सिटी एक्सप्रेस मनी ट्रान्सफरले शुरु गर्यो भाइबर सेवा, रेमिट्यान्स क्षेत्रमा पहिलो
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा शुरु गरेको छ । उक्त भाइवर सेवा मार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिट्यान्स सेवाको सम्पुर्ण जानकारी लिन सकिने छ । सिटी एक्सप्रेसको भाइबर सेवामार्फत ग्राहकरुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सक्नेछन् । साथै, यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र भनएर जोसुकैले पनि उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्धारा सेवा प्रदान गर्दै आईरहेको छ ।
चुनावी सुरक्षाका लागि अमेरिकी दूतावासले जारी गर्यो ‘ट्राभल एड्भाइजरी’, पर्यटकको सूरक्षाको जिम्मा हानले लिने
काठमाडौं । प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचनको पूर्व सन्ध्यामा अमेरिकी दूतावासवाट आफ्ना नागरिकहरुको सूरक्षाको दृष्टिकोणवाट ट्राभल एडभाइजरी जारी गरेको छ । यसै सन्दर्भमा होटल संघ नेपाल (हान)ले चुनावको समयमा नेपाल आउने पर्यटकहरुको आतिथित्य र सूरक्षामा कुनै कमी हुन नदिने जनाएको छ । चुनावको समयमा नेपाल आउने पर्यटकहरुको पुर्ण सूरक्षा गर्न, गराउन सूरक्षा निकायहरु लगाएत सम्वद्द सबै क्षेत्रवाट तदारुकताका साथ जिम्मेवारी बहन गराउनको लागि नेपाल सरकारवाट समेत निर्देशन जारी गर्न हुन हानले आह्वान गरेको छ । सन् २०१७ मा हाल सम्मकै सबैभन्दा बढी १० लाख पर्यटक भित्रीने अवस्थावाट अघि बढेको पर्यटन उद्योगमा आसन्न चूनाववाट पर्यटक आगमन प्रभावित हुन नदिन होटल संघ नेपाल सम्बन्धित सबैमा सूरक्षाको अधिकतम प्रत्याभूति हुने गरी काम गर्न आह्वान गरेको छ । चूनावको समयमा नेपाल भ्रमणमा आउन लागेका पर्यटकहरुलाई पनि कुनै संशय नलिइ ढुक्क भएर भ्रमणमा आउन समेत अपिल गरेको छ ।
एनबी इन्स्योरेन्स बन्यो आइएमई जनरल, रि-ब्राण्डिङ र आक्रामक बजार विस्तारको योजना
काठमाडौं । एनबी इन्स्योरेन्स अब आइएमई जनरल इन्स्योरेन्स कम्पनी बनेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत एनबीले आइएमई जनरल इन्स्योरेन्स कम्पनीका नामबाट कारोबार आरम्भ गरिएको घोषणा गरेको हो । ‘आजबाट एनबी इन्स्योरेन्सले विधिवत रुपले आइमएइ जनरल इन्स्योरेन्सका नामबाट कारोबार आरम्भ गरेको छ, तीन महिनासम्म रि-ब्राण्डिङ र आक्रामक बजार विस्तार गर्नेछौं’, आइमएइ समूहका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले भने । ५४ करोड चुक्ता पुँजी रहेको कम्पनीले ८० प्रतिशत हकप्रद जारी गरेर चालु आर्थिक बर्षमै ९५ करोड २० लाख चुक्ता पुँजी पुर्याउने र थप ५ प्रतिशत बोनस सेयर दिने योजना बनाएको छ । कम्पनीले असोज मसान्तसम्ममा २२ करोड प्रीमियम संकलन गरेर २ करोड ५५ लाख नाफा कमाएको छ । कम्पनीको जगेडा कोषमा २२ करोड रुपैंयाँ रहेको छ । कम्पनीले १८ वटा नयाँ शाखा थप्ने योजना अघि सारेको छ । हाल कम्पनीले २५ शाखा र १० वटा सेवा काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । १६६ जना कर्मचारीको संख्यालाई पनि बढाएर २५० जना पुर्याउने योजना बनाएको छ । १ अर्ब २० करोड प्रिमियम संकलन गरेर २० करोड नाफा कमाउने योजना अनुसार कम्पनीले बजारीकरण गरिरहेको जनाएको छ ।
राहुघाट आयोजनाको ठेक्का भारतको जयप्रकास एसोसियट्सले पायो, ४५ महिनामा बिजुली उत्पादन हुने
काठमाडौं । राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मेबारी भारतको जयप्रकास (जेपी) एसोसियट्स लिमिटेडले पाएको छ । आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र जययप्रकाशबीच बिहीबार ठेक्का सम्झौता भएको छ । काम सुरु गरेको ४५ महिनामा आयोजना सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो । ४० मेगावाट जडित क्षमता भएको आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । आयोजना ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको हो । आयोजनाको काम अगामी सन् २०२१ मा सम्पन्न हुने छ । भारतको निर्यात–आयात (एक्जिम) बैंकले सहमति दिएपछि ठेकेदार परिचालन हुने आयोजना प्रमुख श्रीरामप्रसाद पाण्डेले बताए । एक महिनाभित्र सहमति लिएर ढिलोमा माघदेखि ठेकेदार परिचालन हुने उनले जानकारी दिए । इलेक्ट्रोमेकानिकल प्याकेजका लागि छिट्टै ग्लोबल टेण्डर हुने पाण्डेले बताए । भारतको ऋण सहयोगमा आयोजना निर्माण हुन लागेको हो । भारतीय कम्पनीबीच प्रतिस्पर्धा गराइएको थियो । यस्तै इलेक्ट्रोमेकानिकल प्याकेज पनि भारतीयबीच नै प्रतिस्पर्धा हुने छ । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ । यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट प्राधिकरणले आयोजनाको काम अघि बढाएको हो ।आरभीआरसीएलसंग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्क लगाइ निर्माण सुरु हुन लागेको हो । कार्यतालिकाअनुसार सम्झौताअनुसार आयोजना सन् २०७० सालमा आयोजनाको सकिनुपर्ने थियो । नदीको बहावमा आधारित छ । यसको संभाव्यताको अध्ययन सन् १९९८ मा भइ सन् २००८ मा संभाव्यताको अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरीसकेको छ । आयोजना म्याग्दीको पिप्ले, झी र डिगम गाविसमा पर्छ । जिल्लामा पर्ने सो आयोजना पोखरादेखि ८३ किलोमिटर टाढा रहेको छ । आयोजना वाग्लुङ जोमसोम राजमार्गको गलेश्वरमा रहेको छ । राहुघाट कालिगण्डकीको सहायक नदी हो । आयोजनाबाट उत्पादन हुने बिजुली २८ किलोमिटर लामो मोदीखोला सवस्टेशनमा ल्याएर राष्ट्रिय प्रशारणमा जोडिने छ ।
११औँ वर्षमा प्रवेशको अवसरमा गरिमा विकास बैंकद्धारा विभिन्न ५ जिल्लामा न्यानो कपडा वितरण
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड स्थापनाको १० औं बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले बिहीबार मुलुकका ५ स्थानमा न्यानो कपडा वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं, तनहु, स्याङ्जा, म्याग्दी लगायत जिल्लाहरुमा अतिविपन्नहरुलाई न्यानो कपडा वितरण गरेको हो । काठमाडौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्न व्याक्तिहरुहरुलाई बैंकले एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको हो । त्यसैगरी, चितवन तथा तनहु जिल्ला अन्तर्गतको देवघाटका विभिन्न आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बैंकले लत्ता कपडा वितरण गरेको छ । स्याङ्गजा तथा पाल्पा जिल्लाको राम्दीधामस्थित आश्रम र पाखीचौर स्थित निम्बार्क सत्सङ आश्रममा बस्ने जेष्ठ नागरिक र म्याग्दी जिल्लाको गलेश्वरस्थित आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बिहीबार नै बैंकले लत्ता कपडा वितरण गरेको हो । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले विपन्न वर्गलाई लत्ता कपडा बितरण गरेका थिए । देवघाट धाममा विकास बैंकका पुर्व संचालक सिद्ध कुमार श्रेष्ठ, राम्दीधाममा वालिङ्ग नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व अध्यक्ष दिलिप्रपताप खांण, पाखीचौर स्याङ्गजामा गल्याङ्ग नगरपालिकाका मेयर भुपराज अधिकारी र गलेश्वर आश्रम म्याग्दीमा वेनी नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व संचालक हरिकुमार श्रेष्ठले न्यानो कपडा वितरणगरेका थिए । न्यानो कपडा वितरणसंगै विकास बैंकले ती आश्रमहरुमा बस्ने जेष्ठ नागरिकहरुलाई बिहानको खाना खुवाएको छ । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले आगामी दिनमा समेत सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अगाडि बढ्ने बताएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकले विकास बैंकले व्यावसायको विस्तारको तीब्रता संगसंगै सामाजिक उत्तरदायित्वमा केन्द्रित हुने बताएका थिए । पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको यस बैंकले ४९ शाखा तथा १२ वटा एटीएमबाट सेवा दिँदै आएको छ । बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरीमा १० वटा शाखा कार्यालय स्थापना गर्दैछ ।
चमेलियाबाट विद्युत् उत्पादन शुरु
दार्चुला । दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभीे प्रसारण लाइनमा आजदेखि विद्युत् प्रभाव भएको आयोजनाले जनाएको छ । आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई आज चार्ज गरेको हो । प्रसारण लाइनमा प्रयोग भएका टावर, तार लगायतका अन्य संरचना नछुन आयोजनाले सूचनामार्फत सबैमा जानकारी गराएको छ । एक सय १३१ किलोमिटर लामो सो प्रसारण लाइनमा कूल ४१२ वटा टावर रहेका छन् । तत्काल सिंगल सर्किटबाट चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख दाहालले बताउनुभयो । चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना–ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने उनले बताए । सन् २००७ मा निर्माण शुरु गरी सन् २०११ को डिसेम्बरमा निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सो समयमा काम सम्पन्न हुन नसकेपछि उक्त समयसिमा सन् २०१७ को डिसेम्बर पुयाइएको थियो । चमेलिया जलविद्युत् आयोजनाबाट निर्माण शुरु भएको १० वर्षपछि बिजुली बलेको हो । चमेलिया जलविद्युत् आयोजनाको शुरुको अनुमानित लागत ८ अर्ब ५० करोड थियो तर झण्डै १० वर्षको अवधिसम्म १५ अर्ब ५० करोडभन्दा बढी खर्च भएको छ । आयोजनाको सिभिलतर्फको काम सन् २००७ मा र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् २००९ को मे महिनाबाट शुरु गरिएको थियो । प्रसारण लाइनतर्फ भने दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको १३१ किलोमिटर दूरीमा ४१२ टावर निर्माण गरिएका छन् । सिभिलतर्फ चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पाेरेशन (सिजिजिसी)ले काम गरेको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनीले गरेको आयोजनाले जनाएको छ । चमेलिया सरकारको पूर्ण लगानीमा निर्माण भएको हो । रासस
नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, बिहीबार मात्रै ६८ करोडको सेयर किनबेच
काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । बुधबार सामान्य ८ अंकले उकालो लागेको नेप्से आज(बिहीबार) १३.०३ अंकले उकालो लागेर १४९३.२९ अंकमा पुगेको छ । दोहोरो अंकले उकालो लागेको बजारमा ६८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब ३४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(बुधबार)को बजारमा जम्मा ३४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार १६५ कम्पनीको १३ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी साना किसान विकास बैंकको २१ करोड ९९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । सो दिन यस कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ । दोहोरो अंकले उकालो लागेको बजारमा ट्रेडिङ समूहको परिसूचक बाहेक कारोबारमा आएका बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक ४६ अंकले उकालो लागेको छ । त्यस्तै, सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.६७ प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १३ रुपैयाँ बढी कमाएका छन् । उता, सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.८७ प्रतिशत गुमाएका छन् ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग उत्कृष्ट करदाताको रुपमा सम्मानित
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. विगत बर्षमा झै यस वर्ष पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आयकर तर्फ फाइनान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी कर दाखिला गरेको र कर विभागबाट उत्कृष्ट करदाता छनौट मापदण्डको आधारमा सो संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो । ललितपुरको आन्तरिक राजश्व कार्यालयले छैठौं राष्ट्रिय कर दिवस २०७४ को उपलक्ष्यमा सम्मान गरेको हो । संस्थाका तर्फबाट महाप्रबन्धक दिनेश लाल श्रेष्ठले उक्त पुरस्कार प्राप्त गरेका हुन् । यस संस्थाले २०७४ असोज मसान्तसम्म २ अर्ब ५२ करोड रुपैयाँ निक्षेप तथा २ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी परिचालन गरेको छ । सो अवधिमा कम्पनीले २ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले हाल जारी गरिरहेको ४० प्रतिशत हकप्रद सेयर र गत आवको बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी ८० करोड पुग्ने फाइनान्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको गुहेश्वरी फाइनान्सको चावहिल, हेटौडा, चारअली, विरगञ्ज, कलैया, दमक र जीतपुरमा शाखा कार्यालय रहेको छ ।