रौतहट-१ मा माधव नेपाललाई चुनौती, मतगणनामा पाँचौं स्थानमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन रौतहट क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवकुमार नेपाललाई चुनौती देखिएको छ । त्यहाँ उनी पाँचौ स्थानमा छन् । रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन् । गौरको जुद्ध माध्यमिक विद्यालयमा रहेको मतगणना केन्द्रमा गरुडा १ जयनगरको मतगणना हुँदा उनले २२० मत प्राप्त गरेका छन् । रास्वपाका चौधरीको पक्षमा ७०६ मत आउँदा जसपा उम्मेदवार योगेन्द्र यादवले ५५७ र नेपाली काँग्रेस उम्मेदवार अनिलकुमार झाले ३१२ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका अजयकुमार गुप्ताले २८८ मत पाएका छन् । राजनीतिक जीवनकै जोखिमपूर्ण चुनावमा माधव नेपाल
रौतहट –१ मा रास्वपाका राजेश चौधरी अगाडि
रौतहट । रौतहट- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी १ हजार ४९९ मतसहित शीर्ष स्थानमा छन् । जनता समाजवादी पार्टीका योगेन्द्र यादवले ६३१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अनिल कुमार झाले ३६६ मत ल्याएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने ३२० मतसहित पाँचाैमा छन् ।
भविष्यका सरकारले पनि भत्काउन नसक्ने मानकहरू
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव कसरी शान्तिपूर्ण रुपमा सम्पन्न भयो भन्ने विषय खुलाएका छन् । शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले यो निर्वाचन कसरी शान्तिपूर्ण र हिंसारहित हुन सक्यो भन्ने विषय खुलाएका हुन् । ‘यो चुनावले मानवता जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ । यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो । अब हामीले चुनाव गरेका छौं र निष्पक्ष चुनाव गरेका छौं, यो सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो,’ उनले भनेका छन् । यस्तै, विगतको भन्दा यस पटक गुणस्तरीय चुनाव भएको उनको भनाइ छ । ‘सुदृढ चुनाव गरेका छौं, सबैलाई थाहा छ, यसपालि एक थोपा रगत नखसिकन चुनाव सम्पन्न गर्न सकेका छौं, हाम्रो सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपो खसेको छैन । त्यो प्रत्याभूति हामीले दियौं, चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन्, एकाधबाहेक । हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर त्यसलाई काबुभित्र राखेर चुनाव गरायौं,’ उनले भने । उनले भनेका छन्, ‘पहिला पहिला धेरै ठाउँमा स्थगन हुन्थ्यो र फेरि चुनाव गराउनुपर्थ्यो । तर, यसपालि देशभरि एकैचोटि मतदान सम्पन्न भएको छ । स्थगन गर्नुपरेको अवस्था पनि छैन । यसरी हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनैपर्छ । यी मानकहरुलाई सुदृढ गर्नुपर्छ । ताकि भविष्यमा आउने सरकारहरूले ती मानकहरू भत्काउन नसकून्, ती मानक घटाउन नसकून् भन्ने तहको लक्ष्य र अपेक्षा राखेर हामीले काम गरेका हौं ।’