१० वटा पेट्रोलियम खानीको ग्लोबल टेण्डर अन्तिम चरणमा, शुन्य लगानीमा अधिकतम प्रतिफल

<p>काठमाडौं । मुलुकको बिभिन्न भागमा रहेका १० वटा पेट्रोलियम खानीहरुको ग्लोबल टेण्डरको तयारी सकिएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले भने,‘हामीले ग्लोबल टेण्डरको सबै प्रक्रिया पुरा गरिसकेका छौं, सबै डकुमेण्ट तयार छन ।’ खनिज नियमावली राजपत्रमा प्रकाशित लगत्तै ग्लोबल टेण्डर निकाल्ने बताए । ‘खनिज नियमावली राजपत्रमा प्रकाशित हुने वित्तिकै ग्लोबल टेण्डर निकाल्न सक्ने [&hellip;]</p>

काठमाडौं । मुलुकको बिभिन्न भागमा रहेका १० वटा पेट्रोलियम खानीहरुको ग्लोबल टेण्डरको तयारी सकिएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले भने,‘हामीले ग्लोबल टेण्डरको सबै प्रक्रिया पुरा गरिसकेका छौं, सबै डकुमेण्ट तयार छन ।’
खनिज नियमावली राजपत्रमा प्रकाशित लगत्तै ग्लोबल टेण्डर निकाल्ने बताए । ‘खनिज नियमावली राजपत्रमा प्रकाशित हुने वित्तिकै ग्लोबल टेण्डर निकाल्न सक्ने अवस्थामा छौं’, रजौरेले भने ।

उनका अनुसर खनिज नियमावलीले नेपाल सरकारलाई १२ दशमलब ५ प्रतिशत रोयल्टी ग्यारेण्टी गरेको छ । सबै भन्दा भन्दा धेरै प्रतिशत आम्दानीको हिस्सा दिने नेपाल सरकारलाई दिने अन्तराष्ट्रिय कम्पनीलाई उत्खननको जिम्मेवारी दिने व्यवस्था रहेको छ । उनका अनुसार पेट्रोलियम खानीहरुको उत्खननमा नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन् ।‘हामीले शुन्य लगानीमा अधिकतम प्रतिफल दिने कम्पनीलाई ठेक्का दिने हो, पेट्रोलियम पदार्थ फेला पर्यो भने आम्दानी बाडफाँट हुन्छ नत्र कम्पनी खाली हात फर्कन्छ ’, रजौरेले भने ।

नेपालका बिभिन्न १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।
गत बर्ष चिन सरकारको स्वामित्वमा रहेको चाईना जिओलोजिकल सर्भको प्राबिधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । उनीहरुले नेपालमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक रिपोर्ट तयार पारेको अनौपचारिक जानकारी नेपाल सरकारलाई पठाएका थिए । तर औपचारिक रिपोर्ट भने अझै पठाएको छैन् ।

परियोजनाले पेट्रोलियम पदार्थको उत्खनन गर्ने अन्तराष्ट्रिय कम्पनीहरुलाई नेपालमा पेट्रोलियम पदार्थ रहेको पुष्टि गर्न आफ्ना अध्ययनका रिपोर्ट, माटो, चट्टानको प्रकृति, चिनियाँ कम्पनीले पठाएको प्रारम्भिक अनौपचारिक रिपोर्ट लगायतका तथ्यांक अघि सारिने पनि स्पष्ट पारे । ‘कुनै पनि कम्पनीले हचुवाका भरमा अर्बाै लगानी गर्दैनन्, उनीहरुलाई कन्भिन्स गर्न हामीले आधारहरु तयार पारिसकेका छौं’, रजौरेले भने ।

Share News