कालीकोटको सुनथराली विमानस्थलमा कालोपत्र गरिँदै
कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका –१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र नाला बनाउने काम सकिन लागेको छ । विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ । कालोपत्र र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए । ‘विमानस्थल निर्माण सकिन लागेको छ’, उनले भने, ‘चाँडै विमानस्थलमा जहाज अवतरण गराउने योजना छ ।’ विसं २०७३ माघ २९ गते परीक्षण उडान गरिए पनि विमानस्थलमा नियमित उडान भने हुन सकेको थिएन । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले फागुनको पहिलो हप्तासम्म विमानस्थलमा पुनः परीक्षण उडानसँगै नियमित उडानको प्रयास भइरहेको बताए । विमानस्थल निर्माणमा एक अर्बभन्दा बढी खर्च भएको छ । कालोपत्र गर्न १४ करोड ९३ लाख खर्च भएको प्राधिकरणले जनाएको छ । रासस
३ वर्षदेखि ताप्लेजुङको नाका बन्द, सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा
ताप्लेजुङ । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ । यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए । गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए । दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ । व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै थन्किएका छन् भने अन्य उत्पादन पनि सहजरूपमा बजार लैजान सकिएको छैन । खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङ्लिङबाट लैजानुपर्ने बाध्यता छ । फुङ्लिङमा प्रतिकिलो रु ३० पर्ने नुन ओलाङचुङगोलामा दुई सय पर्छ । अरु सामानको मूल्य पनि उत्तिकै महँगो छ । ‘नाका बन्द हुँदा चिराइतोलगायतका जडीबुटी निर्यात भएको छैन, तिब्बतको बजारमा पुग्ने गलैँचा घरैमा थन्किएका छन्, पशुपालकलगायत व्यापार व्यसायीको आम्दानी घटेको छ, दैनिक उपभोग्य वस्तु महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ’, ओलाङचुङगोलाका निवर्तमान वडाध्यक्ष छेतेन शेर्पाले भने । उनका अनुसार सदरमुकाम फुङ्लिङबाट इलाडाँडा भन्ने ठाउँसम्म सडक यातायात हुँदै लगिएका सामान त्यहाँदेखि भरियामार्फत ओलाङ्चुङगोला पु¥याउन प्रतिकिलो ६० सम्म ढुवानी भाडा लाग्छ । याङ्मा पु¥याउँदा अझ बढी लाग्छ । याङ्मा, घुन्स र ओलाङ्चुङगोला अझै सडक सञ्जालसित जोडिएका छैनन् । यहाँ बसोबास गर्नेको मुख्य पेसा व्यवसाय पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार र गलैँचा उत्पादन हो । घिउ, छुर्पीजस्ता दूधजन्य उत्पादन पशुपालकले गोठबाटै बिक्री गर्थे । गलैँचा उत्पादकले रिउबजारमा लगेर बेच्ने गरेका थिए । रिउबजार जाँदा गलैँचा साथमा लिएर जानेले महिनौँ पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरेका थिए । तर अहिले गलैँचा बेच्ने ठाउँ नहुँदा व्यवसाय नै ठप्प भएको छ । यहाँका उत्पादन नेपाली बजारमा पु¥याउन भौगोलिकरूपमा कठिनाइ हुने र ढुवानी खर्च बढी लाग्ने हुँदा समस्या भएको स्थानीयवासी बताउँछन् । यता ताप्लेजुङसहित इलाम, पाँचथरका किसान र व्यापारीले सङ्कलन गरेको चिराइतोलगायतका जडीबुटी पनि तिब्बततर्फ नै निर्यात हुँदै आएको थियो । अहिले झापाको विर्तामोड हुँदै अन्यत्र निर्यात हुन थालेको छ । कोभिड–१९ सँगै बन्द भएका अन्य क्षेत्रका नाका खुले पनि टिपताला नाका अझै बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ । सरकारले यसरी लामो सयमदेखि बन्द रहेको नाका खोल्न पहल गरिदिए जीवनयापनमा सहज हुने उनीहरु बताउँछन् । सदरमुकाम फुङ्लिङबाट सवारीसाधन र पैदल गरेर ओलाङ्चुङगोला पुग्न झण्डै दुई दिन लाग्छ । फुङ्लिङबाट साविकको लेलेपसम्म सवारीसाधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ । ओलाङ्चुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन । यता याङ्मा, घुन्सा र थुदाम पुग्न दुईदेखि तीन दिन लाग्छ । ओलाङ्चुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् । रासस
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दाको आज सुनुवाइ हुने भएको हो । बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यो विवादको आज अन्तिम सुनुवाइ हो । यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न लगाएको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने बताइएको छ । अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशानुसार सबै कागजात र विवरण अदालतमा पेश भइसकेका बताइएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।
‘म भित्रको मानव र शल्यचिकित्सकले अस्पताल जान रोकेन’
काठमाडौं । आत्मदाहको प्रयास गरेका आचार्यले चाँडै संसार छाड्दैछ भन्ने थाहा पाएरै आफू उनको आँखा तथा बोली बन्द हुनुअघि नै अस्पतालमा भेट्न गएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले स्पष्ट पारेकी छिन् । कार्कीले शुक्रबार सामाजिक सञ्जालमा (फेसबुकमा) लामो स्टाटस लेख्दै एक सचेत नागरिकको हिसावले आत्मदाहको प्रयास गरेका उनलाई भेट्न अस्पताल पुगेको स्पष्टीकरण दिएकी हुन । आत्मदाह गरेका आचार्य अस्पतालको आईसीयूमा उपचाररत रहँदा संवेदनशीलता विचार नगरी भेट्न गएको भन्दै उनको व्यापक आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिदैँ दिएकी हुन । गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै जिउमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन भएको थियो । उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो । त्यहाँ आईसीयूमा राखेर उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की भेट्न अस्पताल पुगेकी थिइन् । ‘राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई उ चाँडै नै यो संसार छोड्दैछ भन्ने थाहा भएरै उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोलि सधैँको लागि रोकिनु अगावै म उहाँलाई भेट्न पुगेको थिँए, भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ्र धन्न मैले ढिला गरिनछु’, उनले समाजिक सञ्जालमा लेखेकी छिन् । आफूले आइसियूमा बिरामी भेटेको भिडिओ कस्ले खिच्यो भन्नेबारे जानकार नभएको समेत उनले बताएकी छिन् । आचार्य जीवनको अन्तिम चरणमा छन् भन्ने बुझेपछि आफूभित्रको ‘मानव’ ले उनलाई नभेटी रहन नदिएको राज्यमन्त्रीको कार्कीको भनाइ छ । ‘आत्मदाह गरेका प्रेम आचार्य जीवनको अन्तिम चरणमा छन् भन्ने बुझ्नेबित्तिकै म भित्रको मानव उहाँलाई भेट्न नगई बस्न सकिनँ, मभित्रको शल्यचिकित्सक उहाँको स्वास्थ्य स्थिति, उहाँको चेत र उहाँको बाँच्ने सम्भावनालाई नबुझी बस्न सकिनँ र मभित्रको ‘राज्य प्रतिनिधि’ जीवनबाट आजित भएर जीवन त्याग्दै गरेको यही देशको नागरिकलाई अन्तिम घडीमै पुगे पनि नआत्तिनुस् है, नडराउनुस् है, राज्य छ नि नभनी बस्न सकिनँ ।’
सुनको मूल्य तोलामा ११ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी हिजोकै मूल्य १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
जसले सिनेमालाई डिजिटलाइज गरे, हललाई मल्टिप्लेक्स बनाए
काठमाडाैं । परम्परागत प्रविधिका हललाई परिणत गरी सुविधासम्पन मल्टिप्लेक्स हलको नयाँ मोड दिने व्यवसायी हुन्, नकिम उद्दिन । सन् २००२ मा सिनेमा व्यवसायमा प्रवेश गरेका उद्दिनले सिनेमा जगतमा छुट्टै पहिचान बनाईसकेका छन् । नेपाली फिल्म इन्ड्रस्ट्रीजको डिजिटलाईजेशन गर्नेदेखि फिल्म हलको गुणस्तर वृद्धिमा उनले नयाँ ट्रेण्डसेटरको भूमिका खेलेका छन् । कलेजको पढाई विदेश सकेर उद्दिन १९९६ मा नेपाल फर्किए । उनको पारिवारिक व्यवसाय पोतेको व्यापार थियो । उनका बुबाआमाले इन्द्रचोकमा पोतेको पसल चलाएका थिए । नेपाल फर्किएपछि नकिम उद्दिन पनि पारिवारिक बिजनेसमा सक्रिय भए । २ वर्षपछि उनले पोते व्यापार छोडे । ‘सानो व्यवसाय, बुबा आमाको लागि पनि प्रयाप्त काम थिएन, म त्यसमा रम्न सकिन’ उनले भने । त्यो बेला नेपालमा मुलत आयात व्यापार नै थियो । त्यसमा उनले हात हाले तर राम्रो भएन । पछि सभाना ट्राभल एजेन्सी सञ्चालनमा ल्याए । त्यहिबेला माओवादी द्वन्द्व उत्कर्षमा उक्लियो । सन् २००१ मा धेरै जसो पर्यटन व्यवसायहरू बन्द भए र उद्दिनले सञ्चालन गरेको सभाना ट्राभल बन्द भयो । उद्दिन फेरी नयाँ व्यवसाय गर्ने सोचमा पुगे । त्यहिबेला जेठान भाष्कर ढुंगानाले चलचित्र व्यवसाय सुरु गर्ने योजना सुनाए । उद्दिन पनि सानैदेखि सिनेमामा धेरै रुचि राख्ने मान्छे । उनलाई योजना मन पर्यो । भाष्कर अमेरिकामा पढाई गर्दा उनका प्रिय साथीका रूपमा राजेश सिद्दी थिए । ढुंगाना, उद्दिन र सिद्दीको टिम बन्यो । सिनेमा उद्योगलाई एउटा नयाँ गति दिने योजनासहित त्यो टिम सन् २००२ बाट चलचित्र व्यवसायमा प्रवेश गर्यो । जय नेपाल हलबाट उनीहरुले सिनेमा व्यवसायमा हात हाले । पछि कुमारीमा पनि लगानी गरे । ‘त्यो समयमा अवसरभन्दा बढी चुनौतीहरू थिए, द्वन्द्व चर्किएको थियो, उपत्यका बाहिर १२ बजे पछाडी एक शो र काठमाडौंमा २ शो फिल्म चल्थ्यो, सुरक्षाको हिसाबले तनाव नै थियो,’ विगतका दिन स्मरण गर्दै उद्दिनले भने । सन् २०७०/८० को दशकका हिन्दी या नेपाली सिनेमाको कपी मात्रै हुन्थे त्यो बेलाका सिनेमाहरू । हुबहु त्यस्तै बन्थे । त्यो ओपन सेक्रेट नै हो । १६ एमएममा खिचेर ३५ एमएममा देखाइन्थ्यो । हलमा स्पष्ट आकृति देख्न १०/१५ मिनेट नै लाग्थ्यो । झनै सेलोलाइड प्रविधि, जसको एउटा प्रिन्ट कष्ट नै एक लाख पथ्र्यो । हल-हलमा दौडाउनुपर्ने । सन् २००२ ताका देशभर ५ सय वटा सिनेमा हल थिए । माओवादी द्वन्द्वका कारण करिब ४ सय हल बन्द भए । तैपनि हलहरु एउटै फिल्म लामो समय हलमा देखाउन बाध्य थिए । पुराना सिनेमा कति समय हेर्ने भन्दै दर्शकको असन्तुष्टि त्यत्तिकै थियो । ‘यस अवस्थामा नयाँ प्रविधि नेपाल भित्र्याउने उद्देश्यका साथ हामी काम गर्न थाल्यौं, सिनेमा उद्योगले एनालग प्रविधि छोडेर डिजिटल प्रविधि तिर जानुपर्छ भन्नेमा हाम्रो ध्यान केन्द्रीत भयो,’ उनले भने । सन् २००४/०५ मा उद्दिन सिनेमा क्षेत्रमा प्रयोग भएका प्रविधिको अध्ययन गर्न विभिन्न देशमा पनि गए । विदेशमा धेरै प्रविधिको विकास भइसकेको थियो तर महँगो । यहाँका हल व्यवसायीहरूले त्यो प्रविधिलाई धान्न सक्ने अवस्था थिएन । समय बित्दै गयो । भारतमा युएअफो मुभिज भन्ने कम्पनी आयो । त्यसले विभिन्न प्रविधि ल्यायो । जुन चल्यो पनि । त्यसबारे उद्दिनको प्राविधिक टोलीले भारतमा गएर अध्ययन गर्यो । प्रविधि ल्याएर मात्र भएन, यहाँको उत्पादनदेखि वितरण प्रदर्शनी सबै कुरा मिल्नु पर्ने थियो । तत्काल अघि बढ्ने आधार देखेन उद्दिनको समूहले । उनका साथी भाष्करलाई आफै सिनेमा बनाउने हुटहुटी थियो । अरु दुईले पनि उनलाई साथ दिने भए । फिल्म बनाउने तर डिजिटल बनाउने निणर्यमा पुगे उनीहरु । त्यति बेलासम्म नेपालमा डिजिटल फिल्म बनेका थिएनन् । शुरुमा आफैले डिजिटल फिल्म बनाउने, त्यसको लागि आवश्यक पूर्वाधारको तयार गर्दै जाने र विस्तारै उद्योगलाई नै डिजिटलमा लाने उद्देश्य साथ उक्त टीमले ‘कागबेनी’ सिनेमा बनायो । ‘कागबेनी’ पहिलो डिजिटल प्रविधिमार्फत बनेको चलचित्र थियो । सिनेमा बनाउनको लागि अमेरिकाबाट क्यामेरा, सेटअप र आवश्यक प्रविधिहरू मगाएर सुटिङ गरेको उद्दिन बताउँछन् । ‘कागबेनी’ चलचित्र डिजिटल पर्दामा आयो । तर, त्यो बेला ८० लाख रुपैयाँ लगानी गरेर बनेको कागबेनीमा भएको लगानी उठाउन भने निर्माता समूह असफल भयो । ‘कागबेनी’ले घाटा खाएपनि फिल्म निर्मातालाई डिजिटल प्रविधिमा फिल्म बनाउन प्रोत्साहित गर्ने लक्ष्यका साथ उद्दिनको समूहले सन् २००८ ‘सानो संसार’ फिल्म बनाए । ‘सानो संसार फिल्म रिलिज गरिसकेपछि, यहाँ निर्माता, वितरक तथा प्रदर्शक साथीहरूले यो प्रविधि भरपर्दो रहेछ, यसमा लगानी गर्दा ठिकै हुन्छ भन्ने कुराको महशुस गर्नुभयो’ उद्दिन भन्छन्- सन् २०१० सबै हललाई डिजिटलाईज गरेर सबै फिल्म डिजिटल्ली रिलिज गर्न सक्ने बनायौं,’ उनले भने । ‘हामीले पैसा उठाउने उद्देश्यले सिनेमा बनाएका थिएनौं, ‘सानो संसार’ करिब एक करोड २५ लाख रुपैयाँमा बनाएका हौं, तर एउटा संस्कारको सुरुवात हामीले गरेका हौं, त्यो नगरेको भए यस क्षेत्र यो लेबलसम्म आइपुग्दैन थियो होला, त्यही लगानीको फल स्वरुप यस क्षेत्र अहिलेका अवस्थामा आइ पुगेको हो,’ उनले भने । ‘सानो संसार’ फिल्मपछि नेपालभर सिनेमा हलका पर्दा डिजिटलाइजेसन हुनु र मल्टिप्लेक्स फ्लेवरमा हलहरू खोल्नु नेपाली सिनेमाका लागि टर्निङ पोइन्ट भएको उनी बताउँछन् । डिजिटलाइजेसनले नेपालभरका हलमा सिनेमा रिलिज गर्न सजिलो भयो । उक्त प्रविधिले निर्माताहरूलाई पनि सहज भयो । खर्च कम भयो । यसैबीच चलचित्रमा नयाँ निर्माता प्रवेश गरे । सन् २०१२ मा चलचित्र ‘लुट’ प्रदर्शनमा आएपछि डिजिटल प्रविधिको उपयोगिता देखियो । यो सिनेमा नेपालभर रिलिज भएको थियो । पहिलोभन्दा दोस्रो हप्ता झनै राम्रो दर्शक पायो । ‘हामी कस्तो सिने उद्योगमा लम्कँदै छौं भनेर ‘लुट’ले देखाइदियो,’ उद्दिनले भने । ‘हामी जय नेपाल हलमा आउनु, सिनेमा हलहरू डिजिटल प्रविधिमा जानु, ‘लुट’ रिलिज हुनु ऐतिहासिक मोड थियो नेपाली सिनेमाका लागि,’ उद्दिन सम्झन्छन् । ‘छक्कापन्जा’को नयाँ शृंखलाहरुले हिन्दी र अंग्रेजी सिनेमालाई साइड लगाइदिए । ‘जो पायो त्यही मान्छेले नेपाली सिनेमा बनाएर चल्दैन । पढेको, बुझेको, सृजनशील, आइडिया भएको मान्छेले फिल्म बनाउँदा दर्शकले मन पराउँछन्,’ उनको ठम्याई छ । ४०० हल आवश्यक नकिम उद्दिन, भास्कर ढुंगाना, राजेश सिद्दीको टिम चलचित्र व्यवसायमा प्रवेश गर्दा १०० वटा हल थिए । दुई दशकपछि अहिले नेपाल २०० वटा सिनेमाका हल छन् । जसमध्ये ५०/६० वटा पुराना हल पनि छन् । ती हलहरू लामो समयसम्म सञ्चालनमा आउन नसक्ने अवस्थामा छन् । कोभिडको समयमा पनि केही हलहरू बन्द भए । अझै पनि बन्द हुने क्रममा छन् । सँगै ठूला सहरी क्षेत्रमा मल्टिप्लेक्स हलमा लगानी बढ्दै गएको छ । भूगोल र जनसंख्याको आधारमा करिब ४०० सिनेमा हल हुनुपर्नेमा अहिले २०० मात्र हुनुले यस क्षेत्रमा लगानीको राम्रो अवसर रहेको उनी बताउँछन् । ‘अहिले सिनेमा हलको कमी छ, धरै ठाउँमा सिनेमा हलको आवश्यकता छ, आधुनिक सिनेमा हल बनाउनको लागि लगानी ठूलै चाहिन्छ, त्यसले गर्दा हामी सबैतिर लगानी गर्न सकिँदैन, हामीले हाम्रो क्षमताले भ्याएसम्म विस्तारै लगानी गर्दैछौं,’ उनले भने । सिनेमा क्षेत्रको विकासको लागि सरकारी नीति उपयुक्त बनाउनु पर्ने आवश्यक उद्दिनले ठाने । भारत सरकारले मल्टिप्लेक्समा लगानी गर्नेलाई ५ वर्षसम्म कर दिएको उदाहरण दिँदै नेपाल सरकारले पनि त्यस्तो नीति लिएमा सिने हलमा लगानी आकर्षित हुने उनले बताए । सिने हलहरुलाई समय सापेक्ष स्तरवृद्धि गर्दा दर्शकहरु मूल्य तिर्न तयार भएको उनी बताउँछन् । ‘हामी सिनेमा जगतमा प्रवेश गर्दा गोपीकृष्णमा फिल्मको शुल्क ५० रुपैयाँ लाग्थ्यो, हामीले जय नेपाल हलमा फिल्म हेर्नको लागि १५० रुपैयाँ शुल्कबाट सुरु गरेका थियौं,’ उनले भने- ‘तर महँगो भनेर हाम्रोमा दर्शकको कमी भएन ।’ ‘हलभित्रको प्रविधि आधुनिक हुनुपर्यो, आधुनिक प्रोजेक्टर हुनुपर्यो, साउण्ड सिस्टम गुणस्तरीय हुनुपर्यो, बस्ने सिट आरामदाही हुनुपर्र्यो, सरसफाई राम्रो हुनुपर्यो, हलभित्रको सर्भिस राम्रो हुनुपर्यो, अनिमात्र ग्राहक उचित मूल्य तिर्न तयार हुन्छन्’ उनले थपे । ‘त्यतिबेला नेपालका सिने हलहरु व्यवस्थित थिएन, विदेशमा फिल्म हेरेको अनुभवका आधारमा हामीले दर्शकहरुको लागि सुविधा बढाउने गरी हल बनाउन थाल्यौं । भर्खरैका ठिटा आएर जे पायो त्यही गर्न लाग्यो भन्ने पुराना व्यवसायीहरुको आलोचना पनि गर्दथे, तर हामीलाई थाहा थियो, हामीले के गरिरहेका छौं, धेरै वटा हल खोल्न नसकिएला तर एउटा हल चाहिँ कसो चलाउन नसकिएला, आफूले पनि त्यहाँ गएर फिल्म हेर्न पाइएला भन्ने उद्देश्यले पनि सुरुवात गरेको हौं,’ विस्तृतमा उनले भने । क्यूएफएक्सको यात्रा कुमारी र जय हलपछि आफ्नै ब्राण्ड स्थापित गर्नतर्फ उद्दिनको टिम लाग्यो । प्रविधिले सुविधा सम्पन्न क्यूएफएक्स नामक पहिलो मल्टिप्लेक्स सन् २००९ मा सिभिल मलमा सञ्चालनमा आएको थियो । अहिले क्यूएफएक्स चलचित्र पर्दाको लोकप्रिय ब्राण्डको रूपमा स्थापित भइसकेको छ । देशका विभिन्न ११ ठाउँमा क्यूएफएक्सको शाखा सञ्चालनमा छन् । उद्दिनको टीमको लगानी सबै क्यूएफएक्सका हलमा छैन । यो ब्राण्ड र म्यानेजमेन्ट हो । उद्दिनको टिमले फ्रेनचाईज पनि गर्छ । अहिले क्यूएफएक्सको वार्षिक कारोबार एक सय करोड रुपैयाँ छ । कुल सिनेमा हलको व्यापारको करिब ५० प्रतिशत हिस्सा क्यूएफएक्सले ओगटेको छ । अहिले क्यूएफएक्सको नयाँ शाखा वीरगञ्जमा खुल्दै छ । वीरगञ्जमा ३ वटा पर्दाको सुविधा सम्पन्न मल्टिप्लेक्स हुनेछ । यो हल केही महिनापछि सञ्चालनमा ल्याउने तयारी छ । सो मल्टिप्लेक्समा एकैपटक ३ सय ६० जनासम्म बसेर फिल्म हेर्न सक्नेछन् । उक्त हलको निर्माण १६ करोड लगानीमा हुने पनि उद्दिनले बताए । कोभिडका कारण आर्थिक समस्यामा परियो । जसले गर्दा नयाँ हलमा लगानी गर्ने क्षमता नरहेको पनि उद्दिन सुनाउँछन् । उनीहरूले डिजिटल नेपाल भन्ने कम्पनी पनि सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट नेपाल भरका हलमा प्राविधिक सहायता गर्ने काम पनि गर्दै आएको छ । ‘डिजिटल नेपाल कम्पनीबाट हलमा चाहिने प्रविधिको सहयोग गर्दै आएका छौं, डिजिटल फिल्म चाहिने कन्टेन्ट, टेक्नोलोजीको काम अहिले पनि गर्छौं, ओभरल हेर्ने हो भने त्यो कम्पनीमा धेरै जना लगानीकर्ता हुनुहुन्छ, सबै मिलेर त्यसमा ५/६ करोडक लगानी गरेका छौं,’ उनले भने । उद्दिन भन्छन्, ‘पहिला फिल्ममा पैसा थिएन, अहिले पैसा छ, राम्रो सिनेमा बन्यो भने १०/१५ करोड रुपैयाँको व्यापार गरिदिन्छ, उत्कृष्ट फिल्म बन्यो भने अब एउटै फिल्मले १०० करोडको व्यापार गर्ने गरी बजार विकास भएको छ ।’ ‘अमेरिकामा १५/१६ डलर शुल्क तिरेर फिल्म हेर्नुपर्छ, आज हामीले त्यही अनुपातमा, त्यही क्वालेटी, टेक्नोलोजी प्रयोग गरेर २/३ डलरमा दर्शकलाई देखाइरहेका छौं, त्यो नेपालीको लागि एउटा गौरवको कुरा हो,’ उनले भने । राजेश हमाल जस्ता नयाँ स्टारहरुको उदय हुने, क्षमतावान व्यक्ति फिल्म राइटर भएर बजारमा प्रवेश गर्ने, आधुनिक प्रविधिको प्रयोग पनि गर्दै जाने हो भने समग्रमा फिल्म इन्डस्ट्रीजको विकासले नयाँ चरणमा प्रवेश गर्ने उनको विश्लेषण छ । सम्बन्धित समाचार चार साथी मिलेर बनेको एफवान सफ्ट, फिनटेकमा उत्कृष्ट बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी व्यापार छोडेर उद्योगमा स्थापित शशिकान्त अग्रवालको कथा विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
बागलुङका कार्यालयमा कर्मचारीको अभाव हुदाँ सेवाग्राहीलाई सास्ती
ढोरपाटन । बागलुङस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र तीन जिल्ला हो । यहाँ कर्मचारी दरबन्दी पनि तीन जना नै छ । विसं २०७४ मा स्थापना भएको उक्त कार्यालयमा केही महिना आगाडिसम्म दुई कर्मचारीले मात्रै काम गर्दै आएका थिए । डेढ महिनाअघि एक जना थपिनुभएको छ । कार्यालय स्थापना हुँदा एक खाद्य अनुसन्धान अधिकृत र दुई प्राविधिक सहायकको दरबन्दी स्वीकृत थियो । पाँच वर्षपछि मात्रै यहाँ दरबन्दी परिपूर्ति भएको छ । तर यो दरबन्दी तीन जिल्ला कार्यक्षेत्र भएको कार्यालयका लागि न्यून हो । डेढ महिना अघिसम्म एक अधिकृत र एक प्राविधिक सहायकको भरमा सञ्चालन भएको सो कार्यालयमा हाल तीन कर्मचारी छन् । एक जना थपिएपछि केही सहज भए पनि तीन जिल्लामा काम गर्न समस्या भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठ बताउँछन् । ‘कर्मचारी न्यून हुँदा सेवा प्रवाहमा समस्या भएको छ’, उनले भने । साविक धवलागिरि अञ्चलको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्ला यसको कार्यक्षेत्र हो । श्रेष्ठ भन्छन्, सबै ठाउँमा पुग्नुपर्छ, अनुगमन र अन्य कार्यक्रम गर्नुपर्यो, कार्यालयमा तीन जना छौँ, सबै जना फिल्डमा जाँदा कार्यालय रित्तै हुन्छ, सेवाग्राहीलाई समस्या भएको छ ।’ भौगोलिक हिसाबले दुर्गम बागलुङ, म्याग्दी र मुस्ताङमा अनुगमन गर्न जटिल हुने गरेको श्रेष्ठको भनाइ छ । खाद्यवस्तुको गुणस्तर, बजार अनुगमन तथा अखाद्य वस्तुलाई बिक्री वितरणमा रोक्ने काम आफूहरूले गर्नुपर्ने हुँदा कर्मचारी थप हुन जरुरी रहेको उनी बताउँछन् । ‘थारै जनशक्ति हुँदा धेरै ठाउँमा पुग्न समस्या भएको छ’, श्रेष्ठले भने । कर्मचारी कम हुँदा अनुज्ञापत्र जारी तथा नवीकरणमा समस्या भएको छ । प्रत्येक जिल्लामा कम्तीमा दुई कर्मचारी अनिवार्य भएको उनी बताउँछन् । मालपोतमा १२ दरबन्दी, चारजना मात्रै कार्यरत मालपोत कार्यालय बुर्तिबाङमा पनि कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । बाह्र स्थायी कर्मचारी दरबन्दी रहे पनि हाल चार जनामात्रै कार्यरत छन् । मालपोत अधिकृत कार्यालय प्रमुख हुने व्यवस्था भए पनि सुब्बाका भरमा कार्यालय सञ्चालनमा छ । मालपोत एक अधिकृत, तीन नायब सुब्बा, तीन खरिदार, एक लेखापाल, एक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगीको दरबन्दी रहेकामा हाल दुई नायब सुब्बा, एक कम्प्युटर अपरेट र एक लेखापाल मात्र कार्यरत छन् । नायब सुब्बा सूर्यप्रसाद शर्मा कार्यालय प्रमुख छन् । यहाँ वर्षौँदेखि मालपोत अधिकृत पद रिक्त छ । कर्मचारी न्यून हुँदा सेवाग्राहीलाई चाहेर पनि छिटो सेवा प्रदान गर्न नसकेको शर्मा बताउँछन् । उनी एक वर्षदेखि यहाँ कार्यरत छन् । दैनिक सयौँका सङ्ख्यामा सेवाग्राही आउने गरेको र उनीहरूलाई घण्टौँ लाइनमा कुराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सम्बन्धित निकायमा पटक–पटक कर्मचारी पठाउन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको शर्मा बताउँछन् । निसीखोला–६ बाट घरजग्गा नामसारीका लागि मालपोत आएका भोजबहादुर घर्तीले दुई दिन कुर्दा पनि काम बन्न नसकेको गुनासो पोखे । कामका लागि लाइनमा पालो कुर्दाकुर्दै घण्टौँ बित्ने तर साँझसम्म पनि काम बन्ने उनी बताउँछन् । घर्तीमगर भन्छन्, ‘सरकारलाई सधैँ खुरुखुरु कर तिर्छौँ, सेवा लिन जाँदा दुई–तीन दिन लगाइदिने, हामीले सधैँ दुःखमात्रै पाउँछौँ, पहिले–पहिले बागलुङ पुग्दा उस्तै दुःख हुन्थ्यो, अहिले बुर्तिबाङबाट सेवा सुरु भएपछि केही राहत मिल्ला भनेको उस्तै छ ।’ वन डिभिजन कार्यालय, मालपोत कार्यालय बागलुङलगायत जिल्लाका विभिन्न पालिकामा पर्याप्त जनशक्ति छैन । कर्मचारी तोकिएको कार्यक्षेत्रमा नजाँदा समस्या भएको हो । रासस
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति
बाजुरा । बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन् । भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारमा छन् । भूकम्पपछि त्रिपालको सहारामा बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए । चार सय घरमा क्षति भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सङ्कलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ । भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगङ्गामा एक घर पूर्णरूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्णरूपमा क्षति भएको डिएसपी थापाले बताए । बडीमालिकामा ३१, बूढीनन्दामा नौ, हिमालीमा नौ, खप्तड छेडेदह पाँच र गौमुलमा पाँच घरमा आंशिकरूपमा क्षति पुगेको छ । यसैगरी भूकम्पले बडीमालिकामा एक सय ८७, बूढीनन्दा नगरपालिकामा एक, हिमाली ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट प्रहरी चौकी विच्छ्या जोखिममा छ । प्रहरी चौकी कुन्नार कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ । भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । भूकम्पबाट गौमुल–१ अम्लिसका ३५ वर्षीय राजदल बोहरा, बडीमालिका नगरपालिका–२ की ४२ वर्षीया चन्द्रा महत, हिमाली गाउँपालिका–१ की छ वर्षीया सुश्रीता थापा र हुम्ला जिल्ला घर घई हिमाली–६ मा दिदीको घर आएकी १६ वर्षीया सरिता नेपाली घाइते भएको प्रहरीले जनाएको छ । बोहरा, महत र नेपाली उपचारपछि घर फर्किएका छन् भने थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । भूकम्पका कारण गौमुल–१ अम्लिसका बोहराका ३५ भेडा मरेका डिएसपी थापाले बताए । भूकम्पले पु¥याएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ । रासस