विकासन्युज

प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मंगलबार अपरान्ह ओली निवासमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मंगलबार अपरान्ह ओली निवासमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

सेनाले हेलिकप्टरबाट भीआईपीलाई सुरक्षित ठाउँमा सार्दै, कहाँ लगिँदैछ ?

काठमाडौं । नेपाली सेनाले भीआईपी नेतालाई सुरक्षित ठाउँमा सार्न थालेका छन् । हेलिकप्टरको प्रयोग गरेर नेपाली सेनाले उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने तयारी थालेका हुन् ।  । जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्ने तयारी थालेको बताइएको छ ।  बालुवाटारसहित विभिन्न स्थानमा पटक–पटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् ।  ललितपुरको भैंसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।  जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । नेताहरु असुरक्षित रहेको भन्दै हेलिकप्टरको साहयताले उनीहरुलाई सार्न थालिएको हो । साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । सेनाले सुरक्षित ठाउँ भने खुलाएको छैन ।   

भैंसेपाटीको मन्त्री क्वार्टरमा आगजनी

काठमाडौं । ललितपुरस्थित मन्त्री क्वार्टरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूको समूहले मन्त्री क्वार्टरमा पुगेर आगजनी गरेको प्रहरीले जनाएको छ । आज बिहानैदेखि देशभर आन्दोलन थप चर्किँदै गएको छ । राजधानीमा पनि प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको निवास र पार्टी कार्यालयहरूमा तोडफोड गर्दै विरोध जारी राखेका छन् । सुरक्षा व्यवस्था कडा पारिए पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन ।

झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते

काठमाडौं । झापाको बिर्तामोडमा भएको ‘जेनजी’ युवाहरूको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर रूपमा घाइते भएका छन् । दुवैजनाको पेटमा गोली लागेको र उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन देशभर चर्किँदै गएको छ । प्रदर्शन नियन्त्रणमा लिन काठमाडौंसहित विभिन्न स्थानमा प्रहरीले बल प्रयोग गर्दै आएको छ ।

मन्त्रीलाई लिन हेलिकोप्टर भैंसीपाटीमा

काठमाडौं । ललितपुरको भैंसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।  जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

पछिल्लो स्थिति नियालिरहेका छौं, के गर्ने भनेर छलफल हुँदैछ : नेपाली सेना

काठमाडौं । देशभर भइरहेको जेनजी प्रदर्शनलाई नेपाली सेनाले गम्भीरताका साथ हेरिरहेको बताएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पछिल्लो देशमा उच्पन्न आन्दोलनले नेपाली सेनालाई गम्भीर बनाएको प्रतिक्रिया दिएका छन् ।  उनले यस विषयमा नेपाली सेनाले व्यापक रुपमा छलफल गरिरहेको बताएका छन् । उनले अबको रणनीति के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् ।  अहिले देशभर जेनजीले प्रदर्शन गरिरहेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।   

कलंकीमा पनि चल्यो गोली, ४ जना घाइते

काठमाडौं । कलंकीमा पनि गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । गोली चल्दा ४ जना घाइते भएका छन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।