याडियाको स्कुटर खरिदमा २० हजार रुयैयाँ छुट, ९० हजारको टिभी पनि जित्न सकिने

काठमाडौं । नेपालको लागि याडिया ब्राण्डका ई-स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिफा वर्ल्ड कप अफर घोषणा गरेको छ । यो अफर विश्वकप २०२२ मा खरिद गरिएका सबै याडिया व्राण्डको ई-स्कूटरका मोडेलहरूमा लागुहुने कम्पनीले बताएको छ । यस अफर अुनसरा हरेक याडिया ब्रान्डको ई-स्कुटर को खरिदमा २० हजार रुपैयाँ छुट पाउनेछन् । यसका साथै भाग्यशाली विजेताहरुले ९० हजार, ५५ हजार र ४१ हजारको स्मार्ट एल।ई।डी। टिभी पाउनेछन् । कम्पनीले ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनमा स्थलगत मूल्यकनको एक्सचेन्ज अफर पनि व्यवस्था गरेको जनाएकाे छ ।

टेस्लाको पहिलो इलेक्ट्रिक ट्रक : डिजेल ट्रकभन्दा ३ गुणा बढी शक्तिशाली

एजेन्सी । टेस्लाले आफ्नो इलेक्ट्रिक सेमी ट्रकको बिक्री सुरु गरेको छ। यो ट्रक सडकमा चल्ने कुनै पनि डिजेल ट्रकभन्दा ३ गुणा बढी शक्तिशाली रहेको कम्पनीको दाबी छ । ट्रक ९७ किमी प्रतिघण्टाको दरले दौडिन सक्छ । यसको ब्याट्री करिब ८ सय ५ किलोमिटर दौडिनको लागि पर्याप्त रहेको छ । यो ट्रकको मूल्य न्यूनतम डेड करोड डलर रहेको छ । पहिलो ट्रक पेप्सीलाई कम्पनीका सीईओ एलोन मस्कले नेभाडाको स्पार्क्सस्थित कम्पनीको गिगाफ्याक्ट्रीमा आयोजित एक कार्यक्रममा सफ्ट ड्रिङ्क कम्पनी पेप्सीलाई पहिलो ट्रक डेलिभरी गरेका थिए । पेप्सीले डिसेम्बर १९१७ मा टेस्लासँग १ सय ट्रकहरू अर्डर गरेको थियो । जब टेस्ला सेमी पहिलो पटक एक कार्यक्रममा पदर्शन गरिएको थियो । यो ट्रक २०१९ बाट डेलिभरी गर्ने भनिए पनि कोरोनाका कारण ढिला भएको बताइएको छ । ट्रकको भविष्य टेस्लाले सेमीलाई ट्रकिङको भविष्यको रूपमा वर्णन गरेको छ। कार्यक्रममा मस्कले भने, ‘तपाईं यसलाई चलाउन चाहनुहुन्छ। यो वास्तवमा सामान्य कार चलाउनु जस्तै हो, ट्रक चलाउनु जस्तो होइन।’ अगाडिको राम्रो दृश्यका लागि यस ट्रकमा विशेष प्रकारको ड्राइभर सिट बनाइएको छ । त्यहाँ दायाँपट्टि कपहोल्डरहरू र वायरलेस फोन चार्जरको व्यवस्था गरिएको छ, साथै दुबै छेउमा ठूलो स्क्रिन राखिएको छ । यसबाहेक ट्रकमा डिजाइज गरिएको आर्किटेक्चरले दुघर्टना समेत कम गर्ने दाबी कम्पनीको रहेको छ । ट्रकलाई ब्रेक लगाउँदा उत्पन्न हुने शक्तिमार्फत पनि ब्याट्री चार्ज हुने सिस्टम जडान गएिको छ । डेमलर, भोल्भो, पिटरबिल्ट र बिवाइडी जस्ता प्रमुख उपकरण निर्माताहरूले पनि आफ्नै इलेक्ट्रिक लङ्ग-होलरमा काम गरिरहेका छन्। यद्यपी विद्युतीय सवारीसाधनको व्यापक प्रयोग अगाडि ठूला चुनौतीहरू छन्। यसमा धेरै सामान बोक्ने क्षमता देखि लिएर सुविधाजनक चार्जिङ स्टेशनहरूको उपलब्धतासम्मका चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ।

इभी नेपाल एक्स्पोमा दखियो साइकलदेखि टेम्पाेसम्म (फोटोफिचर)

काठमाडाैं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) शुरु भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि शुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो । प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी भएका छन् । नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पु¥याउनु एक्स्पोको पहिलो उद्देश्य रहेको आयोजकले जनाएको छ । एक्स्पोमा ५०० भन्दा धेरै ब्राण्ड राखिएको छ भने विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन , ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिएको छ ।