दोल्ती पावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आईपीओ चैत ६ गते बाँडफाँट गरिएको जनाएको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ७ हजार २९८ कित्ता बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिएका थिए । कम्पनीको आईपीओमा परेको आवेदनलाई सोमबार बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट हेर्न सकिन्छ । साथै सम्पूर्ण सि–आस्वा सदस्यहरूले बाँडफाँटमा सेयर पर्न सफल आवेदकहरूको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा जम्मा वा रकमान्तरण गर्न र सेयर नपरेका सम्वन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन आग्रह गरेको हो ।
मर्जरलाई अन्तिम रुप दिन आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सले डाके विशेष साधारणसभा
काठमाडौं । मर्जर प्रक्रियामा रहेका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै कम्पनीका सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले चैत २२ गते विशेष साधारण सभा बोलाएका हुन् । आइएमई जनरल इन्स्योरेन्सको लैनचौर ब्याङ्क्वेट काठमाडौंमा र प्रुडेन्सियल इन्स्योरेन्सको होटेल इच्छा सिमरा बारामा बिहान ११ बजे साधारणसभा गर्ने भएका हुन् । सोमबार दुई कम्पनीबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो । आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी सेयर अनुपात १ः१ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जरपश्चात् कम्पनीको केन्द्रिय कार्यालय आइएमई जनरल इन्स्योरेन्सको हाल कै कार्यालय कायम रहने छ । विशेष साधारणसभा प्रयोजनार्थ आइएमई जनरलले चैत्र १३ गते र प्रुडेन्सियलले चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले अघिल्लो दिनसम्म सेयर खरिद गरि कायम सेयरधनीहरु मात्रै सभामा सहभागि हुन पाउने छन् ।
लाभांश पारित गर्न विजय लघुवित्तले डाक्यो सभा, नयाँ सारथीलाई १:१ अनुपातमा गाभ्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले १०औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको चैत ५ गते बसेको बैठकले चैत २८ गते विजय विकास स्रोतकेन्द्र गैंडाकोट ८ नवलपरासीमा बिहान साढे ११ बजे साधारण सभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, संस्थापक समूहको ५१ प्रतिशत नघट्ने गरी बढीमा १० प्रतिशत बिन्दुसम्मको सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्न सञ्चालक समूहलाई अख्तियारी दिनेछ । साथै, विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच हुने मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यी दुवै लघुवित्त गत मंसिर २६ गते १ः१ स्वाप रेसियो अनुपातमा मर्जसम्झौता भएको थियो । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् । मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गतेदेखि चैत २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन्
आज बैंक खुला रहने, सेयर कारोबार बन्द
काठमाडौं । मंगलबार सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तीय संस्थहरु खुला रअने भएका छन् । आज मंगलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ्ग सेवा सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज बैंकिङ्ग सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो । घोडेजात्राको उपलक्ष्यमा उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंकहरु भने खुला राख्न भनेको हो । ‘घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ्ग सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ । तर, मंगलबार सेयर कारोबार नहुने भएको छ । घोडे जात्रा विदा परेको हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँगै कारोबार पनि बन्द रहने भएको हो । अब नेप्से कारोबार चैत ८ गते भोलि बुधबारदेखि खुला हुने नेप्सेले जनाएको छ ।
दोल्ती पावरको आईपीओ आजसम्म खरिद गर्न पाइने
काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन ८ गतेदेखि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र सािवक नौमुले र कालिका गा.विं.स.का स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । यस्तै, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिँदा प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क लाग्नेछ । कम्पनीलाई इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
भूगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको आईपीओमा आज आवेदन दिने अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन ८ गतेदेखि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानियहरुका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख (नौमुले द्वारी ३ बाहेक)का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म लगानीकर्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिँदा प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क लाग्नेछ ।
स्वीकृति नलिने क्यालेन्डरलाई एक लाखसम्म जरिवाना गरिने
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई १० हजारदेखि एक लाखसम्म कारबाही गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत गरी विधिसम्मत रुपमा प्रकाशन नहुने भित्तेपात्रो र पात्रोका सञ्चालकलाई कानुनी कारबाही गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी नेपाल राज्यभरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोको स्वीकृति दिने अधिकार समितिलाई दिएको थियो । गठन आदेश सरकारले २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । समितिको स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अनुगमन गर्न मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । समितिमा गृह मन्त्रालय, आन्तरिक व्यवस्था महाशाखाका उपसचिव भीमकान्त शर्मा, संस्कृति मन्त्रालयका उपसचिव पुण्यमाया गुरागाईं, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल र पञ्चाङ्गकार मुरारीराज पाण्डे सदस्य रहेका छन् । समितिले आवश्यकताअनुसार उपसमिति पनि गठन गर्न सक्ने व्यवस्था दिग्दर्शनमा गरिएको छ । दिग्दर्शनमा विद्युतीय पात्रो र भित्तेपात्रोले पनि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । अनुगमनका क्रममा स्वीकृति नलिएको पाइएमा कानुनअनुसार विद्युतीय पात्रो र भित्तेपात्रोलाई पनि कारबाही गरिने समितिका कार्यकारी निर्देशक ढुङ्गेलले बताए । अनुगमन समितिले अनधिकृत रुपमा ७७ जिल्लाबाटै प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अध्ययन गरी सूचना सङ्कलन गर्ने भएको छ । यसका लागि संस्कृति मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्ने तयारी गरेको छ । समितिमा हालसम्म आगामी वर्ष २०८० का लागि एक सय ५० भित्तेपात्रोले स्वीकृति लिएका छन् । हाल अनलाइनमार्फत स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या बढिरहेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए । समितिको स्वीकृति लिएर १५ वटा पात्रो भने गत माघमै प्रकाशन भइसकेका छन् । रासस
घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो । ‘घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, राष्ट्र बैंकले भनेको छ ।