दादुराको महामारी रोक्न नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयहरु आज र भोलि बन्द हुने

<p>नेपालगञ्ज । दादुराको महामारी फैलनबाट रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले आज र भोलि २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो। ‘हाल नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने संभावना देखिएकाले [&hellip;]</p>

नेपालगञ्ज । दादुराको महामारी फैलनबाट रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले आज र भोलि २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो।

‘हाल नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने संभावना देखिएकाले यस उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षाहरुलाई असर नगर्ने गरी २८ देखि २९ गतेसम्म सार्वजनिक बिदा गर्न हुन यो सूचना प्रकाशित गरिएको छ’, उपमहानगरपालिकाद्वारा प्रकाशित सूचनामा भनिएको छ । महानगरपालिकामा बुधबारसम्म १ सय भन्दा बालबालिकालाई दादुरा देखिएको र संक्रमण दर पनि बढ्दो देखिएको छ ।

Share News