बजाजले ल्यायो मोटरसाइकल एक्सचेन्ज अफर, जुनसुकै ब्रान्डका मोटरसाइकलसँग साटफेर गर्न सकिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल एक्सचेन्ज अफर सार्वजनिक गरेकाे छ । यस योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाट गर्न सकिनेछ । एक्सचेन्ज अफरमा तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रमअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यो योजना यही कार्तिक ८ गतेदेखि सुरु भएकाे छ । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक श्री अभिमन्यु गोल्छाले ग्राहककाे आवश्यकतालाई ध्यानमा राख्दै याे याेजना सुरु गरेकाे जानकारी दिए । भण्डै ८० भन्दा धेरै देशमा बजाजले लोकप्रियता हासिल गरेको छ ।

भीजी अटोमोबाइल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता

काठमाडौं । नेपालका लागि सुजुकी दुई पाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भीजी अटोमोबाईल्सले एमएडब्लू हायर पर्चेजसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दीमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ । एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भीजी सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटमार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने साझेदारी भएकाे हाे । साथै यो साझेदारीले ग्राहकहरूलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायती तरिकाले फाइनान्स प्रदान गर्ने विश्वास लिएकाे कम्पनीले जनाएकाे छ । यो सम्झौतामा ग्राहकहरूले २४ महिनासम्मको किस्ताबन्दीमा ईएमआईविकल्पमार्फत भुक्तानीको साथमा सहज र सर्वसुलभ रूपमा फाइनान्सिङ सुविधाको लाभ प्राप्त गर्न सक्दछन् । कम्पनीले हाल बजारमा सुजुकी ब्राण्डका भी-स्ट्रोम, जिक्सर, हयाते, ईन्ट्रूडर, एभीनीस, एसेस, बर्गम्यान आदि मोडलका मोटरसाइकल तथा स्कुटरहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

‘टियागो इभी धनतेरस एक्सचेङ धमाका’ सार्वजनिक, हरेक बुकिङमा सुनको असर्फी आइफोन १६ प्रो

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेन्ज धमाका सार्वजनिक गरेकाे छ । धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडी टाटा टियागो इभीसँग साट्न सकिनेछ । यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो इभी धनतेरस एक्सचेन्ज धमाका देशैभरिका शोरुममा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । यस मेलामा सहभागी भएर ग्राहकले टियागो इभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्नसक्ने बताइएकाे छ । धनतेरस एक्सचेङ धमाका ३ दिनका लागि मात्र लागू हुनेछ । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक रहेकाे कम्पनीले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।