
पुरानोसँग बजाजको नयाँ बाइक साट्न सकिने, समय मात्र तीन दिन
काठमाडौं । आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेटले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना ल्याएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागु हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसनभन्दा ७ हजार रुपैयाँ थप मूल्य पनि पाउन सकिनेछ । सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले ७ हजार रुपैयाँसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज योजना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन् र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्नेछन् । असोज ७ गते अनुप्रास्थको प्रस्तुति रहने यस कार्यक्रममा पल्सर एन सिरिज पनि सार्वजनिक गरिने योजना रहेको छ ।