गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी ३ करोड
म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औं कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा तीन करोड ३७ लाख छ सय ४५ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सो अवधिमा २० लाख दुई हजार खर्च भई तीन करोड १६ लाख ९७ हजार बचत भएको जनकारी दिए । ‘गत असारसम्मको आम्दानी दुई करोड ९० लाख ८२ हजार थियो’, उनले भने, ‘खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र २६ लाख १५ हजार बचत भएको छ ।’ मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी आठ लाख २२ हजार, ब्याज आम्दानी पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट एक लाख ३१ हजार, दान दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट एक लाख ९९ हजार र स्टल भाडा दुई लाख २२ हजार सङ्कलन भएको छ । आव २०७८/७९ मा रु ४० लाख ८५ हजार भेटीसहित ९१ लाख ८२ हजार आम्दानी भएको थियो । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । ‘गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ’, उनले भने, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’ जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्न क्षेत्रका भान्छेलाई मासिक १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ । अन्य समय दैनिक पूजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ । रासस
दादुराको महामारी रोक्न नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयहरु आज र भोलि बन्द हुने
नेपालगञ्ज । दादुराको महामारी फैलनबाट रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले आज र भोलि २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो। ‘हाल नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने संभावना देखिएकाले यस उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षाहरुलाई असर नगर्ने गरी २८ देखि २९ गतेसम्म सार्वजनिक बिदा गर्न हुन यो सूचना प्रकाशित गरिएको छ’, उपमहानगरपालिकाद्वारा प्रकाशित सूचनामा भनिएको छ । महानगरपालिकामा बुधबारसम्म १ सय भन्दा बालबालिकालाई दादुरा देखिएको र संक्रमण दर पनि बढ्दो देखिएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश दिने, बोनस कति ?
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस भन्दा नगद दोब्बर
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.०५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
एनएमबि लघुवित्तको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
छिमेक लघुवित्तको लाभांश घट्यो, नगद बढायो
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कूल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
सन् २०२२ मा एयरबसद्वारा ६६१ व्यावसायिक विमान उत्पादन
एजेन्सी । एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ । कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२२ मा हामीले ८४ जना ग्राहकलाई ६६१ विमानलाई ग्राहक समक्ष पुर्याएका छौँ । यो सङ्ख्या सन् २०२१ को तुलनामा ८ प्रतिशतले बढी हो ।’ सन् २०२२ मा कम्पनीको ‘ए ३२०’ सबैभन्दा लोकप्रिय विमान प्रकार बनेको छ । यो नमूनाका विमानहरू विश्वभर ५१६ वटा ग्राहकलाई हस्तान्तरण गरिएको थियो । यद्यपि, उक्त अवधिमा कम्पनीको नयाँ नमूनाको विमान ‘ए ३५०’ भने ६० वटा बजारमा पठाइएको थियो । एयरबसका प्रमुख कार्यकारी अधिकृत गुयलाउम फाउरीले व्यावसायिक विमानको आपूर्ति लक्ष्यभन्दा कम भएको बताएका छन् । एयरबसले सन् २०२२ मा एक हजार ७८ नयाँ विमानका लागि निवेदन दता भएको र डिसेम्बर अन्त्यसम्ममा सात हजार विमान निर्माणको क्रममा विभिन्न अवस्थामा रहेको उनले बताए। ‘मालवाहक जहाजसहित हाम्रा सबैप्रकारका विमानहरूलाई समेट्ने महत्वपूर्ण मागले हाम्रो उत्पादन लाइनको शक्ति र प्रतिस्पर्धात्मकतालाई प्रतिबिम्बित गर्दछ’, फाउरीले भने। जुलाई २०२२ मा, फाउरीले आपूर्ति श्रृङ्खलाको समस्याको कारण विमान हस्तान्तरण गर्ने लक्ष्य ७२० रहेपनि यो सङ्ख्या लगभग ७०० को हाराहारी रहने बताएका थिए ।
स्वरोजगार लघुवित्तको २३.१५७९ प्रतिशत लाभांश घोषणा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र १.५७७९ प्रतिशत नगद गरी कूल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।