यामाहाको नयाँ स्कुटर ‘एरोक्स १५५’ नेपालमा, मूल्य ४ लाख ७५ हजार पर्ने

काठमाडौं । यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटरकाे बिक्री सुर गरेकाे छ । कम्पनीले आइतबारदेखि यामाहा एरोक्स १५५ को आधिकारिक रुपमा बििक्री सुरु गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता कम्पनी एमएडब्लयू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर एरोक्स १५५ विक्री सुरु गर्ने तयारी गरेको हो । यामाहा एरोक्स १५५ मा आर १५ भी ३ मा भएको १५५ सीसी क्षमताको पावरफुल इन्जिन रहेको छ । योसँगै यामाहा एरोक्स नेपालमा नै पहिलो पटक एबीएस फिचर तथा लिक्विड कुल्ड इन्जिन भएको पहिलो स्कुटर भएको हो । कम्पनीले नेपाल भित्र्याएको एरोक्समा १५५ सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४.८ बिएच पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरमा ५.८ इन्चको एलसीडी डिस्प्ले दिइएको छ । यो स्कुटरमा स्मार्ट कनेक्ट फिरच ‘वाइ कनेक्ट’ समेत उपलब्ध रहेको छ । एरोक्स १५५ मा एबिएस, डिस्क ब्रेक भीभीए इन्जिन जस्ता विशेषता रहेका छन् ।

सजिलो इभी फाइनान्सिको लागि बिवाइडी र एनएमबि बीच सम्झौता

काठमाडौं । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपाल स्थित आधिकारिक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले विद्युतीय सवारीका लागि एनएमबि बैंक संग रणनीतिक बैंक वित्तिय सम्झौताको घोषणा गरेको छ । यो साझेदारीले नेपाली उपभोक्ताहरुलाई प्रतिस्पर्धी वित्तीय विकल्पहरु प्रदान गरेर बिवाइडीका इभी गाडी खरिद गर्न सजिलो बनाउने लक्ष्य राखेको छ । साइमेक्स इंक प्रा.लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन् ‘विश्वभरका मानिसहरुलाई दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । एनएमबि बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।’ बिवाइडी बिभिन्न मोडलहरुका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागसँगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवद्धृन गर्न मद्दत गर्नेछ । एनएमबि बैंकले ५ वर्षसम्मका लागि १२.४९ प्रतिशत निश्चित दरमा अनी त्यसपछि २ वर्षसम्म सामान्य दरमा ८० प्रतिशत इभी फाइनान्सिङ गर्ने भएको छ । साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री ( रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बिवाइडी अल–इ न्यू सिक्स (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ । केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री रु. १२.९८ लाख र बिवाइडी अल–इ न्यू सिक्स मात्र रु ११.८० लाखमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ वर्षदेखि मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने

गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर आज बाट सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । आज बिहान विहान ६ वजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं। ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए । केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य ५५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए । उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५ जेष्ठ रुपैयाँ नागरिकहरुको लागि ४१५ रुपैयाँ र फरक क्षमता भएकाहरुको लागि २७५ रुपैयाँको टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निशुल्क सेवा दिने जनाएको छ ।