बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान : कालिमाटीमा ५५० वृक्षरोपण

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा सो वृक्षरोपण अभियान सफलतापूर्वक सम्पन्न गरेको हो । सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरुले समेत उत्साहजनक रुपमा सहभागिता जनाएका थिए, जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको छ । अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको साइमेक्स इंकले जनाएको छ । नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्ष सम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने छ । प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिने कम्पनीको भनाइ छ । कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ । यसबाट ५ वर्ष पछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ । त्यसैगरी १० वर्ष पछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्ष पछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुने कम्पनीको भनाइ छ । ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियान अन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा हामी उत्साहित भएका छौ’, साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले भने, ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो । यो प्रोजेक्टलाई वास्तविकतामा परिणत गर्नका लागि गर्नुभएको अमूल्य सहयोगप्रति द हिडन ट्रेजर, मिस नेपाल २०२४ का प्रतियोगी, द रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगर वडा नं. १३ लाई हामी कृतज्ञता व्यक्त गर्दछौ ।’ ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ । यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरुको लामो समय देखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न खोजेको छ । ‘हामीले वृक्षरोपण गरेका दुई पकेट फरेस्ट समुदायका लागि शीतलताको स्रोत तथा सयौं चरा र हजारौ किरा फट्याङग्राहरुको बासस्थान हुनेछ । बीवाईडी र द हिडन ट्रेजरको टिमसँग मिलेर यो प्रभाव सिर्जना गर्न पाएकोमा हामी धेरै आभारी छौ’, द रिभोलुसन प्रोजेक्टका को–फाउन्डर आयुष देव पन्तले भने । वृक्षरोपणमार्फत समग्र र प्रभावकारी वन जंगल निर्माण सुनिश्चित गर्दै द रिभोलुसन प्रोजेक्टले दिगो मियावाकी प्रविधिको प्रयोग गरेको छ । घना र विविध वृक्षरोपणको विशेषता सहितको यो दृष्टिकोण द रिभोलुसन प्रोजेक्टको हो र यसले कालिमाटीमा अवस्थित दुई बीवाईडी पकेट फरेस्टमा एक सम्पन्न इकोसिस्टम विकासमा भूमिका खेल्ने छ । अभिनव र प्रभावकारी पहलद्वारा दिगो भविष्य निर्माणका लागि साइमेक्स सदैव प्रतिबद्ध रहने छ । ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान यही लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण पाइला हो, जसले हाम्रो वातावरणलाई संरक्षण र पुनस्र्थापना गर्नका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्नेछ ।

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक, दुई नयाँ सर्भिस सेन्टरको उद्घाटन

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । गौरीघाटमा थप सुविधाका साथ सर्भिस सेन्टर सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिष्कृत गरेर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो ।  ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस बे रहेको कम्पनीले जनाएको छ । त्यसैगरी बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वेयर हाउस रहेको छ । डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ । गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी रहेका छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन सविन तन्डुकारले गरेका थिए, जो फर्स्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक हुन् । कुपण्डोलमा नयाँ सर्भिस सेन्टर ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् । यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् । सो क्षेत्रका बीवाईडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्नका लागि सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ । इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए । सुपेरियर सर्भिसका लागि प्रतिबद्धता आफ्ना ग्राहकलाई ‘सुपेरियर र सिन्सियर सर्भिस’ प्रदान गर्ने कार्यमा साइमेक्स सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरूद्वारा समय समयमा प्रदान गरिने तालिमबाट सबै साइमेक्स सर्भिसका कर्मचारीहरू प्रशिक्षित छन् र ग्राहकलाई सुरक्षा प्रदान गर्ने कार्यमा प्रमाणपत्र प्राप्त गरेका छन् । परिष्कृत सर्भिस सेन्टर बाहेक साइमेक्सले आवश्यकता अनुसार इमर्जेन्सीको समयमा प्रयोग गर्न सकिने गरी रोड साइड असिस्टेन्स (आरएसए) भेइकल र सर्भिस हटलाइनको समेत व्यवस्था गरेको छ । हाल गौरीघाट र कुपण्डोलका साथै विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र दाङमा बीवाईडीका सर्भिस सेन्टर सञ्चालित छन् । आगामी तीन महिना भित्रै इटहरी, पोखरा, स्वयम्भू, भक्तपुर र बनेपामा समेत बीवाईडी सर्भिस नेटवर्क सञ्चालनमा आउने छन् । ‘नयाँ सुविधा सहित काठमाडौं उपत्यकामा सर्भिस नेटवर्क विस्तार गर्न पाउँदा हामी हर्षित छौँ,’ साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य भनेको उच्च स्तरीय क्वालिटी र केयरका साथ ग्राहकको आवश्यकता पुरा गर्दै अतुलनीय सर्भिस अनुभव प्रदान गर्नु हो ।’

मौद्रिक नीतिले सबै व्यवसायी कालोसूचीमा पर्ने देखिएको छ : नाडा

काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालले केन्द्रिय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमाथि असन्तुष्टि व्यक्त गरेको छ । शुक्रबार मौद्रिक नीतिले पुरै अटोमोबाइल क्षेत्रलाई वेवास्था गरेको भन्दै नाडाले आपत्ति जनाएको हो । नाडाले केही दिनअघि मात्रै पनि अटोमोबाइल क्षेत्रमैत्री मौद्रिक नीतिको आवश्यकताका विषयमा सरोकरवालाई बताएको थियो । ‘अटोमोबाइल क्षेत्रले विद्युतीय सवारीसाधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्छ, जसमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी, पार्ट्स, लुब्रिकेन्ट्स र टायर पनि पर्छन्’, नाडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘यी सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता थियो, तर मौद्रक नीतिले नाडाको कुनै पनि सुझावहरूलाई सम्बोधन गर्न नसकेको मात्र होइन पुरै वेवास्ता गरिएको छ ।’ यस्तो किसिमको वेवास्ताले एकातर्फ नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुले ऋण भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न हुने र सबै व्यवसायीहरू कालोसूचीमा पर्ने देखिएको नाडाको भनाइ छ । मौद्रिक नीतिको धारा ७९ को ‘ख’ मा निर्माण व्यवसायलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने भनिएको छ । यस्तो नीतिले व्यवसायीहरू अन्योलमा परेको नाडाले बताएको छ । यस्तो नीतिले हेवी इक्यूपमेण्ट, ट्रक, टिपर, पार्टस लुब्रिकेन्ट्स, टायर र ब्याट्रीहरू जुन उधारोमा बिक्री गर्नुपर्ने हुन्छ, त्यस्तोमा कुनै पनि फर्मलाई कालोसूचीमा नै राख्ने व्यवस्था गरिनुपर्ने नाडाको धारणा रहेको छ । कालोसूचीको व्यवस्था हटाउँदा व्यवसायीहरू ठूलो समस्यामा फस्ने भएकोले कुनै पनि सामान बिक्री गरे पश्चात् लिएको चेकको हकमा मात्र यस्तो व्यवस्था लागु गरिनुपर्ने भएकोले यसतर्फ नेपाल राष्ट्र बैंकले तत्कालै सुधार गर्नुपर्ने नाडाको भनाइ छ ।