चीनमा सम्पन्न भयो ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट

<p>काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट(शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिटअन्तर्गतको ‘लार्ज-स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौं महासचिव वान की-मुनले सहभागिता जनाएका थिए । सम्मेलनमा ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन [&hellip;]</p>

काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट(शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ ।

उक्त समिटअन्तर्गतको ‘लार्ज-स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौं महासचिव वान की-मुनले सहभागिता जनाएका थिए ।

सम्मेलनमा ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच ‘चेरिस नेचर’ नामक ग्लोबल कोअपरेसन प्रोजेक्ट (सहयोग परियोजना)मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ पनि भएको थियो ।

सम्मेलनमा वान की-मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र (ग्लोबल न्यू इनर्जी सेक्टर)मा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनीको योगदानप्रति प्रशंसा गरे । उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो-कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरे ।

सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङले पनि सहभागिता जनाएका थिए ।

आफ्नो ग्रुपभरिमा नै नयाँ ऊर्जाको क्षेत्रमा अग्रणी ब्रान्ड रहेको ओमोडा एन्ड जेइको, इएसजी इनिसिएटिभको अग्रपङ्क्तिमा रहेर विश्वव्यापी रणनीतिहरूमार्फत स्थानीय विकास(लोकल डेभलपमेन्ट) प्रवर्द्धन गर्दै प्राविधिक विकासमार्फत प्रणालीगत सुधार तथा नवप्रवर्तन (इनोभेसन) गर्न प्रतिबद्ध रहेको छ ।

यसका साथै, ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई ‘उत्पादन-उन्मुख’ बाट ‘प्रविधि-उन्मुख’ तर्फ सफलतापूर्वक परिवर्तन गरेको छ ।

नयाँ प्रविधि विकासमा प्रयोगकर्ताको माग तथा आवश्यक्तालाई प्राथमिकतामा राखी, नयाँ ऊर्जा प्रविधिको साथमा उत्कृष्ट विश्वव्यापी उत्पादन प्रणाली (ग्लोबल प्रोडक्ट सिस्टम) सिर्जना गर्नमा ओमोडा इन्ड जेइको सफल भएको छ ।

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल्स लिमिटेडको आधिकारिक वितरक हो ।

Share News