काठमाडौं । आरएमसी फुड्सले तीन प्रकारका तेलहरू बजारमा ल्याएकाे छ । कम्पनीले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेलहरू सार्वजनिक गरेको हो ।
कम्पनीले आफ्ना खाद्यान्न उत्पादनहरूको ब्राण्ड एम्बेसेडरका रूपमा प्रख्यात टेलिभिजन कार्यक्रम बीबीसी मास्टर सेफका फाइनालिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ ।
कम्पनीका कार्यकारी निर्देशक राजेश कुमार अग्रवालले गुणस्तरीय खाद्यान्न उत्पादनहरू आपूर्ति गरी ग्राहकहरूको मन जित्ने कम्पनीकाे मूल उद्देश्य रहेको बताए । ‘यस कार्यमा यहाँहरूको साथ, सहयोग र सहकार्य यसैगरी मिल्दै गयो भने शीघ्र नै न्यूट्रिप्लस प्रत्येक घरघरमा र सबैको मनमनमा बस्न सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने ।
आगामी दिनहरूमा न्यूट्रिप्लसलाई अझ बृहत्तर आकार दिन र बजारको मागलाई पूरा गर्नका निम्ति थप उत्पादनहरू ल्याउँदै जाने उनले बताएका छने ।