कात्तिक ३ गतेदेखि ‘गोदावरी पुष्प मेला’ हुने
काठमाडाैं। फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । प्रदर्शनीको ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा हुने मेला संयोजक सिताराम पन्तले बताए । पत्रकार सम्मेलन गर्दै फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको एसाेसिएशनले जनाएकाे छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागेको जनाइएको छ। प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने पन्तले जानकारी दिए । हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिन बहादुर तामाङले बताए । नेपाल ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर भएको तामाङले बताए । उनका अनुसार विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारणले फुल उत्पादन घटेको थियो । तर अहिले १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको छ । ‘नेपालमा विशेषगरि फूलहरु तिहार र प्रेम सप्ताहामा बढी माग रहेको छ । बाकीँ महिनाहरुमा त्यति धेरै माग नभएकाले र हाम्रो बजार सानो भएकाले उत्पादकहरु घाटामा जाने सम्भावना बढी छ ।’’ तामाङले भने । ‘हामीकोमा जति पनि उत्पादनमा प्रयोग हुने मल, विउ र औजारहरु भारतबाट आयात गर्छौ । यस्तो अवस्थामा हामीले उत्पादन गरेको फूल र भारतले उत्पादन गरेको फूलको प्रतिश्प्रधा गर्ने कुरा हुदैँन त्यसकाराण हामीले सरकारसँग बारम्बार भनेका छौँ अग्रीम आयात कर बढाउन पर्यो त्यो गर्दा हाम्रो उत्पादनले प्रतिश्प्रधा गर्न सक्छ,’ तामाङकाे भनाइ छ । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने भएकाे छ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने जनाइएको छ । नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ। पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै स्थलबाटै प्रदान गरिने एसाेसिएशनले जनाएकाे छ । यस वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ । हाल ४८ जिल्लामा लगभग १७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन । ७३२ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहेको यस व्यवसायमा ६.५ अरव भन्दा बढिको लगानी रहेको छ । कोभिड महामारका कारण बिगत दुई बर्ष देखि कोभिड–१९ महामारीका कारण पुष्प ब्यवसाय समस्याग्रष्ट अवस्थामा रहेकोमा २०७८/०८९ मा कोभिड–१९ को असर केहि कम देखिएकोले समग्र व्यवसायीक तथा आर्थिक क्षेत्रहरु केहि चलायमान र सुधारउन्मुख हुदा पुष्पको बजारीकरणको क्षेत्रमा पनि सुधार आएको एसोशिएसनले जनाएको छ । यद्यपी कोभिड सुरु हुनु पुर्वको पुष्पको बार्षिक कारोबारको अवस्थामा अझै पनी पुग्न सकेको अवस्था नभएको बताइन्छ । आव ०७७/७८ मा बर्षै भरी कोभिड–१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यवसायीक कारोबारमा कमी आई १ अर्व ६३ करोडको मात्र कारोबार भएको थियो । तर बजारिकरणमा सुधार आई अघिल्लो बर्षको बार्षिक कारोबार तुलानामा करिब ३० प्रतिशतले बृद्धि भई २ अर्व ३० करोडको हाराहारीमा कारोबार भएको अध्यक्ष तामाङले बताए । आव ०७८/७९ मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात तर्फ ९८.६० लाख र आयात तर्फ ३६.०५३५ करोड बराबरको कारोबार भएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५०० भन्दा बढी जनशक्तिहरु रोजगार/आश्रीत रहेकोमा कोभिड–१९ कारण १० प्रतिशत भन्दा बढिले रोजगारी गुमाई हाल ३९ हजार १०० को हाराहारीमा रोजगार रहेको एसोसिएशनको तथ्यांक छ ।
स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘ देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ ’
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिए । गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध छन् । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले । उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी थिए, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्तासँगै उनमा थियो । आफ्नो कीर्तिमानीले दिएको खुसीसँगै प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्ने उनले बताए । पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको जनाउँदै उनले निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिए । नवौँका लागि चार वर्ष प्रतीक्षा गरेको बताउँदै उनले राष्ट्रिय खेलकुद नियमित गर्न आग्रह गरे । उनको लक्ष्य अब राष्ट्रिय प्रतियोगिताबाट माथि उठेर दक्षिण एशियाली र एशियाली प्रतियोगितासम्म पुग्ने र देशलाई पदक दिलाउने छ । उनले भने, ‘देशमा प्रतियोगिता नियमित हुनुपर्दछ नत्र हाम्रो स्तर खस्किन्छ । नियमित खेल भयो भने साउथ एशियन र एशियन लेभलसम्म पुग्न सक्छौँ । यसका लागि देश लाग्नुपर्नेमा खेलाडी व्यक्ति मात्र लागि पर्दा हामी माथिल्लो स्तरमा पुग्न सकेका छैनौँ ।’ उनले सन् २०१८ मा इन्डोनेसियामा भएको ‘एसियन गेम्स’मा आठ सय मिटरको राष्ट्रिय कीर्तिमान बनाएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि पदक ल्याउन सकेका छैनन् । सोमको अनुभवमा नेपालीसँग खेल्न विदेशी पनि डराएका हुन्छन् तर नेपालको खेल वातावरण नभएकाले उनीहरु हावी हुने गरेको कुमालले बताए । ‘हाम्रोमा नियमित खेल्ने वातावरण छैन, ट्याकमा दुई/तीन वर्षसम्म खेल नहुँदा कमजोर भएर बस्नुपर्ने बाध्यता छ । ट्रयाक हाम्रा लागि भगवान् हो, यही भनेर कुरेर बसेका छौँ हामी । राम्रो खेल देखाउन प्रतियोगिता नियमित आयोजना हुनुप¥यो ।’ उनले भने । नेपाल प्रहरीको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुदको आफ्नो ‘डेब्यु’मै ऐतिहासिक स्वर्ण पदक जित्यो । अर्को विभागीय टोली सशस्त्र प्रहरीबल लाई पोखरा रङ्गशालामा पराजित गरेर पुलिसले स्वर्ण जित्दा टोलीका खेलाडीमा खुसीको सीमा थिएन । पुलिस टोलीको कप्तानी गरेका नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटमा व्यावसायिकताको खाँचो रहेको बताउनुभयो । यसअघिका प्रतियोगितामा प्रदेशबाट खेल्दै आएका उनी यसपटक विभागीय टोलीबाट खेले । विभागबाट खेल्दा खेलाडीलाई सम्मान मिल्ने गरेको उनको अनुभव छ । उनले भने, ‘विभागमा खेलाडीमा जागीरको सुरक्षा र सुविधा हुन्छ । प्रदेशबाट सुविधा नपाएपछि खेलाडी विभागमा जाने हुन् । प्रदेशमै आवश्यक सुविधा दिने हो भने खेलाडीको पनि भविष्यको सुरक्षा हुन्छ, खेलले पनि व्यावसायिकता पाउँछ ।’ उनको अनुभवमा विभागीय टोलीमा खेलाडीको सुरक्षा र संरक्षण भए पनि व्यावसायिक खेलको चुनौती भने रहन्छ । उनले नेपाली महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेलिरहने वातावरण र आधार निर्माण गर्नुपर्नेमा जोड दिए । खेलकुदका सरकारी निकायदेखि विभिन्न कर्पोरेट क्षेत्रले पनि महिला क्रिकेटमा लगानी गरेर प्रतियोगिता सञ्चालन गर्न सकेको खण्डमा राम्रो व्यावसायिकताको विकास हुने उनको विश्वास छ । उनले भने, ‘खेलाडीलाई क्रिकेटमा लागिरहने आधार बनाउनु चुनौतीपूर्ण छ । म्याच धेरै हुनुपर्दछ । पुरुषको इपिएललगायतका प्रतियोगिता हुँदा केटीहरुको पनि हुुनुप¥योँ । राखेप, क्यानलगायत अन्य कर्पोरेट सेक्टरले पनि यसबारेमा पनि अब सोच्नुपर्दछ ।’ नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य अप्सरी बेगम खेल प्रदर्शनका लागि प्रतियोगिताको कमी भएको बताए । राष्ट्रिय खेलकुदबाट उत्कृष्ट क्षमताका खेलाडी निस्किरहेकाले उनीहरुलाई राम्रो म्याच एक्पोचर दिनसके खेलको विकास राम्रो हुने उनको सुझाव थियो । उनले भने, ‘अहिले म्याचको कमी छ । हामीले धेरै प्रतियोगिता खेल्न पायौँ भने हाम्रो स्तर वृद्धि हुन्छ ।’ पुलिसको टोलीमा रहेर स्वर्ण जितेपछि उनी उत्साहित छन् । ‘पुलिस टिम बनेर महिला क्रिकेटमा पहिलो सहभागितामै स्वर्ण जित्दा खुसी भएका छौँ । यस टिमले पछि समेत राम्रो खेल्नेछ ।’ उनको विश्वास छ । रासस
फेरी बढ्याे डलरको मूल्य, नेपाली रुपैयाँ कमजोर बन्दै
काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८ पैँसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ ८ पैसा तय गरिएको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । कोरोनाका कारण पर्यटकको आवागमनसमेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप सङ्कट पैदा गर्नेछ । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।
सोल्टी होटेलको २६.३१ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्ष २०७८÷०७९ का लागि चुक्ता पूँजीको २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ नगद गरी कूल २६.३१५७८९४७ प्रतिशत अर्थात् ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सहित ४८ औँ वार्षिक साधारणसभा समेत बोलाएको छ । कम्पनीको सभा पुस २८ गते कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीको सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । कम्पनीले लाभांश र सभा प्रयोजनार्थ पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले आर्थिक वर्ष २०६७/२०६८ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६८/२०६९ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६९/२०७० मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०७०/२०७१ मा ५७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१/२०७२ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७५/२०७६ मा २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
टुकी बालेर सीए टप, २७ वर्षको उमेरमै सीईओ
काठमाडौं । २७ वर्षकै उमेरमा एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ! यो जिज्ञासा, प्रश्न र चासो तपाइँमा पनि पक्कै पलाउँछ । यही प्रश्न तिनै सीईओ विनय खड्कालाई पनि धेरैले गर्छन् । अझै चाखलाग्दो कुरा त के भने विनयले काम सुरु गरेको ४ वर्षमै खल्ति डिजिटल वालेको सीईओ बन्ने अवसर पाए । ‘२७ वर्षकै उमेरमा कसरी सीईओ बन्नु भयो, काम गरेको ४/५ वर्षमै सीईओ बन्न् सम्भव छ र ? भनेर धेरैले प्रश्न गर्नु हुन्छ, मैले पनि नेपालमा फिनटेक इन्ड्रस्टी आएको पनि ५/६ वर्ष नै त भयो भनेर जवाफ दिन्छु, व्यक्तिसँग अनुभव छैन भने ज्ञानले काम चलाउने हो,’ सीईओ बनिसकेपछि आफ्नो अनुभव सुनाउँदै खड्काले भने । खड्का आफुले उमेरलाई नम्बर मात्रै नभने पनि अनुभव र वर्षलाई भने तुलना गर्न नहुने धारणा राख्छन् । उनी भन्छन्, ‘एक दिनमा २४ घण्टा हुन्छ, कोही मान्छेले बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्छ र अर्कोले बिहान ७ बजेदेखि राति १० बजेसम्म काम गर्छ भने त्यसमा उमेर र अनुभव तुलना गर्न मिल्दैन, कुनैले एक वर्षमा सिक्ने काम अर्कोले एक महिनामा पनि सिक्न र प्राप्त गर्न सक्छ ।’ ‘जे जस्ता अवसर र चुनौतिहरु आएपनि मेरा लागि एक्साइटमेन्टका रुपमा नै आइरहेका छन्, एउटा कम्पनीको सीईओ त बनेँ तर सिक्नु पर्ने र गर्नु पर्ने काम धेरै छन्, अझै पनि म मेरो पफर्मेन्सप्रति सन्तुष्ट छैन,’ उनले थपे । खल्ति डिजिटल वालेटका सीईओ खड्काको घर नुवाकोटको शिवपुरीमा हो । वि.स. २०५१ सालमा जन्मिएका खड्का गत वर्षको कात्तिकमा खल्तिको सीईओ बने । उनी सीईओ बेनपछि अहिले खल्तिको विजनेस विस्तारमा रणनीतिक किसिमले काम गरिरहेका छन् । शिक्षित परिवारमा जन्म विनयका बुबा सरकारी शिक्षक । आमाले पनि सुरुमा गाउँमै बुवासँगै पढाउँथिन् । गाउँमा पढाइका लागि खासै राम्रो वातावरण नमिलेपछि विनयकी आमाले छोराछोरी (विनय र विनयकी बहिनी) लिएर काठमाडौं आइन् । ‘गाउँमा पढाइको लागि राम्रो वातावरण थिएन, नुवाकोट भएपनि त्यतिखेरै टुकी बालेर पढ्नु पर्ने अवस्था थियो, पछि आमाले बहिनी र मलाई काठमाडौं लिएर आउनु भयो,’ उनले आफ्नो बाल्यवास्था सम्झदै भने । सुरुमा उनीहरु काठमाडौंको बालाजुमा बसे । नुवाकोटको स्याउरेभूमि माद्यामिक विद्यालयमा कक्षा ४ मा पढेका उनी कक्षा ५ मा काठमाडौंको बालाजुमा पढे । काठमाडौंमा बसेर खर्च धान्न नसकेपछि उनकी आमाले नक्सालमा काम गर्न सुरु गरिन् । फेरि उनीहरु बालाजुबाट नक्सालमा बस्ने भए । उनी ६ कक्षामा काठमाडौं इङ्गलिस स्कूलमा भर्ना भए । उनले १० कक्षासम्म त्यही पढे । आमाले पनि कमाउन थालेपछि खर्च चलाउन सहज भयो । ‘कक्षा ८ सम्म म पढाइमा एकदमै कमजोर थिएँ, गाउँमा पनि खासै पढ्थेनँ, ८ कक्षापछि भने पढ्नु पर्छ भन्ने महसुस भयो, पछि पढाइ राम्रो हुँदै गयो,’ उनले आफ्नो विगत स्मरण गर्दै भने । जीवनको त्यो उत्कृष्ट अंक सानोमा विनयलाई धेरैले कमजोर विद्यार्थीका रुपमा चिन्थे । उनी भन्छन् ‘पछाडिबाट गन्दा म एक/दुई नम्बरमा पर्थें होला, कक्षा ‘बंक’ गर्ने हुन्थ्यो, स्कूल नजिकै खोला थियो, पढ्न छाडेर पौडी खेल्न जान्थें, बुबाको कक्षा पनि धेरै दिन बंक गरेर धेरै पटक पौडी खेल्न गएको छु ।’ तर उनी सधैं कमजोर बनेन् । कक्षा १० अर्थात् एसएलसी (एसईई) मा आफ्नो विद्यालयको सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी भने विनय । उनले एसएलसीमा ८३ प्रतिशत अंक ल्याए । जुन आफ्नो जीवनको सबैभन्दा बढी अंक भएको उनी सुनाउँछन् । ‘जिन्दगीको सबैभन्दा बढी अंक १० कक्षामा आयो, ८ कक्षासम्म पढ्नु पर्छ भन्ने बुद्धि आइसकेको थियो, गाउँमा पढ्दा कमजोर विद्यार्थी थिएँ तर ९/१० कक्षासम्म आइपुग्दा मेहेनती विद्यार्थीका रुपमा परिचित भइसकेको थिएँ, एसएलसीमा म पढ्ने स्कूलबाट दुई जनाले मात्रै डिस्टिङसनमा पास गर्यौं,’ उनले भने । ‘अहिले पनि पुरानो सर्टिफिकेट हेर्यो भने आफैलाई हाँसो लाग्छ, बल्ल-बल्ल पास हुन्थेँ, आफ्नै बुबा शिक्षक भइसकेपछि पढ्नु पर्छ भन्ने महसुस हुन्थेन, पढाइ भन्ने कुरा आत्मबोध नगर्दासम्म नहुने रहेछ, उनले मुस्कुराउँदै भने, ‘त्यतिखेर प्रथम भएको भएपनि के हुन्थ्यो होला र ।’ विनयले ‘प्लस टु’ पढ्नका लागि चाबहिलको सेन्ट लरेन्स कलेजमा भर्ना गरे । व्यवस्थापन विषयमा कम्प्युटर साइन्स विषय लिएर उनले पढ्न सुरु गरे । १२ कक्षा पनि उनले डिस्टिङसनमै पास गरे । सिए बन्ने रहर कक्षा १२ उत्कृष्ट अंकका साथ पास गरेपछि उनलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने रहर पलायो । घरको आर्थिक अवस्था मध्यम खालको थियो । बुबा नुवाकोटमै पढाउँथे । कक्षा १२ को परीक्षा दिएकै वर्ष उनी सीएमा भर्ना भए । सीएसँगै उनले शंकरदेव कलेजमा व्यवस्थापन संकायमा पनि भर्ना गरे । तर, शंकरदेव कलेजमा एक दिन पनि नगएर परीक्षा दिएको उनी सुनाउँछन् । ‘सीए बन्ने मेरो रहर थियो, सीए फेल भयो भने विकल्पका रुपमा शंकरदेवमा भर्ना गरेको थिएँ तर कलेज कहिल्यै गइनँ, नेपालमा इञ्जिनियर पढ्ने वा विज्ञान पढेर डाक्टर पढ्ने इच्छा हुनेले आर्थिक अवस्थामै कारण पढ्न नसक्ने अवस्था थियो, धेरै खर्च हुने तर त्यसको प्रतिफल के कस्तो आउने भन्ने सुनिश्चित पनि हुन्थेन, चार्टर्ड एकाउन्टेन्ट पढ्नका लागि ३/४ लाख रुपैयाँ भयो भने प्रशस्त हुन्थ्यो, बरु मेहेनत धेरै गर्नु पर्थ्यो,’ त्यसैले सीए नै रोजेँ,’ उनले भने । उनले सीएआई कोचिङ इन्स्टिच्यूटमा सीए पढे । पास पनि भए । सीए पढ्दा पढ्दै उनले जोशी एण्ड भण्डारी फर्ममा आर्टिकलसीप गरे । सोही बेला उनले देशका विभिन्न ५०/६० फर्मसँग जोडिएर अडिट गर्ने अवसर पाए । उनी अडिटको सिलसिलामा सुदूरपश्चिमको दार्जुला बझाङदेखि पूर्वी नेपालसम्म पुगे । ब्याजका टपर उनी सन् २०१७ का सिएमा आफ्नो ब्याचका टपर हुन् । तर, टपर बन्नका लागि उनले धेरै अंक भने ल्याउनु परेन । ‘म सेकेण्ड डिभिनवाला नेपाल टपर हो, अन्य क्षेत्रमा टप भनेपछि ९०/९५ प्रतिशत अंक आउँछ तर सीएमा त्यति धेरै आउँदैन, ५० प्रतिशत आएन भने फेल भइन्छ, ५२/५३ प्रतिशत आयो भने टप भइन्छ, त्यतिखेर नियमिततर्फ दुई जनामात्रै पास भएका थियौं, उनले भने, ‘म गोल्ड मेडलिष्ट र अर्को साथी सिल्भर मेडलिष्ट ।’ उनलाई आफ्नो रजिष्ट्रेसन नम्बर (१०२६) अहिलेसम्म स्मरण छ । त्यतिखेर सीएको नतिजा हरेक वर्षको अगष्ट १५ मा आउँथ्यो । तर, त्यो वर्ष अगष्ट १४ मा आएको उनलाई अहिलेसम्म सम्झना छ । ‘रिजल्ट आउँछ भन्ने कुनै मतलब नै थिएन, म आफ्नै तालमा थिएँ, एक जना दाईले फोन गरेर बधाइ दिनुभयो, मलाई जिस्केको जस्तो भयो, पछि आफैले देखेपछि धेरै खुसी भएँ, मेरो लागि त्यो अविस्मरणीय क्षण थियो,’ उनले सन् २०१७ अगष्ट १४ लाई स्मरण गर्दै भने । बैंकमा पनि काम गरेको अनुभव सीए टप भएपछि विनयलाई धेरै ठाउँबाट कामको अफर आयो । त्यो अफर एनआइसी एशिया बैंकबाट पनि आयो । उनले सोही बैंकमा काम गर्ने योजना बनाए । सन् २०१७ मै एनआइसी एशिया बैंकमा काम सुरु गरे । उनले एनआइसी एसिया बैंकमा ४/५ महिना काम गरे । ‘४/५ महिना काम गरेपछि बोर भयो, त्यसपछि काम छोडेँ, हरेक डिपार्टमेन्टको काम गर्ने तरिका विश्लेषण गरेर त्यसलाई परिवर्तन गर्नु पर्ने विभागमा म काम गर्थें, त्यो मेरा लागि ठूलो सिकाइ बन्यो, त्यसपछि डिजिटल सेगमेन्ट पनि हेर्न थालेँ तर पछि काम छोडेँ, उनले भने । उनले सन् २०१८ को सुरुवातमा एनआइसी एशियाबाट काम छाडेर इसेवामा गए । इसेवामा पनि कर्पोरेट डिपार्टमेन्टको नेतृत्वका रुपमा जिम्मेवारी पाए । इसेवामा पनि उनले एक वर्ष काम गरे । जहाँ आफूलाई एक्सपोज हुन धेरै सहयोग पुगेको उनी सुनाउँछन् । ‘एनआइसी एशिया बैंकमा आकर्षक तलब, ऋण सुविधा, बोनस लगायतका धेरै राम्रा सुविधा थिए तर ती सबै सुविधा छोडेर कम तलबमा म इसेवामा काम गर्न गएँ, किनकी मैले सिक्नु थियो, मेरो त्यो निर्णयले नै मलाई आजको दिनमा ‘पेअफ’ गरिरहेको छ, पैसा कमाउने, करिअर बनाउने र सन्तुष्ट हुने भन्ने कुरा फरक हुन्, उनी भन्छन्, ‘एउटा लेभलमा पैसा चाहिन्छ त्यसपछि तपाइँले खुसी र भिजन हेर्ने हो । फेरि उनी इसेवाबाट काम छोडेर एनआइसी एसियाम बैंकमै फर्किए । ‘मैले अहिलेसम्म ग्राउण्ड लेभलमा बसेर काम गरेको छैन, सिनियर पोजिसनमै रहेर काम गरेँ, एनआइसी एसियामा पनि हेड अफ डिजिटल मार्केटिङका रुपमा साढे २ वर्ष काम गरेँ,’ उनले भने । २७ वर्षको उमेरमा सीईओ उनी गत वर्ष डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को सीईओका रुपमा नियुक्त भए । नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरमा सीईओ बन्ने व्यक्ति हुन् विनय । धेरैले उनलाई सानै उमेरमा सीईओ बनेकोमा प्रश्न र जिज्ञासा राख्छन् । तर, उनी भन्छन्,‘ मैले काम गरेको ४/५ वर्ष भयो त्यसअघि पनि तीन वर्ष अडिटरका रुपमा ठूला–ठूला कम्पनीको अडिट गरेको छु, फिनटेक इन्ड्रस्टी आएको पनि त ५/६ वर्ष मात्रै भयो ।’ उनी खल्तीमा काम गर्ने हरेक कर्मचारी आफ्नो उमेरको भएकै कारण पनि आफूलाई काम गर्न सहज भएको सुनाउँछन् । ‘ट्यालेन्ट हुनु र पास हुनु फरक विषय हुन्, सबै ट्यालेन्ट मान्छे पास हुन्छन् भन्ने पनि हुँदैन, रिजल्ट ल्याउनु र दुःख गर्नुमा फरक छ, सबैको आ-आफ्नो फर्मुला हुन्छ तर मलाई काम गर्दै गर्दा फिल्डमा ब्याक हुनु परेको छैन, सबैले विश्वास गर्नु हुन्छ, धेरै कुरा बुझेर नै २७ वर्षको उमेरमा एउटा कम्पनीको सीईओको रुपमा सुम्पिनु पनि विश्वासको कारण नै हो, ‘उनी भन्छन्, ‘सीए टप हुुनु र मेरो काम गराइमा पनि धेरै समानता छ ।’ उनी व्यक्तिको पफर्मेन्सको कारण नै पोजिसन (पद) पाउने धारणा राख्छन् । तर, अहिले पनि आफू आफ्नो पफर्मेन्ससँग सन्तुष्ट नभएको धारणा राख्छन् । विनय भन्छन्, ‘गर्नु पर्ने धेरै छ, सम्भावनाहरु धेरै छन् तर तुलना कोसँग गर्ने भन्ने हो ।’ गत वर्ष हृदयघातको कारण उनका बुबाको कलिलै उमेरमै निधन भयो । बुबाको निधनले एक किसिमको जिम्मेवारी उनीमाथि थपिएको छ । आमा वन मन्त्रालयमा कार्यरत छिन् । परिवारसँगै आफ्नो काममा सन्तुष्ट हुने प्रयत्नमा विनय छन् । उनलाई ‘पोडकाष्ट’ सुन्न खुबै मन पर्छ । त्यस अलवा ट्रेकिङमा जान र युवाहरुसँग ‘इन्टरयाक्ट’ गर्न उनलाई धेरै मन पर्छ । अब उनी खल्ती डिजिटल वालेटको विजनेस विस्तारमा नै फोकस हुने सुनाउँछन् । ‘कर्मचारी, सेयरधनी र ग्राहक लगायतको जिम्मेवारी नेतृत्वमा नै हुनुपर्छ, एप्रोजमा परिवर्तन अवश्य नै हुन्छ, नेतृत्व सम्हालिसकेपछि चुनौति अवश्य नै हुन्छन् तर चुनौतिहरुसँगै रमाएर काम गर्न मलाई मज्जा लाग्छ,’ उनी भन्छन्,‘ जेजस्ता अवसर र चुनौतिहरु आएपनि मेरा लागि एक्साइटमेन्टका रुपमा नै आउँछन् ।
अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन माग
काठमाडौं । यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा आज यातायात व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका हुन् । नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको १० खर्ब रुपैयाँभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए । ‘न्यून तथा मध्यम वर्गीय व्यवसायीको पूँजीलाई व्यवस्थित गर्दै यातायात क्षेत्रमा रोजगारी बढाउनका लागि अधिकार सम्पन्न प्राधिकरण निर्माणको माग गरेका हौँ’, महासचिव गौतमले भने । यस्तै व्यवसायीले सवारीसाधनका लागि यसअघि लगाउँदै आएको २० वर्षे अवधि हटाएर सवारीको इञ्जिनको क्षमताका आधारमा सञ्चालन गर्न दिनसमेत माग गरेका छन् । हाल देशभर चार लाखभन्दा बढी सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएको र उक्त सवारीसाधनमा प्रत्यक्ष ११ लाख र अप्रत्यक्षरुपमा करिब ४० लाख जनतालाई रोजगारी सिर्जना गरेको महासङ्घले जनाएको छ । व्यवसायीले आजै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत उक्त माग राखेर ज्ञापनपत्र बुझाएका छन् । रासस
चितवनमा काट्ने बेलाको धान गैँडाले नष्ट पार्यो
भरतपुर । काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो बर्ष के खाने भन्ने चिन्ता थपिएको बताइन् । उनले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गरिन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पु¥याएको बताए । उनले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको जानकारी दिए । भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैँडा र हात्तीसँगै बँदेल र चित्तलले पनि दुःख दिइरहेको बोटले बताए । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क्षति झन बढ्दो क्रममा रहेको बताइन् । उनले भनिन्, ‘पाँचपाण्डवदेखि बगईसम्मका निकुञ्जको सीमा क्षेत्रमा दैनिकजसो वन्यजन्तुले धनजनको गरिरहेको छ, सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ ।’ मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि योजनाबद्ध काम हुन नसक्दा दैनिकजसो वन्यजन्तुको समस्या आउने गरेको उनले बताइन् । ‘मेस जालीसहितको व्यवस्थित आरसीसी वाल निर्माण नगरेसम्म दैनिकजसो यस्तै समस्या आउँछ, हामी जनप्रनिनिधिले पनि ढुक्कले निदाउने अवस्था छैन’, उनले भने । नगरपालिकाको थोरै बजेटले अति आवश्यकताका आधारमा मात्रै काम गर्ने गरेको प्रमुख महतोले बताइन् । किसानका लागि निकुञ्जले दिने राहत न्यून भएको भन्दै उनले एउटै हात्तीले एकै रातमा बिघौं जग्गा नष्ट गर्ने गरेको बताइन् । ‘निकुञ्जले प्रदान गर्ने जम्मा १० हजार रुपैयाँले किसानको बीउको मूल्य पनि उठ्दैन, उनले भनिन्, ‘किसानलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ ।’ नगरपालिकाले बजेटको कमीका कारण क्षतिपूर्ति दिन भन्दै उनले रिउ करिडोर निर्माण गरेर बाढी र जनावर दुवैबाट माडीवासीलाई जोगाउनुपर्ने बताइन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चारैतिर निकुञ्जले घेरेका कारण माडीमा नै सबैभन्दा धेरै वन्यजन्तुले क्षति पु¥याउने गरेको बताए । वन्यजन्तुलाई बस्ती पस्नका लागि बनाइएका संरचनाले प्रभावकारी बन्न नसक्दा समस्या आइरहेको उनको भनाइ छ । ‘निकुञ्जमा काँडेतार, सोलार फेन्स, मेस वायर फेन्सिङ र अहिले आरसीसी र पिसीसीसहितका बार लगाइएको छ तर प्रभावकारी बन्न सकेका छैनन्’, उनले भने । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत सिफारिस ल्याउने र निकुञ्जले थोरै भए पनि किसानलाई राहत वितरण गर्ने गरेको आचार्यले जानकारी दिए । गत वर्ष मात्रै निकुञ्जले विभिन्न शीर्षकमा तीन करोड रुपैयाँको राहत वितरण गरेको उनले बताए । त्यसमध्ये सबैभन्दा धेरै बालीनाली क्षतिको नै हुने गरेको आचार्यले बताए । रासस
बैतडीको झुलाघाटमा इन्टरनेटको पहुँच
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो । इन्टरनेटको पहुँच पुगेसँगै सरकारी काममा सहजता आएको छ । विशेष गरी नाकामा रहेका महाकाली भन्सार कार्यालय, सीमा प्रहरीचौकी, सशस्त्र प्रहरी बलको कार्यालयका सेवा प्रवाहमा सहयोग पुगेको बताइएको छ । रासस