विकासन्युज

९ महिनामा बैदेशिक व्यापार घाटा ७ सय २६ अर्ब रुपैयाँ, ९३ रुपैयाँ आयात गर्दा ७ रुपैयाँ मात्र निर्यात

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७३/७४ को प्रथम नौ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले वृद्धि भई  रु.७८१.२८ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.१ प्रतिशत र ९२.९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ९.९ प्रतिशतले  वृद्धि भई रु ५५.२६ अर्व तथा कुल पैठारीमा ३८.४  प्रतिशतले वृद्धि भई भई रु. ७२६.०२ अर्व पुगेको छ । आ.व. २०७२/७३ को प्रथम नौ महीनाको अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः१०.४ भएकोमा आ.व. २०७३/७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.१ रहन आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि  प्रमुख रहेका छन् । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ५.४ प्रतिशतले ह्रास आई रु. ५.६६ अर्व, तयारी पोशाकको निर्यातमा ९.६ प्रतिशतले ह्रास आई रु. ३.९७ अर्व पुगेको छ ।  यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा २०.० प्रतिशतले वृद्धि भर्ई रु. ४.२७ अर्व, पोलिष्टर तथा अन्य धागोमा ३२.० प्रतिशतले वृद्धि भई रु. ४.८१ अर्व, मुसुरोको दालमा ४.० प्रतिशतले वृद्धि भई रु ६३ करोड  पुगेको छ । समीक्षा अवधिमा रु. ५२ करोड छाला, रु. ३.०८ अर्वको  अलैंची, रु. १.८८ अर्व चिया, रु. १९ करोडको अदुवा,  रु. ६४ करोडको चाऊचाऊ, रु. ५८ करोड जडिवुटी, रु. ५० करोडको टुथपेष्ट, रु. ३.८५ अर्बको टेक्सटाइल, रु. १.८९ अर्वको पश्मिना सल, रु. ४५ करोडको हस्तकलाका सामानहरु, रु. ५३ करोडको नेपाली हातेकागज निकासी भएको देखिन्छ । नेपालको निकासी  व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, क्यानडा,  वंगलादेश,  अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम  आदि प्रमुुख रुपमा रहेका छन् । पैठारीतर्फ, आ.व. २०७३/७४ को प्रथम नौ महीनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको  तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ४९.९ प्रतिशतले वृद्धि भई रु. ७६.९० अर्ब, पेट्रोलियम पदार्थमा ११२.३ प्रतिशतले वृद्धि भई  रु. ८७.३९ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा ५९.७ प्रतिशतले वृद्धि भई रु. ६३.३० अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा २५.३ प्रतिशतले वृद्धि भई रु. २९.४७ अर्ब, औषधीमा १३.६ प्रतिशतले ह्रास आई रु. १७.४२ अर्ब, मशिनरी तथा पार्ट्समा ७१.१ प्रतिशतले वृद्धि भई  रु. ६१.०२ अर्ब, पोलिथिन ग्रेन्युल्समा ९.३ प्रतिशतले वृद्धि भई रु. ११.८९ अर्ब, कच्चा पाम आयलमा ७८.१ प्रतिशतले वृद्धि भई रु. ३.५६ अर्व , दुरसञ्चारका सामाग्रीहरुमा ४२.३ प्रतिशतले वृद्धि भई रु. २२.८९ अर्ब, रसायनमा ६.१ प्रतिशतले वृद्धि भई रु. ७.०८ अर्ब भएको छ । यसैगरी समीक्षा अवधिमा रु. १९.२५ अर्ब बराबरको सुन, रु. ६.७० अर्व बराबरको चाँदी,  रु. ६.५३ अर्ब बराबरको रासायनिक मल  तथा रु. १७.७० अर्व बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स  पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर (रु. १४.६१ अर्ब ), भटमासको कच्चातेल ( रु. ९.९० अर्व ), तयारी पोशाक (रु.९.८७ अर्व ), अन्न ( रु. २९.४२ अर्व ), ऊन ( रु. २.५० अर्व ) पनि उल्लेख्य रुपमा पैठारी भएको देखिन्छ । नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इण्डोनेशिया, थाइलेण्ड, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, साउदी अरेविया, क्यानडा, जापान, मलेशिया र  भियतनाम प्रमुुख रुपमा रहेका छन् ।  चालु आर्थिक वर्ष २०७३/७४ को समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापारघाटामा ४१.४ प्रतिशतले वृद्धि भई रु. ६७०.७६ अर्व पुगेको छ । नेपालका प्रमुख व्यापारिक साझेदार देशहरु मध्ये निर्याततर्फका प्रमुख गन्तव्यहरुमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादनहरु, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको देखिन्छ । यसै गरी संयुक्तराज्य अमेरिकातर्फ उनी गलैंचा, तयारी पोशाक, काँचका सामानहरु, पश्मिना सल, फेल्टका सामानहरु छुर्पी हस्तकलाका सामानहरु सारतेल सुतीका झोलाहरु प्रमुख रुपमा निर्यात भएका छन् । जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामानहरु, चिया टोपी सुतीका झोला, हस्तकलाका सामानहरु कागजका उत्पादनहरु र ट्रान्सफरमरहरु निर्यात भएको पाइन्छ । यता नेपालको प्रमुख साझेदार मध्ये एक युके तर्फ भने ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामानहरु, कागजका सामानहरु, टोपी, हस्तकलामा सामानहरु, सुती झोला र तयारी चाऊचाऊ  उल्लेख्य मात्रमा निर्यात भएका छन् । त्यसै गरी नेपालको अर्को महत्वपूर्ण निर्यात गन्तव्यका रुपमा रहेको टर्कीतर्फ भने धागो, छाला, ऊनी गलैंचा, टोपी, औषधी  र हस्तकलाका सामानहरु निर्यात भएको पाइन्छ । यता नेपालको आयातको प्रमुख श्रोत मध्ये अग्रस्थानमा रहेको भारतबाट  पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ । यसै गरी नेपालको आयात व्यापारमा दोश्रो स्थानमा रहेको उत्तर तर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् । अर्को प्रमख आयातको श्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ ।

एन.आइ.डी.सी. डेभलपमेन्ट बैंक प्राप्ति गर्ने राष्ट्रिय वाणिज्य बैंकको निर्णय, ९ महिनामा २ अर्ब ७ करोड नाफा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एघारौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले एन.आइ.डी.सी. डेभलपमेन्ट बैंक लि.लाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गर्ने विशेष प्रस्ताब र आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र नेपालका बैंंकहरु मध्ये १ नम्बरको बैंक बनाउने प्रतिबद्धता ब्यक्त गरे । साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, वित्तीय क्षेत्र कार्यक्रम यता हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा आफ्नो धारण गरेका थिए । बैंकको हाल ६८ जिल्लामा १७४ वटा शाखा कार्यालय, १०६ वटा एटिएम, ८४ वटा शाखा रहित बैंकिङ्ग र ६७ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको उनले बताए । द्वन्द्वकालमा गाभिएका शाखाहरुमध्ये बैंकले हाल ५४ वटा शाखा कार्यालयहरु पुर्नस्थापना गरिसकेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ३५ अर्व निक्षेप संकलन गरी १ खर्व १ अर्व कर्जा लगानी गरि २ अर्व ७ करोड खुद मुनाफा क

युटिएलसँग अप्टिकल फाइबर सम्झौता, २ बर्षमा २ अर्ब खर्चेर १९ जिल्लामा अप्टिकल फाइबर बिछ्याउने

काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले युनाइटेड टेलिकमसँग अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको छ । सोमबार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र युटिएलका प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । युटिएलले २ अर्ब १ करोड रुपैंयाँ खर्चेर प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने छ । आगामी २ बर्षभित्रै काम सम्पन्न गर्ने सम्झौता गरिएको नेपाल दुर सञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द  मिश्रले विकासन्युजलाई जानकारी दिए । युटिएल पछिल्लो १३ बर्षदेखि नोक्सानीमा रहेको कम्पनी हो ।

बैंक अफ काठमाण्डूले ६१ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य ३१० रुपैयाँ

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)ले ६१ लाख ५८ हजार ०६७ कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा २१० रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३१० रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । बैंकले कुल एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो ।

एलइडी बल्ब खरिद प्रक्रिया नरोक्ने उर्जा मन्त्रीको घोषणा

सल्यान । ऊर्जामन्त्री जनार्दन शर्माले भारतीय सरकारी कम्पनी इइएसएलसँगको एलइडी बल्ब खरिद प्रक्रिया नरोकिने घोषणा गरेका छन् । उनले एलइडी बल्ब खरिद प्रक्रियामा बाहिर आएजस्तो कुनै चलखेल नभएको स्पष्ट पार्दै उज्यालो नेपाल अभियानका लागि बल्ब खरिद प्रक्रिया नरोकिने बताएका हुन् । गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले भने, बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन । उनले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन पनि दिए । मंगलबार मात्रै काठमाडौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भावुक हुँदै बल्ब खरिद प्रक्रियामा अनियमितता भएको प्रमाण फेला परेमा आफु झुण्डिन तयार रहेको बताएका थिए । सार्वजनिक खरिद ऐन छलेर २ अर्ब भन्दा बढि रकमको समान खरिद गर्न लागेको भन्दै मन्त्री शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना भैरहेको छ । प्राधिकरणले भारत सरकारको पुर्ण स्वामित्वमा रहेको इइएसएल कम्पनीसँग २ करोड थान एलइडी बल्ब खरिद गर्ने सम्झौता गरेको छ । सो कम्पनीले प्रति बल्ब ६५ भारतीय रुपैंयाँमा(१०४ रुपैंयाँ)मा हेटौँडासम्म बल्ब ल्याइदिने भनेको छ । त्यसमा २० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तथा १० प्रतिशत सेवा शुल्क थपेर प्राधिकरणले उपभोक्तालाई बेच्ने मोडालिटी बनिरहेको छ । टेण्डर बिना नै ठुलो रकमको खरिद गर्न लागेको भन्दै उनीहरुको आलोचना भएपछि मन्त्री शर्माले पनि उर्जा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर दुःखेसो पोखेका थिए ।

‘रेडमी नोट ४’ मोबाइल नेपाली बजारमा, मूल्य २८ हजार ४९९ रुपैयाँ मात्र

काठमाडौं । वत्सल इम्पेक्स प्रा.लि ले रेडमी सिरिज अन्तर्गतको रेडमी नोट ४ मोबाइल नेपाली बजारमा भित्र्याएको छ । ग्राहक वर्गको चाहानालाई मध्यनजर गर्दै कम्पनीले उक्त मोबाइल नेपाली बजारमा भित्र्याएको हो । ५.५ इन्च डिस्पले रहेको उक्त मोबाइलको वाहिरी भागमा धातु जडान गरिएको छ । २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर रहेको मोबाइलमा ४ जिबिर्यामर ६४ जिवि रोम, ४१०० एमएएचको ब्याट्रि रहेको कम्पनीले जनाएको छ । साथै, मोबाइलमा १३ मेगापिक्सलको पछि जडित क्यामेरा र अगाडी ५ मेगापिक्सल क्यामेरा, एमआइयूआइ ८ मा आधारित एनरोइड भी ६.०१ मार्समेलो रहेको छ । कम्पनीले केहि समयको लागि मोबाइलको अग्रिम बुकिङ्ग मूल्य २८ हजार ४९९ रुपैयाँ तोकेको छ ।

वृज सिमेन्टको ‘हामी हौ देशका उर्जा’ नामक अभियान शुरु, गुणस्तर र मजवुतीलाई अझ बिश्वसनीय बनाउने

काठमाडौं । वृज सुपर प्रिमियम ओपीसी सिमेन्टले ‘हामी हौ देशका उर्जा’ नामक अभियान शुरु गरेको छ । कम्पनीले आफ्ना उत्पादनलाई ग्राहकहरुको बीचमा विश्वासका साथ गुणस्तर र मजवुतीलाई अझ दरिलो बिश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट नयाँ उर्जा सहित वजार प्रर्वधन शुरु गरेको बताएको छ । वृज इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा-लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.) र साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) दुवै किसिमका सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन गर्दछ । वृज सिमेन्टको सवै उत्पादनलाई उच्च गुणस्तरीय एच.डि.पि.ई. प्लास्टिको वोरामा, ५० के.जी. परिमाणमा प्याक गरी वजारमा पठाइन्छ । यस उधोगका डिलरहरुको ठूलो सञ्जाल नेपाल भरी रहेको छ जसवाट आफुले चाहेको जुनसुकै ठाउँमा पनि सिमेन्ट सजिलै पाउन सकिन्छ । १५ वर्षदेखि निरन्तररुपमा गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्री वितरया गर्दै आइरहेको हुँदा वजारको मागको दृष्टिले पनि अरु सिमेन्ट भन्दा प्रतिस्पर्धामा अघि रहेको छ । वजार प्रर्वधनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने चर्चित युवा फुटवल खेलाडी नवयुग श्रेष्ठ, नेपाली क्रिकेट जगतका चर्चित खेलाडी एवं टिम क्याप्टेन शरद भेसवाकर , नेपालको मनाङ्ग तथा मुस्ताङ्गलाई वायरलेस इन्टरनेटवाट जोडि सुचना प्रविधि मार्फत परिचित गराउने नेपालको पहिलो व्यक्तित्व एवं एशियाको नोवेल पुरस्कारको नामले चिनिने म्यागासेसे पुरस्कार विजेता महावीर पुन तथा विभिन्न सामाजिक क्षेत्रमा कार्यरत सन् २०१६ को मिस नेपाल अस्मी श्रोष्ठ सहित ४ जनालाई वृज सिमेन्टले एशोसिएट गरि व्राण्ड एम्वेसेडरको रुपमा लिएको छ । गुणस्तरिय उत्पादनहरुप्रति सदैव प्रतिवद्ध वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.आइएसओ ९००१ः२००८ बाट प्रमाणित छ साथै यसका उत्पादनहरु वृज सिमेन्टका पिपिसी ब्राण्डहरुले एनएस ३८५ एवं वृज सिमेन्टका ओ पि सि ब्राण्डहरु एनएस ४९बाट प्रमाणित भइसकेका छन् । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. ले आफनो उत्पादन १५ बर्षदेखि निरन्तर रुपमा बजारमा ल्याइरहेको छ । उच्च प्रविधि, दक्ष जनशक्ति र वर्षौ वर्षको विश्वास रहेको वृज सिमेन्ट इण्डष्ट्रिजले गुणस्तरीय उत्पादनमा कुनै पनि सम्झौता नगर्ने कुरा कंपनीका सिनियर मार्केटिङ्ग एण्ड व्राण्ड म्यानेजर अमित श्रेष्ठले बताए ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सञ्चालक अशोक कुमार उप्रेतीले दिए राजीनामा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका सञ्चालक अशोक कुमार उप्रेतीले राजीनामा दिएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उप्रेतीको राजीनामा स्वीकृत गरेको हो । उप्रेतीले बैशाख २५ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् ।