विकासन्युज

हिमालय एयरलाइन्सद्वारा काठमाडौं-बेइजिङ-काठमाडौंको नियमित उडान सञ्चालन

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं र बेइजिङबीचको नियमित उडान सञ्चालन गर्ने भएको छ । यस नयाँसेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ । यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्स्को विश्वास रहेको छ । काठमाडौं–बेइजिङ–काठमाडौं रुट जुन २४, २०२३ देखि हरेक शनिबार सञ्चालनमा आएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरे । उनको उपस्थिति नेपाल सरकारको दुवै क्षेत्रको सुधार र पर्यटन विकासतर्फगहिरो ध्यानाकर्षणको प्रतीक भएको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सको पहिलो उडान एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने छ । उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ । साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानीय समय अनुसार दिउँसोे ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण हुने एयरलाइन्सले जनाएको छ । ‘काठमाडौं र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौं, यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्नेहुँदा कोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्त्वपूर्र्ण छ’, एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘यस नयाँ रुटले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थितिलाई बलियो बनाउने मात्र होइन, व्यवसायिक र फुर्सदका यात्रुहरू दुवैका लागि सहज यात्राको विकल्प पनि उपलब्ध गराएको छ’, उनले थपे । यात्रुहरूले हिमालय एयरलाइन्स्को टिकटिङ्ग काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी खुसी

पोखरा । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको बुझाइ छ । व्यवसायीहरु सरकारले कोराना महामारीपछि पर्यटन प्रवद्र्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महशुस आफूले गर्न नसकेको बताउँछन् । उनीहरुले देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरु खुशी भएको बताए । उनले व्यवसायीहरुले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवद्र्धनमा जोड दिएकाले पनि पर्यटकहरुको आगमन बढेको बताए । ड्रागन बोट फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरु पोखरामा आएको र उनीहरुबाट अन्य पर्यटकहरु पनि आउने वातावरण बनेको बताए । उजले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताए । ‘कोरोनापछि अहिले पर्यटनले लय लिएको छ, राहत महशुस गरेका छौँ । हामीले पनि विभिन्न देशमा गएर पर्यटन प्रवद्र्धन गर्दा नतिजा राम्रो आएको छ । भारतीय र चिनियाँ नागरिकहरुबाट पोखराको पर्यटन भइरहेको छ । ड्रागन बोट फेस्टिबलले पनि यहाँको माहोल तातेकको छ । साथै भारत सरकारको योग दिवसका कारण यहाँ भारतीय पर्यटकहरु पनि आइरहनुभएको छ । यहाँबाट नियमित उडान भर्नसके राम्रो हुने थियो । पोखरा विमानस्थल सञ्चालन हुनसके मात्रै पर्यटनमा कायापलट हुनेछ । पोखराको पर्यटन राम्रो हुने देखिएको छ । पोखराको पर्यटनले लय लिएको अवस्था छ । पोखराको बढी भन्दा बढी प्रवद्र्धनात्मक काम गर्न जरुरी छ’, अध्यक्ष श्रेष्ठले भने । त्यस्तै, होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरु बढ्दा व्यवसायीहरुमा आशा थपिएको बताए । उनले पोखरामा पर्यटकहरु बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरुका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताए । उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताए । ‘पोखराको पर्यटन व्यवसाय अहिले बढेको छ । अहिले हामी आशावादी भएका छौँ । पर्यटन व्यवसायी थला परेका थिए, अहिले राम्रो भइरहेको छ । बाहिर जानेहरुलाई पनि यहाँ सिक्ने अवसर भएको छ । हामीले हजारौँ रोजगारी सिर्जना गरेका छौँ । कोरोना पछाडि दक्ष जनशक्तिको अभाव छ । अब पर्यटकहरुको भीड लाग्नेछ । गर्मी छल्न अहिले पनि भारतीय पर्यटक पोखरा आइरहेका छन्’, अध्यक्ष सुवेदीले बताए । त्यस्तै, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुले पर्यटकहरुको आवागमन बढेपनि स्थायी हुन नसकेको गुनासो गरेका छन् । उनले कोरोनापछि पर्यटकहरु बढेको भएपनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको उनको भनाइ छ । उनले पोखरामा विदेशी पर्यटकहरुको आगमन अझै कम रहेको बताए । उनले भने, ‘यस्ता कार्यक्रमहरुले पर्यटन अलि माथि आउँछ फेरि कुनै इभेन्टहरु नहुँदा तल झर्ने समस्या छ । अहिले ४० प्रतिशत भन्दा बढी रिकभर भएको छैन । विदेशी पर्यटकहरुको आगमन कम नै छ । तर केही आन्तरिक पर्यटकहरु बढेका छन् । पुरानो अवस्थामा फर्किन अझै समय लाग्छ । व्यवसायीहरु उत्साहीत छन्, अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । तर अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा चिन्ताको विषय छ । यसमा सरकारले ध्यान दिनुपर्छ । सरकारले पर्यटन प्रवद्र्धनमा ध्यान नदिएको हो की भन्ने महशुस व्यवसायीहरुलाई भएको छ । सरकारले प्राथमिकतामा राखेर पर्यटक भित्र्याउने वातावरण मिलाउनु पर्छ । नेपाल एयरलाइन्सले नै यहाँबाट उडान गर्नुपर्छ ।’ व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनसके व्यवसायीहरुको मनोबल बढ्ने र पर्यटकहरु पनि वृद्धि हुने बताएका छन् । उनले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताए ।

सुन्दर घलेगाउँ

फेवा, रुपा वेगनास पोखराबाट सरर। बेशीशहर लमजुङ घलेगाँउ हेर्ने रहर।। घलेगाउँ पुग्ने हाम्रो आस। बस्नु पर्यो बेसीशहरमा बास।। मिलिजुली एकत्वमा बसेका थिए रे, बेशीशहरमा विविध थरका जात। रोपे कस्ले जातीय द्वन्दको विज, आखिरमा हुने भयो तिनको नास।। पुमाको चौतारीबाट टलकन्छ फाँटमा, अन्नपूर्ण माछापुच्छ्रेको छायाँ। सुर्यको किरण झैँ झुल्कियो मर्स्याङ्दी, बगेको छ बेशीशहरको दायाँ बायाँ।। गर्यो स्वागत घले गाउँले बसाएको रहेछ थिति प्रशान्त नामले। लोभ्याएछौ सबैलाई गुरुङ जातिको अविनासी कृति योग्य कामले। विभिन्न थर गुरुङ जातिको बासस्थान, चलेछ नाउँ घलेगाउँ । स्वनिर्भर चिरस्थायी प्रकृतिको बरदान आहा कस्तो सुन्दर ठाउँ।। एक गाउँ रहेछ नाम भुजुङ, बसोबास गरेछौ गजाङ गुजुङ। जन्म देखी मृत्यु पर्यन्तको सभ्य र भव्य संस्कार र संस्कृति। मातृत्व, भातृत्व, रितिरिवाजले, रोकेछौ समाजिक बिकृति। रातो छानामा सिंगारिएका घरका छुट्टै पहिचानका कवच। कहिल्यै नरिसाउने नथाक्ने स्वनतमस्तक रहेछ घले गाउँको लवज।। गुरुङ थर घलेगाउँ संस्कृति र संस्कार बुझ्न सबै जाने ठाउँ । अतिथि देव भवको जिवन्त दिने सत्कार, आहा सबै हेर्न जाउँ।। कवि : सूर्य बहादुर कार्की उप प्रवन्धक नगर विकास कोष

कास्कीको मादी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

कास्की । कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी लागू गरिने बताए । यसैगरी पालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदानको व्यवस्था गरिने अध्यक्ष गुरुङले बताए । उनले भने, ‘गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि आवश्यक व्यवस्था मिलाइने छ ।’ उत्पादनमा अनुदानअन्तर्गत दूध अण्डामा अनुदान दिइने पालिकाले जनाएको छ । मादीले ‘किसानसँग गाउँपालिका’ कार्यक्रम सुरु गर्ने भएको छ । जसबाट गाउँपालिकालाई तरकारी उत्पादन, फलफूल उत्पादन, रैथाने बाली संरक्षण र उत्पादन र मौरीपालनको पकेट क्षेत्रमा विकास गर्ने नीति कार्यक्रममा रहेको छ । मादीको नीति तथा कार्यक्रममा कृषि एम्बुलेन्स खरिद, स्थानीय कृषि उत्पादनहरु सिन्की, गुन्द्रुक तथा राडी, भ्राङ्ग्रा र बख्खुको ब्राण्डिङ गरिने कार्यक्रम समावेश छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारअन्तर्गत हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप गरिने र त्यसको लागि ‘नो ब्याग, नो बुक’ कार्यक्रम ल्याइएको छ । पालिकाको आफ्नै पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयले बस सञ्चालन गर्न चाहेमा ५० प्रतिशत अनुदान, हरेक विद्यालयमा कम्प्युटर र छात्रवृत्ति प्रदान गरिने अध्यक्ष गुरुङले बताए । यसैगरी मादीको गौरव आयोजनाका रुपमा सिक्लेस–कोरी–मनाङसम्म जाने पदमार्गलाई शान्ति मार्गको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ । शान्तिमार्गका लागि सङ्घीय सरकारसँग समन्वय गरिने पालिकाले जनाएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा पालिकास्तरीय खेल मैदान निर्माणलाई अघि बढाइने, अध्यक्ष कप खेल कार्यक्रम आयोजना र मादी प्रज्ञा प्रतिष्ठानको स्थापनालाई नीति कार्यक्रममा समावेश गरिएको छ । भूमि बैंक स्थापना गरी बाँझो जग्गा गाउँपालिकाले लिजमा लिई वास्तविक किसानलाई जग्गा लिजमा दिई उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित गर्ने गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।यसैगरी जग्गा चक्लाबन्दी गरी उत्पादन वृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा समावेश छ । –––

उपप्राध्यापक चलाउनेको अनसन तोडियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलेशुक्रबार अनसन तोडेका छन् । पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले चलाउनेलाई दही खुवाएर अनसन तोडाएकी हुन्। मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन बसेका थिए। चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन। उनी शुक्रबार चितवनबाट काठमाडौं आएकी थिइन । सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उनले अनसन स्थगित गरेका हुन् र

वीरका सात सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क

काठमाडौं । वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए । पौडेलका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरिएको छ । मन्त्रालयको पहलमा शय्यावापत आउने पैसाको सोधभर्ना गर्नेगरी सर्वसधारणका लागि निःशुल्क गरिएको पनि पौडेलले जानकारी दिए । यसअघि प्रतिदिन दुई सय रुपैयाँ शय्यामा शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याविन, सघन उपचारकक्ष (आइसीयू) गरी नौ सय ६० शय्या रहेका छन् । रासस

दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं । प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख रुपैयाँ बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली गरी १० जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूको साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त लागुऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिक डेभिड मिनाडो, मार्टिन शेर्ना, पवल वेष्र्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । रासस

मर्जर र एफपीओबाट हुने आम्दानीमा कर लाग्छ, परिवर्तन गर्न सक्दिन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले मर्जर तथा एक्विजिशन र एफपीओमा कर लाग्ने बताएका छन् । नेपाल उद्योग परिसंघको २० औ वार्षिक साधारण सभामा बोल्दै डा.अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदा र एफपीओबाट हुने आम्दानीमा कर लगाउने सरकारको निर्णय फिर्ता नहुने बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्था मर्ज हुँदा र एफपीओमा कर लाग्ने बिषमा पुरानो व्यवस्था भएको र कुनै हालतमा परिवर्तन हुन सक्दैन, महालेखापरीक्षकको प्रतिवेदनले कर लाग्ने भनेर ब्याख्या गरेपछि केही गर्न सक्दैन,’ उनले भने । उनका अनुसार अब यस विषयमा कर लाग्ने की नलाग्ने भनेर अदालतले मात्रै व्याख्या गर्न सक्ने छ । सरकारले ल्याएको अगाामी आर्थिक वर्षको बजेटमा एफपीओबाट हुने आम्दानी र मर्जर तथा एक्विजिशनको क्रममा प्राप्त पुँजीगत लाभमा कर लगाउने घोषणा गरेपछि बैंकका सञ्चालक तथा व्यवसायीहरु विरोध गरिरहेका हुन् । आगामी आर्थिक वर्ष २०८०÷८१ को आर्थिक विधेयकको दफा २६ र २७ मा गरिएको व्यवस्थाले अर्थमन्त्री डा. महतको अलोचना र विरोध भइरहेको छ । तर, अर्थमन्त्री महत सरकार आफ्नो निर्णयबाट पछि नहट्ने बताउँदै आएका छन् । उल्टै अर्थमन्त्री डा. महतले अदालत जान सुझाइरहेका छन् ।