विकासन्युज

चालु आर्थिक वर्षमा आठवटा खानेपानी योजना सम्पन्न, ४४७ घरधुरी लाभान्वित

म्याग्दी। जिल्लामा चालु आर्थिक वर्षमा आठवटा खानेपानी योजना सम्पन्न भएका छन् । जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट यस वर्ष जिल्लामा १६ वटा नयाँ खानेपानी आयोजनासहित थप २० वटा खानेपानी योजनामा निर्माण र त्यसपछि मर्मतका लागि योजना छनोट गरिएको थियो । यसै वर्षदेखि निर्माण शुरु गरिएका नयाँ १६ वटा खानेपानी आयोजनामध्ये अहिलेसम्म आठवटा आयोजना निर्माण भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार, आगामी असार महिनाभित्र थप दुईवटा खानेपानी आयोजना निर्माण हुनेछ भने हाल बाबियाचौरको पात्लेपानी खानेपानी तथा सरसफाइ योजना, ओखर बोटको खालखोला, बिमको ओख्ले बिम्वाङ, घारको विरौटा, अर्मनको पिपलबोट, रुमको सेउलुङ अधिभारा, बङरजाको बाघ हान्ने गौँडा र डेगखोला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएका हुन् । त्यस्तै पाखापानीको कालाबाङ र ओखरबोटको कालपोहर खानेपानी तथा सरसफाइ योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण भएका आठवटा खानेपानी आयोजनाबाट ४४७ घरधुरी लाभान्वित भएका छन् । चालु आर्थिक वर्षमा सो परियोजनाले जिल्लाका १६ वटा खानेपानी आयोजना र २० वटा योजनाका लागि नेपाल सरकार, फिनल्यान्ड सरकार, जिल्ला समन्वय समिति, वडा कार्यालयको आर्थिक अनुदान र उपभोक्ताको श्रमदान गरी कुल रु पाँच करोड ५७ लाख २२ हजार लागेको थियो रासस

महरालाई उपप्रधान तथा परराष्ट्र र शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तर्फबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने भएका छन्। माओवादी केन्द्रको आज बसेको हेडक्वार्टरको बैठकले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा महरालाई उपप्रधान तथा परराष्ट्र र जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निर्णय गरेको छ । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थ र शर्मा उर्जा मन्त्री थिए । बैठकले प्रभु साहलाई पछि मन्त्रालय टुङ्ग्याउने गरी सरकारमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिए । रासस

१० वटा पेट्रोलियम खानीको ग्लोबल टेण्डर अन्तिम चरणमा, शुन्य लगानीमा अधिकतम प्रतिफल

काठमाडौं । मुलुकको बिभिन्न भागमा रहेका १० वटा पेट्रोलियम खानीहरुको ग्लोबल टेण्डरको तयारी सकिएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले भने,‘हामीले ग्लोबल टेण्डरको सबै प्रक्रिया पुरा गरिसकेका छौं, सबै डकुमेण्ट तयार छन ।’ खनिज नियमावली राजपत्रमा प्रकाशित लगत्तै ग्लोबल टेण्डर निकाल्ने बताए । ‘खनिज नियमावली राजपत्रमा प्रकाशित हुने वित्तिकै ग्लोबल टेण्डर निकाल्न सक्ने अवस्थामा छौं’, रजौरेले भने । उनका अनुसर खनिज नियमावलीले नेपाल सरकारलाई १२ दशमलब ५ प्रतिशत रोयल्टी ग्यारेण्टी गरेको छ । सबै भन्दा भन्दा धेरै प्रतिशत आम्दानीको हिस्सा दिने नेपाल सरकारलाई दिने अन्तराष्ट्रिय कम्पनीलाई उत्खननको जिम्मेवारी दिने व्यवस्था रहेको छ । उनका अनुसार पेट्रोलियम खानीहरुको उत्खननमा नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन् ।‘हामीले शुन्य लगानीमा अधिकतम प्रतिफल दिने कम्पनीलाई ठेक्का दिने हो, पेट्रोलियम पदार्थ फेला पर्यो भने आम्दानी बाडफाँट हुन्छ नत्र कम्पनी खाली हात फर्कन्छ ’, रजौरेले भने । नेपालका बिभिन्न १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ । गत बर्ष चिन सरकारको स्वामित्वमा रहेको चाईना जिओलोजिकल सर्भको प्राबिधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । उनीहरुले नेपालमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक रिपोर्ट तयार पारेको अनौपचारिक जानकारी नेपाल सरकारलाई पठाएका थिए । तर औपचारिक रिपोर्ट भने अझै पठाएको छैन् । परियोजनाले पेट्रोलियम पदार्थको उत्खनन गर्ने अन्तराष्ट्रिय कम्पनीहरुलाई नेपालमा पेट्रोलियम पदार्थ रहेको पुष्टि गर्न आफ्ना अध्ययनका रिपोर्ट, माटो, चट्टानको प्रकृति, चिनियाँ कम्पनीले पठाएको प्रारम्भिक अनौपचारिक रिपोर्ट लगायतका तथ्यांक अघि सारिने पनि स्पष्ट पारे । ‘कुनै पनि कम्पनीले हचुवाका भरमा अर्बाै लगानी गर्दैनन्, उनीहरुलाई कन्भिन्स गर्न हामीले आधारहरु तयार पारिसकेका छौं’, रजौरेले भने ।

यस्तो बन्यो महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो

काठमाडौं । सञ्चालनको तयारीमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो लोगोलाई अन्तिम रुप दिएको छ । मगंलबार बसेको संचालक समितिको बैठकले कम्पनीको लोगो पारित गरी सार्वजनिक गर्ने निर्णय गरेको छ । २ अर्ब चुक्तापुँजीमा स्थापना हुन लागेको यो कम्पनीमा संस्थापकहरुबाट १ अर्ब ४० करोड चूक्ता गराउने प्रक्रियामा रहेको कम्पनी निकट भविष्यमा संचालनको तैयारीमा रहेको जनाएको छ । यस कम्पनीमा ५५ जना संस्थापक सदस्य रहेका छन् ।

नेपालको नीति निर्माणमा हावर्ड विश्वविद्यालयले सहयोग गर्ने

डा. शङकर शर्मा वासिङ्गटन । नेपालको नीतिनिर्माणमा तथ्याङ्क र प्रमाणीकरण दस्तावेजको अधिकतम उपयोग गर्ने विषयमा कार्यक्रम सञ्चालन गर्न विश्व प्रतिष्ठित हावर्ड विश्वविद्यालयले साझेदारी गर्ने भएको छ । दक्षिण एसियामा प्रमाणसहितको तथ्याङ्कमा आधारित नीतिनिर्माणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उक्त विश्वविद्यालयले नेपालमा पनि दिगो विकासका लागि अनुसन्धानात्मक तथ्याङ्कलाई वढी उपयोगी बनाउन पहल गर्ने भएको अमेरिकामा सोमबार र मङ्गलबार आयोजित कार्यक्रममा सहभागी योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले बताएका छन् । अब विश्वविद्यालयले सरकारी निकाय समेतको समन्वयमा दिगो विकासका लागि तथ्याङ्कमा आधारित दस्तावेजलाई प्रयोग गरेर यसलाई वढी उपयोगी बनाउन पहल गर्ने उनले बताए । “यसअगाडि भारत, पाकिस्तान र बङ्गलादेशमा यस्तो कार्यक्रम सञ्चालनसमेत गरिसकिएकाले उनीहरुको अनुभव आदानप्रदान र हामीहरुको अवस्थाबारे हामीले जानकारी गरायौँ”, शर्माले भने । नेपालको चुनौतीका बारेमा आफ्नो धारणा राख्दै पूर्वउपाध्यक्ष शर्माले नेपालको राजनीतिक अस्थिरताका कारण सरकार र कर्मचारीको परिवर्तन छिटो हुने भएकाले यसलाई व्यवस्थापन गर्न तथ्याङ्कमा आधारित कार्यक्रमले दिगो विकासमा टेवा पुग्ने डा शर्माले बताए । कार्यक्रममा शर्माका अतिरिक्त अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र स्टाफ कलेजका त्रिलोचन ढकाल र पुकार मल्लले सहभागि थिए । रासस

रु.५०० र १००० का नक्कली नोट बजारमा, यसरी चिन्न सकिन्छ जाली नोट

काठमाडौं । रु. ५०० र रु. १००० दरका नक्कली नेपाली नोटहरु बजारमा भेटिएका छन् । देशका विभिन्न स्थानमा रु ५०० दरका घ/२० ७९९७४६, ३/२० ६७९७४६, घ/६ १४९३१२,  घ/९१ ४२५२६८ लगायत अंक राखिएका नक्कली नोटहरु बजारमा भेटिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, रु १००० दरका घ/८३ ७५४००५, घ/६ १४९३३४, घ/२० ४७६७९६ लगायतका अंक राखिएको नक्कली नोटहरु बजारमा भेटिएका छन् । जाली नोटको कारोबार गम्भीर अपराधिक र ठगी कार्य भएको जनाउँदै राष्ट्र बैंकले जाली नोट सम्बन्धी शंकास्पद गतिविधि देखिएमा प्रहरी प्रशासन लगानय सुरक्षा निकायमा जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । बजारमा भेटिएका जाली नोटहरुमा लेखिएका अक्षरहरुलाई सुरक्षण धागोले छोपेको पाईएको, सुरक्षण धागोमा एनआरवी नलेखिएको, सुरक्षण धागो कागजमै बुनिएको नभएर पछिबाट टाँसेको पाइएको, लालीगुराँस फूलको स्पष्ट पानी छाप नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सक्कली र नक्कली नोट छुट्टाउने तरिकाबारे जानकारी दिदै भएको छ–सक्कली नोटहरुको कागज गुणस्तर खस्रो र हल्लाउँदा कडकड आवाज आउने हुन्छ । नोटको अग्रभागमा दायाँतर्फ खाली ठाउँमा लालीगुराँस फूलको स्पष्ट पानी छाप हुन्छ । नोटको बीच भागमा सुरक्षण धाँगो र यसमा सानो अक्षरमा अंग्रजीमा एनआरबी लेखिएको हुन्छ । सुरक्षण धागो कागजमा नै बुनिएको हुन्छ, टाँसिएको हुँदैन । त्यस्तै, नोटको अग्रभागको बीचतिर अंग्रजीमा एनआरबी अक्षरको आधा र पृृष्ठभागमा सोही एनआरबीको आधा भाग लेखिएको हुन्छ । उल्यालोमा हेर्दा सो दुबैतर्फको अक्षर जोडिएर पुरै एनआरबी अक्षर बनेको देखिन्छ ।

बाहिरी चक्रपथले कृषि वैज्ञानिककै डेढ करोडको घर भत्काउने, तत्कालै २ सय वटा घर भत्काइदैँ

फाेटाे स्राेत बाहिरी चक्रपथ अायाेजना काठमाडौं । बाहिरी चक्रपथ आयोजनाले चोभार–सतुंगल खण्डको काम सुरु गर्नुपहिले सतुंगलमा रहेको कृषि बैज्ञानिकका डेढ करोड पर्ने घर भत्काउने भएको छ । सतुंगलमा रहेको नार्कमा कार्यरत ताराबाहादुर घिमिरे र कृषि वैज्ञानिक एकबहादुर सिंहको डेढ डेढ करोडका दुई घर भत्कने भएका छन् । विकास निर्माणको क्रममा हाम्रो घर भत्किएर कुनै चिन्ता छैन तर राज्यले भने उचित क्षतिपूर्ति दिनुपर्ने सिंहले विकास न्युजलाई जानकारी दिए । सिंहले दिएको जानकारी अनुसार उनको आफ्नो साढे ३ आनामा बनेको साढे दुई तलको घरसहितको ३४ आना जग्गा पर्ने भएको छ । उनका अनुसार घरको चारपाँच वर्ष अगाडि नै बनाएको हुँ । बाहिरी चक्रपथ आउँछ मेरै घर पर्छ भन्ने चाहिँ थाहा भएन, उनले भने । उनका अनुसार सँगै रहेको साढे तीन तलाको घिमिरेको घर पनि आयोजना निर्माणको क्रममा भत्कने भएको छ । उनको भन्दा घिमिरेको घर नयाँ र ठूलो भएकोले उनको तुलनामा अझै बढी मूल्यांकन हुँने छ । उनका अनुुसार आफ्नो घर सवा करोडसम्मको रहेको भएपनि घिमिरेको भने डेढ करोडकै मूल्यांकनको अनुमान गरिएको छ । चोभार सतुंगल खण्डको साढे ६ किमी सडक निर्माण अन्र्तगत सतुंगलको एउटा क्षेत्रको संघर्ष समितिका अध्यक्ष पनि हुन सिंह । उनका अनुसार सरकारले बनाउने विकास निर्माणमा हाम्रो कुनै अवरोध र गुनासो हुँदैन । हाम्रो चिन्ता भनेकै उचित क्षतिपूर्ति र समयमा नै हुनुपर्छ भन्ने हो । उनका अनुसार बाटोमा पर्ने घरको उचित क्षतिपूर्ति, भित्रि बाटोको पनि उचित क्षतिपूर्ति, तुरुन्तै क्षतिपूर्ति दिनुपर्ने र बोटविरुवा हुनेको पनि सोही अनुसार मूल्यांकन गरेर क्षतिपूर्ति दिनुपर्नेसहतिको ६ बुँदे माग पनि राखिएको छ । आफ्नो मागका विषयमा आयोजना सकारात्मक रहेको पनि उनको बझुाई छ । आयोजनाका अनुसार यो क्षेत्रमा पहिले जम्मा १४ वटा मात्रै घर पर्ने भएपनि अहिले २ सय वटा पुगिसकेको छ । साढे ६ किमिको यो दुरीको ६ ठाउँबाटै निर्माण गर्ने र छिटो सक्ने हिसावले आयोजनाले प्रक्रिया अगाडि बढाइरहेको छ । आयोजनाका शाखा अधिकृत ध्रुव सापाकोटाका अनुसार यही जेठ भित्रै जग्गा अधिग्रहणको सूचना सार्वजनिक हुने भएको छ । सो सूचनासँगै जग्गा रोक्का हुने पनि उनले जानकारी दिए । आयोजना अहिलेसम्मको उत्कृष्ट विकासको मोडल भएको र स्थानीयको सहयोगले थप सहज रुपमा निर्माण गर्न सकिने उनको बुझाई छ । उनका अनुसार २०६५ सालमा सो क्षेत्रमा जम्मा १४ वटा घर मात्रै थिए । यो खण्डमा १४ हजार कित्ता जग्गा रहेको छ । ती घरहरुको मुआब्जा जम्मा एक करोड ५१ लाख ५७ हजार ७ सय रुपैंयाँ मात्रै थियो । तर अहिले घर संख्या बढेर करिब २ सय वटा भएको छ । समयमा नै निर्माणको प्रक्रिया अगाडि बढाउन नसक्दा लागत बढेको छ । उनका अुनसार यो खण्ड निर्माण गर्न करिब ६ अर्ब खर्चको अनुमान गरिएको छ । यो खण्डमा १४ हजार कित्ता जग्गा रहेको छ । यो पहिलो खण्डको निर्माण पछि आयोजनाले थप खण्डको काम गर्दै जाने र हरके खण्डको काम दुई वर्र्ष भित्रै सक्ने योजना अगाडि सारेको छ ।

कामना विकास बैंकको २४ लाख १३ हजार कित्ता हकप्रद निष्कासन

काठमाडौं । कामना विकास बैंकले २४ लाख १३ हजार १३७ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले एक सय अंकित साधारण सेयरको हकप्रद निष्कासन गरेको हो । यसले ८० करोड ४३ लाख ७९ हजार २ सय रुपैयाँको चुक्ता पुँजीमा २४ करोड १३ लाख थप गर्ने गरी १० सेयर बराबार तीन सेयर (१०ः३) को अनुपातमा हकप्रद वितरण गर्ने भएको छ । यसको सेयर आवदेन आगामी असार ११ गतेबाट साउन १५ गतेसम्म दिन सकिने पनि बैंकले जानकारी दिएको छ । यसको हकप्रदको आवेदन एनआइबीएल क्यापिटल मार्केट्स, कामना विकास बैंक पोखरा र नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय विराटनगर, विरगन्ज, वुटवल, नेपालगन्ज र धनगढीबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।