विकासन्युज

निर्वाचन सामग्री मतपत्रदेखि सियोधागोसम्म

काठमाडौँ । निर्वाचन आयोगले द्रुत गतिमा अगाडि बढाएको निर्वाचन सम्पन्न गर्न के–के आवश्यक हुन्छ भन्ने प्रश्नको उत्तरमा खासै ध्यान जाँदैन । आम मानिसको ध्यान अर्बौ रकम, हजारौँ सुरक्षाकर्मी, निर्वाचन अधिकृत, भौतिक तथा मानवीय व्यवस्थापनमा मात्रै ध्यान जाने गर्छ । तर निर्वाचनमा प्रयोग हुने तथा आवश्यक सामग्रीमा मतपत्र, मतपेटिकादेखि सियो र धागोसम्म आवश्यक हुन्छ ।  निर्वाचन आयोगले भनेको छ, “निर्वाचनका लागि सामग्री व्यवस्थापन अत्यन्त महत्वपूर्ण र चुनौतीपूर्ण कार्य हो ।” निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न गर्न मतदान केन्द्रमा मतपत्र, मतपेटिका, छेकबारा, सुरक्षण सिलदेखि प्याकिङ सामग्री, ऐन, नियम, निर्देशिका, आचारसंहिता, अनुसूची फारम, जुटको बोरा, प्लाष्टिक थौला, कार्टुन बक्स, टिनका बाकसलगायत सामग्री आवश्यक पर्छन् । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्रीको विवरणअनुसार करिब ६६ वटा सामग्री प्रयोगमा आउने छन् । आयोगले संवेदनशील सामग्रीमा मतदाता नामावली, मतपत्र, मतपेटिका (बिर्को समेत), मतपेटिकाको सुरक्षण सील, स्टयाम्प प्याड, स्टयाम्प प्याड मसी, स्वस्तिक छाप र नमेटिने मसीलाई राखेको छ । मतपेटिका स्टिकर, कलम, मैनबत्ती, लाहा, खामदेखि धागो, सियो, कार्डदेखि टेबुल घडीसम्मको सामग्रीलाई कम संवदेनशील निर्वाचन सामग्रीभित्र राखेको छ । आयोगले पुनःप्रयोगमा आउने र नआउने सामग्री भनेर वर्गीकरण गरेको छ । मटपेटीका, सुरक्षण सील, कैची, क्यालकुलेटर, म्याटसहित १६ वटालाई पुनः प्रयोग हुने र अन्यलाई पुनः प्रयोग हुन नसक्ने भनेको छ । निर्वाचन आयोगले निर्वाचन सामग्री जिल्ला पठाउने तथा कतिपय सामग्री जिल्ला निर्वाचन कार्यालयले आफैँले खरिद गर्न पाउने व्यवस्था गरेको छ । मतदान सम्पन्न गर्नका लागि सामान्य अर्थ राख्ने सामग्रीले विशेष महत्व पाउँछ । आयोगले निर्वाचन सामग्रीको अनुमान, प्राप्ति, भण्डारण र ढुवानी कार्यलाई व्यवस्थित गर्न विस्तृत कार्ययोजना नै बनाएको छ । मतदानका लागि आवश्यक सामग्रीमध्ये जिल्लामा हुने मतदान केन्द्रको संख्याका आधारमा हुने आयोगले जनाएको छ । कुल आवश्यक सामग्रीको २५ प्रतिशत सामग्री आयोगले जगेडा राख्छ । रासस

एनआईसी एशिया बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ७ वर्ष अवधि, ९ प्रतिशत व्याजदर

काठमाडौं । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ९ प्रतिशत व्याजदरको ७ वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र २०८१/०८२’ निष्काशन गर्न लागेको हो । बैंकले १,००० रुपैयाँ अंकित दरका ३०,००,००० कित्ताले ऋणपत्र निष्कासनको निमित्त नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (२ अर्ब ४० करोड) व्यक्तिगत र २० प्रतिशत (६० करोड) सर्वसाधारणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृत पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुत्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ । ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस ऋणपत्रले लगानी कर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकले विश्वास राखेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने जानकारी दिए ।

कार्ल्सबर्गको १७० औं वर्षगाठ, ज्याकोब्सनको तस्वीर प्रदर्शनी नेपालमा

ललितपूर । गोर्खा ब्रुअरीले कार्ल्सबर्गको १७० औं वार्षिकोत्सवको अवसर पारेर पाटन संग्राहलयमा फोटो प्रदर्शनी गरेको छ । कम्पनीको कथा बोकेको र संस्थापक जेसी ज्याकोब्सेन परिवारको १८ औं शताब्दीदेखि अहिलेसम्मका फोटा दस्तावेजीकरण गरेर प्रदर्शनी गरिएको हो । गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले पुराना दिनको सम्झनामा प्रदर्शनी आयोजना गरिएको बताए । वार्षिकोत्सवको सुरुवात गत अगष्टमा कोपेनहेगनमा एक सातासम्म प्रदर्शनी गरिएको थियो । जेसी ज्याकोब्सनले आफ्नो प्रयोगशालामा पिएच-स्केल र शुद्ध इष्टको वैज्ञानिक खोज गरेका थिए । इष्ट बिग्रिएर सम्पूर्ण उद्योग नै प्रभावित भएको समयमा उनले गरेको खोजले नै ब्रुइङ उद्योगलाई पूनर्जिवन दिएको हो । सन् १८७५ मा ज्याकोब्सेनले कार्ल्सबर्ग प्रयोगशाला स्थापना गरेका थिए । त्यसपछि कार्ल्सबर्गले यसले खोज तथा अनुसन्धानका क्षेत्रमा लगानी रहेको विश्वकै ठुलो औद्योगिक कम्पनीको रुप लियो । अनुसन्धानबाट प्राप्त सम्पूर्ण कुरा उद्योगमा खर्च गरिन्थ्यो । ज्याकोब्सनले भनेका थिए, ‘हामीले विश्वकै उत्कृष्ट बियर उत्पादन गरिरहेका छौं । त्यसलै प्रतिस्पर्धीदेखि डराउनु आवश्यक छैन ।’ युवक जेसी ज्याकोब्सन परिवारका साथ ज्याकोब्सन कामदारका साथ ज्याकोब्सन

भूकम्पपीडितलाई सहज रुपमा ऋण उपलब्ध गराउन पुनःनिर्माण प्राधिकरणकाे निर्देशन

काठमाडौँ  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लाका पीडितलाई निब्र्याजी ऋण तथा अनुदान सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंकर्स एशोसिएशन र कर्जा सुरक्षण निगमका पदाधिकारीलाई बोलाएर सामूहिक वा धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने सम्बन्धमा भइरहेका कामका विषयमा छलफल गर्दै यस्तो निर्देशन दिएका हुन्। बैठकमा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी, राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटी, बैकर्स एशोसिएशनका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रलगायतसँग प्रमुख कार्यकारी अधिकृत भुसालले छलफल गरेका हुन्  । भूकम्प प्रभावित पीडितलाई बैंकिङ सुविधा प्रदान गर्न स्थानीय तहमा बैंकका शाखा खोल्ने, बैंकको पूर्वप्रतिबद्धतालाई छिटो अगाडि बढाउने, साविकदेखि बैंक शाखा सञ्चालन भएको वा सम्बन्धित गाउँपालिका र नगरपालिकामा रहेको सुरक्षा निकायको नजिकै बैंक शाखा खुलिसकेको भए हाललाई त्यहीँबाटै कारोबार गर्ने निर्णय भएको छ । नयाँ खुल्ने बैंकका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था, सूचना तथा सञ्चार, सडक, खानेपानी, विद्युत्लगायत पूर्वाधारको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयमा अनुरोध गरिने भएको छ । ‘क’ वर्गका बैंक (वाणिज्य बैंक) पुग्न नसकेको स्थानीय तहका स्थानमा ‘ख’ वर्गका बैंकले शाखा खोलिसकेको वा खोल्न अनुरोध भइआएका खण्डमा त्यस्तो बैंकमार्फत समेत सरकारी कारोबार सञ्चालन गर्न राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ । भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा तत्काल बैंकका शाखा पुग्न कठिन भएमा वैकल्पिक बैंकिङ सेवामार्फत लाभग्राहीलाई सेवा पुयाउने व्यवस्था गरिदिन राष्ट्र बैंकलाई प्राधिकरणले अनुरोध गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार हालै जारी भएको सामूहिक वा धितो जमानीमा भूकम्पपीडितलाई निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि २०७४ संशोधनका लागि कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको छ । प्राधिकरण, योजना, बजेट तथा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख संयोजक रहेको सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा अर्थ मन्त्रालय, बैंक तथा वित्तीय महाशाखा प्रमुख, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग कार्यकारी निर्देशक, महालेखा नियन्त्रकको कार्यालयका उपमहालेखा नियन्त्रक, बैंकर्स एशोसिएशनका प्रतिनिधि, कर्जा सुरक्षण निगमका प्रतिनिधि सदस्य र प्राधिकरण विकास सहायता समन्वय शाखा प्रमुख सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको हो । कार्यदलले २०७४ मंसिर ७ गतेभित्र प्रतिवेदन पेश गर्ने गरी समय दिइएको छ । सामूहिक वा धितो जमानीमा पीडितलाई निब्र्याजी ऋण उपलब्ध गराउने बैंकलाई ब्याज उपलब्ध गराउन सरकारले कोष खडा गर्नुपर्ने व्यवस्था कार्यविधिको दफा ४ मा उल्लेख छ । सो व्यवस्थाअनुसार कोष राष्ट्र बैंकमा खडा गरिदिन प्राधिकरणले अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ । भूकम्पपीडितलाई सहुलियत ऋण वा निब्र्याजी ऋण दिन बैंकले गरेका काम जनतालाई जानकारी दिन तथा लाभग्राहीका गुनासो समयमै सम्बोधन गर्न प्रत्येक बैंक तथा वित्तीय संस्थाले एक सम्पर्क व्यक्ति तोक्ने र सोको सूचना सार्वजनिक गरिने भएको छ । प्राधिकरणको कारोबार गर्ने प्रायोजनका लागि कार्य सञ्चालन खाता खोल्न कृषि विकास बैंकलाई स्वीकृति दिन राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । पीडितलाई सहुलियत तथा निब्र्याजी ऋण उपलब्ध गराउन यसअघि भएका सम्पूर्ण निर्णयसमेत अध्ययन गरी प्रक्रियालाई सरलीकरण गर्न कार्यदलले सुझाव दिने निर्णय पनि भएको प्राधिकरणका प्रवक्ता भुसालले बताए । रासस

अब नेपालको आर्थिक, सामाजिक रुपान्तरणले मुर्तरुप पाउँछ : राष्ट्रपति भण्डारी

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालको आर्थिक सामाजिक रुपान्तरणले मूर्तरुप पाउने  बताएकी छिन् । ऐतिहासिक सिन्धुली गढीको २५० औँ विजय उत्सवको अवसरमा ठूलो गढीमा झण्डोत्तोलनपछि राष्ट्रपति भण्डारीले अबको प्रतिनिधिसभा र प्रदेशसभाको सफल निर्वाचनपछि आर्थिक सामाजिक रुपान्तरणले मूर्तरुप पाउने बताइन् ।   संविधानले निर्दिष्ट गरेअनुरुप संघीय संसद र प्रदेशस्तरमा निकट भविष्यमा हुन लागेको निर्वाचनमा सवैको उत्साहपूर्वक सहभागिता र सक्रिय सहयोगको आफूले अपेक्षा गरेको उनले बताइन् । निर्वाचनको सफल सञ्चालनले देशमा राजनीतिक स्थायित्व सुदृढ पार्नुका साथै आम जनताको जीवनस्तर दु्रतगतिमा अघि बढ्ने विश्वास लिएको राष्ट्रपति भण्डारीको भनाइ छ । उनले नेपालको गौरव गाथालाई माथि उठाउन सिन्धुलीगढीले निर्वाह गरेको भूमिकालाई मध्यनजर गर्दै पुरातात्विक उत्खनन, संरक्षण, ऐतिहासिक दरवारको भग्नावशेषको संरक्षण तथा सम्वद्र्धन गरेर पूर्वाधार विकास गरी गढीको पर्यटन विकासमा यथोचित ध्यान पु¥याउनुपर्ने आवश्यकता भएको बताइन् । सिन्धुलीगढीको विकास र विस्तारका लागि महत्व दिएर विजयोत्सव आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यसको निरन्तरताका लागि राष्ट्रपति भण्डारीले शुभकामना समेत दिइन् । साँस्कृतिक सम्पदाको विविधताबीच एकताको सुदृढ जगमा उभिएको नेपाली समाजको प्रतिविम्ब सुन्दर सिन्धुली जिल्ला भएको पनि राष्ट्रपतिले उल्लेख गरिन् । सिन्धुली जिल्लाको मौलिक संस्कृतिको जगेर्ना गर्दै सिन्धुलीलाई आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रका रुपमा विकास गर्न सकिने राष्ट्रपतिको भनाइ थियो । सिन्धुलीमा कृषि व्यवसायको आधुनिकीकरण गर्दै बजार प्रवद्र्धन गर्नसके फलफूल, जडिबुटी, अम्रिसो, दुग्धजन्य पदार्थ, वेसार, अदुवालगायतका माध्यमबाट जिल्लाका नागरिकको आयस्तर माथि उकास्न मद्दत पु¥याउने राष्ट्रपति भण्डारीले बताइन् । कार्यक्रममा जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख शंकर बर्माले सिन्धुलीका सिन्धुलीगढी, हरिहरपुर गढी तथा अन्य पर्यटकीय क्षेत्रहरूको व्यवस्थापन र पुनःनिर्माणका साथै संरक्षणमा उचित ध्यान दिन आग्रह गरेका िथए । कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीको पुनःनिर्माणमा लागिपरेको बताए। आफ्नो नेतृत्वको नगरपालिकाले सिन्धुलीगढीमा जीर्ण रुपमा रहेको सिन्धुलीगढी दरबारको पुनःनिर्माण, युद्ध तथा योद्धाहरूको स्मारक, गढी क्षेत्रको जैविक विविधताको रक्षा, युद्ध संग्रहालय, अंग्रेजसँग खोसिएको तोपको पुनःस्थापना, पौवा गढीको ऐतिहासिक ढोका निर्माण, भ्यू टावर निर्माण, गढी क्षेत्रमा खानेपानीको व्यवस्था लगायत थुपै्र कार्य गर्नुपर्ने बताए । विश्वमा आफ्नो साम्राज्य कायम गर्दै हिँडेका अंग्रेज सेनालाई पहिलो पटक विसं १८२४ कात्तिक २४ गतेका दिन कहिल्यै नफर्कने गरी हार चखाएको स्मरणमा विगत आठ वर्षदेखि यसदिन सिन्धुलीगढीमा विजय उत्सव मनाउँदै आइएको छ । कप्तान किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई विसं १८२४ को मध्यमा यही स्थलमा गोर्खाली फौजले बहादुरीपूर्वक लडेर परास्त गरेका थिए । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजको नेतृत्व श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङको टोलीले अंग्रेज फौजलाई सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख भएको सिन्धुलीगढीका अन्वेषणकर्ताको भनाइ छ । यसैबीच, सिन्धुलीगढीको प्रचारप्रसार गर्न र संरक्षण गर्ने उद्देश्यले काठमाडाैदेखि ऐतिहासिकस्थल सिन्धुलीगढीसम्मको साइकलयात्रा सम्पन्न भएको छ । विश्व साइकलयात्री पुस्कर शाहको नेतृत्वमा सिन्धुलीगढीसम्मको साइकल यात्रामा सहभागी २५० जना साइकलयात्रीलाई सिन्धुलीगढीमा आज स्वागत गरियो । सिन्धुलीगढी विजय उत्सवको २५० वर्ष पुगेको अवसरमा २५० जनाको साइकल यात्राको आयोजना गरिएको समृद्ध सिन्धुलीका अभियन्ता लिलानाथ घिमिरेले बताए । विजय उत्सव समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी तथा जिल्लावासीको ठूलो उपस्थिति थियो । रासस

गाईपालन व्यवसायबाट मनग्य आम्दानी

 कपिलवस्तु । नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ बोडगाउँका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका हुन् । तेह्र वटा गाईबाट व्यवसाय शुरु गरेका पौडेलले पाँच कट्ठा जमिन भित्र गाईपालनका लागि गोठ बनाएका छन् । उनले तीन बिगाहा जमिन भाडामा लिएर पशुपालन व्यवसायका लागि घाँसखेती, धानखेतीसमेत गर्दै आउनुभएको छ ।७ लाखबाट व्यवसाय शुरु गरेका पौडेलले अहिलेसम्म गाईपालनमा १५ लाख रूपैयाँ बराबरको लगानी गरिसकेका छन् । विसं २०७० देखि आफ्नै जग्गामा व्यावसायिक गाईपालनतर्फ लागेका पौडेलको फार्ममा होलस्टिन र जर्सी जातका २१ वटा गाई र दुई वटा भैँसीसमेत छन् । दैनिक १०० देखि १२५ लिटर दूध बेचेर उहाँले मासिक १ लाख २५ हजार रूपैयाँसम्म आम्दानी गरछन्। गाईपालन मेहनतको पेशा भएकाले घरपरिवारको सहयोगमा मिलेर काम गर्ने गरेको छु भन्दै उनले यसबाट बालबच्चाको शिक्षा, घरपरिवारको दैनिक खर्च कटाएर मासिक रु ५० हजार जति आम्दानी हुने गरेको जानकारी दिए । पौडेलले भने, “स्थानीय दुग्ध सहकारीमा दूध बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको हुँ ।” सरकारले किसानलाई अनुदान दिने विषयमा ढिलासुस्ती गर्दा किसान मारमा परेको उनको गुनासो छ । भारतमा ३० वर्षसम्म रोजगारी गरेर नेपाल आएका पौडेलले अनुभवका आधारमा गाईपालन व्यवसाय शुरु गरेका हुन् । नेपालमा पशुपालन कृषकलाई दाना, मल, बिजुली बत्ती, पानीमा अनुदान दिनुपर्ने मागसमेत उनकाे छ । “कृषि प्रधान देश भनेर भन्ने गरे पनि कृषि पेशाप्रति राज्य उदासीन छ, उनले भने , यो पाराले देशमा कृषि क्रान्ति हुँदैन ।” विगत केही वर्षयता जिल्लामा व्यावसायिक गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको छ । यातायातको सुविधा गाउँगाउँसम्म पुगेपछि गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको हो । स्थानीयस्तरमा दुग्ध सहकारी संस्था सञ्चालनमा आएपछि झनै किसानलाई राहत मिलेको छ । जिल्लामा १०० भन्दा बढी गाईपालन फार्म दर्ता भएको जिल्ला पशु विकास अधिकृत अब्दुल सलामले बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्र वाणगंगा र बुद्धभूमि नगरपालिकामा सबैभन्दा बढी व्यावसायिकरुपमा गाईपालन गरिँदै आएको अधिकृत सलामको भनाइ छ । कपिलवस्तुबाट वार्षिक २१ हजार मेट्रिक टन दूध उत्पादन हुँदै आएको पशु विकास कार्यालयले जनाएको छ । यहाँको दूध बुटवल, भैरहवा हुँदै चितवनसम्म पुग्ने गरेको छ । जिल्लाको दक्षिणी भेगमा व्यावसायिकरूपमा भैँसीपालन गर्ने किसानको संख्या बढे पनि उत्तरी क्षेत्रमा व्यावसायिक गाईपालन हुने गरेको कार्यालयले जनाएको छ । “गाईपालन गरेका कृषकलाई कार्यालयले बेलाबेलामा अनुदान दिँदै आएको छ उहाँले भने, त्यसले गर्दा किसानलाई उच्च मनोबल मिलेको छ ।” –––

‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रजातन्त्र रहने कि साम्यवाद ल्याउने भन्नेबीच भएको बताएका छन्। विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भने “प्रजातन्त्रलाई संगठित रुपमा सिध्याई साम्यवाद स्थापना गर्न एमाले र माओवादी एक भएर लागेका छन्, यसका विरुद्ध जनताले निर्वाचनमा प्रजातन्त्र पक्षमा मत दिई फैसला दिनुपर्छ ।” काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय निकायको निर्वाचनमा जनताले कम्युनिष्ट दललाई पहिलो स्थानमा पुयाए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई पहिलो स्थान दिन जनतासित आग्रह गरे । “कम्युनिष्ट शासन आएमा खुलेर बोल्न, निर्धक्क लेख्न पाइन्न, बहुदलीय प्रतिष्पर्धा त कता हो कता, मानवअधिकार भन्ने केही रहन्न ”, उहाँले भने । प्रधानमन्त्री देउवाले आफ्नो पार्टी जहानियाँ राणा शासन, पञ्चायत तथा निरंकुश तत्कालीन राजा ज्ञानेन्द्रका विरुद्धमा अग्रमोर्चामा लडेको र अब पनि प्रजातन्त्रविरुद्ध देखा पर्नेका विरुद्ध लड्ने बताए । प्रधानमन्त्री देउवाले निर्वाचनमा आफ्नो पार्टीले पहिलो स्थान प्राप्त गरेमा प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिको यात्रामा देश अगाडि बढ्ने छ भने । उहाँले प्रजातन्त्र स्थापना गर्न सिंहले देखाउनुभएको त्याग, समर्पण र निष्ठालाई सबैले अनुसरण गर्नुपर्छ भने। कार्यक्रममा काँग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंह अवसरवादी राजनीतिभन्दा सिद्धान्तको राजनीतिमा अडिग र निष्ठावान् व्यक्तित्व भएको स्मरण गर्दै उनले नेपाली जनतालाई रैतीबाट सार्वभौम बनाउन जीवनभर लडिरहेकाे बताए । सर्वाेच्च कमाण्डरका सुपुत्र सिंहले विसं २०४६ को ऐतिहासिक जनआन्दोलन गणेशमानको नेतृत्वमा भएको र कम्युनिष्टलाई बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा ल्याउन उच्च उदारता देखाएको बताए । फाउण्डेशनका अध्यक्ष एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली राजनीतिमा गणेशमान लौह पुरुषका रुपमा रहिरहने बताउँदै प्रजातन्त्रका लागि उनको योगदान, त्याग र निष्ठाको स्मरण गरे । आफ्नो सक्रिय राजनीतिक जीवनको छ दशकमध्ये गणेशमानले १५ वर्ष कारागार र १५ वर्ष निर्वासनमा बिताउनुपरेको थियो । विसं १९९७ मा उहाँ राणाशासनका विरुद्ध सक्रिय राजनीतिमा उत्रिएका िथए ।  रासस

५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने

काठमाडौँ  । नेकपा(माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताएका छन् ।  सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको उनले जानकारी दिए । गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पुयाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गरे । हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना नेकपा(माओवादी केन्द्र) ले राखेको जानकारी दिए । त्यस्तै जिल्लामा चार वटा शीतभण्डार स्थापना गरी तरकारी तथा फलफूल भण्डारण गरेर बेमौसमा बजारमा पठाइने व्यवस्था मिलाइने जनाइएको छ । रासस