पर्यटन क्षेत्रमा कर थुपार्दा व्यवसायी असन्तुष्ट, आम्दानी घट्ने चिन्ता
काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धीत एक दर्जन बढी संघसंस्थाले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्टी व्यक्ति गरेका छन् । ट्रेकिङ एजेन्सिज् एसोसिएन अफ नेपाल (टान) को नेतृत्वमा शुक्रबार पर्यटन क्षेत्रका १५ वटा संथाले संयुक्त रुपमा पत्रकार सम्मेलनका आयोजना गर्दै बजेटमा असन्तुष्टी व्यक्ति गरेका हुन । ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल एशोसिएसन अफ याफ्टिङ एजेन्सीज् (नारा), हिमालयन उद्धार संघ नेपाल (एचआरए), आरोहण अपरेटर्स एसोसिएसन नेपाल (इओए), वायुसेवा संचालक संघ, नेपाल (एओएन), सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो), गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल), नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए), टुरिष्ट बस एसोशिएसन अफ नेपाल (टीबिएन), नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो), ठमेल पर्यटन बिकास परिषद (टिटिडिसि) र कैलाश–टुर अपरेटर्स एशोसिएसन अफ नेपाल (एओएयन) ले बजेटमा असन्तुष्टी जनाएका हुन । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विद्येयक मार्फत हवाई उडानमा १३ प्रतिशत भ्याट, चार तथा पाँच तारे होटलमा २ प्रतिशत लक्जरी कर र विदेश घुम्न जाने नेपालीलाई ५ प्रतिशत लक्जरी कर लगाउने घोषणा गरेको थियो । पर्यटन क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल बीनै सरकारले पर्यटन क्षेत्रमा कर थपेको भन्दै व्यवसायीहरुले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन । सरकारको उक्त नीतिले कोभिड महामारीपछि भरखरै तग्रिन लागेको पर्यटन उद्योगमा ठूलो असर परेको भन्दै उनीहरुले यी कर लगाउँदा पर्न जाने नकारात्मक असरको अध्ययनका लागि समिति बनाउन माग गरेका छन् । अध्ययनका आधारमा एक वर्षपछि मात्रै ती कर कार्यान्वयन गर्न सकिने ती संस्थाको ठहर छ । सरकारको उक्त निर्णयले बजेटमै घोषणा भएको सन् २०३२ मा १० लाख विदेशी पर्यटन भित्र्याउने योजनामा समेत असर परेको टानका अध्यक्ष नीलहरी बास्तोला बताउँछन् । ‘बजेट मार्फत सरकारले सनन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने, सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने, आगामी आर्थिक वर्ष नेपाल घुमौ नेपाल चिनौँ अभियान सञ्चालन गर्ने र सन् २०२३–०३२ लाई पर्यटक दशकको रुपमा मनाउने घोेषणाले हामी पर्यटन व्यवसायी धेरै उत्साहीत भएका थियौँ’, उनले भने, ‘तर, सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रम घोषणासँगै बीना तयारी अनावश्यक कर थप्दा लक्ष्य प्राप्त हुन नसक्ने अबस्था सृजना भयो ।’ यस्तै, उनले सरकारले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता नदिदा राज्यवाट पाउनुपर्ने सहुलियतपूर्ण व्याजदर तथा विजुली शुल्क आदिवाट बञ्चित हुनुपरेको गुनासो गरे । उनले सरकारले पर्यटन उद्योगीको माग सरकारले सम्बोधन नगरी सडकदेखि सधनसम्म आन्दोलन गर्ने चेतावनी दिए । ‘अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर लगानीकर्ताको माग सम्बोधनका क्रममा पर्यटन उद्योगीका समेत माग सम्बोधन गर्ने हामीले आश गरेका थियौँ, उहाँले सेयर लगानीकर्ताको मात्रै माग सम्बोधन गरेपछि हामी आन्दोलन गर्न बाध्य भयौँ’, उनले भने । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा सरकार आफै स्पष्ट नहुँदा व्यवसायी झन मारमा परेको बताए । ‘सरकारले बजेट मार्फत पर्यटन उद्योगमा विभिन्न शिर्षकमा कर थप्ने घोषणा गर्यो, सरकारको घोषणा अनुसार बजेट सार्वजनिक भएको भोलिपल्टै करका दर लागुहुनुपर्ने हो, तर अहिलेसम्म लागु भएको छैन’, उनले भने, सरकारले बिना तयारी हचुवाको भरमा कर थप्पगर्दा कोभिड पछि भरखरै तँग्रदै गरेको पर्यटन उद्योगमा थप मारमा पर्याे ।’ नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष चन्द्रप्रसाद रिजालले सरकारले पर्यटन व्यवसायीसँग छलफल नै नगरी पर्यटन क्षेत्रमा कर थप्दा गरि खाने वातावरणको अन्त्य भएको बताए । ‘पर्यटन क्षेत्रका उद्योगी व्यवसायीको साझा थलो नेपाल पर्यटन बोर्ड हो, सरकारले बजेट बनाउदा बोर्डसँग कुनै समन्वय नै गरेन’, उनले भने, ‘अर्थमन्त्रालयमा पर्यटन विज्ञ को छ, बजेटमा कर थप गर्दा हामीलाई समन्वय गर्नुपर्ने होइन’, उनले अर्थमन्त्रालयलाई प्रश्न गर्दै भने । उनले सरकारले बजेटमा कर थप्दा नेपाल महंगो गन्तव्यको रुपमा पर्ने भन्दै विदेशी पर्यटक घट्ने बताए । नेपालमा कर लगाउदा विदेशबाट टिकट काटिन्छ सरकारले बजेट मार्फत पहिलो पटक हवाई टिकट काट्दा १३ प्रतिशत भ्याटको घोषणा गरेको छ । तर, पर्यटन व्यवसायीहरु उक्त निर्णयले विदेशबाट टिकट काट्नेहरु बढ्ने बताउँछन् । ‘अहिले नेपालबाट काटिद्दै आएको टिकट भ्याट लागुभएपछि विदेशबाटै काट्न्छि, विदेशबाट टिकट काट्दा कुनै शुल्न नलाग्ने भएपछि नेपालीको रोजगारी समेत गुम्छ’, टान अध्यक्ष बास्तोलाले भने । ‘हवाई यात्रा, यात्रुवाहक यातायात तथा ढुवानी सेवाहरु, ढुवानी साधनका भाडा, ढुवानी सेवा, कार्गो सेवा समेतलाई पूर्णरुपमा भ्याटमा लागुहुँदा टुर प्याकेज महंगो हुन्छ, साविककै आन्तरिक तथा अन्र्तराष्ट्रिय हवाई भाडादर महङ्गो भएर घटाउनुपर्ने बेला भ्याट लागु गर्दा हवाई यात्रा झन महंगो भयो’, उनले भने । उनले हाल ६० देखि ७० प्रतिशत अर्न्तराष्ट्रिय हवाई टिकट विदेशवाट विक्रि भइरहेको अवस्थामा नेपालका एजेन्सीहरु मार्फत भ्याट लगाउदा नेपालमा मात्र टिकटको मुल्य वढ्ने भएकोले पुर्ण रुपमा विदेशवाट टिकट विक्री हुने खतरा रहेको बताए ।
सुध्रियो देशको अर्थतन्त्र
काठमाडौं । लामो समयदेखि समस्यामा रहेको देशको अर्थतन्त्र सुधारको अवस्थामा देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको वित्तीय तथ्यांकका अनुसार अर्थतन्त्रका हरेक सूचकहरु सुधारको अवस्थामा छन् । राष्ट्र बैंकका अनुसार महँगी पनि कम भएको छ । चालू आर्थिक वर्षको १० महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । मूल्यवृद्धि कम हुनु भनेको पनि अब बजारमा समान सहजै पाइन थाल्यो भन्ने सन्देश हो । यसले पनि अर्थतन्त्रमा सुधार आयो कि भन्ने बुझिन्छ । यसअघि सबैभन्दा समस्याको विषय रहेको विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा पुगेको छ । विदेशी मुद्राको सञ्चितिमा व्यापक सुधार चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति पोने १५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड हेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई रु.१३१० अर्ब ६६ करोड पुगेको छ । यस्तै, आर्थिक वर्ष २०७९÷८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । १० खर्ब बढी रेमिट्यान्स चालू आर्थिक वर्षको १० महिनाको अवधिमा १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । बैशाख मसान्तसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशत वृद्धि भएर १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ भित्रिएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स पनि केही महिनाअघि घटेको थियो । तर, यो अवधिमा २४ प्रतिशत बढ्नु भनेको रेम्टियान्समा पनि सुधार भइरहेको बुझ्न सकिन्छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा १.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २७९ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो । आयात र निर्यात भने घट्यो चालू आर्थिक वर्षको १० महिनामा वस्तु आयात १६.८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/८० को दश महिनाको तथ्यांकअनुसार अर्थात साउनदेखि बैशाखसम्ममा कुल वस्तु आयात घटेर १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो । यो अवधिमा आयात पनि घट्दा देशको मुद्रा बाहिरबाट जोगिएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई रु.१३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो । १२ खर्ब बढी व्यापार घाटा समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँ बराबरको भएको थियो । शोधान्तर स्थिति बचतमा १० महिनाको अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२८८ अर्ब ५० करोडले घाटामा रहेको थियो। समीक्षा अवधिमा चालु खाता रु.५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५४५ अर्ब ६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ । सरकारको खर्च र राजश्व आर्थिक वर्ष २०७९/८० को दश महिनामा संघीय सरकारको कुल खर्च १० खर्ब ४७ अर्ब ७६ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब ८६ अर्ब ७४ करोड, १ खर्ब २५ अर्ब ६८ करोड र १ खर्ब ३५ अर्ब ३४ करोड रहेको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब ५६ अर्ब २५ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ६ खर्ब ८४ अर्ब ६३ करोड र गैर कर राजस्व तर्फ ७१ अर्ब ६२ करोड रुपैयाँ परिचालन भएको छ ।
शोधनान्तर स्थिति सभा दुई खर्ब बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत रहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार यो अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । त्यस्तै कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड बराबर छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर हो । राष्ट्र बैंकका अनुसार १० महिना अवधिमा विस्तृत मुद्राप्रदाय छ दशमलव नौ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ । यो अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ ।
गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आयो : गोकर्ण विष्ट
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उनले सत्तारुढ दलका शिर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताएका हुन् । सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दावी समेत गरे । उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए । ‘डडेलधुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे, नुवाकोटमा बजेट बढ्यो रे, क्रमागत आयोजनाहरु काटिन्छन, तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ, आज विधि र न्याय स्थापित भएन, एउटा भनाई छ–लथालिंग देशको, भताभंग चाला । जो जसले सक्छ, उसले खाला,’ उनले भने । सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने पनि बताए ।
एक वर्षमा पौने ७ खर्बले घट्यो बजार पुँजीकरण, २ खर्ब ८५ अर्बको धितोपत्र सूचीकृत
काठमाडौं । एक वर्षमा बजार पुँजीकरण करिब पौने ७ खर्बले घटेको छ । २०७९ बैशाखको तुलनामा २०८० बैशाख मसान्तमा बजार पुँजीकरणले ६ खर्ब ८६ अर्ब रुपैयाँले घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार २०७९ बैशाख मसान्तमा ३३ खर्ब ४३ अर्ब ५६ करोड रहेको बजार पुँजीकरण २०८० बैशाख मसान्तमा २६ खर्ब ५७ अर्ब रुपैयाँ कायम भएको छ । त्यस्तै, २०७९ बैशाख मसान्तमा २३५०।४३ रहेको नेप्से सूचकाङ्क २०८० बैशाख मसान्तमा १८२१।६५ कायम भएको छ । २०८० चैतमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २५३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमाकम्पनी रहेका छन् भने ७२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७९ बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६४.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १३.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ । नेप्सेमा २०८० बैशाख मसान्तमा सूचीकृत ७ अर्ब २४ करोड शेयरको चुक्ता मूल्य ७१३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को दश महिनामा १ खर्ब ६६ अर्ब ४१ करोड बराबरको साधारण शेयर, ४५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर, रु.३४ अर्ब ८१ करोड बराबरको बोनस सेयर, ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड बराबरको हकप्रद सेयरगरी कुल २ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर, १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० अर्ब १ करोड रुपैयाँ बराबरको साधारण सेयर र २ अर्ब १५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
घुस लिएको अभियोगमा टेकुका ल्याव टेक्नोलोजिस्ट भट्टराई पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई शङ्खमूलबाट पक्राउ गरेको हो । आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
काठमाडौं । हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ । उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोडलाई पत्र नै काटेर सचेतनाका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेसँगै बोर्डले सचेत गराउन थालेको छ । ’पछिल्ला दिनमा हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशका घटना बढी रहेको हुँदा सो सम्बन्धमा सुरक्षित रहन सम्बन्धित टिकेटिङ गर्ने ट्राभल एजेन्सीलगायतका कार्यालयलाई समयमै सचेतनाका लागि जानकारी गराई दिनुहुन अनुरोध छ’, ब्यूरोले बोडलाई पठाएको पत्रमा भनिएको छ । अनुसन्धानको सिलसिलामा आवश्यक सूचना माग गरेको बखत यथाशीघ्र तोकिएको ढाँचामा उपलब्ध गराउनका लागि सम्बन्धित एअरलाइन्स तथा सोसँग सम्बद्ध सफ्टवेयर कम्पनीसँग समन्वयकारी भूमिकाका लागि अनुरोध गरिएको छ । सोही आधारमा नेपाल पर्यटन बोर्डले आवश्यक सचेतनाका क्रियाकलाप अघि बढाएको छ । सेवाप्रदायक निकायलाई आवश्यक सचेत गराउने, सुरक्षित रहन तथा जथाभावी आफ्नो गोप्य जानकारी शेयर नगर्न र यकीन गरेर मात्रै कारोबार गर्न सम्बन्धित निकायलाई सचेत गराइएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । उनले सबै निकाय तथा सम्बद्ध व्यक्तिलाई सावधानीका समग्र उपाय अपनाउन सुझाव दिएको लामिछानेले बताए । घटनाका विषयमा अहिले साइबर ब्यूरोले अनुसन्धान पनि गरिरहेको छ । ब्यूरोमा परेको जाहेरीका आधारमा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । उनले घटना थप नघटोस् भनेर पर्यटन बोडलाई पत्राचार गरेरै सचेत गराउने भनिएको पनि बताए । केहीअघि कस्मो नेपाल ट्राभल्सलगायत तीन वटा संस्थाको ‘युजर नेम’बाट अनधिकृतरुपमा लाखौँको टिकेट काटिएको सार्वजनिक भएको छ । हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्षित गरी ह्याकरले ‘फिसिङ’का माध्यमबाट लग इन नेम र पासवर्डमा अनाधिकृत पहुँच पु¥याइ विदेशी टिकट ‘इस्यु’ गरेको पाइएको थियो । रासस
आयात र निर्यात दुबै घट्यो, व्यापार घाटा १२ खर्ब ४ अर्बमा सीमित
काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा वस्तु आयात १६.८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को दश महिनाको तथ्यांकअनुसार अर्थात साउनदेखि बैशाखसम्ममा कुल वस्तु आयात सो प्रतिशतले घटी १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुखनाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई रु.१३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १००.६ प्रतिशत र ८.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँ बराबरको भएको थियो ।