बिर्तामोडमा एनओजी ‘एन्टर्क ओनर्स ग्रुप’ राइड सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा  एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । तीस जना राइडरहरुको सहभागिता रहेको राइड बिर्तामोडबाट शुरु भएर कन्याममा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो । टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

हुन्डाई टेस्ट ड्राइभका विजेताहरू विश्वकप हेर्न कतार उडे

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ । नयाँपाल बहादुर पाण्डे अभियानकाे विजेता घाेषित भएका छन् । उनले विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन् । यसैगरी, कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई कतारका लागि बिदाइ गरेको छ । हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने अवसर दिइएको थियो । यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन् । दुवै विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरिसकेकाे कम्पनीले जानकारी दिएकाे छ ।      

बैशाखयता भित्रिए ३ अर्बका विद्युतीय गाडी, माग धान्नै मुस्किल

काठमाडौं । सरकारले विदेशी मुद्रा सञ्चितीमा कमी भएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट चल्ने कार, जीप तथा भ्यान आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको कमी र विद्युतीय सवारी साधन सञ्चालनलाई जोेड दिन भन्दै सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडी आयातमा बृद्धि हुन थालेको छ । भन्सार विभागको तथ्यांक अनुसार सरकारले गाडी आयातमा रोक लगाएयता (गत बैशाखदेखि असोज मसान्तसम्म) साढे ३ सय वटा विद्युतीय गाडी विभिन्न नाका हुँदै नेपाल भित्रिएका छन् । ६ महिनाको अबधिमा ३ अर्ब २ करोड ८९ लाख ८४ हजार रुपैयाँ बराबरका ३३४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन । विभागको तथ्यांक अनुसार गत बैशाख महिनामा २३ करोड बढीका ७८, जेठ महिनामा ५२ करोड ४८ लाख रुपैयाँ बराबरको १५३ वटा र असार महिनामा २६ करोड ८९ लाख बढीका १०३ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो । तीन महिनामा २ करोडका गाडी भित्रिए भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) को तथ्यांक अनुसार २ अर्ब बढीका विद्युतीय गाडी नेपाल भित्रिएका छन् । विभिन्न देशबाट उक्त अबधिमा २ अर्ब ५० लाख रुपैयाँ बराबरका ७०५ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन । तथ्यांक अनुसार तीन महिनाको अबधिमा नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट भित्रिएका छन् । भारतबाट १ सय किलोवाटका ५०२ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडी दक्षिण कोरियाबाट भित्रिएको छ । तीन महिनाको अबधिमा कोरियाबाट १ सय किलोवाटसम्मका १०९ वटा र १०० किलोवाटदेखि २०० किलोवाट सम्म ११ गरी १२० वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । यस्तै, उक्त अबधिमा चीनबाट १०० किलोबाट सम्मका ७५ वटा, १०० देखि २०० सम्म किलोवाट क्षमताका ४ गरी ७९ वटा गाडी नेपाल भित्रिएका हुन । यस्तैगरी, युकेबाट १०० दखि ००० किलोवाट क्षमताका २ र २०० देखि ३०० किलोवाट क्षमताका २ वटागाडीहरु नेपाल आएका छन् । माग धान्ने मुस्किल डिजेल तथा पेट्रोलबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लाग्दा विद्युतीय गाडीको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय विद्युतीय गाडीको माग उच्च हुँदा बुकिङ गरेको ६ महिनासम्म गाडी बुझाउन नसकिएको उनीहरुको भनाई छ । विद्युतीय गाडी बिक्री गर्दै आएको हुण्डाईले विद्युतीय गाडीको माग धेरै हुँदा पुर्याउनै मुस्किल भएकोे जनाएको छ । हुण्डाईको थापाथली शो रुमका म्यानेजर दीवाकर रेग्मी अन्य गाडीको आयात प्रतिबन्ध हुँदा विद्युतीय गाडीको बजार विस्तार भएको बताउँछन् । ‘हामीकहाँ गाडीको माग उच्च छ, उत्पादन कम्पनीले हामीलाई समयमा नै गाडी दिन नसक्दा बुकिङ गरेको ६ महिनासम्म लाग्ने गरेको छ’, उनले भने । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते देशमा विदेशी मुद्रा सञ्चितीमा कमी आएको भन्दै राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न दश वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय सरकारले उक्त वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिदै आगामी मङ्सिर मसान्तसम्मका लागि प्रतिबन्धलाई निरन्तरता दिएको छ । अन्य वस्तुको प्रतिबन्धलाई खुलाएपनि सरकारले सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात मंसिर मसान्तसम्म रोकेको छ ।