भारतमा पहिलो गियर इलेक्ट्रिक मोटरबाइक ‘म्याटर ०७’ लञ्च

एजेन्सी । अहमदाबाद बेस्ड इभी स्टार्टअप ‘म्याटर इनर्जी’ ले आफ्नो पहिलो इलेक्ट्रिक मोटरबाइक ‘म्याटर ०७’ लञ्च गरेको छ । कम्पनीले यसलाई २२ औं शताब्दीको मोटरसाइकलको रुपमा प्रस्तुत गरेको छ । म्याटर मोटरसाइकलको मुख्य विशेषता भनेको ४ स्पिड हाइपर सिफ्ट म्यानुअल गियरबक्स हो । जुन भारतमा पहिलो पटक लञ्च गरिएको हो । ‘म्याटर ०७’ मा ५ किलोवाट पावर प्याकको जडान गरिएको छ । साथै यसमा एक्टिभ लिक्विड कूलिंग टेक्नोलोजी रहेको छ । म्याटर एनर्जी मोटरसाइकलले बलियो लुक्सको साथ मस्कुलर डिजाइनमा रहेको छ । यो बाइक ग्रे एण्ड नियोन, निलो एण्ड सुन, कालो एण्ड सुन र रातो/कालो/सेतो गरी चार रङमा उपलब्ध रहेको छ । मोटरसाइकलमा अटो क्यान्सिलिङ इन्डिकेटर सहित लिड लाइट रहेको छ । सो मोटरसाइकलको बुकिङ सन् २०२३ को पहिलो चौमासिकमा लिने कम्पनीले जनाएको छ ।

विद्युतीय गाडीको माग अत्याधिक, ६ महिनासम्म पाउँदैनन् ग्राहकले

काठमाडौं । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएसँगै पछिल्लो समय विद्युतीय गाडीको माग बढ्दै गएकाे छ । सरकारले देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलका गाडी आयातमा रोक लगाएसँगै विद्युतीय गाडीको मागमा थप चाप परेकाे व्यवसायीहरु बताउँछन् । विद्युतीय गाडीको माग उच्च हुँदा बुकिङ गरेको ६ महिनासम्म समेत दिन नसकिएको बिक्रेताहरूकाे भनाई छ । विद्युतीय गाडी बिक्री गर्दै आएको हुण्डाईले विद्युतीय गाडीको माग धेरै हुँदा पुर्याउनै मुस्किल हुण्डाईको थापाथली शाे रुमका म्यानेजर दीवाकर रेग्मीले बताए । ‘हामीकहाँ गाडीको माग उच्च छ, उत्पादन कम्पनीले हामीलाई समयमा नै गाडी दिन नसक्दा बुकिङ गरेको ६ महिनासम्म लाग्ने गरेको छ’, उनले भने । जेठदेखि रोकियो एमजी ग्राडीको आयात गत जेठदेखि एमजी ब्राण्डका गाडीको बिक्री वितरण रोकिएको छ । सरकारले विद्युतीय गाडीमा लाग्दै आएको भन्सार र अन्तशुल्क करमा बृद्धि गरेपछि एमजी ब्राण्डका गाडीहरु बिक्री वितरण रोकिएको हो । अर्थमन्त्री जनार्दन शर्माले चालुआर्थिक वर्षको बजेटमा १०० किलोवाट क्षमतामाथिका विद्युतीय साधनको भन्सार र अन्तशुल्क दुबैमा बृद्धि गर्दाको प्रत्यक्ष असर एमजी ब्राण्डको गाडीलाई परेको छ । १०० किलोवाट क्षमताभन्दा माथि रहेको एमजी ब्राण्डका गाडीको मूल्य बजेटपछि ३० लाख रुपैयाँसम्म बढेको र नेपालमा विद्युतीय गाडीको बिक्री वितरण गर्दै आएको पारमाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल बताउँछन् । ‘हामीसँग अहिले कुनै पनि मोडलका गाडीको स्टक छैन्, पछिल्लो समय विद्युतीय गाडीको माग अत्याधिक हुँदा हामीसँग गाडीको मौज्दात नै हुदैनथ्यो, ल्याउँदै बिक्री गर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘बजेटपछि हामीसँग गाडी नै छैनन्, बजेटकै कारण एमजी ब्राण्डका गाडीहरु बिक्री गर्न सक्ने अवस्था छैन्, गत जेठदेखि हामीले गाडीहरु बिक्री गर्न सकेनाैं।’ उनले बजेटकै कारण नयाँ गाडीहरु ल्याएर बिक्री गर्ने वा यतिकै बस्ने भन्ने विषयमा छलफल भैरहेको बताए । ‘बजेटपछि हाम्रा गाडीहरु महंगो भयो, मंहयो भएपछि ग्राहकलाई पुरानै मूल्यमा बिक्री गर्न सक्ने अवस्था रहेन, गत जेठदेखि हामी यतिकै बसिरहेका छौं’, उनले भने, ‘एउटै गाडीको मूल्य २० देखि ३० लाख रुपैयाँले बढेको छ, हामीले गाडी ल्याउँछौँ, तर उपभोक्ताले खरिद गर्न नसक्ने भएपछि सजाएर मात्रै राख्ने कुरा भएन ।’ सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ । २०० देखि ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ । मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क रहेको छ । यसअघि अन्तशुल्कमा पूर्ण छुट दिएको थियो । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन् । १०० किलोवाट देखि २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखी ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ । हाल विद्युतीय सवारीसाधनमा भने १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो ।

मंसिर १६ गतेदेखि भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने

काठमाडौं । एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटिमण्डपमा विद्युतिय गाडीको एक्सपो हुने भएको छ । यही मंसिर १६, १७ र १८ गते भृकुटिमण्डपमा इभि नेपाल एक्सपो हुन भएको हो । एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस एक्सपोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् । यस एक्सपोको पहिलो उद्देश्य नेपालमा विद्धुतिय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ । आयोजकको अनुसार एक्सपोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्ड राखिनेछ । एक्सपोमा विशेष गरी विद्युतिय कार, विद्युतिय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतिय बस, विद्युतिय ट्रयाक्टर, विद्युतिय कार्गो लोडर , रिक्सा तथा विद्युतिय चार्जिङ स्टेसन , ब्याट्री तथा अन्य विद्धुतिय सामाग्रीहरू राखिने बताइएको छ । पछिल्ला दशकहरूमा विद्धुतिय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उल्लेखनिय मात्रमा हाइड्रो पावरहरु पनि सञ्चालनमा आएका छन् । यो सन्दर्भमा नेपालले आफ्नो प्राथमिकता विद्धुतिय यातायातमा सारेको देखिन्छ । विद्धुतिय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्दछ । यसरी विद्युतिय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जिको खपत बढाउँछ ।