‘एमएडब्लू ईभी कार्निभल’ सुरु

काठमाडौं । नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबारदेखि काठमाडौं नक्सालस्थित अमरपाली ब्यांक्वेट लगायत देशभरिका शोरुमबाट ‘ईभी कार्निभल’ सुरु गरेको छ । आगामी बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्स्चेन्ज गर्न सक्ने एमएडब्लू वृद्धिले जनाएको छ । ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनुका साथै हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि उपहार पाउने कम्पनीले जनाएको छ । कार्निभलमा चांगानको अफरोड क्यापेबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ, जसलाई १० प्रतिशतमात्र डाउन पेमेन्टमा खरिद गर्न सकिने छ । त्यसैगरी हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा निःशुल्क बास बस्न पाउने छ भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन–१६ प्रोम्याक्स पाउने एमएडब्लू वृद्धिले जनाएको छ । कम्पनीका अनुसार ईभी कार्निभलमा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि लिन सक्नेछन् । यो एसयूभी एउटा सिंगल बटनमा एसयूभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो ग्राहकले दिपलको चर्चित मोडेल एस०७, एस०७ एल, एल०७ का साथै नामी बक्स र सेरेस थ्रीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास ७ अभियान पश्चिमतर्फ बढ्दै

काठमाडौं । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ अब नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको छ । अत्याधुनिक विद्युतीय सवारी साधन, प्रोटन इमास ७ ले पूर्वका दर्शकहरूलाई मोहित पारेको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार विविध भू–भागहरूमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै, प्रोटन इमास ७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा आफ्नो बलियो स्थान बनाउदैछ । पूर्वी नेपालमा प्रोटन इमास ७ को यस अभियानले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थाहरूमा उल्लेखनीय प्रदर्शन गरेको छ । यात्राभरि, गाडीले प्रयोगकर्ता, वातावरणविद र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ, जसमध्ये सबैले यसको पर्यावरण-मैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेका छन् । दिगो यातायातको बढ्दो मागसँगै, प्रोटन इमास ७ पश्चिम नेपालभर आफ्नो उपस्थिति विस्तार गर्न तयार छ । भ्रमणका क्रममा धेरै भन्दा धेरै इभीका पारखीले प्रत्यक्ष रूपमा गाडीको अनुभव गर्न पाउने छन्, जसले नवीनता र दिगोपनमार्फत नेपालको अटोमोटिभ परिदृश्यमा क्रान्तिकारी परिवर्तन गर्ने प्रोटोनको प्रतिबद्धतालाई बल पुर्याउछ।

ऋतुको नेतृत्वमा नाडाजस्तै अर्को संस्थाको जन्म, बिग कर्पोरेट हाउस आवद्ध

काठमाडौं । अटो व्यवसायीहरुले नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)जस्तै अर्को संस्था पनि खोलेका छन् । नाडामै आवद्ध तथा नाडाको पदाधिकारीमै रहेका व्यवसायीहरुको संलग्नतामा अर्को संस्था ‘नेपाल अटोमोवाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याकचर्स एसोसियसन’ खोलिएको हो । यस संस्थामा पनि नाडाकै कार्यसमितिमै रहेका तथा साधारण सदस्यहरु रहेका व्यवसायी आवद्ध छन् । नाडाका उपाध्यक्ष पुस्कर ओझाले नाडाजस्तै अर्को संस्था स्थापना भएको जानकारी दिए । उनका अनुसार नयाँ संस्थामा दुई पाँग्रे चारपाँग्रे गाडी, मोटरसाइकल र स्कुटर व्यवसायीहरु आवद्ध छन् । नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याकचर्स एसोसियसन’ दर्ता पनि भइसकेको छ । संस्था दर्ता तथा अन्य सबै प्रक्रिया पुरा भइसकेको बुझिएको छ । अब नयाँ संस्थाको औपचारिक घोषणा हुन बाँकी छ । छिट्टै धोषणा गर्ने तयारी भइरहेको उनीहरुको भनाइ छ । ‘देशको आयात सुधार गर्नका लागि यो संस्था खोलिएको हो । यस संस्थाले नाडासँग कुनै सरोकार राख्दैन, नाडामा भएकाहरुले पनि नाडा छोड्नु पर्दैन, एउटा संस्था वा व्यक्तिले दुवै संस्थामा आवद्ध हुन पाउने व्यवस्था गरेका छौं,’ उनले भने । धेरैले नयाँ संस्था संस्था स्थापना हुुनुलाई नाडा विभाजनको संज्ञा दिएका छन् । अधिकांश अटो व्यवसायीमाझ पनि सोही किसिमको सन्देश प्रवाह भएको छ । तर, ओझा भने यो विभाजन नभई एकता भएको तर्क दिन्छन् । नयाँ संस्था जन्मिनु हामी एकता हुनु हो, विभाजन हुनु होइन, यसले देशको आयातलाई थप सुधार हुन्छ, अटो व्यवसायीबीच मनमुटाव भएर नयाँ संस्था खोलिएको होइन,’ उनले विकासन्युजसँग भने । ऋतुसिंह वैद्य । नयाँ संस्थामा युनाइटेड ट्रेडर्स, ओमोडा, हुन्डाई, लक्ष्मी इन्टरकन्टिनेन्टल, विशाल ग्रुप लगायत आवद्ध छन् । नयाँ संस्थाको अध्यक्ष टोयोटाको आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइडेट ट्रेडर्स सिण्डिकेटकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य बन्ने चर्चा छ । नयाँ संस्थाको उपाध्यक्ष किया गाडीको आयातकर्ता कन्टिनेन्टल ट्रेडिङका अध्यक्ष सुहृद घिमिरे बन्ने तयारी रहेको बुझिएको छ । नयाँ संस्थामा ठूला अटो व्यवसायी अञ्जन श्रेष्ठ, शेखर गोल्छा, शौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, निराकार श्रेष्ठ, सन्दिप शारडा, गौरव शाराडा पनि संलग्न हुने बुझिएको छ । यस्तै, निकुञ्ज अग्रवाल, यमुना श्रेष्ठ, निशान ढकाल, आकाश गोल्छा, क्याबिनेट श्रेष्ठलगायत नयाँ संस्थामा आवद्ध हुनेछन् । नयाँ संस्थाको अध्यक्ष वैद्य पूर्वमिस इण्डिया हुन् । उनले सन् १९९१ मा मिस इण्डिया प्रतियोगिता जितेकी थिइन् । उनी सुरज वैद्यकी श्रीमती हुन् । नाडाकै वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा अर्को संस्था खोल्नु कुनै आपत्ति नभएको बताउँछन् । ‘यो सामान्य कुरा हो, यस्ता नयाँ संस्थाहरु खडा भइरहन्छन् । यो कुनै नौलो कुरा होइन, अझै विद्युतीय गाडीको पनि नयाँ संस्था खोल्न सकिन्छ,’ उनले भने । अटो व्यवसायीहरुले भारतमा पनि यस्तै संस्था रहेकोले नेपालका पनि आवश्यक रहेको तर्क दिइरहेका छन् । गोल्छाले नाडामा अहिले सबैले मिलेर काम गरिरहेको र आगामी दिनमा पनि जुनसुकै संस्था खोलिए पनि नाडालाई कुनै प्रभाव नपर्ने धारणा राखे । नाडाभित्र विभिन्न समस्याहरु रहेको कारण नयाँ संस्था खोल्नुपर्ने बाध्यताहरुको एक व्यवसायीले बताए । उनका अनुसार सवारी उद्योग स्थापना गर्ने, खुल्ला सिमानाबाट हुने अवैध आयातलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ नयाँ संस्था खोलिएको हो । नयाँ संस्था खोल्नु खेदजनक : करण चौधरी नाडाकै अधिकांश पदाधिकारी तथा सदस्यहरुले अर्को संस्था खोल्नु सामान्य विषय भएको तर्क दिए पनि नाडाका अध्यक्ष करण चौधरी भने यसमा सन्तुष्ट छैनन् । नयाँ संस्था खोलिनु चिन्ता र खेतजनक भएको उनको धारणा छ । उनले उक्त संस्था खोलिनु अटो व्यवसायी र नाडाको हित विपरीत भएको भन्दै आपत्ति जनाए । ‘हामीले सबै अटो व्यवसायीहरु एक भएर जानुपर्छ भनेका हौं, नाडाजस्तो संस्था छोडेर नयाँ संस्था खोल्नुहुँदैन, यो गलत भयो, यो सबैको हित विपरित छ,’ उनले विकासन्युजसँग भने । करण चौधरी । नयाँ संस्था खोलिनुमा आफू दुखित भएको उनको भनाइ छ । उनले नाडामा तत्काल कुनै समस्या नरहेको बताउँदै अर्को संस्था खोलिनुमा आफ्नो गम्भीर आपत्ति रहेको सुनाए । ‘नाडाको ब्याण्ड बज्छ’ उसो त नाडा विभाजन हुने विषय विगतदेखि नै चर्चाको विषय रहँदै आएको थियो । नाडाका निवर्तमान अध्यक्ष धुब्र थापाले आफ्नो कार्यकालमा पनि अर्को संस्था दर्ता गर्ने प्रक्रिया चलेपनि आफ्नो सक्रियताले त्यतिखरे रोकिएको सुनाए । ‘म जतिबेला नाडाको अध्यक्ष थिएँ, त्यति बेलादेखि नै नयाँ संस्था खोल्ने कुरा चलिरहेको थियो, मैले बारम्बार मिटिङ गर्दै उनीहरुसँग समन्वय गरेर अगाडि बढेँ, नाडाभित्र बीचमै एकाएक विवाद चर्कियो, अहिले नयाँ संस्था खोल्ने स्थिति सिर्जना भयो,’ उनले भने । नयाँ संस्थाको जन्मले नाडालाई ठूलो प्रभाव पर्न सक्ने उनको बुझाइ छ । उनले नाडा विभाजित भएर अर्को संस्था खोलिनु व्यवसायीबीच ठूलो समस्या रहेको सन्देश प्रवाह भएको सुनाए । उनका अनुसार तत्काल ती व्यवसायी नाडामै रहे पनि पछि नयाँ संस्थामा सक्रिय भएपछि नाडाको ब्याण्ड बज्न सक्छ । धुब्र थापा । ‘नाडालाई तत्काल असर नपर्ला । तर, विस्तारै ठूलो असर पर्ने देखिन्छ । नाडा छुट्रिटएर जानु भनेको समस्याको विषय हो, अब नाडाभित्र अप्ठ्यारोमा पर्छ,’ उनले भने । उनले एउटै घरमा बसेका दाजुभाई छुट्टिनु चिन्ताको विषय भएको सुनाए । के हो नाडाभित्रको विवाद ? विगतदेखि नै नाडाभित्र नेतृत्वको विषयमा विवाद हुँदै आएपनि गत एक वर्षदेखि त्यो विवादले उग्र रुप लिइरहेको थियो । नाडा स्रोतका अनुसार यो विवाद नाडाको चुनावको दौरानमा सिर्जना भएको हो । नाडाको अध्यक्षका लागि करण चौधरी र आकाश गोल्छाले उम्मेदवारी दिएका थिए । अन्तिमसम्म दुवै जना पछि नहटेपिछ पूर्वअध्यक्षहरुको समन्वयमा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेर चौधरी अध्यक्ष र गोल्छा वरिष्ठ उपाध्यक्ष रहने सहमति गरियो । अर्को कार्यकाल गोल्छा स्वतः अध्यक्ष हुने प्रावधान पनि विधानमा राखियो । सो विधान साधारणसभाले पारित पनि गर्यो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडाको त्यो प्रस्ताव स्वीकार गरेन । नाडाको विधान नियम विपरित भएको भन्दै प्रशासन कार्यालयले उनीहरुलाई फर्कायदियो । त्यसपछि नाडाभित्र थप विवाद चर्कियो । त्यसकै कारण अहिले नयाँ संस्था जन्मिएको व्यवसायीहरु बताउँछन् । अब नयाँ संस्था जन्मिँदा नाडालाई ठूलो असर पर्ने अटो व्यवसायीहरुको आँकलन छ ।