विकासन्युज

दुई महिनाभित्र ३५२ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी दुई महिनाभित्र ३५२ वटा स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)मा शाखा विस्तार गर्नु पर्ने भएको छ । वाणिज्य बैंकहरुको शाखा स्थापना नभएको स्थानीय तहमा तत्काल शाखा खोल्नको लागि संसदको विकास समितिले सरकारलाई निर्देशन दिने निर्णय भएको विकास समितिका सभापति रविन्द्र अधिकारीले बताए । सोमबार सिंहदरबारमा बसेको विकास समितिको बैठकले बजेटमा व्यवस्था भएअनुसार स्थानीय तहमा बजेट निकासा गर्न वाणिज्य बैंकहरुको शाखा अनिवार्य खोल्ने व्यवस्था मिलाउन अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समिति  बैठकमा सहभागि सरकारका मुख्यसचिव, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयको सचिवहरुले उक्त निर्णय स्वभाविक भएको र कार्यान्वयनमा पनि लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थसचिव शान्तराज सुवेदीले स्थानीय तहका लागि सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत २ खर्ब २५ अर्ब रुपैयाँ विनियोजन गरेको, सो रकम स्थानीय तहको संचित कोषमा सोझै निकासा गर्ने व्यवस्था गरिएको र स्थानीय तहले संचित कोष खाता ‘क’ वर्गको बैंकमा मात्र खोल्न सक्ने व्यवस्था गरिएको बताएका छन् । सोही व्यवस्था कार्यान्वयन गर्नको लागि स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा अनिवार्य भएको सभासदहरुले बताएका छन् । अर्थसचिव सुवेदीका अनुसार ७४४ स्थानीय तह मध्ये हालसम्म ३९२ वटा स्थानीय तहमा मात्र ‘क’ वर्गको बैंक शाखा भएको र ३५२ वटा स्थानीय तहमा अझै ‘क’ वर्गका बैंक नपुगेको बताए । विकास समितिको निर्णय र निर्देशन अनुसार २ महिनाभित्र ती स्थानमा वाणिज्य बैंकहरुलाई शाखा खोल्ने व्यवस्था राष्ट्र बैंक मार्फत गरिने उनले बताए ।

सिभिल बैंकको हटौडा शाखा स्थान्तरण

काठमाडौं । सिभिल बैंक लिमिटेडले हेटौडाको बैंक रोडमा रहेको शाखा कार्यालयलाई हेटौंडाकै नयाँ सडकमा स्थानान्तरण गरेको छ । सो शाखाको उद्घाटन आइतबार हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महत र बैंकका संचालक प्रकाश तायलले संयूक्त रुपमा गरेका छन् । सिभिल बैंकले ग्राहकहरुको सेवाको लागि देश व्यापी रुपमा शाखा विस्तार गर्ने योजना रहेको बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

तराईका २० जिल्ला समृद्ध बनाउने हुलाकी राजमार्गले ६५ अर्ब खर्चदैँ, पूर्व पश्चिम जाेड्दै हुलाकी र रेलमार्ग

काठमाडौं । तराईका २० जिल्लालाई समृद्ध बनाउने हुलाकी राजमार्ग धमाधम निर्माण भइरहेको छ ।  यो राजमार्ग २०६४/६५ देखि निर्माण भइरहेको छ । यो राजमार्गले हालसम्म ५ अर्ब बजेट खर्च गरिसकेको छ भने चालू आवको लागि मात्रै चार अर्बभन्दा बढी रकम विनियोजन गरेको हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रले जानकारी दिए । सरकारले पछिल्लाे समय पूर्व पश्चिम जाेड्ने ९४५ कीमीकाे रेलमार्ग पनि निर्माणालाइ प्राथमिकता दिइरहेको छ । एकातिर नयाँ सडक सञ्जालले पूर्वपश्चिम जोड्दै छ भने अर्कोतिर यातायातको सबैभन्दा उपयुक्त माध्ययम मानिने रेलमार्गले पनि जोड्दै छ । हुलाकी राजमार्गको तुलनामा रेलमार्गको काम ढिलो भएकोले पहिले कुन यातायातको पहुँच छिटो हुन्छ भन्ने यकीन त छैन्, तर पूर्वपश्चिम रेल तथा सडक मार्गले भने जोडिने निश्चित भएको रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायको भनाइ छ । उनका अनुसार रेलको काम जति छिटो अगाडि बढ्यो नेपालको समृद्धि उत्ति नै नजिक भएको उल्लेख छ । एक किमी रेल बनाउन ३५ देखि ४० करोड खर्च लाग्छ । यो रकमको व्यवस्था गर्दै रेलको पुहँच बढाउदै जानुपर्ने आवश्यकता देखिएको उपाध्याकाे भनाइ छ । हुलाकी राजमार्गको कुल लागत जम्मा ६५ अर्ब रुपैयाँ हो यसमध्ये ५५ अर्ब सडकको लागि मात्रै रहेको छ भने बाँकी १० अर्ब रुपैयाँ यो राजमार्गमा निर्माण हुने पुलका लागि हो । यो राजमार्गमा दुई चरणमा गरी ३२ वटा सडक सन्जालले जोडिदैँ छ । पहिलो चरणमा नेपाल सरकारले ६ वटा र भारत सरकारको सहयोगमा अर्को १० वटा सडकको निर्माण भइरहेको छ । पहिलो चरणमा १६ वटा र दोस्रो चरणमा थप सडक निर्माण गर्ने गरी काम धामधम भइरहेको छ । याे राजमार्गलाइ अावश्यक बजेट निकासा गर्न सरकारले कन्जुस्याइँ नगर्ने हाे भने पाँच वर्षमा नै पूरा गर्न सक्ने दाबी हुलाकी राजमार्ग अायाेजनाकाे छ । हुलाकी राजमार्ग आयोजनाले दिएको जानकारी अनुसार यो सडकको कुल दुरी १७९२ किमीमा १५० वटा पुल हुने भएको छ । यसमध्ये ५३ वटा पुल बनिसकेको छ । ठेक्का लगाएर धमाधम काम भएका पुलको संख्या ५८ रहेको छ । बाँकी ३९ वटा पुलको पनि ३ वर्ष भित्रै निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढिरहेको आयोजनाले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ ९७५ किमि र तराईका २० जिल्लालाई महेन्द्र राजमार्ग र भारतीय सीमासम्म जोड्ने ८१७ किमिको यो मार्गको नमबाट निर्माण भइरहेको छ । यो सडक बनाउँन भारत सरकारले दिएको अनुदानबाट भारतीय सीमा जोड्ने सडक निर्माण भइरहेको छ । कतिपय सडकको ठेक्का लागिसकेको र कतिपय प्रक्रिया रहेको पनि उल्लेख छ । भारत सरकारले नेपाल सरकारलाई अदानुनमा दिएको आठ अर्ब रुपैयाँबाट यो काम हुन थालेको पनि उल्लेख छ । पूर्व पश्चिम पुग्ने विकल्प थप हुने हाल १०५० किमीको महेन्द्र राजमार्गले पूर्वपश्चिम जोडेको छ । यो मार्ग चुरे क्षेत्रबाट गएको तराईका कोर बस्ती नछोएकोले सरकारले तराईका जिल्लाको बास्तविक बस्ति नजिक हुने गरी हुलाकी राजमार्ग निर्माणको अभियान अगाडि सारेको छ । बाबुराम भट्टराई प्रधानमन्त्री भएपनि राष्ट्रिय गौरवको आयोजनामा परेको यो मार्ग त्यसपछिका हरेक वजेटमा प्राथमिकता पाउने गरेको छ । पछिल्लो सयम राजनीतिक दलबीच यो राजमार्ग जस लिने माध्ययम पनि बन्न थालेको छ । यसलाई विगत पाँच ७ वर्षदेखिको बजेटमा निरन्तरण उल्लेख हुन थालेको छ । तर, प्राथमकिताका साथ आवश्यक रकम भने चाहेजति सरकारले दिन सकेको छैन । यो राजमार्ग बनेपछि पूर्वपश्चिम जोड्ने सडक ३ वटा हुने भएको छ । महेन्द्र राजमार्गको १५ देखि २० किमी सडकको दुरीमा यो सडक बनेर पुर्वदेखि पश्चिम जान्छ । मध्यपहाडी लोकमार्ग पनि निर्माणाधिन अवस्थामै छ । यसपछि सरकारले पछिल्लो समय प्राथमिकता दिन थालेको पूर्वपश्चिम विद्युतीय रेलमार्ग पनि रहेको छ । यो रेलमार्ग निर्माण हुनु भनेको नेपालको अन्तर्राष्ट्रिय इज्जत हुनु, नेपालीको समृद्धिको बाटो बन्नु र नेपाललाई अन्तर्राष्ट्रिय रेलवे सञ्जालमा जोड्नु पनि भएको रेल विभागका उपाध्यायले जानकारी दिए ।

इण्डिगोको माया सेन्थेटिक इनामेल बजारमा, बर्षेनी नयाँ उत्पादन सार्वजनिक

काठमाडौं । इण्डिगो पेन्ट्सले माया सेन्थेटिक इनामेल बजारमा ल्याएको छ । आइतबार राजधानी गरेको एक कार्यक्रममार्फत यसले आफ्नो नयाँ प्रडक्ट सार्वजनिक गरेको हो । नयाँ प्रडक्ट मायाको औपचारिक विक्रि बिक्री वितरण सुरु भएको पनि यसले जानकारी दिएको छ । सोलभेन्ट बेस यो इनामेल उच्च गुणस्तर र लिड मुक्त रहेको दाबी कम्पनीले गरेको छ । याे कम्पनीले वर्षेनी नयाँ उत्पादन सार्वजनिक गर्न थालेकाे छ । हरेक वर्ष नयाँ नयाँ उत्पादन बजारमा ल्याउने पनि इण्डिगाेले जानकारी दिएकाे छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार यो इनामेलमा लिडको को मात्रा ९० पीपीएम भन्दा कम रहेको छ । जुन स्वाथ्यका हिसावले निकै राम्रो मानिन्छ । यो इनामेलको क्षमचा ७० देखि ८० वर्गफिट प्रति लिटर रहेको इण्डिगो पेन्ट्सका प्रबन्ध निर्देशक बेदु पाण्डेले जानकारी दिए । वि.सं. २०६५ सालमा स्थापना भएको यो कम्पनीले डिस्टेम्पर, इमल्सन, वेदरकोट, प्राइमर,वालपुट्टी लगायतका दुई दर्जन भन्दा बढि सेगमेन्टमा रंगहरुको उत्पादन गर्दै आइरहेको काठमाडौं, नारायणघाट, बुटवल, भैरहवा, पोखरा, दाङ, सल्यानमा वेचिरहेकाे छ । नेपालगञ्ज, धनगडी, महेन्द्रनगर, बीरगंज हेटौडा, इटहरी,लहान–गाईघाट, लगायतका मूलुकका प्रमुख शहरहरुमा कम्पनीका उत्पादन विक्रि वितरण भइरहेका छन् । कम्पनीले आफ्ना उत्पादनको बजार विस्तारका लागि विभिन्न योजनाहरु बनाईरहेको पनि कम्पनीको भनाइ छ ।

निगमकाे संचयकोषसँग १२ अर्बको ऋण सम्झौता, आज नागरिक लगानी कोषसँग हुँदै

काठमाडौं । नेपाल वायुसेवा निगमले आइतबार कर्मचारी संचयकोषसँग वार्षिक ९ प्रतिशत व्याजदर दिने गरी १२ अर्ब रुपैयाँको ऋण सम्झौता गरेको छ । दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज (वाइडवडि) खरिद गर्न निगमले दुई वटा संस्थाबाट बराबर ऋण लिने भएपनि संचयकोषसँग सम्झौता गरेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज नागरिक लगानी कोषसँग सोही अनुपातमा ऋण र व्याजदरमा ऋण सम्झौता हुँदै छ । उनका अनुसार दुबै संस्थासँग समान रकम र समान व्याजदरमा सम्झौता हुने भएपनि पहिले संचयकोषसँग भएको हो । त्यसपछि आज नागरिक लगानीकोषसँग सम्झोता गर्ने र तत्काल जहाज खरिद गर्ने कम्पनीलाई पहिलो किस्ता वापतको ८ अर्ब रुपैयाँ पठाउने पनि श्रेष्ठले जानकारी दिए । निगमले एयरवस कम्पनीको ए ३३० नामक २८० सिट क्षमताको जहाज खरिद गर्दै छ । निगमले यो जहाज किन्न गत चैत २५ गते गरेको सम्झौता अनुसार अबको एक वर्षमा नयाँ वाइडवडि जहाज पाउने भएको छ । २८० सिट क्षमतासम्मको यो जहाज आएपछि निगमले दशकौदेखि उडान रद्द गरेका गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।

भत्ता र सवारीसाधन खरिदमा जनप्रतिनिधिलाई अंकुश

काठमाडौं । सरकारले दिएको अनुदान रकमबाट स्थानीय तहले आफूखुशी समाजिक सुरक्षा भत्ता बाड्न र सवारी साधन खरिद गर्न नपाउने भएका छन् । निर्वाचन लगत्तै जनप्रतिनिधिले धमाधम सामाजिक सुरक्षा भत्ता बृद्धि र गाडि किन्ने योजना सार्वजनिक गरेपछि सरकारले यसमा अंकुश लगाएको छ । अर्थ मन्त्रायले स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता नबढाउन पनि सचेत गराएको छ । वडा कार्यालयका लागि भवन नभएका स्थानीय तहले गाडि किन्ने प्रक्रिया अघि बढाएको भन्दै यसलाई रोक्न पनि अर्थले निर्देशन दिएको छ । कारोबार दैनिकबाट ।

पीएचडी र एमफिलमा त्रिविको अंकुश, मापदण्ड पूरा नगरेकाले उपाधि नपाउने

काठमाडौं । न्यूनतम मापदण्ड पूरा नगरेका व्यक्तिलाई पनि विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) र एमफिलको उपाधि दिने प्रवृत्तिमाथि विश्वविद्यालय अनुदान आयोगले अंकुश लगाएको छ। आयोगले यी दुवै उपाधि प्राप्त गर्नुअघि सम्बन्धित व्यक्ति र उपाधि दिने संस्थाले पालना गर्नुपर्ने मापदण्डसहितको कार्यविधि बनाएको छ। आयोग बोर्डले कार्यविधि पारित गरिसकेको छ। कार्यान्वयनका लागि सबै विश्वविद्यालयमा पत्राचार गर्ने तयारी भइरहेको आयोगका सदस्यसचिव देवराज अधिकारीले बताए। यसअघि यी दुवै उपाधिलाई लक्ष्य गरेर एकीकृत निर्देशिका बनेको थिएन। एकीकृत कार्यविधि नहुँदा दुवै उपाधि वितरणमा विकृति भएको बारेमा प्रशस्त गुनासा आएका थिए। यिनै गुनासामाथि दुई वर्षसम्म अध्ययन गरेर आयोगले पहिलोपटक यस्तो निर्देशिका बनाएको हो। निर्देशिकाअनुसार पीएचडीको पढाइ सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले स्नातकोत्तर र एमफिल कार्यक्रम कम्तीमा पाँच वर्ष सञ्चालन गरेको हुनुपर्नेछ। अहिले नेपाल संस्कृत र लुम्बिनी बौद्ध विश्वविद्यालयले केही विषयमा स्नातकोत्तर तहको पढाइ सञ्चालन नै नगरी पीएचडीको उपाधि मात्र प्रदान गरिरहेको आयोगले जनाएको छ। पीएचडीको पढाइ जुनसुकै संस्थाबाट प्रदान गरिने भए पनि सबैको विद्यावारिधि कार्यक्रम न्यूनतम तीन वर्ष वा सोसरह क्रेडिट घन्टाको हुनु पर्नेछ। विद्यावारिधि कार्यक्रम खुला सिकाइ तथा दूरशिक्षा विधिबाट सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ। विद्यावारिधि कार्यक्रम न्यूनतम ३ वर्ष वा सोसरह ‘क्रेडिट’ घन्टाको हुनु पर्नेछ। यसअघि विश्वविद्यालयअनुसार क्रेडिट तोकिएको थियो। शैक्षिक संस्थाले सञ्चालन गरेको शैक्षिक कार्यक्रमअन्तर्गतका विषयमा आवश्यक विज्ञ उपलब्ध हुनसक्ने अवस्थामा मात्र विद्यावारिधि कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। यस्ता संस्थामा तीन वर्षदेखि निरन्तर कार्यरत विद्यावारिधि उपाधिसहितका कम्तीमा पूर्णकालीन वा आंशिक रूपमा कार्यरत दुई प्राध्यापक र ६ सहप्राध्यापक वा उपप्राध्यापक कार्यरत रहेको हुनुपर्नेछ। पीएचडी उपाधि पाउन सम्बन्धित व्यक्तिको न्यूनतम योग्यता पनि कार्यविधिमा तोकिएको छ। जसअनुसार सम्बन्धित विषयमा उच्च द्वितीय श्रेणी, ३ दशमलव जिरो सिजिपिए वा ४ दशमलव जिरो ग्रेडमा स्नातकोत्तर तह उत्तीर्ण गरी उच्च शिक्षा योग्यता प्रारुपले निर्धारण गरेको योग्यता पूरा गरेको व्यक्ति मात्र यो तहमा भर्ना हुन पाउनेछ। विश्वविद्यालय अनुदान आयोगले तोकेको राष्ट्रिय योग्यता परीक्षण वा आयोगले मान्यता दिएको अन्तर्राष्ट्रिय स्तरीकृत परीक्षणमध्ये एक परीक्षा उत्तीर्ण गरेको व्यक्ति पीएचडी कार्यक्रममा भर्नाका लागि योग्य हुनेछ। यसअघि यस्तो कुनै पनि पूर्वसर्त तोकिएको थिएन।सम्बन्धित विद्यार्थीलाई पीएचडी उपाधि दिनुअघि शैक्षिक संस्थाले एक जना अनुसन्धान क्षेत्रको विदेशी विज्ञसहित सम्बन्धित विषयका कम्तीमा तीन जना विज्ञ रहने गरी मूल्यांकन समिति गठन गर्नुपर्ने र उक्त समितिले पेस भएको शोधप्रबन्धको अन्तिम मूल्यांकन गर्ने व्यवस्था गरिएको छ। अन्नपूर्ण पोस्टबाट ।

अन्तर्राष्ट्रिय अपराधी बचाँउन नेपाली चेलीको प्रयास, शोभराजलाई बचाउन निहिताको रगत

काठमाडौं । ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय करागारका जेलर वेदप्रसाद खरेलसँग रुँदै वेदना पोख्दा चाल्र्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो। शारीरिक मात्र होइन मानसिक रूपमा पनि उनी निकै कमजोर भइसकेका थिए। १३ वर्ष जेल बस्दा उनी सधैँ दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो। उनी भाग्न सक्ने डरले मात्र होइन, उनीमाथि हमला हुन सक्ने डरले पनि प्रशासनले शोभराजलाई गोलघरमा राखेको थियो। तर, उनी कैदीबन्दीसँग मात्र होइन, जेलर र प्रहरीसँग पनि सधैँ उच्च मनोबलका साथ कुरा गर्थे। सुन्धारास्थित केन्द्रीय कारागारमा पनि अस्पताल छ। त्यसैले सामान्य अवस्थामा उनको स्वास्थ्योपचार त्यही अस्पतालभित्र हुन्थ्यो। तर, जब उनको मुटुको भल्भमा समस्या छ भन्ने प्रारम्भिक रिपोर्ट आयो, थप जाँच गर्न उनलाई गंगालाल अस्पताल लगियो। गंगालालका डाक्टरले शोभराजको अवस्था प्रतिकूल भएको भन्दै छिटै अप्रेसनको तयारी गरे। शोभराजले नेपालमा आफूमाथि षड्यन्त्र भएको आशंका गर्दै अप्रेसन गर्न अस्वीकार गरेका थिए। तर, सम्पूर्ण मेडिकल रिपोर्ट आफ्नो मातृभूमि फ्रान्स पठाएर त्यहा“का डाक्टरले पनि अप्रेसन अनिवार्य छ भन्ने पुष्टि गरेपछि मात्र उनी अप्रेसनका लागि तयार भएका हुन्। शोभराजको मुटुको अप्रेसन २ असारका लागि मात्र तय भएको थियो। तर, समस्या जटिल हुँदै गएपछि डाक्टरहरूले सोमबार नै उनको अप्रेसनको तयारी गरेका छन्। केन्द्रीय कारागारका जेलर खरेलका अनुसार शोभराजलाई शुक्रबार गंगालाल अस्पतालमा भर्ना गरिएको छ। उनलाई गंगालाल अस्पतालको डिलक्स रुममा राखिएको छ। निहिताले दिइन् रगत अप्रेसनका लागि शोभराजकी ‘श्रीमती’ निहिता विश्वासले रगत दिएकी छिन्। अस्पताल स्रोतका अनुसार निहिताको पनि रगत समूह ओ पोजेटिभ भएकाले उनले शोभराजका लागि रक्तदान गरेकी छिन्। तर, अप्रेसनका लागि थप रगत अस्पतालले पनि व्यवस्थापन गरेको छ। निहिता आइतबार आमा शकुन्तला थापासहित शोभराजलाई भेट्न अस्पताल पुगेकी थिइन्। निहिताले लामो अन्तरालपछि मात्र शोभराजलाई भेटेकी हुन्। आठ वर्षअघि शोभराजले जेलमै सिन्दुर हालेर निहितालाई श्रीमती बनाएका थिए। तर, पछिल्लो समय निहिता शोभराजलाई भेट्न जेल जान छाडेकी थिइन्। पछिल्लो समय उनीहरूबीचको सम्बन्ध राम्रो थिएन। यद्यपि, निहिताले अप्रेसनका क्रममा रगत दिएर शोभराजप्रति माया देखाएकी छिन्।का काे हुन त शोभराज ? बिकिनी किलरका रूपमा कुख्याती कमाएका शोभराजको जीवन अनौठो र रहस्यमय छ। अविवाहित आमाको सन्तानका रूपमा सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। उनको वास्तविक नाम चाल्र्स गुरुमुख शोभराज हो। बाल्यकाल उनले फ्रान्समै बिताए। पर्याप्त पारिवारिक वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने र अपराधका गतिविधि गर्ने गर्थे। उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए। पेरिसको एक घरमा गरेको चोरी उनको जीवनको पहिलो आपराधिक खुट्किलो थियो। जसमा उनी असफल भए र करिब एक वर्ष जेल बसे। जेलमा उनले आफूलाई विशेष व्यवहार गर्न जेलका अधिकारीलाई बाध्य बनाए। फ्रान्सको सोही जेलमा उनको जीवनको अर्को महत्वपूर्ण घटना घट्यो। उनले त्यहाँको अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इसकोन्जीलाई भेटे। जेलबाट दुवैजना छुटेपछि त्यहा“को अन्डरवल्र्ड समूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गबारे धेरै सूचना बटुले। एकपछि अर्का गर्दै पेरिसका ठूला चोरीका घटनामा उनले सफलता हात पारे। त्यो सिलसिला करिब सात वर्ष चल्यो। त्यहीबीचमा उनको चान्तासनामक युवतीसँग भेट भयो। जसलाई उनले प्रेम प्रस्ताव राखे र युवतीले सहजै स्विकारिन्। पछि उनीहरूले बिहे गरे। यसबीचमा प्रहरीले उनीमाथि निगरानी बढाएपछि उनले फ्रान्स छाड्ने कुटिल निर्णय गरे। पूर्वी युरोपमा केही दिन बसेर उनी सन् १९७० मा श्रीमतीका साथ भारतको मुम्बई आए। पूर्वी युरोपमा रहँदा पनि उनी निकै चलाखीसाथ चोरी गर्न सफल भए। भारत आएपछि करिब एक वर्ष उनले इमानदार जीवन बिताएको उनीबारे लेखिएको ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’नामक पुस्तकमा उल्लेख छ। तर, इमानदार जीवन बिताउने रहर बोकेर उनी मुम्बई आएका भने थिएनन्। मुम्बईमा उनले कार चोर्ने र बेच्ने धन्दा गर्न थाले। जुवामा विशेष सोख भएकाले त्यसरी कमाएको पैसा उनी जुवा खेलेर सिध्याउँथे। तर, एक वर्षको बीचमै उनी होटेल अशोकामा रहेको सुनपसल चोरीमा समातिए। तैपनि उनी जेलबाट भाग्न सफल भइसकेकोमा तत्कालै उनलाई प्रहरीले समातेको थियो। आफू बसेको होटेलको कोठाबाट पसलमा प्वाल पारेर उनले त्यो चोरी गरेका थिए। पछि धरौटीमा त्यहाँबाट रिहा भएपछि उनी अफगानिस्तानको काबुल पुगे। काबुलमा पर्यटक लुट्ने धन्दामा लागे र दर्जनौँ घटनापछि मात्र समातिए। चतुर शोभराज प्रहरीलाई झुक्याउँदै बिरामी भएको र अस्पताल जाने बहानामा त्यहीँबाट भागेर भारत आए। त्यसपछि इरान, टर्की र ग्रिसमा दुई वर्ष बिताए। त्यहाँ पनि उनको आपराधिक गतिविधि जारी नै थियो। चोरीको पासपोर्ट प्रयोग गरेर उनी इरान हुँदै टर्कीको राजधानी इस्तानबुल पुगेका थिए। जहाँ उनका भाइ एन्ड्री बस्थे। इस्तानबुलमा शोभराज र एन्ड्रीको आपराधिक गतिविधि झन् सशक्त बन्यो। पछि ग्रिसमा उनीहरूलाई समातियो। उनीसँगै पक्राउ परेका भाइ एन्ड्रीले १८ वर्ष जेलमा बिताउनुपरेको थियो। उनी भने थाइल्यान्ड भागेका थिए। थाइल्यान्डबाटै उनले कुख्याती कमाएका हुन्। त्यहाँ लगातार उनले तीन पर्यटकको हत्या गरे। त्यहा“ उनी कुटिल लागुऔषध कारोबारीका रूपमा प्रस्तुत गरेर पर्यटकसँग नजिकिने गरेका थिए। त्यसरी लगातार तीन पर्यटकको हत्या भएको घटनाले थाइल्यान्डमा हंगामै मच्चियो। हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी भारत आए। त्यहाँ एक भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग उनको दोस्ती बढ्यो। त्यसपछि उनीहरूले मिलेर भारत, नेपाल र मलेसियामा दर्जनौँ आपराधिक काम गरे। तर, चलाखीका कारण उनी कहिल्यै पक्राउ परेनन्। सन् १९७५ को कुरा थियो यो। सोही वर्ष उनीहरू थाइल्यान्डमा हत्या गरेका पर्यटकको पासपोर्ट लिएर नेपाल आएका थिए। नेपालमा उनीहरूले तीन विदेशी नागरिकको हत्या गरे। नेपालमा त्यसरी हत्या गरेपछि नेपाल प्रहरीलाई झुक्याउँदै भारत छिरेका शोभराजको आपराधिक जीवनको महत्वपूर्ण समय रह्यो। अरू तीन युवतीसँग मिलेर भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीलाई आफूहरू उनीहरूको गाइड बताएर झुक्याउँदै हत्या प्रयास गरेकोमा उनलाई प्रहरीले पक्राउ ग¥यो। सो घटनामा उनलाई आजीवन कारावासको सजाय हुने धेरैको अनुमान थियो। तर, उनकी सहयोगी अर्की महिलालाई प्रमुख दोषी ठहर्‍याएर उनलाई १२ वर्षको मात्र जेल सजाय सुनाइयो। नयाँ पत्रिका दैनिकबाट ।